esewa

समाचार

सहरी विकास मन्त्रालयलाई हजार भन्दा बढि कर्मचारी आवश्यक

७ साउन, काठमाडौँ ।  सहरी विकास मन्त्रालयले नयाँ सहरको सम्भाव्यता अध्ययनका लागि जनशक्ति छनोट प्रक्रिया अघि बढाएको छ । सम्भाव्यता अध्ययनका लागि  १३ सयभन्दा बढी कर्मचारी आवश्यक रहेको भन्दै मन्त्रालयले कर्मचारी थप्न अर्थ मन्त्रालयमा सहमति मागेको छ ।  नयाँ सहर विकासका लागि स्थायी र करार गरी तत्काल थप कर्मचारी भर्ना गर्ने तयारीमा मन्त्रालय रहेको छ ।  मन्त्रालयले १ सय ५ नयाँ सहर बसाउन सम्भाव्यता अध्ययन…विस्तृत समाचार »

करेन्ट लागेर एकको मृत्यु

७ साउन, रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजपुर फरहदवा वडा नं २ का शिवभगत मालीका ३० वर्षीय छोरा दिनेश मालीको गएराति करेन्ट लागेर मृत्यु भएको हो  ।  राति ९ः३० बजेको समयमा आफ्नै गाउँ वडा नं ७ मा रहेको पुरानो ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएको मालीको उपचारका लागि बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका…विस्तृत समाचार »

​म्याग्दीमा यसवर्ष सोह्र झोलुङ्गे पुल निर्माण

७ साउन, म्याग्दी ।  पहाडी जिल्ला म्याग्दीमा यस वर्ष करिब रु साढे पाँच करोडको लागतमा १६ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । थप दुईवटा निर्माणाधीन अवस्थामा रहेका छन् भने ११ वटाको बृहत् मर्मत गरिएको जिल्ला विकास समितिको कार्यालयले जनाएको छ । जिविसमार्फत निर्माण भएका झोलुङ्गे पुलबाट करिब सात हजार घरधुरीका साढे ४६ हजार जनसङ्ख्या लाभान्वित भएका छन् ।  आव २०७२÷७३ मा रु पाँच…विस्तृत समाचार »

​पर्वतमा पहिरो, स्थानीय त्रसित

७ साउन, पर्वत ।  उत्तरी पर्वतको लेकफाँट गाविसको लोप्रे र कुवापानीको सिमाक्षेत्रमा पर्ने पहाड चिरा परेर पहिरो खस्न थालेको छ ।  लेकफाँट गाविसको ४ नम्बर वडामा पर्ने सो पहाड चिरा परेर फेदीको बस्तीमा ढुङ्गा खस्ने र लेदोसहितको बाढी आएको छ । पहिरोका कारण माझफाँट–९ मूलघडेरीका चार घरधुरी उच्च जोखिममा परेका वडा नागरिक मञ्चका संयोजक गोविन्द खत्रीले बताए ।  पहाडको १०५ मिटर लम्बाइ र ६५ मिटर…विस्तृत समाचार »

जिल्ला अस्पताल नै रोग सार्ने थलो

७,साउन,गौशाला । सम्बन्धित सरोकारवालाको लापर्बाहीका कारण महोत्तरीको जिल्ला अस्पताल, जलेश्वर, रोग सार्ने थलो बनेको छ । दैनिक करिब ५०० बिरामी उपचारका लागि आउने महोत्तरी जिल्ला अस्पतालमा चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ ।  जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाई वस्तु, सुँगुरबङ्गुरको मलमुत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न सडेगलेका फोहर वस्तु जताततै देखिन्छन् भने शौचालयमा दिसापिसाब माथिसम्म भरिएर चारैतिर फोहर बनाउनुका साथै पूरै…विस्तृत समाचार »

काँग्रेस सभापतिको सम्मेलन हुने

७,साउन,बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक देशभरका नेपाली काँग्रेसका नगर सभापतिको सम्मेलन हुने भएको छ । आगामी असोज ३ र ४ गते हुने सो सम्मेलनमा २१९ नगर सभापतिसहित करिब ४०० प्रतिनिधिको सहभागिता रहने नेपाली काँग्रेस बनेपा नगर समितिद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगर सभापति राम जोशीले जानकारी दिए ।  उनले त्यसका लागि रु १८ लाख खर्च हुने अनुमान गर्दै केही रकम रजिष्ट्रेसनबाट र अन्य विभिन्न व्यक्ति…विस्तृत समाचार »

भूकम्पपछि बन्द उद्योगका मजदुर काममा फर्किए

७,साउन,भक्तपुर । भूकम्पले उद्योगको चिम्नी ढालेपछि बन्द रहेको भक्तपुरको इँटा तथा टायल उद्योग १४ महिनापछि सञ्चालनमा आएको छ । रु तीन करोडको लागतमा ७४ मिटर अग्लो नयाँ चिम्नी पुनःनिर्माण पछि उद्योग पुनःसञ्चालनमा आएको हो ।  गत वर्ष वैशाखमा गएको भूकम्पका कारण उद्योगको इँटा पोल्ने दुईवटा भट्टा र चिम्नी ढलेर पूर्णरुपमा क्षति हुँदा करिब रु नौ करोडको क्षति भएको उद्योगका प्रबन्ध निर्देशक दुर्गा मल्लले जानकारी दिए । …विस्तृत समाचार »

पत्नि हत्या आरोपमा पक्राउ कार्कीलाई कारबाहीको माग

७,साउन,भक्तपुर। भक्तपुरको सल्लाघारीस्थित घरमा आफ्नै २३ वर्षीया श्रीमती दीपा कार्कीको टाउकोमा हम्मरले हानेर हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय विजय कार्कीलाई सर्वस्वसहित जन्मकैदको माग गर्दै आफन्तले प्रहरी वृत्त जगाते घेराउ गरे ।  भक्तपुरको छालिङमा पुरानो घर भई हाल सूर्यविनायक नगरपालिका–४ सल्लाघारीस्थित आफ्नै घरमा बस्दै आएका कार्कीले प्रेम विवाह गरेकी श्रीमती कार्कीको गत असार २९ गते दिउँसो हत्या गरी फरार हुँदै गरेको अवस्थामा प्रहरीले एयरपोर्टबाट…विस्तृत समाचार »

जवरजस्ती करणी, मानव बेचविखन, ठगी र आत्महत्याका घटनामा वृद्धि

पार्थ मण्डल,७,साउन, भद्रपुर । झापा जिल्लामा जवरजस्ती करणी, मानव बेचविखन, ठगी र आत्महत्याका घटनाहरु क्रमस बृद्धि हुने थालेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको त्रिबर्षीय अपराधिक तथ्याक अनुसार गत आर्थिक बर्ष २०७२।७३ मा यी घटनाहरु बद्धि भएको पाइएको हो । आर्थिक बर्ष ०७०।७१ मा जबरजस्ती करणीमा ४४, ०७१।७२ मा ४७ र ०७२।७३ मा ५३ मुद्धा दर्ता भएको छ । त्यस्तै मानव बेचविखन तर्फ आर्थिक…विस्तृत समाचार »

डोल्पामा प्राकृतिक नाकावन्दी

६ साउन, डोल्पा/रामचन्द्र न्यौपाने । बर्षातको मौसम शुरु भएसँगै डोल्पाबासीलाई यातायताको समस्याले सताउने गर्छ । डोल्पामा यातायातको मुख्य साधनको रुपमा रहेको जुफाल विमानस्थल पाँच दिन देखि बन्द छ । यता बर्षा सिजन सुरु भएसंगै बाटो अवरुद्ध भएकाले दैनिक उपभोग्य बस्तु ढुवानीको एकमात्र माध्यम खच्चड पनि नियमित आउन छाडेका छन् । यसले गर्दा डोल्पामा प्राकृतिक नाकावन्दीको अवस्था सिर्जना भएको छ ।खराब मौसमका  कारण जुफाल बिमानस्थल बन्द…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ : प्रचण्ड

९ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन्। सोमबार  माडी नगरपालिकाको तेस्रो नगरसभामा उनले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताए। अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उनको भनाइ थियो। कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनले बताए। अहिलेको परिवर्तन

नेकपाका सांसदको शिक्षा मन्त्रालयलाई प्रश्न-शिक्षा देखिएको विकृतिलाई कसरी अध्ययन गरिरहेको छ?

९ असार, काठमाडौं । सत्तारढ दलकै सांसदले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगतिबारे  शिक्षा मन्त्रालयको धारणा माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाले शिक्षा क्षेत्रमा देखिएका विसंगति र विकृतिबारे शिक्षा मन्त्रालयको धारणा माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिलाएको विषय उल्लेख गर्दे उनले शिक्षामा लामो समयदेखि देखिँदै आएको विकृति र विसंगतिलाई शिक्षा मन्त्रालयले कसरी अध्ययन गरिरहेको छ भनी 

सुरङ मार्गलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ : मन्त्री महासेठ

९ असार, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत भौतिक पुर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएको प्रश्नको जवाफ दिदै उनले सरकारले सुरङ मार्गको लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको बताए । विकास र पुर्वाधार निर्माण सम्बन्धमा आवश्यकता अनुसार बजेट विनियोजन गरिएकाले पानी जहाजका लागि सोही अनुसार बजेट राखिएको उनले 

अन्तर्राष्ट्रिय

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

९ असार, सोल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन्। दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ। ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेको बताएका हुन्। सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्न हुने जनाइएको छ। यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको

इरानसँग वार्ताको लागि पूर्व शर्त छैन : ट्रम्प

९ असार, काठमाडौं । पछिल्लो समय अमेरिका र इरानबीच विवाद बढ्दो छ । आइतबार मात्रै अमेरिकाले इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् । सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई इरानको परमाणु सम्झौताबाट हटाउँदै तेहरानमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्प भारतजस्ता देशलाई इरानबाट तेल खरिद गर्न रोक्न चाहन्थे । पत्रकार सम्मेलनमा पत्रकारहरुले राष्ट्रपति ट्रम्पलाई सोधेका 

भारत: हिमालमा वेपत्ता ७ जना पर्वतारोहीको शव फेला

९ असार, नयाँ दिल्ली । भारत–तिब्बत सीमा प्रहरीको एक उद्धार टोलीले आइतबार नन्दादेवी पूर्वमा एक हिमाली टाकुरामा ७ जना विदेशी पर्वतारोहीको शेव फेला पारेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ७ मध्ये एक शव महिलाको रहेको छ । सबै पर्वतारोही ती हप्ता पहिला नन्दादेवीमा आएको हिम पहिरोमा परेका थिए । र वेपत्ता भएका थिए । भारतको उत्तराखण्ड राज्यमा पर्ने नन्दादेवी हिमाल चढ्न पर्वतारोही त्यसतर्फ गएका थिए । प्रहरीको टिमले सोमबार बाँकी रहेका एक अन्य पर्वतारोहीको शव खोजी गर्नेसमेत जनाइएको छ । पर्वतारोहीको शव

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top