esewa

समाचार

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा

१०,साउन,भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ ।  कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए । उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए।  परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र…विस्तृत समाचार »

​आयल निगम थानकोट डिपो प्रमुख रविन शर्मा निर्दोष भएको अदालतको ठहर

१०,साउन,काठमाण्डौं । कालोबजारीयालाई साथ दिएर तेल तस्करी गरेको आरोप पक्राउ परेका आयल निगम थानकोट डिपो प्रमुख रविन शर्माले अदालतले सफाइ दिएको छ ।  भारतीय नाकाबन्दिका बेला शर्मालाई कालोबजारीया संग मिलेर तेलको तस्करी गरेको आरोपमा गत मंसिर २७ गते पक्राउ परेका थिए । शर्मालाई लागइएको अभियोग प्रमाणित हुन नसकेपछि असार ३१ गते जिल्ला अदालत काठमाडौले सफाई दिएको हो । शर्माले कालोबजारीयलाई सहयोग गरेको भन्ने आरोपको भने खण्डन…विस्तृत समाचार »

नुनको मूल्य प्रतिकिलो रु १५० नाघ्यो !

१०,साउन,गोरखा। गोरखा जिल्लाको सुगम क्षेत्रमा प्रतिकिलो नून रु २० मा पाइन्छ । ढिके नुनको भाउ प्रतिकिलो रु १५ रहेको छ । तर उत्तरी गोरखाको हिमालपारिका सात गाविसमा भने प्रतिकिलो नुनको मूल्य रु १५० नाघेको छ ।  सडक सञ्जालले नछोएका यी गाविसमा खाद्यान्नलगायत सामग्रीको ढुवानी खच्चडमार्फत गरिन्छ । बर्खा लागेपछि पहिरोले मनास्लु पदमार्ग अवरुद्ध हुँदा खच्चडमा गरिने ढुवानी बन्द हुन्छ । नुन, तेल, खुर्सानीको भाउ महँगिएपछि…विस्तृत समाचार »

बाढीका कारण झापामा दुईको मृत्यु, नौ सय परिवार विस्थापित

१०,साउन,झापा । अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु, एक बेपत्ता र ९०० घरपरिवार विस्थापित भएका छन् । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको छ भने कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ ।  झापामा आज भने…विस्तृत समाचार »

​सामुदायिक सूचना केन्द्र स्थापना

१० साउन, बागलुङ । जिल्लाको पैयुँपाटा–१ स्थित त्रिभुवन उच्च माविमा सामुदायिक सूचना केन्द्र स्थापना गरिएको छ । सामुदायिक विद्यालयमार्फत सूचना, सञ्चारको पहुँच बढाउन केन्द्र स्थापना गरिएको हो । सूचना तथा सञ्चार मन्त्रालयको आर्थिक सहयोगमा स्थापित केन्द्र आइतबार उद्घाटनपछि सञ्चालनमा आएको छ ।  मन्त्रालयका उपसचिव रुद्रादेवी शर्मा र बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले केन्द्रको संयुक्त रुपमा उद्घाटन गरे । उपसचिव शर्माले समुदायमा ‘डिजिटल’ साक्षरता बढाउने उद्देश्यले केन्द्र…विस्तृत समाचार »

बर्षाका कारण जनकपुर जलमग्न

१० साउन, जनकपुर । अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिकाका सम्पूर्ण वडा जलमग्न भएको छ । पानीको व्यवस्थित निकास नभएकाले सडक जलाशयमा परिणत भई ढलको पानी सडकमा नै बगिरहेको छ । वर्षाले उपमहानगरपालिकाका २७ वटै वडाका पुरानो घरमा पानी पसेको छ ।  पानीले राष्ट्रिय समाचार समिति, हुलाक , यातायातलगायतका सरकारी कार्यालय र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ ।  त्यस्तै नगरको कदम चोक, पिडारी…विस्तृत समाचार »

प्रहरी मुख्यालयमा झण्डै २ सय प्रहरी अनावश्यक

१० साउन, काठमाडौँ। देशभरिका प्रहरी कार्यालयमा जनशक्ति अपुग छ। तर प्रहरी प्रधान कार्यालयमा भने आवश्यकताभन्दा एक सय ९१ जना प्रहरी बढी छन्।तर, मुख्यालयले डेडक्वार्टरमा रहेका अनावश्यक प्रहरीलाई बढी काम भएका कार्यालयमा खटाउन सकेको छैन। प्रहरीले नै आन्तरिक रुपमा गरेको अध्ययनमा मुख्यालयमा १८ डिएसपीसहित एक सय ९१ जना प्रहरी आवश्यकता भन्दा बढी रहेको देखाएको छ।नीति तथा योजना निर्देशनालयले गत माघ महिनामा त्यससम्बन्धी प्रतिवेदन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त…विस्तृत समाचार »

​पर्यटक मृत अवस्थामा फेला

१० साउन, पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रामा गएकी रोमानियाकी नागरिक एडिना मोनिका पोपेस्क्यु मृत अवस्थामा फेला परेकी छन् ।  उनी हराएको सूचना पाउनासाथ गत शुक्रबारदेखि घान्दु्रुक प्रहरी चौकीको सक्रियतामा खोजी गरिएकोमा आइतबार बेलुका उनलाई सेओइँ र मोदी खोलाको दोभान आसपास क्षेत्रमा मृत अवस्थामा फेला पारिएको अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले जानकारी दिए  ।  गत शुक्रबार केही दिनयता उनी हराएको…विस्तृत समाचार »

पिकअप भ्यान भिरबाट खस्दा दुईको मृत्यु, आठ गम्भीर

१०,साउन,मोरङ । मोरङको पहाडी गाविस रमितेखोलामा गएराति पिकअप भ्यान भिरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।  मोरङकै टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को१ज १७५५ नम्बरको पिकअप रमितेखोला– २ स्थित भिरबाट ध्वासे खोलामा खस्दा सोही ठाउँका वडा नम्बर ७ बस्ने १८ वर्षीय सिद्धि राईको घटनास्थलमा नै र इलाम साक्फारा–१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर…विस्तृत समाचार »

​विद्यार्थीहरु नेपाली विषयमै सबैभन्दा बढि कमजोर

१० श्रावण काठमाडौ । यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम ‘ए’ प्लस भने नेपाली विषयमा ल्याएका छन्। नागरिक दैनिकमा न्यूज छ ।   नेपालीमा ६३ जनाले मात्र ‘ए’ प्लस ल्याएका छन्। ९०–१०० प्रतिशत ल्याउने ए प्लसम पर्छन्।  ‘डी’ ल्याउने ४३ हजार ६ सय…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रदेश ३ : मन्त्रीमुखी बजेट ल्याएको भन्दै नेकपा सांसदकै विरोध

११ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक वर्ष २०७६र७७ को बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु नै उत्रिएका छन् । नेकपा संसदीय दलको बैठकमा उनीहरुले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट पारिएको, सांसदको मागलाई अवमुल्यन गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखे । नेकपा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरुले र पहुँचका आधारमा कार्यक्रमहरु समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले आफ्नो क्षेत्रमा परेका योजना पनि आफूले भनेअनुसार 

कांग्रेसको केन्द्रीय प्रतिनिधिसँगको छलफल १५ घण्टा २५ मिनेटसम्म चल्ने

११ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग बुधबारदेखि छलफल सुरु गरेको छ । ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो । कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराइ(मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल सुरु गरिएको कांग्रेस सभापति 

संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन : मन्त्री पण्डित

११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशील भएकाले तत्काल शत प्रतिशतलाई भागबण्डा

अन्तर्राष्ट्रिय

बङ्गलादेशकी प्रधानमन्त्रीले चीन भ्रमण गर्दै

११ असार, बेइजिङ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्ने भएकी छन् । ‘चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको  छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताए । चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३ औँ गृष्मकालीन डेभोस फोरममा

भारत: मध्यरातमा २ कार ठोक्किँएर थिन्दा फुटपाथमा सुतिरहेका ३ बालबालिकाको मृत्य

११ असार, पटना । भारतको पटनामा मध्यरातको समयमा तिब्र गतिका दुई कार ठोक्किएर थिच्दा फुटपाथमा सुतिरहेका तीन जना बालबालिकाको ज्यान गएको छ। फुटपाथमा सुतिरहेका बालबालिकाको मृत्यु भएसँगै आक्रोशित स्थानीयको कुटाईबाट एक कार चालकको ज्यान गएको छ । कारमा सवार अर्का एक व्यक्ति र फुटपाथमा सुतिरहका एक बालक गम्भीर घाईते भएका छन्। मध्यराति २ बजेतिर अगमकुआँको पार्कको अगाडि पट्टी फुटपाथमा दुई कार एक आपसमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार जुधेर पल्टिएसँगै तीन

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून

१० असार, सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् । संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट पारे । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top