siddhartha
gharjaggakosathi

समाचार

पेट्रोल वितरणमा मनपरी, हेर्नुहोस सेनाको कालोबजारी

२०, असोज काठमाडौँ ।  भारतले नाकाबन्दी गरेपछि नेपालमा पेट्रोलियम पद्धार्थको हाहाकार मच्चिएको छ । गाडिहरु जोर, विजोर प्रणालीमा छन् भने निजि सवारी साधनले तेल पाएका छैनन् । देश यस्तो चरम संकटमा परेको बेला नेपाली सेनाका जवानहरु भने पेट्रोलको कालोबजारी गर्न थालेका छन् । उनिहरुले पेट्रोल आफ्ना भाडोमा राखेर सर्वसाधरहरुलाई महङ्गो मूल्यमा बेच्ने गरेका छन् । यस्तै सेनाका कर्मचारी तथा जवानहरुले आफन्तहरुलाई सहज रुपमै पेट्रोल दिएर…विस्तृत समाचार »

हेर्नुहोस आज काठमाडौँमा कहाँ कहाँ बाँडिदै छ पेट्रोल

२०, असोज काठमाडौँ ।  नेपाल आयल निगमले बुधबार विभिन्न ६ वटा पेट्रोलपम्पबाट ३० हजार लिटर पेट्रोल वितरण गदै छ  ।  निगमले आज थानकोट डिपोबाट ६ वटा पम्पमा पेट्रोल पठाएको छ  । विस्तृत समाचार »

बारामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप ,स्थति तनावग्रस्त

  २० असोज ,बारा  भारतबाट ल्याएको पेट्रोल प्रहरीले नियन्त्रणमा लिएपछि बाराको जीतपुरमा मधेसी मोर्चाका कार्यकर्तासँग झडप भएको छ ।भारतबाट ल्याइएको पेट्रोल प्रहरीले नियन्त्रणमा लिएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ता उत्रेपछि झडप भएको हो ।झडपका क्रममा मोर्चाका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालय जीतपुरका सई कृष्ण बस्नेतलाई कुटपिट गरी घाइते बनाएका छन् ।झडपका क्रममा मोर्चाका कार्यकर्ताहरुले प्रहरी सवार भ्यानमा पनि तोडफोड गरेका छन् ।झडपले उग्ररुप लिएपछि प्रहरीले आधाद दर्जन अश्रु…विस्तृत समाचार »

यहाँबाट हेर्नुहोस कक्षा १२ को परीक्षाफल

२०, असोज काठमाडौँ ।  उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा बुधबार प्रकाशित गरेको छ । नियमित तर्फ ३९ दशमलव ९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परिषद्ले जानकारी दिएको छ । नियमिततर्फ १ लाख ६१ हजार ४ सय ५८ ले परीक्षा दिएकोमा ६४ हजार ५ सय ६७ जना उत्तीर्ण भएका हुन् । नियमिततर्फ २ जनाको स्‍थगित, १ सय २१ जनाको…विस्तृत समाचार »

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ३९. ९९ प्रतिशत उत्तीर्ण

  २०, असोज काठमाडौँ । उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा बुधबार प्रकाशित गरेको छ । नियमित तर्फ ३९ .९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परिषद्ले जानकारी दिएको छ ।नियमिततर्फ १ लाख ६१ हजार ४ सय ५८ ले परीक्षा दिएकोमा ६४ हजार ५ सय ६७ जना उत्तीर्ण भएका हुन् । नियमिततर्फ २ जनाको स्‍थगित, १ सय २१ जनाको परीक्षा रद्द…विस्तृत समाचार »

सुन किन्ने ? हेर्नुहोस आजको मूल्य

२०, असोज काठमाडौँ । साताको चौथो दिन बुधबार छापावाला सुन प्रतितोला ५० हजार ६ सय रुपैयाँमा कारोवार भएको छ । यस्तै मंगलबार तेजावी सुन प्रतितोला ५० हजार ३ सय ५० रुपैयाँमा कारोवार भयो । बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।विस्तृत समाचार »

भारतमा ७ नेपालीको मृत्यु

२०, असोज, काठमाडौँ ।  भारतको चारधाम तिर्थयात्रामा गएका बाँकेका ७ तिर्थयात्रुको मृत्यु भएको छ। बिहारको पटनामा तिर्थयात्रु बोकेको बस मंगलबार मध्यराती दुर्घटनामा परेको थियो। दुर्घटनामा ७ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । घाईते केहीको बिहारस्थित हरमनियामा र केहीको बनारस स्थित अस्पतालमा उपचार भइरहेको छ ।  उक्त बसमा करिव ५० जना नेपाली तिर्थयात्री सवार थिए। ती सबै यात्रु बाँके निवासी हुन्। यात्राको १२ औं दिनपछि…विस्तृत समाचार »

भारतीय जासुसीकोे मोदीलाई रिपोर्टः नेपालमा भारतविरोधी गतिविधी बढ्यो

२०, असोज काठमाडौँ ।  भारत सरकारको जासुसी निकाय इन्टिलिजेन्स ब्युरो (आईबी)ले नेपालमा पछिल्लो समय भारतविरोधी गतिविधी बढेको उल्लेख गदै सरकारलाई रिपोर्ट बुझाएको छ ।  आइबीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकारलाई  बुझाएको रिपोर्टमा नेपालले  मधेसकेन्द्रित आन्दोलनमा ‘भारतको हात रहेको’  आँकलन गरेकाले भारतविरोधी गतिविधी बढेको उल्लेख गरिएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको विषयलाई पनि आइबीको उक्त रिपोर्टमा गम्भिर विषयको रुपमा संकेत गरिएको…विस्तृत समाचार »

भारतमा नेपाली चालकमाथी कुटपिट

२०, असोज लुम्बिनी ।  भारतीय पक्षको आडमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल–भारत सीमा नाका वेलहिया ठप्प पारेपछि असुरक्षाको महसुस गर्दै नेपाली चालक आफ्ना गाडी बेवारिसे अवस्थामा छाडेर नेपाल आएका छन् ।  गत आइतबार दिउँसोदेखि भारतीय बजारबाट मालवाहक सवारी आउन नदिएको मधेसी मोर्चाले भारतीय भूमिमा बसेर आन्दोलन चर्काउँदै केही नेपाली नागरिकलाई भारतीय भूमिमै कुटपिट गरेपछि मालवाहक गाडी बेवारिसे अवस्थामा छाडेर आफ्नो भूमिमा आएको नेपाली चालकले बताएका…विस्तृत समाचार »

पैँतीसवटा ट्याङ्कर पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रिए

२० असोज  झापा।  पूर्वी नाका काँकडभिट्टा भएर गएराति र आज बिहान गरेर पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारी नेपाल भित्रिएका छन् ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार गएराति ३४ र आज बिहान एउटा गरी जम्मा ३५ वटा ट्याङ्कर नेपाल भित्रिएका छन् ।  नेपाल भित्रिएका ट्याङ्करमध्ये पेट्रोल बोकेका १३ वटा, मट्टितेल बोकेका एक र डिजेल बोकेको २१ वटा ट्याङ्कर नेपाल भित्रिएक ा छन् । विस्तृत समाचार »

Ruslan

paicho

bussewa

राजनीति

झलनाथ खनालको खुलासा : ‘माघभित्रै एमाले–माओवादी एकता, नयाँ पार्टीको नाम नेकपा रहन्छ’

२ माघ,काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम एमाले वरिष्ठ नेता झलनाथ खनालले माओवादीसंगको पार्टी एकता माघभित्रै टुङ्गीने बताएका छन् । एक टेलिभिजनसंगको कुराकानीमा खनालले माघभित्रै दुवै पार्टी एक हुने बताएका हुन । 

प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने काँग्रेस नेताको चेतावनी

२ माघ,काठमाडौं । नेपाली काँग्रेसका नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले एक 

ईश्वर पोखरेलको प्रस्तावले वामदेव र प्रचण्डको सपना अधुरै,अब प्रचण्डले के गर्छन् वामदेवलाई ?

२ माघ,काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेपछि उनका लागि 

अन्तर्राष्ट्रिय

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच झडप हुदा ९ जनाको मृत्यु

२ माघ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top