समाचार

​प्रतिबन्धीत लागू औषध सहित रौटहटमा एक जना पक्राउ

१५ फागुन, रौतहट । ललितपुर गोदावरी नगरपालिका–१ टौखेल बस्ने २९ बर्षीय राजु के.सी.लाई लागू औषध डाईजेपाम ईन्जेक्सन १२ थान, फेनारगन ईन्जेक्सन १२ थान, नुर्फिन ईन्जेक्सन १० थान, नाईट्रोभेट ट्याव्लेट ३ एम्पुल र लाईफलाईन सिरिन्ज ३ थान सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका–१ स्थित चस्पुर चोकमा ईलाका प्रहरी कार्यालय चस्पुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनले बोकेको कालो रङको झोलामा उक्त लागू…विस्तृत समाचार »

​क्यान्सर अस्पतालमा नयाँ चिनियाँ विशेषज्ञ टोली

१५ फागुन, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नयाँ चिनियाँ विशेषज्ञ टोली आइपुगेको छ । हाल रहेको टोली मार्च १ तारिखमा फिर्ता हुने तयारीसँगै नयाँ टोली यहाँ आएको हो । चीन सरकारले एसियाकै नमुना अस्पतालका रूपमा निर्माण गरिदिएको सो अस्पतालमा चीन सरकारले नै उच्चस्तरको विशेषज्ञ टोली सुरुवातदेखि नै पठाउँदै आएको छ ।  अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनका अनुसार अन्तरङ्ग सेवा सुरु गरेकै…विस्तृत समाचार »

​म्याग्दीमा कुखुरा–चल्ला आयातमा कडाइ

१५ फागुन, म्याग्दी । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर पुनले बताए ।  “दुईवटा नाकामा कर्मचारी परिचालन गरिएको छ । जिल्लामै भित्रिने सम्भावना कम भए पनि सतर्कता अपनाइरहेका छौँ” – उनले भने । बेनीबजारमा रहेको…विस्तृत समाचार »

​पहिलोपटक फेवा जहाज भैरहवा पुग्यो

१५ फागुन, काठमाडौं । चीनबाट ल्याइएका दुई वटा विमानमध्ये मोडर्न आर्क (एमए ६०) चिनियाँ जहाजले शनिबारदेखि आन्तरिक उडान सुरू गरेको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार नयाँ चिनियाँ एमए ६०ले शनिबार दिउँसो तीन बजेबाट आन्तरिक उडान सुरू गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । चिनियाँ नयाँ जहाजले २२ जना यात्रु लिएर पहिलो पटक भैरहवाका लागि उडेको उनले बताए । नयाँ जहाजको…विस्तृत समाचार »

​सानैमा बिहे, बर्षेनी सन्तानः कलिला आमाका व्यथा

१५ फागुन, चितवन । काउले–३, तार्सेलिङकी सुनकुमारीले १४ बर्षकै उमेरमा स्थानीय सन्तबहादुर चेपाङसंग भागेर बिहे गरिन् । अहिले उमेर २४ पुग्यो । साथमा ४ सन्तान छन् । पछिल्लो पटक जन्मिएकी छोरी बर्ष दिन नपुग्दै पुनस् गर्भवति छिन् । पहिलो सन्तान ८ बर्षका भए । जेठा मुनि जन्मिएको छोरा बचेनन् । त्यसपछि तीन बर्ष र एक बर्षकी छोरी छन् । घरमा खाने अन्न छैन । मकै,…विस्तृत समाचार »

​पोखरामा बर्ड फ्लु भेटियोः मासुको भाउ ओरालो

१५ फागुन, पोखरा । एक परिवारले पालेको हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमण काल घोषणा गरिएको छ । पोखरा–१८ खाल्टेमसिनाकी मीना परियारको घरका कुखुरा र हाँस बर्डफ्लुले मरेको पुष्टि भएपछि संक्रमण काल घोषणा गरिएको  खबर आजको अन्नपूर्ण पोष्टमा छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) संयोजकत्वको बर्डफ्लु समन्वय समितिले खाल्टेमसिना वरपर पशुपन्छी ओसारपसार लगायत गतिविधिमा रोक लगाउने निर्णय शनिबार गरेको छ । फागुन ६ गते…विस्तृत समाचार »

​ रिर्चाजमा बर्षमा १७ अर्ब भन्दा बढी खर्च गर्छन नेपाली

१५ फागुन, काठमाडौं । नेपालीले टेलिफोनमा मासिक न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपालका प्रमुख दुरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहकले औसतमा न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सम्बन्धित कम्पनीले दिएको खबर आजको अन्नपूर्ण पोष्टमा छ । नेपाल टेलिकमका सबैभन्दा बढी सिमकार्ड प्रयोगकता प्रिपेडमा छन् । उपभोक्ताले न्युनतम मासिक तीन सय रुपैयाँ खर्च गर्ने गरेको टेलिकम स्रोतले जानकारी…विस्तृत समाचार »

​अमेरिकामा नेपालीको सम्बन्ध विच्छेद बढ्दोः सुन्दर सपना बोकेका दम्पती किन डिभोर्स गर्छन् ?

१५ फागुन, वासिङटन । सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्पतीदेखि बच्चा भइसकेकाहरूसम्म पनि सम्बन्ध विच्छेद भएका घटनाहरू त्यहाँ देख्न सकिन्छ । यसरी सम्बन्ध विच्छेद गरी बसेकाहरूमा बच्चाको रेखदेख कसले गर्ने भन्ने विषयमा समेत मुद्दा पर्ने गरेको छ । त्यसको वारेसनामा लिनका लागि दूतावास आउनेहरूको संख्या पछिल्लो समय वृद्धि भएको खबर…विस्तृत समाचार »

​केरुङ जोड्ने राजमार्गः ६ महिनामा ट्रयाक खुल्ने, एक वर्षमा डबल लेनको बाटो बन्ने

१५ फागुन, काठमाडौं  । नेपाली सेनाले निर्माण गरिरहेको रसुवाको मैलुङदेखि स्याफ्रुबेसी सडक आगामी ६ महिनाभित्रै जोडिने भएको छ । उत्तर चीन जोड्ने छोटो मार्गका रूपमा विकास हुँदै गएको उक्त मार्ग आगामी साउनभित्रै पूरा गर्ने लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ । ‘मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर मार्गको करिब ५५ प्रतिशत काम पूरा भइसकेको छ,’ नेपाली सेनाका मेजर सञ्जय केसीले भने, ‘०७४ साउनसम्म सडक खुलाउने कार्य पूरा…विस्तृत समाचार »

​विराट एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइटसेवा

१४ फागुन, विराटनगर । पूर्वाञ्चलमा पहिलोपल्ट विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ । उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा आयोजित विराट एक्स्पो–२०७३ अन्तर्गत हिमाली क्षेत्रको अवलोकन गराएर पर्यटक क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यका साथ तीन दिनका लागि सो फ्लाइट सेवा आजवाट सुरु गरिएको हो ।  यति एयरलायन्सको विमानबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र गौरीशङ्कर हिमालको अवलोकन गराइने छ । उक्त विमानबाट दिनमा एकपल्ट १९ जना यात्रुले सो हिमाली…विस्तृत समाचार »

Nmc

bijuli

paicho

bussewa

राजनीति

​म्याग्दीमा ७४ हजार मतदाता नामावली दर्ता

 १७ फागुन म्याग्दी । म्याग्दी जिल्लामा ७४ हजार जनाभन्दा बढीको तस्बिरसहितको मतदाता नामावली दर्ता भएको छ । 
जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा हालसम्म ३८ हजार ७९२ जना महिला, ३५ हजार ४८३ पुरुष र एकजना तेस्रो लिङ्गीले तस्बिरसहितको मतदाता 

सेना परिचालन गरेर भएपनि निर्वाचन गर्नुपर्छ : विजुक्छे

१६ फागुन,भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन्  । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि 

​स्थानीय चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु

१६ फागुन, काठमाडौं । स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु भएको छ । सोमबार नेपाल समावेशी पार्टीले दल दर्ता गरेको छ । अरु केही दलले पनि दल दर्ताको लागि फारम लगेका छन् ।

प्रवास/अन्तर्राष्ट्रिय

​ट्रम्पले रात्रिभोजको निम्तो बहिस्कार गरे

१६ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारकर्मीको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन् । ह्वाइट हाउस पत्रकार संघले बार्षिक रुपमा आयोजना गर्दै आएको रात्रिभोजमा सहभागी नहुने ट्रम्पले घोषणा गरेका छन् ।

​२ बर्षदेखिनै चुरोटका अम्मली बनेका अल्दी दिनमै ४० चुरोट खान्छन्

इंडोनेशियामा बस्ने अल्दी रिजाल २ बर्षदेखिनै चुरोटका अम्मली बने ।उनले चुरोट पिउदै गरेको फोटो इन्टरनेटमा केही समय अघि निके भाइरल बनेको थियो ।  यि बच्चाले दिनमै ४० ओटा चुरोट पिउँथे । 

रक्सी खाएर मानिसको भिडबाट गाडी चलाउँदा २८ घाइते

१५ फागुन ।  अमेरिकाको न्यु ओर्लिन्स शहरमा रक्सी खाएर एक व्यक्तिले गाडी चलाउँदा २८ जना घाइते भएका छन् । ती ड्राइभरले न्यु ओर्लिन्समा परेड हेर्न जम्मा भएमा भिडको बिचबाट गाडी चलाएका थिए ।  ती घाइतेलाईउपचारका लागि अस्पताल भर्ना गरिएको रोयटर्सले जनाएको छ । 

बिचार

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

Top