समाचार

निगमले बुधबारदेखी निजी कार तथा जिपलाई पेट्रोल वितरण गर्ने

१२, माघ, काठमाडौ । नेपाल आयल निगमले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा १ देखि ६ लटसम्मका चार पाङ्ग्रे निजी कार तथा जिपलाई पेट्रोल वितरण गर्ने भएको छ । निगमले बुधबारदेखी ३ दिन लटअनुसार निजी चार पाङग्रे कार तथा जीपलाई पेट्रोल वितरण गर्न लागेको हो । पहिलो दिन १ देखि ६ लटसम्मका चार पाङ्ग्रे सवारीलाई पेट्रोल दिएपछि दिन बिराएर अन्य लटका चार पाङग्रे सवारीलाई पेट्रोल दिने…विस्तृत समाचार »

स्थानीयले शिक्षकलाई कुटेपछी विद्यालयको पठनपाठन बन्द

१२ ,माघ, रामेछाप । विद्यालय हातामा रहेको रुख काटेको बिषयलाई लिएर जनता प्राथमिक विद्यालय हिमगंगाका प्रधानाध्यापक श्याम सुनुवारलाई स्थानीय एक युवाले कुटपिट गरेपछि विद्यालयको पठनपाठन बन्द भएको छ ।   एउटा चिलाउनेको रुख काटेको विषयलाई लिएर स्थानीय प्रविन सुनुवारले विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेपछि शिक्षकको टाउँकोमा गम्भीर चोट लागेको छ । पढ्दै गर्दा अकस्मात शिक्षकलाई कुटेको देखेपछि विद्यालयमा अध्ययन गर्न आएका बालबालीकाको भागदौड मच्चिएको थियो ।…विस्तृत समाचार »

नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाइ, २३ नाकामा नयाँ नियम

  १२ ,माघ ,वीरगन्ज । सुरक्षाको कारण देखाउँदै भारतीय भन्सार कार्यालयले नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ । निर्वाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी भारतीय भन्सार कार्यालयको अनुमति बिना अव भारत प्रवेश गर्न नपाउने भएका हुन् । भारतले नेपाली नम्बरका मोटरसाइकललगायत सवारी–साधन एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्य रुपमा प्रवेश अनुमति लिनुपर्ने नियम लागू भएकोे रक्सौल कस्टमका एसिस्टेन्ट कमिस्नर…विस्तृत समाचार »

भारतमा ६७ औं गणतन्त्र दिवस मनाइदैं

१२,माघ,काठमाण्डौं ।  भारतले आफ्नो ६७ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । गणतन्त्र दिवसका अवसरमा नयाँ दिल्लीस्थित राजपथमा गरिएको कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रिय झन्डा फहराउनुभएको छ । राजपथमा गरिएको मुख्य कार्यक्रमअघि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डिया गेटमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।  यस वर्षको भारतीय गणतन्त्र दिवसमा मुख्य अतिथिमा फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द नयाँ दिल्ली पुगेका छन् । गणतन्त्र दिवसका अवसरमा भारतले आफ्ना…विस्तृत समाचार »

भारत र अष्ट्रेलियाविचको टि–ट्वान्टी आज

१२,माघ,काठमाण्डौं ।  भारत र अष्ट्रेलियाविचको पहिलो टि–ट्वान्टी प्रतियोगिता आज हुदैछ । खेल अष्ट्रेलियाको एडिलेडमा दिउसो साढे २ वजेबाट सुरु हुनेछ । यसअघि भारतले एकदिवसीय म्याचको श्रृङखला भने ४ –१ ले गुमाएको थियो । महेन्द्रसिह धोनीको कप्तानीमा रहेको भारतीय टोलीले एकदिवसीय विश्वकपपछि भएका सवै एकदिवसीय सिरीजहरु गुमाएको छ । भारतीय टि–ट्वान्टी टोलीमा युवराज सिहं,आसीस नेहरा र हरभजन सिहंले कमव्याक गरेकाले पनि प्रतियोगिता रोमाञ्चक हुने अनुमान गरिएको…विस्तृत समाचार »

जाडोबाट जोगाउन सेनाबाट निःशुल्क चिया र आगोको व्यवस्था

गौशाला, माघ १२ । तीनरचार दिनदेखि बढेको जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज एकाबिहानै आगो र चियाको व्यवस्था गरेको छ । गत शनिबारदेखि जिल्लामा असहनीय जाडो भएपछि स्थानीय बासिन्दा तथा सडकमा रात बिताउनेलाई ध्यानमा राख्दै जलेश्वरस्थित नेपाली सेनाको फस्ट राइफल गणले जलेश्वरको मटिहानी चोक, दुर्गा चोक र शङ्कर चोकमा दाउरा ल्याएर आगो बालेको छ । त्यस्तै तीनवटै स्थानमा नेपाली सेनाले निःशुल्क चियाको…विस्तृत समाचार »

ऐतिहाँसिक सिन्धुलीगढी किल्ला उपेक्षित

१२,माघ,सिन्धुली । आवश्यक संरक्षणको अभावमा सिन्धुलीको ऐतिहासिक किल्ला सिन्धुलीगढी  उपेक्षित बन्दै गएको छ । वीर गोर्खालीले घरेलु हतियारका भरमा अंग्रेजलाई हराएको किल्ला संरक्षणको अभावमा दिन प्रति दिन भग्नावशेषमा परिणत हुँदै गएको हो । सिन्धुलीगढी दरबार आसपासका सम्पूर्ण भवन र भौतिक संरचना पूर्ण रुपमा भत्किएर नामेट हुँदै जादा पनि सम्बन्धित निकायले पुनः निर्माणको काम गरेको छैन् ।  १८२४ सालमा इस्ट इन्डिया कम्पनीका कप्तान किनलको नेतृत्वमा आएको…विस्तृत समाचार »

अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईंदै

१२,माघ,काठमाडौं । ६४ औं अन्तर्राष्ट्रिय भन्सार दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेपछि नेपालमा पनि मनाउन थालेको हो ।  दिवसका अवसरमा शुभकामना दिँदै अर्थ मन्त्रालयले भन्सार प्रशासनमा कार्यरत मानवस्रोतको व्यवसायिकता तथा दक्षता अभिवृद्धी गर्दै प्रविधिको प्रयोगबाट पारदर्शी र व्यवस्थित रुपमा राजस्व परिचालन क्षमता बढाउन प्रतिबद्ध रहेको जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद…विस्तृत समाचार »

​करोडौंको विदेशी मुद्रा बोरामा थन्कीयो

१२,माघ,काठमाण्डौं । लुम्बिनीस्थित मायादेवी मन्दिरमा रहेका दानपात्रहरुमा चढाइएका विदेशी मुद्रा सटही हुन नसक्दा वर्षौंदेखि बोरामा पोको पारेर राखिएको छ । नेपाल राष्ट्र बैंकको असहयोगका कारण सटही नहुँदा यी मुद्रा त्यत्तिकै कुहिने अवस्थामा पुगेका छन् । सटही गर्ने व्यवस्था नभए पनि हरेक पटक दानपेटिकामा भएका मुद्रा गणना गर्ने गरिएको छ । यीमध्ये तत्काल सटही हुने र नहुनेलाई छुट्याउने गरिएको छ । सटही हुने रकम तत्काल लुम्बिनी…विस्तृत समाचार »

प्रहरी हेडक्वार्टरबाट १८ डिएसपीसहित १९१ को दरबन्दी कटौती

१२,माघ,काठमाण्डौं । प्रहरी प्रधान कार्यालयका १८ डिएसपीसहित एक सय ९१ जना प्रहरीको दरबन्दी कटौती हुने भएको छ । पाँच वर्षको गृहकार्यपछि प्रहरी मुख्यालयमा रहेका अनावश्यक दरबन्दी कटौती गर्ने निर्णय भएको हो । हेडक्वार्टरबाट डिएसपीसहितको दरबन्दी कटौती गरी तराईका जिल्लामा समायोजन गर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । अध्ययन प्रतिवेदनका आधारमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हेडक्वार्टरको दरबन्दी कटौती गर्ने प्रस्ताव स्वीकृत गरी गृह मन्त्रालयमा पठाएका छन्…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top