समाचार

​पहिरोपीडितलाई चार लाख रूपैयाँ सहयोग

२७ असोज म्याग्दी। म्याग्दीको देवीस्थानका पहिरोपीडितलाई बुधबार विभिन्न सङ्घसंस्थाले करिब चार लाख रुपैयाँ सहयोग गरेका छन् । देवीस्थानमा क्रियाशील सूर्यमुखी युवा क्लबको संयोजनमा पहिरोपीडित दुई परिवारलाई तीन लाख ८५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । देवीस्थान–युके समाजले रु तीन लाख ३५ हजार, मोना हङकङले रु २५ हजार र मिलन म्याग्दीले उपलब्ध गराएको १५ हजार रुपैयाँ पहिरोपीडित सुनमायाँ भट्टचन र कलिमा बुढालाई हस्तान्तरण गरिएको हो…विस्तृत समाचार »

मध्य र पश्चिमी क्षेत्रबाट यस वर्षको मनसुन बाहिरियो

२७,असोज,काठमाडौं ।  मध्य र पश्चिमी क्षेत्रबाट यस वर्षको मनसुन बाहिरिएको छ । सामान्यतया जेठ अन्तिम हप्ता सुरु भएको मनसुन असोज दोस्रो हप्ता सकिनुपर्ने हो । तर यो वर्ष ५ दिन ढिला गरी असार १ गते सुरु भएको मनसुन दुई हप्ता लम्बिएको मौसमविदले बताएका छन् । मध्य र पश्चिममा मनसुन सकिएपनि पूर्वमा भने बाँकी नै रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार वायुमण्डलमा अझैपनि…विस्तृत समाचार »

हिन्दु जागरण युवा संघ बैतडी शाखा पुर्नगठन

मिलनप्रकाश ढुङ्गाल,२६,असोज,बैतडी ।हिन्दु जागरण युवा संघ बैतडी शाखा मंगलबार पुर्नगठन गरिएको छ । धर्म निरपेक्षता बिरोध अभियानमा  आबद्ध  भएर  हिन्दु धर्म संरक्षणका लागि भन्दै माहारुद्र ४ सेराका सुरज चन्दको अध्यक्षतामा नयाँ जिल्ला कार्य समति चयन गरिएको हो । हिन्दु जागरण युवा संघको प्रथम उपाध्यक्ष करन बिष्ट र उपाध्यक्ष किरन महरा मनोनित भएका छन् ।  महासचिवमा बिजयपुर ७ गोरागाँउका राजेन्द्र बहादुर बिष्ट र सचिबमा मल्लादेही २…विस्तृत समाचार »

कञ्चनपुरबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

२६,असोज,कञ्चनपुर  । कञ्चनपुरबाट पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ । स्वदेशमा पर्याप्त रोजगारीको व्यवस्था नहुँदा विदेसिने युवापुस्ताकोेको सङ्ख्या बढ्न थालेको हो ।  जिल्ला प्रशासन कार्यालयमा रहेको वैदेशिक रोजगार परामर्श केन्द्रकाअनुसार गत आर्थिक वर्ष २०७२÷७३ मा मात्रै सात हजार ६९७ जनाले वैदेशिक रोजगारीका लागि राहदानी लिएकामा जिल्लाबाट चार हजार ६२२ र केन्द्रबाट तीन हजार १५ जनाले राहदानी बनाएको केन्द्रका परामर्शदाता लक्ष्मी बोहराले बताए।…विस्तृत समाचार »

‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु

२६,असोज,काठमाडौँ  । काठमाडौँको जोरपाटीस्थित शेल्कर गुम्बामा ‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु भएको छ । दुई सातासम्म जारी रहने सो शास्त्रार्थमा काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायअन्तर्गत गुम्बाका ४०० लामा, विद्वान तथा अनुयायीको सहभागिता छ ।  शास्त्रार्थमा बौद्धदर्शनप्रतिको अन्धविश्वासलाई अन्त्य गर्न सहभागीमध्येबाट सोधिएका प्रश्न तथा जिज्ञासाको तार्किक बहस गरिने छ ।बौद्ध दर्शनमा महत्वपूर्ण मानिएका माध्यामिक, प्रज्ञापारमिता, अभिधर्मकोष, प्रमाणवर्तीका र विनयजस्ता बौद्ध साहित्यका आधारमा प्रश्न तथा उत्तर गरिने छ…विस्तृत समाचार »

दसैंमा मासु खाँदा घाटीमा हड्डी अड्किएर मृत्यु

२६,असोज,कञ्चनपुर । घाटीमा मासुको हड्डी अड्किएर कञ्चनपुरमा एक जनाको ज्यान गएको छ । मंगलबार बडादसैंको दिन कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीका ५५ वर्षीय बहादुर रावलको घाटीमा मासु अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । कञ्चनपुर प्रहरी प्रवक्ता नैनसिंह कार्कीका अनुसार उनको महाकाली अञ्चल अस्पताल ल्याइ उपचार गराउने क्रममा मृत्यु भएको हो ।  रावल शुक्लाफाँटा वन्यजन्तु आरक्षको वार्डेन कार्यालय मझगाउँमा सशस्त्र वन रक्षक ग्यामस्टोक…विस्तृत समाचार »

खड्ग तरबार जात्रा सम्पन्न

२६,असोज,काठमाडौँ  । काठमाडौँको उत्तरी भेग टोखामा प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन गरिने खड्ग तरबार जात्रा आज गरिएको छ । त्यस क्षेत्रमा रहेका दानवीय शक्तिले सर्वसाधारण मानिसलाई दुःख, कष्ट दिन नपाओस् भनी यस किसिमको जात्रा निकाल्ने गरिन्छ ।  जीवित देवी कुमारी र गणेशलाई विशेष किसिमको सिङ्गार गरी स्थानीय तलेजु मन्दिरमा ल्याएपछि त्यहीँबाट जात्रा सुरु भएको थियो । सो जात्रा त्यहाँका स्थानीय टोल तथा नगर परिक्रमा गरी…विस्तृत समाचार »

विपन्न कोषबाट २५२ विद्यार्थीलाई छात्रवृत्ति

२६,असोज,चितवन । पूर्वी चितवनको खैरहनीमा गरिब र जेहेन्दार विद्यार्थीका लागि स्थापित छात्रवृत्ति कोषमा रु ४२ लाख सङ्कलन भएको छ । एक व्यक्तिले सुरु गरेको उक्त अभियानमा यसरी रकम सङ्कलन भएको हो । चार वर्षको अन्तरालमा उक्त कोषबाट विपन्न २५२ जना विद्यार्थीलाई झन्डै रु ६ लाख छात्रवृत्ति वितरण भएको छ ।  उच्च माविमा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषमा रु ४२ लाख ५८ हजारभन्दा बढी रकम सङ्कलन…विस्तृत समाचार »

साठी फिट लामो रावण दहन गरियो

२६,असोज,महोत्तरी  । महोत्तरीको सदरमुकाम जलेश्वरमा मङ्गलबार राति बडादसैको अवसरमा रावणको पुतला दहन गरिएको छ । शङ्करचोक शिव तथा दुर्गा पूजा समारोह समितिको आयोजनामा रु दुई लाख १५ हजारको लागतमा ६० फिट लम्बाइ भएकोे रावणको पुतला निर्माण गरी रावण दहन गरिएको हो ।  सांसदहरु रामदयाल मण्डल र चन्देश्वर झाले सो धार्मिक कार्यक्रमको शुभारम्भ गरेपछि पूजा समितिका उपाध्यक्ष रोशन सिंह र जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले रोकेटमा…विस्तृत समाचार »

श्रीमतीको हत्या भएपछि श्रीमान् सहित घरपरिवार पक्राउ

२६,असोज,उदयपुर । उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।  इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका राजेन्द्रका भाइ सुवास कटुवालले चार दिन अघि भाउजु भीम कुमारीलाई फोनबाट सिजुवामा बोलाएर…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top