समाचार

​किन घटेन ऋणको ब्याज

१३,माघ,काठमाडौं  ।  बैंक तथा वित्तीय संस्थाले ठूला ऋणीको ब्याजदर घटाए पनि साना तथा मझौला ऋणीको ब्याजदर भने घटाएका छैनन् । बैंकिङ क्षेत्रमा अत्यधिक लगानी गर्ने पैस थुप्रिएपछि साधारण निक्षेपको ब्याजदर एक प्रतिशतसम्म तल झर्दा पनि त्यो अनुपातमा कर्जाको व्याजदर तल झरेको छैन । बैंकर संघका अध्यक्ष उपेन्द्र पौडेलले अल्पकालीन प्रकृतिका कर्जाको जोखिम कम हुने हुँदा ब्याजदर कम भएको बताए । उनले भने, ‘अरु प्रकृतिको कर्जामा…विस्तृत समाचार »

भारत विरुद्धको पहिलो टि–ट्वान्टी अष्ट्रेलिया ३७ रनले पराजीत

१२,माघ,काठमाण्डौं । अष्ट्रेलियासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत  ३७ रनले विजयी भएको छ । १ सय ८९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ३३ बलमा ४४ रन बनाएपनि हार टार्न सकेनन । स्टेभन स्मिथले १४ बलमा २१ रन बनाए । भारतीय बलिङका सामु टिक्न नसक्दा तीन ट्वेन्टी ट्वेन्टी…विस्तृत समाचार »

मलेसियामा सुतेकै ओछ्यानमा एक नेपालीको मृत्यु

१२,माघ,काठमाण्डौं । मलेसियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । बेलुका सकुशल सुतेका रौतहट चन्द्रनिगाहपुर–१ का विकास मगर बिहान ओछ्यानमै मृत फेला परेका हुन् । मगरको मृत्युको कारण थाहा नभएको आफनत् कर्ण मुग्रातीले बताए । रोजगारीका सिलसिलामा एकवर्ष अघि सेलेङ्गर राज्यको सेरेबानमा माई प्लाष्टिक कम्पनीमा पुगेका मगरलाई मलेसिया पठाउने मेनपावरको नाम खुल्न बाँकी छ । मृतकको शवलाई पोष्टमार्टमपछि सेलेङ्गर राज्यको सेलाङ अस्पतालमा राखिएको मलेसियाबाट…विस्तृत समाचार »

निगमले बुधबारदेखी निजी कार तथा जिपलाई पेट्रोल वितरण गर्ने

१२, माघ, काठमाडौ । नेपाल आयल निगमले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा १ देखि ६ लटसम्मका चार पाङ्ग्रे निजी कार तथा जिपलाई पेट्रोल वितरण गर्ने भएको छ । निगमले बुधबारदेखी ३ दिन लटअनुसार निजी चार पाङग्रे कार तथा जीपलाई पेट्रोल वितरण गर्न लागेको हो । पहिलो दिन १ देखि ६ लटसम्मका चार पाङ्ग्रे सवारीलाई पेट्रोल दिएपछि दिन बिराएर अन्य लटका चार पाङग्रे सवारीलाई पेट्रोल दिने…विस्तृत समाचार »

स्थानीयले शिक्षकलाई कुटेपछी विद्यालयको पठनपाठन बन्द

१२ ,माघ, रामेछाप । विद्यालय हातामा रहेको रुख काटेको बिषयलाई लिएर जनता प्राथमिक विद्यालय हिमगंगाका प्रधानाध्यापक श्याम सुनुवारलाई स्थानीय एक युवाले कुटपिट गरेपछि विद्यालयको पठनपाठन बन्द भएको छ ।   एउटा चिलाउनेको रुख काटेको विषयलाई लिएर स्थानीय प्रविन सुनुवारले विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेपछि शिक्षकको टाउँकोमा गम्भीर चोट लागेको छ । पढ्दै गर्दा अकस्मात शिक्षकलाई कुटेको देखेपछि विद्यालयमा अध्ययन गर्न आएका बालबालीकाको भागदौड मच्चिएको थियो ।…विस्तृत समाचार »

नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाइ, २३ नाकामा नयाँ नियम

  १२ ,माघ ,वीरगन्ज । सुरक्षाको कारण देखाउँदै भारतीय भन्सार कार्यालयले नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ । निर्वाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी भारतीय भन्सार कार्यालयको अनुमति बिना अव भारत प्रवेश गर्न नपाउने भएका हुन् । भारतले नेपाली नम्बरका मोटरसाइकललगायत सवारी–साधन एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्य रुपमा प्रवेश अनुमति लिनुपर्ने नियम लागू भएकोे रक्सौल कस्टमका एसिस्टेन्ट कमिस्नर…विस्तृत समाचार »

भारतमा ६७ औं गणतन्त्र दिवस मनाइदैं

१२,माघ,काठमाण्डौं ।  भारतले आफ्नो ६७ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । गणतन्त्र दिवसका अवसरमा नयाँ दिल्लीस्थित राजपथमा गरिएको कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रिय झन्डा फहराउनुभएको छ । राजपथमा गरिएको मुख्य कार्यक्रमअघि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डिया गेटमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।  यस वर्षको भारतीय गणतन्त्र दिवसमा मुख्य अतिथिमा फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द नयाँ दिल्ली पुगेका छन् । गणतन्त्र दिवसका अवसरमा भारतले आफ्ना…विस्तृत समाचार »

भारत र अष्ट्रेलियाविचको टि–ट्वान्टी आज

१२,माघ,काठमाण्डौं ।  भारत र अष्ट्रेलियाविचको पहिलो टि–ट्वान्टी प्रतियोगिता आज हुदैछ । खेल अष्ट्रेलियाको एडिलेडमा दिउसो साढे २ वजेबाट सुरु हुनेछ । यसअघि भारतले एकदिवसीय म्याचको श्रृङखला भने ४ –१ ले गुमाएको थियो । महेन्द्रसिह धोनीको कप्तानीमा रहेको भारतीय टोलीले एकदिवसीय विश्वकपपछि भएका सवै एकदिवसीय सिरीजहरु गुमाएको छ । भारतीय टि–ट्वान्टी टोलीमा युवराज सिहं,आसीस नेहरा र हरभजन सिहंले कमव्याक गरेकाले पनि प्रतियोगिता रोमाञ्चक हुने अनुमान गरिएको…विस्तृत समाचार »

जाडोबाट जोगाउन सेनाबाट निःशुल्क चिया र आगोको व्यवस्था

गौशाला, माघ १२ । तीनरचार दिनदेखि बढेको जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज एकाबिहानै आगो र चियाको व्यवस्था गरेको छ । गत शनिबारदेखि जिल्लामा असहनीय जाडो भएपछि स्थानीय बासिन्दा तथा सडकमा रात बिताउनेलाई ध्यानमा राख्दै जलेश्वरस्थित नेपाली सेनाको फस्ट राइफल गणले जलेश्वरको मटिहानी चोक, दुर्गा चोक र शङ्कर चोकमा दाउरा ल्याएर आगो बालेको छ । त्यस्तै तीनवटै स्थानमा नेपाली सेनाले निःशुल्क चियाको…विस्तृत समाचार »

ऐतिहाँसिक सिन्धुलीगढी किल्ला उपेक्षित

१२,माघ,सिन्धुली । आवश्यक संरक्षणको अभावमा सिन्धुलीको ऐतिहासिक किल्ला सिन्धुलीगढी  उपेक्षित बन्दै गएको छ । वीर गोर्खालीले घरेलु हतियारका भरमा अंग्रेजलाई हराएको किल्ला संरक्षणको अभावमा दिन प्रति दिन भग्नावशेषमा परिणत हुँदै गएको हो । सिन्धुलीगढी दरबार आसपासका सम्पूर्ण भवन र भौतिक संरचना पूर्ण रुपमा भत्किएर नामेट हुँदै जादा पनि सम्बन्धित निकायले पुनः निर्माणको काम गरेको छैन् ।  १८२४ सालमा इस्ट इन्डिया कम्पनीका कप्तान किनलको नेतृत्वमा आएको…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top