esewa
kantipur mall

समाचार

विद्यार्थीलाई न्यानो कपडा वितरण

झापा,१५ पुस । नेपाली काँग्रेस तोपगाछी गाउँ समितिले मङ्गलबार कमला मदन आश्रित स्मृति उच्च मावि तोपगाछी–८ का विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।  पार्टीले गएको तिहारमा सञ्चालन गरेको देउसी, भैलो कार्यक्रमबाट प्राप्त सहयोगको केही रकमले स्विटर किनेर विपन्न तथा दलित तथा सीमान्तकृत समुदायका २० जना बालबालिकालाई वितरण गरेको हो ।  सो कार्यक्रम नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सांसद महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यतामा भएको थियो ।…विस्तृत समाचार »

पुर्नवासमा भारतीय हात्तीको आतंक

१५,पुस,कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा दैनिकजसो भारतीय जङ्गली हात्तीले अन्नबाली हानी गरिरहे पनि नियन्त्रणका लागि सरोकारवालाले पहल नर्गदा खाद्य सङ्कटको स्थिति आउन थालेको छ । भारतको दूधुवा निकुञ्जबाट आउने हात्तीको बथानले किसानले लगाएको अन्नबाली नष्ट गर्ने गरेको छ । क्षतीको राहतका लागि किसानले प्रहरी, कृषि र नगरपालिकालगायतका सरकारी निकाय धाउँदै आए पनि पाउन सकेका छैनन् । खाद्य अधिकार सञ्जालका अध्यक्ष केशवप्रसाद तिमिल्सेनाले राहत नपाउँदा स्थानीय किसान…विस्तृत समाचार »

सुदूरपश्चिममा आज पुसे १५ का रुपमा धुमधामसंग मनाइदै

१५,पुस,कञ्चनपुर । सुदूरपश्चिममा आज ठुलीरात तथा पुसे १५ का रुपमा धुमधामसंग मनाइदै छ । एक दिन भएपनि आज घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मीठामीठा खानेकुरा खाने चलन रहि आएको छ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको पण्डित…विस्तृत समाचार »

खाद्यान्न र नुनको भण्डारण पर्याप्त छ : विभाग

काठमाडौँ, १४ पुस । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भुप्रसाद कोइरालाले मुलुकमा हाल छ महिनालाई पुग्ने खाद्य सामग्री तथा आठ महिनालाई पुग्ने नुनको भण्डारण रहेको बताउनुभएको छ । मिडिया इन्टरनेसनलले आयोजना गरेको ‘अभावको समयमा व्यवस्थापन पक्षमा देखिएको कमजोरी’ विषयमा आयोजित अन्तक्र्रियामा उहाँले नाकाबन्दीका कारण आपूर्ति व्यवस्थापनमा सिर्जना भएको सङ्कटले वितरण प्रणालीमा केही समस्या आएको बताउँदै पहिलेको तुलनामा पुसको पहिलो सातासम्म २५ देखि ३० प्रतिशत…विस्तृत समाचार »

तत्काल ठमेल २४ सै घण्टा नखुल्ने

काठमाडौ । १४ पुस । चौबिसैँ घन्टा खोल्ने भनिएको पर्यटकीय ठमेल बजार भौतिक पूर्वाधार कमजोर भएको कारण तत्काल नखुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले जिल्ला प्रशासन कार्यालय काठमाडौँले भौतिक पूर्वाधार नपुगेकाले तत्कालका लागि २४ घन्टा बजार खोल्नका स्वीकृति नदिएको जानकारी दिनुभयो । ठमेलमा सडक, सिसी टिभी क्यामेरा जडान र सोलारको जडानलगायतका भौतिक पूर्वाधार निर्माण कार्य पूर्ण भएपछि मात्र ठमेल २४…विस्तृत समाचार »

सडक सुरक्षा जाँचकेन्द्र अवधारणा सुरु

चितवन, १४ पुस । सडक सुरक्षा जाँचलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक सुरक्षा जाँचकेन्द्र अवधारणा लागू गरेका छन् ।  सो अन्तर्गत जिल्लाका सवारी साधन चल्ने सडकमा भरपर्दो, वैज्ञानिक एवम् सुरक्षित तवरले प्रहरीद्वारा जाँच गरिन्छ । अपराध गरी अपराधी फरार हुन सक्ने, अवैध कारोबार ओसारपसार गर्न सक्ने र गैरकानुनी सवारी साधन चलाउन सक्ने अवस्थालाई ध्यानमा राखी सो अवधारणा अगाडि…विस्तृत समाचार »

कञ्चनपुरबाट पनि नेपाल–भारतमैत्री बस सेवा सुरु

कञ्चनपुर, १४ पुस । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सोमबारदेखि नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ ।  भारतको उत्तर प्रदेश परिवहन निगम र महाकाली सेती यातायात बस व्यवसायी समितिले संयुक्त रुपमा ‘एसी डिलक्स’ बस सेवा सुरु गरेका हुन् । नेपाल र भारतबीच गत वर्ष भएको सहमतिअनुसार बस सेवा सञ्चालनमा ल्याउने सहमति भएको महाकाली सेती यातायात बस व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले बताउनुभयो । …विस्तृत समाचार »

ठगी गर्दै हिँड्ने तीन जना पक्राउ

मोरङ, १४ पुस । पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा–२ का कुमार विश्वकर्मा र सिजुवा–२ का मिलन सुनवारलाई गए राति इटहरा–६ स्थित उलुघुटुस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।  उनीहरुको साथबाट रु ५० हजार र नक्कली सुनका दुईवटा गहना नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी…विस्तृत समाचार »

गड्डाचौकीबाट १ सय ५० वेचिन लागेकी चेलीको उद्दार

१४,पुस,कञ्चनपुर । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट डेढ सय भन्दा बढिको उद्दार गरिएको छ । एक वर्षको अवधिमा उक्त नाकाबाट १५८ जनाको उद्दार गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ । माईती नेपाल कञ्चनपुरले २०१५ को सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जानकारी दिएको छ  । यस वर्ष नेपालमा भूकम्प गएपछि बेचबिखन बढेको र भूकम्पका कारण पश्चिमी सिमानाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाईट’…विस्तृत समाचार »

जिल्ला विकास समितिद्वारा एनजिओ डेस्क स्थापना

लक्ष्मी विजले,१४,पुस,वैतडी । जिल्ला विकास समिति बैतडीले जिल्लामा एनजिओ डेस्क गठन गरेको छ । जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरुको काम कारवाहिलाई व्यवस्थित गर्न सोमबार एनजिओ डेस्क स्थापना गरिएको हो ।  स्थानीय विकास अधिकारीको संयोजकत्वमा १७ सदस्यीय एनजीओ डेस्क गठन गरिएको हो । जिल्लामा रहेका एनजीओहरुलाई व्यवस्थित वनाउन साथै गैरसरकारी संस्थाको कार्यक्षेत्र तोक्न, गैससका बीचमा दोहोरोपना पर्न नदिने, एउटै भौगोलिक क्षेत्रमा धेरै एनजीओलाई केन्द्रित हुन नदिने जस्ता कार्य…विस्तृत समाचार »

Ruslan

runner bike

राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क प्रस्थान

५ असोज काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।  मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि छन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल

कीर्तिपुर आउँदा माइती आएजस्तो लाग्छ : प्रचण्ड

४ असोज, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्ने बताएका छन् । शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘कीर्तिपुर आउँदा, अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ । मेरो माइतीघर नै हो भन्याजस्तो लाग्छ ।’ उनले आफू २०–२२ वर्षको उमेरमा कीर्तिपुरमा बसेकोले भावनात्मक सम्बन्ध पनि रहेको बताए । ‘तानाशाही पञ्चायतको आन्दोलनको बेलामा भूमिगत रूपमा बस्ने, प्रशिक्षणहरू चलाउने, संगठन बनाउने र जनतासँग अन्तर्क्िरया गर्ने थलो पाँगा, कीर्तिपुर थियो,’ उनले भने ।

संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन परराष्ट्र मन्त्री ज्ञवाली शनिबार न्यूयोर्क जाँदै

४ असोज, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली शनिबार अमेरिकाको न्यूयोर्क जाँदै छन् । संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन उनी शनिबार राति साढे ९ बजे न्यूयोर्क जान लागेकोे परराष्ट्र मन्त्रालयले जनाएको छ ।  स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओली महासभामा सहभागी नहुने भएपछि परराष्ट्र मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न लागेका हुन । उनले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।न्यूयोर्कमा रहँदा परराष्ट्र मन्त्री ज्ञवालीले साकर्का विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने, अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेलगायत कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय

अवैध आप्रवासीलाई निकाल्ने भारतीय गृहमन्त्रीको घोषणा

२ असोज, काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गरिने बताएका छन् । उनले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने पनि घोषणा गरे । भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ ? यसरी देश चल्दैन ।’ उनले समयको आवश्यकता भन्दै देशका सबै नागरिकले दर्ता हुनपर्ने बताए । 
 

तालिबानले अमेरिकालाई भन्यो–वार्ताका लागि हाम्रो ढोका खुला छ

१ असोज, काठमाडौं । तालिबानले आफ्नो तर्फबाट वार्ताको ढोका बन्द नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ता पुनः स्थापित गर्न चाहन्छन् भने आफ्नो तर्फबाट ढोका खुला नै रहेको तालिबानले बताएको बिबिसीले उल्लेख गरेको छ ।  तालिबानको तर्फका वार्ता प्रमुख शर मोहम्मद अब्बास स्तानिक्जाइले वार्ता नै आफगानिस्तानमा शान्ति स्थापनाको एक मात्र माध्यम रहेकोमा जोड दिएका छन् । ट्रम्पले गएको हप्ता अफगान तालिबानसँगको वार्ता अन्त्य भएको बताएका थिए ।

भारतीय विदेशमन्त्री जयशंकरको घोषणा– पाकिस्तान अधिनस्थ काश्मीर भारतको हिस्सा हुनेछ

१ असोज, काठमाडौं । भारतका विदेश मन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतको हिस्सा हुने बताएका छन् । आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भारतका विदेश मन्त्री जयशंकरले भनेका छन, ‘पाकिस्तान अधिनस्थ काश्मीरको बारेमा भारतको दृष्टिकोण प्रष्ट छ । पाकिस्तान प्रशासित कश्मीर भारतको हिस्सा हो र हामीलाई लाग्छ एक दिन त्यो भारतको हिस्सा हुनेछ ।’ भारतीय विदेश मन्त्रीले संविधानको धारा ३७० को बारेमा भने,‘यो दुईपक्षीय मुद्दा होइन । यो भारतको आन्तरिक मुद्दा हो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top