kantipur mall

समाचार

जग्गेबाट खोसिँदै यी कलिला जोडी

११,भदौ,काठमाडौं ।पूर्वी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन् । उमेर नपुग्दै विवाहको लागि विमला भागेको सूचना स्थगानीय किशोरीहरुले पाए । कक्षा आठमा पढ्दै गरेकी विमलाको विवाह हुँदै थियो । तर कलिलैमा विवाह गर्न लागेको भन्दै गाउँका किशोरी मिलेर विमलालाई मण्डप जग्गे बाटै खोसेर लगे। इच्छा विपरीत हुन लागेको विमलाको विवाह रोकियो। आजको अन्नपूर्णमा खबर छापिएको छ। मैनतडाकै १३ वर्षीया संगीता तिरुवा…विस्तृत समाचार »

त्रिशुलीमा डुब्यो शिक्षक बन्ने सपना

११,भदौ,रौतहट । शुक्रबार एकाबिहानै आएको खबरले जिल्लाबासीलाई शोकमग्न बनायो। बिहीबार साँझ रौतहटबाट पोखरा हिँडेको बस त्रिशुलीमा खसेको थियो । शिक्षक सेवा आयोगले शनिबार बिहान ८ बजेदेखि लिने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन दर्जनौं शिक्षित बेरोजगार चढेको ग १ ख ३७०९ नम्बरको विन्ध्यवासिनी बस नदीमा खसेको खबरले बसलाई त्रिसुलीले डुबाएजस्तै जिल्लालाई शोकले डुबायो । दुर्घटनामा रौतहटको मुडबलवा गाविसका पाँचजनाको मृत्यु भएको छ । साँझसम्म…विस्तृत समाचार »

मुग्लिनको बाटो ज्यान सधैं धरापमै

११ भदौ, काठमाडौं । नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ ।त्यहीमाथि विस्तारका नाममा सडक विभागले  सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन् । चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ मुग्लिन सडकको कालीखोलाखण्ड निकै जोखिमपूर्ण रहेको आजको अन्नपूर्णमा समाचार छ । ‘दुर्घटना भएको…विस्तृत समाचार »

मन्त्री भएकै पहिलो दिन गगनको यस्तो कठोर निर्देशन

११,भदौ,काठमाडौं । कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले वैदेशिक रोजगारमा गएकाको स्वास्थ्य परीक्षणसम्बन्धी विवाद समाधान समितिको अध्यक्षमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंहलाई सिफारिस गर्ने निर्णय गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मन्त्री थापाले दर्ता नभएका औषधिपसल बन्द गर्न औषधि व्यवस्था विभागका कर्मचारीलाई निर्देशन दिएका छन् । पदबहाली भएकै दिन विभागको वार्षिक समीक्षा बैठकको उद्घाटन गर्दै…विस्तृत समाचार »

यसपालीको दशैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातामै खुल्ने

११ भदौ काठमाडौ । आगामी १५ असोजको घटस्थापनाका दिनबाट सुरूहुने दसैंका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो साताबाट खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा दसैंका लागि राजधानीबाट विभिन्न गन्तब्य हुँदै गाउँ घरसम्म पुग्ने यात्रुको लागि आगामी असोजको पहिलो साताबाट टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागले जनाएको खबर आजको राजधानीमा दैनिकमा न्यूज छ…विस्तृत समाचार »

क्रिकेटका नाममा यसरी हुदैछ मानवतस्करीः टोकियो विमानस्थलबाटै गैरखेलाडी बेपत्ता

११,भदौ,काठमाडौं । मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएका थिए । जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये दुई जना मात्रै साथमा थिए । बाँकी सातमध्ये…विस्तृत समाचार »

प्रहरी कार्यालयभित्रै मरुन्जेल कुटीए व्यवसायी

११,भदौ,काठमाडौं । इलाका प्रहरी कार्यालय इटहरीमा बुधबार मात्रै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक डिएसपी नरेशराज सुवेदीले प्रहरी कार्यालयलाई यातनारहित बनाउने प्रतिबद्धता जनाएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–तर, उनको प्रतिबद्धता २४ घन्टा पनि टिकेन । प्रतिबद्धता जनाएको २४ घन्टा पनि नबित्दै स्थानीय एक आर्ट पेन्टर व्यवसायीलाई प्रहरीले कार्यालयभित्रै लगेर कुटपिट गरेको छ । स्थानीय संगीत चोकमा रहेको न्यु रेम्बो आट्र्स एन्ड नाइलन स्ट्याम्पका…विस्तृत समाचार »

नेपाली सेनालाई जलविद्युतमा लगानी गर्न कानुन बाधक

११ भदौ, काठमाडौं । सैनिक कल्याणकारी कोषको रकम जलविद्युत् आयोजनामा लगानी गर्न कानुन बाधक रहेको छ । सैनिक ऐनले कोषको रकम इक्विटी र ऋण प्रवाहमा रोक लगाएको छ ।ऐनको व्यवस्था परिवर्तन भएमा कोषको १० अर्ब रुपैयाँ तत्काल र दुई अर्ब वार्षिक रूपमा परिचालन गर्न सकिने कोषका अधिकारीहरूले बताएका छन् । सैनिक कल्याणकारी कोषमा हाल ३७ अर्ब ६ करोड रुपैयाँ रहेको आजको नयाँ पत्रिकामा न्यूज छ…विस्तृत समाचार »

भारतमा एकै परिवारका नेपाली पाँचकोे मृत्यू

१० भदौ, काठमाडौं । भारतको सिमलामा आएको बाढीले एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । घटना गत आइतबार रातिको हो । तर, प्रहरीले शुक्रबारमात्रै घटनाबारे जानकारी दिएको हो । हिमाञ्चल प्रदेशमा पर्ने सिमलाको बन्द्राली गाउँमा घनघोर पानी परेको र पहिरोमा पुरिएर एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नेपाली नागरिक लछिराम, उनकी श्रीमती र तीन जन…विस्तृत समाचार »

कृष्ण अष्टमीमा फुलपाती सेलाउन गएकी बालिका महाकाली नदिमा बेपत्ता

१० भदौ, कञ्चनपुर । कृष्ण अष्टमीको फुलपाती विर्सजन गर्न गएकी एक बालिका महाकाली नदीमा बेपत्ता भएकी छन् । दोधारा चाँदनी नग रपालिका–९ का खिमबहादुर रानाकी १० वर्षकी छोरी सविता राना महाकाली नदीमा डुबेर बेपत्ता भएकी हुन् ।  शुक्रबार कृष्णअष्टमीको फूलपाती विर्सजन गर्न महाकाली नदीमा गएका बेला सबिना र दोधारा चाँदनीकै पवन थापाकी १६ वर्षकी छोरी सीता थापालाई नदीले बगाएको थियो । स्थानीय बासिन्दाले सीताको सकुशल उद्धार गरेपनि…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ : रामचन्द्र पौडेल

२७ कात्तिक, निजगढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न उत्तम समय भएको बताएका छन् । बारा जिल्लाको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए । पौडेलले भने– ‘सीमाको समस्या धेरै पहिले देखि हो । यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौँ । तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।’

मोरङको स्थानीयत तहको उपचुनावमा कांग्रेस र समावजादीबीच तालमेल

२७कात्तिक, विराटनगर ।  मोरङको धनपालथान गाउँपालिकाको उपचुनावमा नेपाली कांगेस र समाजवादी पार्टीले तालमेल गरेका छन् ।  धनपालथान वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसले नारायणप्रसाद साहलाई उमेदवार बनाएको छ ।  समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्ना उमेदवारी नहुने कांग्रेससंग सहमति गरेको छ । समाजवादीले डम्बरलाल मण्डलले वडाअध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको थियो । दुबै पार्टीले आज बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चुनावमा तालमेल गरिएको जनाएका छन् ।

सिके राउतको पार्टीले पनि उपनिर्वाचनमा उम्मेदवारी दिँदै

२७ कात्तिक, काठमाडौं । मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ । गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ ।

अन्तर्राष्ट्रिय

​किन रक्ताम्य भयो दक्षिण कोरियाको नदी ?

२७ कात्तिक, काठमाडौं । उत्तर कोरिया तथा दक्षिण कोरियाको सीमा नजिकै रहेको एक नदी सुँगुरको रगतका कारण पूर्ण रुपमा रातो भएको छ ।
देशमा अफ्रिकन स्वाइन फिवर फैलिने जोखिम बढेपछि दक्षिण कोरिया प्रशासनले सावधानीका लागि ४७ हजार सुँगुर मार्न आदेश दिएको थियो ।मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ्ग साइडमा गाडिएको थियो । तर पानी परेकाले त्यहाँबाट रगत बगेर नजिकै रहेको सानो नदी इमजिनमा मिसियो । त्यसपछि नदीको पानी पूर्ण रुपमा रातो भएको हो । अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो । 

बोलिभियामा राजनीतिक युटर्न : राष्ट्रपतिमा निर्वाचित भएको दुई सातामै इभोले दिए राजीनामा

२५ कात्तिक, काठमाडौं । बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् 

कोरियामा जीवनबारे पाठ सिक्न नक्कली दाह संस्कार !

२४ कात्तिक, काठमाडौं  । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।  हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन,‘मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।’  

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top