syangyong
nlic

समाचार

​गिनिजबुकमा नाम दर्ज गर्ने कि ? कक्षाकोठामा एकजनालाई पठाउँदै शिक्षिका

२३ असार गुल्मी।  सरकारले गाउँ गाउँमा पछिल्लो चरण खोलेका वालविकास केन्द्रमा केन्द्रमा  थोरै भनेको कम्तीमा कति जना विद्यार्थी होलान् ? जम्मा १३ जना भन्नु होला यदि तपाई गुल्मीको भए  । किनकी त्यति संख्या विद्यार्थी भएको समाचार त  सुनि सक्नु भएको छ ।  त्यो भन्दा तल कति  जना होलान भनेर  प्रश्न गरियो भने  ५ / ७ जना त पक्कै होलान भनेर अडकल काट्नु भएको होला  ।…विस्तृत समाचार »

​गृहमन्त्रीको आश्वासन पछि जाजरकोट अपतालमा नयाँ सेवा सुविधा थप

हेमन्त के सी  २३ जाजरकोट असार । जाजरकोटको जिल्ला अस्पतालको स्तर उन्नतीसंगै नयाँ सेवा सुविधाहरु थपिने क्रम जारी रहेको छ । सामान्य उपचारका लागी जिल्ला वाहिर जाँनु पर्ने वाध्यता यहाँका नागरिकलाई हट्दै गएको छ ।  १५ शैयावाट ५० शैयामा अस्पताको स्तर वृद्धीसंगै नयाँ नयाँ मेसिनहरु थपिने क्रम वढेको हो । जिल्ला अस्पतालमा नयाँ भिडियो एक्सरे  भित्रिएको छ । भिडियो एक्सरे नहुँदा यहाँका स्थानियहरु रुकुमको चौरजहारी,नेपालगन्ज…विस्तृत समाचार »

​ठगका बिरूद्ध आपूर्तीमन्त्रीको सक्रियता बढ्यो, जथाभावी गर्भपतन गराउने क्लिनिकमा शिलबन्दी

२३ असार, काठमाडौं । स्वास्थ्य जाँच इजाजतपत्र नपाएका व्यक्तिले विरामी जाँच्ने गर्ने जस्ता समस्या भेटिएपछि सरकारको अनुगमन टोलीले बालाजु स्वास्थ्य क्लिनिकलाई शिल गरिदिएको छ । यसैगरी गोंगबुस्थित आराधना हेल्थ केयर सेन्टर प्रालिमा पनि अनुगमन टोलीले शिल गरेको छ । आपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वको अनुगमन टोलीले बिहीबार छापा मार्दा बालाजु स्वास्थ्य क्लिनिकमा जथाभावी गर्भपतन गराउने गरेको पाइएको थियो । यस्तै बाहिर डाक्टरको नाम टाँस्ने तर…विस्तृत समाचार »

​पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का

२३ असार, काठमाडौँ ।  पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । विहीबार दिउँसो दुई बजेर ४४ मिनेटमा चार दशमलव तीन रेक्टर स्केलको  पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । लमजुङलाई केन्द्रविन्दु बनाएर गएको पराकम्पले पोखरा आसपासका जिल्लालाई धक्का दिएको थियो । ​विस्तृत समाचार »

बैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरु एक हुँदै

२३ असार, काठमाडौ ।  बैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको अनुभवलाई नेपालको विकासमा खर्चन र बैदेशिक रोजगारीलाई मर्यादित बनाउन सहयोग पुर्याउने हेतुले आप्रवासन श्रमिक संजाल निर्माण गर्ने विषयमा पहल थालिएको छ । बिडब्लु आई–नेपाल आबद्ध समिति काठमाडौले नेपालमा आप्रवासन परियोजनाको गतिबिधि तथा कार्यक्रमहरु विषयक अन्तक्रियामार्फत संजाल निर्माण घोषणा गरि उनीहरुलाई एक पार्न पहल थाल्ने निष्कर्ष निकालेको हो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँबरले एजेन्टका…विस्तृत समाचार »

नेपाललाई हिन्दु राष्ट्र कायम गराउन स्वामीहरुले क्रान्ति गर्ने

२३ असार, काठमाडौँ ।  नेपाल हिन्दु राष्ट्र पुनःस्थापना मञ्चले सन् २०१६ भित्र नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरिए जनबल र क्रान्तिबाट हिन्दु राष्ट्र पुनःस्थापना गर्ने चेतावनी दिएको छ ।  मञ्चले बिहीबार पत्रकार सम्मेलन गरेर राजनीतिक दलका नेताहरुले लोभ लालचमा हिन्दु राष्ट्र विक्री गरेको आरोप लगाउँदै राष्ट्रिय अन्तर्राष्ट्रि, धार्मिक संघ सस्था र जनताको बलमा हिन्दु राष्ट्र कायम गरिछाड्ने घोषणा गरेको हो ।  पत्रकार सम्मेलनमा बोल्दै मञ्चका सस्थापक…विस्तृत समाचार »

​प्रहरी इन्चार्जसहित २५ जना प्रहरी कारबाहीमा

२३ असार, कन्चनपुर ।  जिल्ला प्रहरी कार्यालय कन्चनपुरले एक प्रहरी नायब निरीक्षकसहित २५ जना प्रहरीलाई कारबाही गरेको छ । प्रहरी आचरणविपरीत काम गरेको भन्दै २५ प्रहरीलाई कारबाही गरिएको हो । एक महिनाअघि दैजी, चम्पापुरकी रामदुलारी राना हत्या प्रकरणमा दैजी प्रहरी इन्चार्ज करनसिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरबाही गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको जनाइएको छ ।विस्तृत समाचार »

भोटेशामीमा जोखिम कायमै, आसपासमा नबस्न सुझाव

असार २३ काठमाडौं – भोटेकोशी नदीमा पानीको बहाव घटेपनि जोखिम कायमै रहेको मौसमविदले बताएका छन् । उनीहरुले आसपासमा नबस्न सुझाव दिएका छन् । अहिले नदीमा पानीको वहाव घटेपनि बिहिबारको बाढीले जमिन कमजोर बनाएकाले त्यहाँबाट टाढा जान बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । शाखाका जलविद् विनोद पराजुलीका अनुसार जमिनको धरातल कमजोर भएकाले थोरै मात्र पानी आएपनि कटान हुनसक्ने भन्दै सावधानी अपनाउन उहाँको सुझाव छ ।…विस्तृत समाचार »

​घरमै चक्कु प्रहरबाट महिलाको हत्या

२३ असार, दाङ ।  दाङमा एक जना महिलाको  गएराति धारिलो हतियारको प्रहारबाट हत्या भएको छ । दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको हो ।   किराना पसल गर्दै आएकी चौधरी सोही घरमा डेरा बस्दै आएकी थिइन् । चौधरीको शव नजिकै एउटा धारिलो चक्कु फेला पर्नुका साथै उनको शरीरमा खतसमेत देखिएकाले चौधरीको हत्या भएको आशङ्का गरिएको प्रहरीले जनाएको छ…विस्तृत समाचार »

​नेपालगन्जमा पनि धुमधामका साथ मनाइयो इद पर्व

२३ असार,  नेपालगन्ज ।  मुस्लिम समुदायहरुले आज धुमधामका साथ इद उल फित्र पर्व मनाएका छन् । बाँकेमा पनी मुस्लिम समुदायहरुले इद धुमधामका साथ मनाएका छन् । नेपालगन्ज स्थित इदगाहमा जम्मा भएका हजारौ मुस्लिम समुदायहरुले नमाज पढेर इद मनाएका छन् । मुस्लिम समुदायको पर्व इद भएपनी नेपालगन्जमा भने गैर–मुस्लिमहरुले पनी इद मनाउन साथ दिएका छन् ।  नेपालगन्ज स्थित विपी चोकमा मुस्लिम समुदायहरुलाई इद मनाउन क्रममा साथ…विस्तृत समाचार »

Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​निर्वाध यातायात चल्ने वातावरण बनाउन माग

७ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गरेकी छिन्।सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने

​लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

५ असोज, लिस्बन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गरेका

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

अन्तर्राष्ट्रिय

माल्दिभ्सको राष्ट्रपति चुनावमाविपक्षी नेता सोलिहद्वारा जीतको दावी

माल्दिभ्स । माल्दिभ्समा भएको राष्ट्रपति चुनावमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिहले आफ्नो जितको दावी गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार सोलिह वर्तमान राष्ट्रपति अब्दुला यामीनभन्दा अगाडि छन् । ‘माल्दिभ्स इन्डिपेन्डेट’ वेबसाइटका अनुसार कुल४ सय ७२ ब्यालेट बाकस मध्ये ४ सय ३७ बाकसको मतगनणा भइसकेको छ । 

​तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापकलाई पक्राउ गर्न आदेश

तान्जानिया । तान्जानियाका राष्ट्रपति जन मागुफुलीले तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापनमा संलग्न सबैलाई पक्राउ गर्न आदेश दिनुभएको छ । एमभी न्यरी नाम गरेको त्यो डुङ्गा पल्टिँदा अहिलेसम्म कम्तीमा २ सय ७ जनाको मृत्यु भएको छ । एउटा टेलिभिजन कार्यक्रममा बोल्दै मागुफुलीले लापरवाही र क्षमताभन्दा बढी यात्रु बोकेका कारण सन्तुलन गुमाएपछि एमभी न्यरीको दुर्घटना भएको बताउनु भएको हो । 

​चीनमाथि अमेरिकाको सैन्य प्रतिबन्ध, प्रतिबन्ध हटाउन चीनको कडा चेतावनी

न्युयोर्क । अमेरिकाले चीनमाथि सैन्य प्रतिबन्ध लगाएको छ । चीनले रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको हो । चीनले भने अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा चीन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको जनाएका छन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top