समाचार

१ सय १० मा डलरको कारोवार

९, फागुन काठमाडौँ ।  साताको पहिलो दिन आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी १ डलरको खरिददर १ सय ९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ८४ पैसा तोकेको छ । आज वाणिज्य बैंकहरुले १ सय १० रुपैयाँ भन्दा माथीमा कारोवार गरेका छन् । विस्तृत समाचार »

विद्युत प्राधिकरणमा ५ सय ३ कर्मचारी माग

९, फागुन काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणले विभिन्न कार्यालयमा रिक्त रहेका पदहरु पदपुर्ति गर्नाकालागि  दरखास्त दिन आवहन गरेको छ । प्राधिकरणले विभिन्न पदका लागि ५ सय ३ जना कर्मचारी मागेको छ । खुल्ला प्रतियोगितात्मक परीक्षाको लागि आवेदनको सूचना प्रकाशित गर्दै प्राधिकरणले अधिकृत स्तर र सहायक स्तरका विभिन्न समूहका लागि रिक्त पदहरुमा योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको हो । प्राधिकरणले विभिन्न समूहको अधिकृत स्तरको पदमा १…विस्तृत समाचार »

१९५० को सन्धी पूनरावलोकन गर्नुपर्ने ओलीको माग

९ फागुन , काठमाडौ । नेपाल र भारतबीच भएको १९५० को सन्धी पुनरावलोकन गर्न भारतीय प्रधानमन्त्री समक्ष नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन ।   भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच भएको १९५० को सन्धी पुनरावलोकन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका हुन। द्धिपक्षीय  वार्तामा ओलीले काठमाडौमा गरेका वाचा अनुसार वार्तामा प्रस्तुत भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बताएका छन…विस्तृत समाचार »

आइसीसीले लेख्यो नेपाललाइ निलम्बन पार्नसक्ने संकेतको पत्र

९ फागुन, काठमाडौ । आइसीसीले लेपाललाइ निलम्बन गर्ने संकेत आएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेटको विवाद तत्काल अन्त्य गरेर नेपाललाई निलम्बन गर्ने संकेत गरेको छ ।  आईसीसीले पत्रमार्फत  नेपालका सम्बन्धमा कडा कदम चाल्ने भनेको छ ।  आईसीसीका ग्लोबल डेभलोपमेन्ट प्रमुख टीम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघको  तदर्थ समितिका अध्यक्ष रमेश शिलवाल र निर्वाचनबाट चुनिएको…विस्तृत समाचार »

मधेशी नेता सिङ्गो देश चाहदैनन : साँसद राई

९ फागुन , काठमाडौ ।  मधेसी नेताहरुले देश भनेको मधेसमात्र भएको सोचले राजनीतिक गरेको एक साँसदले आरोप लगाएका छन । एमालेका सांसद कृष्णकुमार राईले मेधेसी मोर्चामा आबद्ध नेताहरुले नेपाल भनेकै मधेसमात्र हो, भन्ने ढंगबाट राजनीति गरेको दावी गरेका छन् । उनले मधेसी मोर्चा सिङुगो देशनै नचाहिने पक्षमा रहेको जिकिर गरेका छन । मधेससँग  पहाड जोडिनु हुदैन भन्ने सोचाइ गैर राजनीतिक  भएको  उल्लेख गरेका छन ।सीमांकन देशको…विस्तृत समाचार »

लोडसेडिङ तत्काल नघट्ने

९ फागुन , काठमाडौ । लोडसेडिङ तत्काल नघट्ने भएको छ । भारतबाट थप ८० मेगावाट बिजुली आयात भएपनि तत्काल लोडसेडिङ नघट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । लोडसेडिङ नघटेपनि अहिले हुदै गरेको लोडसेडिङको समय भने थप हुनेछैन ।   प्राधिकरणका अनुसार मुज्जफरपुर–ढल्केबर प्रसारण लाइनबाट ८० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि तत्काल लोडसेडिङ घटाउन नसकेपनि थप लोडसेडिङ नहुने भएको छ ।   प्राधिकरणका अनुसार अहिले तालिका भन्दा…विस्तृत समाचार »

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

९, फागुन,बर्दिया  । प्रजातन्त्र दिवसको अवसर पारी थारु समुदायको बाहुयल्ता रहेको बर्दियाको बानियाभारमा एक दिने निशुल्क स्वास्थ्य शिविर गरिएको छ । बातावरण तथा सामुदायिक विकास केन्द्र बानियाभारको आयोजनामा शनिबार निशुल्क स्वास्थ्य शिविर गरिएको हो । भेरी अञ्चल अस्पताल, फत्तेबाल आखा अस्पताल, विनोद कान अस्पताल नेपालगन्जका चिकित्सकहरुले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा दात, कान, आखा, सर्जरी, स्त्री रोग लगायतका सेवा दिइएको थियो । बातावरण तथा…विस्तृत समाचार »

मुसहर परम्परागत पेसाबाट विस्थापित हुँदै

९,फागुन,गौशाला। महोत्तरी जिल्लाका दलित मुसहर आफ्ना परम्परागत पेसाबाट विस्थापित हुँदै गएका छन् । महोत्तरी जिल्लामा अल्पसङ्ख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेसा सङ्कटमा पर्दै गएपछि मुसहरहरु क्रमशः विस्थापित हुँदै जान थालेका छन् ।  तराईका जङ्गली खेतमा खेतीपातीको काम गर्ने आदिवासी मुसहरको मुख्य पेसा माटो काट्ने, पुर्ने र बोक्ने हो । महोत्तरी जिल्लाको उत्तरी र पश्चिम भागमा ठूलो हिस्सा ओगटेर बसेका मुसहरहरु विसं २०२० देखि २०३० सम्ममा…विस्तृत समाचार »

महायज्ञबाट चालीस लाख सङ्कलन

९,फागुन,चितवन। मन्दिरको विकास गरी पर्यटकीय क्षेत्र बनाउन चितवनको शक्तिखोरमा लगाइएको धान्याचल महायज्ञमा रु ४० लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।  कालिका नगरपालिका–४ मा रहेको कालिका भगवती माई मन्दिरमा जारी श्रीमद् भागवत धनधान्याचल महायज्ञमा उक्त रकम सङ्कलन भएको हो ।  महायज्ञको आठौँ दिनसम्म रु ४० लाखभन्दा बढी रकम सङ्कलन भएको महायज्ञको दाता पहिचान समितिका संयोजक उत्तम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ५०० मुरी…विस्तृत समाचार »

पचास कुष्ठरोगी थपिए

९,फागुन,बुटवल । रुपन्देही जिल्लामा विगत वर्षमा भन्दा अहिले कुष्ठरोगका बिरामी बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार जिल्लाका सबै गाविस र नगरपालिकामा कुष्ठरोगी भेटिएका छन् ।  कार्यालयका निमित्त प्रमुख टीकाराम अधिकारीले कार्यालयले अनुगमन गर्दा जिल्लाका सबै गाविस, नगरपालिका र उपमहानगरपालिकामा कुष्ठरोगी भेटिएको बताउनु भयो ।  बिरामीले यो रोग लुकाउने समस्या पनि बढी पाइएको छ । आव ०७२÷७३ कात्तिकसम्म जिल्लामा १२९ जना कुष्ठरोगका…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top