kantipur mall

समाचार

नशालुपदार्थ सुघाएर लुटपाट

९ भदौ, कञ्चनपुर । रोजगारी गरी घर फर्किने क्रममा भारतको खटिमामा आज दाङ घर भएका एकजना नेपाली लुटिएका छन् । भारतको चण्डीगढबाट घरतिर फर्किने क्रममा हरिद्वार क्षेत्रमा नेपालीजस्तै देखिने युवाले नशालु पदार्थ सुँघाएर लुटपाट गरेपछि दाङको काभ्रे गाविस मुलाबारीका मीनबहादुर राना खटिमाको मेलाघाट क्षेत्रमा अलपत्र अवस्थामा फेला परेका हुन् ।    मेलाघाट क्षेत्रमा अलपत्र परेका रानालाई कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रहरी चौकी बाबाथानको टोलीले उद्धार गरेर…विस्तृत समाचार »

सुनको भाउ घट्यो

९ भदौ, काठमाडौँ । सुनको भाउ आज  ५८ हजार ७ सय रुपैयाँमा झरेको छ । बिहीबार ४ सय रुपैयाँले घटेको हो  । बुधबार तोलामा ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ सस्तिएकाले नेपालमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…विस्तृत समाचार »

​छ वटा गोली लागेको गैंडाको अवस्था सुधारोन्मुख

 ९ भदौ ।  रौतहटको जङ्गलमा तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको अवस्था सुधारोन्मुख देखिएको छ।  रौतहटबाट चितवन निकुञ्जले यही भदौ ५ गते उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएर छाडेको करिब १५ वर्षको भाले गैँडाले आफ्नो विचरन र चरन क्षेत्र बढाउन थालेको निकुञ्जले जनाएको छ।  सौराहामा निकुञ्जको एक प्राविधिक टोली र नेपाली सेनाले गैँडाको उपचारका साथै रेखदेख गर्दै आएको छ।…विस्तृत समाचार »

​जुम्लाको स्याउ बजारमा

९ भदौ जुम्ला, । भदौ महिनाको पहिलो हप्ता भित्रै जुम्लाबाट दुई सय १७ मेट्रिकटन स्याउ निर्यात भएको छ । स्याउ किसान तथा व्यापारीलाई भदौ दोस्रो हप्तासम्म स्याउ नटिप्न तथा बिक्रीवितरण नगर्न जिल्ला कृषि कार्यालय जुम्लाले सूचना गरेपनि अहिलेनै दुई सय १७ मेट्रिकटन स्याउ जुम्लाबाट निर्यात भइसकेको हो । जुम्लाको स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं र विराटनगरमा पुगिसकेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना…विस्तृत समाचार »

फोटो पत्रकारको बिमा हुने

९ भदौ काठमाडौं । शिखर इन्सुरेन्स र फोटो पत्रकार क्लबबीच फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा गर्ने सम्झौता भएको छ । राजधानीमा बुधबार शिखर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपकुमार पाण्डे र क्लबका अध्यक्ष विकास कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार शिखर इन्सुरेन्सले फोटो पत्रकारहरूको क्यामेरामा तीन लाखसम्म, स्वास्थ्यमा एक लाख र दुर्घटनामा पाँच लाख रुपैयाँसम्मको बिमा गरिदिनेछ । कार्यक्रममा शिखर इन्सुरेन्सका प्रमुख कार्यकारी…विस्तृत समाचार »

​ सुदूरपश्चिममा विशेष उल्लासका साथ गौरा पर्व मनाईँदै

  ९ भदौ  । गौरा पर्व बिहीबार बैतडी लगायत सुदूरपश्चिममा विशेष उल्लासका साथ मनाईँदैछ । सुदूरपश्चिमेलीको प्रमुख चाडका रुपमा गौरा पर्व बिहीबार मनाईँनादैछ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्व बिहीबार विशेष उत्सवका रुपमा मनाउन लागिएको हो । पहिलो दिन पञ्चमीका दिन  घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गर्ने गरिन्छ । यो पर्वमा महेश्वरसहित दुबोको पूजा गरिन्छ…विस्तृत समाचार »

गुम्बाबाट चौथोपटक दानपेटिका चोरी

९ भदौ, ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ ।ताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार बुधबार राति गुम्बाको ढोका फोडेर भित्र रहेको दानपेटिका चोरी भएको हो । रातको मौका छोपेर चोरी भएको बताइएको छ । लामो समयदेखि नखोली राखिएको…विस्तृत समाचार »

करेन्ट लागेर बालकको मृत्यु

 ९ भदौ पर्सा, । पर्साको पटेर्वासुगौली–४ निवासी भोपु महरा चमारका ४ वर्षीय छोरा दीपक महरा चमारको करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेको बिजुलीको नाङ्गो तारसँग खेल्ने क्रममा करेन्ट लागेर दीपकको बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्चार्ज प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए। उनको शव शवपरीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको उहाँले बताए ।विस्तृत समाचार »

​लुम्बिनी अञ्चलमा दुई सय ग्राहकको बिजुलीको लाइन काटियो

९ भदौ रुपन्देही,। नेपाल विद्युत प्राधिकरणले लुम्बिनी अञ्चलका ६ जिल्लाका झण्डै २ सय ग्राहकको बिजुलीको लाइन काटेको छ । लामो समयदेखि बक्यौता नतिर्ने ग्राहकको बिजुलीको लाइन काटिएको प्राधिकरणले जनाएको छ । लुम्बिनी अञ्चलमा ९ वटा वितरण केन्द्र छन् । बुटवल वितरण केन्द्रबाट बुधबार २५ जना र भैरहवा केन्द्रबाट १८ जनाको लाइन काटिएको छ । नवलपरासीमा ४०, कपिलवस्तुमा ११, गुल्मीमा २०, पाल्पामा ६ र अर्घाखाँचीमा ३…विस्तृत समाचार »

​पक्राउ परेका कालोबजारीलाई छुटाउन बजार बन्द

९ भदौ गोरखा, । कालोबजारी गरेर मल बेचेको अभियोगमा प्रहरीले पक्राउ गरेका व्यवसायीलाई छुटाउन माग गर्दै गोरखा उद्योग बाणिज्य संघले बजार बन्द गराएको छ । बजार अनुगमनका क्रममा सदरमुकाम गोरखा बजराका ३ व्यवसायीले किसानलाई सरकारले अनुदानमा उपलब्ध गराएको मल आफ्नो पसलबाट बेचेका थिए । त्यस्तो मल जिल्ला कृषि विकास कार्यालयमा सूचीकृत भएका कृषि सहकारीबाट मात्रै बेच्नु पर्ने व्यवस्था छ । तर उनीहरुले अवैध रुपमा कालोबजारी…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ : रामचन्द्र पौडेल

२७ कात्तिक, निजगढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न उत्तम समय भएको बताएका छन् । बारा जिल्लाको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए । पौडेलले भने– ‘सीमाको समस्या धेरै पहिले देखि हो । यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौँ । तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।’

मोरङको स्थानीयत तहको उपचुनावमा कांग्रेस र समावजादीबीच तालमेल

२७कात्तिक, विराटनगर ।  मोरङको धनपालथान गाउँपालिकाको उपचुनावमा नेपाली कांगेस र समाजवादी पार्टीले तालमेल गरेका छन् ।  धनपालथान वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसले नारायणप्रसाद साहलाई उमेदवार बनाएको छ ।  समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्ना उमेदवारी नहुने कांग्रेससंग सहमति गरेको छ । समाजवादीले डम्बरलाल मण्डलले वडाअध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको थियो । दुबै पार्टीले आज बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चुनावमा तालमेल गरिएको जनाएका छन् ।

सिके राउतको पार्टीले पनि उपनिर्वाचनमा उम्मेदवारी दिँदै

२७ कात्तिक, काठमाडौं । मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ । गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ ।

अन्तर्राष्ट्रिय

​किन रक्ताम्य भयो दक्षिण कोरियाको नदी ?

२७ कात्तिक, काठमाडौं । उत्तर कोरिया तथा दक्षिण कोरियाको सीमा नजिकै रहेको एक नदी सुँगुरको रगतका कारण पूर्ण रुपमा रातो भएको छ ।
देशमा अफ्रिकन स्वाइन फिवर फैलिने जोखिम बढेपछि दक्षिण कोरिया प्रशासनले सावधानीका लागि ४७ हजार सुँगुर मार्न आदेश दिएको थियो ।मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ्ग साइडमा गाडिएको थियो । तर पानी परेकाले त्यहाँबाट रगत बगेर नजिकै रहेको सानो नदी इमजिनमा मिसियो । त्यसपछि नदीको पानी पूर्ण रुपमा रातो भएको हो । अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो । 

बोलिभियामा राजनीतिक युटर्न : राष्ट्रपतिमा निर्वाचित भएको दुई सातामै इभोले दिए राजीनामा

२५ कात्तिक, काठमाडौं । बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् 

कोरियामा जीवनबारे पाठ सिक्न नक्कली दाह संस्कार !

२४ कात्तिक, काठमाडौं  । दक्षिण कोरियामा एउटा कम्पनीले निःशुल्क दाह संस्कारको सेवा प्रदान गरिरहेको छ । तर आश्चर्यजनक सो सेवा मृतका लागि नभएर जिवित मानिसहरुलाई जीवनबारे पाठ सिकाउनका निम्ति रहेको बताइएको छ । मृत्युलाई नजिकबाट अनुभूति गर्नुले व्यक्तिलाई धेरै कुरा सिकाउने विश्वास सहित यस्तो सेवा प्रदान गरिँदै आएको छ । हालसम्म यस जिवित दाहसंस्कार कार्यक्रममा २५ हजार भन्दा धेरैले सहभागिता जनाइसकेका छन् ।  हालै मात्र कार्यक्रममा सहभागी भएकी ७५ वर्षीया छो जे ही भन्छिन,‘मृत्युका बारेमा हामी सचेत हुन थालेपछि जीवनप्रतिको हाम्रो धारणा बदलिन्छ र हामीले यो संसारलाई नयाँ दृष्टिले हेर्न सुरु गर्छौँ ।’  

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top