समाचार

पशु चौपाया मर्न थालेपछि किसानहरु चिन्तित

लक्ष्मी विजले,२१,पुस,वैतडी । बैतडीको दशरथ चन्द नगरपालिका वडा नं. १२ सेरामा अज्ञात रोगका कारण पशु चौपाया धमाधम मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । अज्ञात रोगाका कारण एक शाताएता स्थानीय शेरसिंह कार्की ४५ हजार मुल्य पर्ने एक रांगो,  मानमति कार्किको वाख्रो लगायत अन्य किसानहरुका गरि ४ ओटा चौपाया मरेको सरस्वती संस्कृत मावि नङ्तडी शिक्षक दानसिंह कार्कीको वताउनुभयो । अंझैं थुप्रै विरामी परेको उहांले वताउनुभयो ।…विस्तृत समाचार »

​काठमाडौंका अधिकांश मासु पसल मानस्वास्थ्यमैत्री नभएको भेटीए

काठमाडौँ, २० पुस । काठमाडौँ महानगरपालिकाले केही मासु पसलमा गरेको अनुगमनमा अधिकांश पसल मानवस्वास्थ्य मैत्री नभेटिएको ठहर गरेको छ । आज कामपाले बानेश्वर र अनामनगरको केही मासु पसलमा अनुगमन गरेको थियो । सोही क्रममा नियमित रुपमा अनुगमन गर्दासमेत सुधारमा कुनै किसिमको गुणात्मक परिणाम नदेखिएको महानगरपालिकाअन्तर्गत जनस्वाश्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।  व्यावसायिक र महानगरीय मापदण्डको आधारभूत पक्षका रुपमा रहेको विषयको व्यापारीले ख्याल नगरेसम्म स्वास्थ्यकर…विस्तृत समाचार »

​यात्रु बोक्ने ट्याक्सी भित्र पेस्तोल भेटियो

२० पुस, काठमाडौं । काठमाडौंको नयाँबसपार्क नजिकैबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । आइतबार राति नयाँबसपार्क नजिक पुलमा बा।१ ज ४४३४ नम्बरको ट्याक्सी शंका लागी चेकजाँच गर्दा पेस्तोल बरामद भएको हो । सामाखुशी बस्ने रसुवा सैलुङ ३ घर भएका २५ बर्षीय कुमार थापा लामिछाने र काठमाडौं नेपालटार बस्ने सिन्धुपाल्चोक ठुलोपाखर  घर भएका १७ बर्षीय युवराज लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले आवश्यक अनुसन्धान…विस्तृत समाचार »

विषादीका कारण शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गिद्ध मरेको पुष्टि

२०,पुस,कञ्चनपुर । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा एक साताअघि खरखडाइका बेला मृत अवस्थामा फेला परेका १८ वटा गिद्ध विषादीकै कारण मरेको पुष्टि भएको छ । आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले गिद्ध अरू कारणले नभई विषादी राखेको सिनो खाँदा मरेको बताउनुभएको छ । “पशु सेवा कार्यालयका प्राविधिकहरुले गिद्ध मर्नुको कारण विषादी नै भएको पुष्टि गरेका छन्”, उहाँले भन्नुभयो । गाई मरेको क्षेत्रनजिकका स्थानीय बासिन्दालाई कार्यालयमा बोलाई घटनाबारे विस्तृतरुपमा…विस्तृत समाचार »

दुर्लभ पाटेबाघको अनुगमन सुरु

२०,पुस,चिवन । विश्वमै लोपोन्मुख पाटेबाघको आहारा,प्रजाति, वासस्थान र अवस्था पत्ता लगाउन चितवन निकुञ्ज र आसपास क्षेत्रमा अनुगमन सुरु भएको छ । विभिन्न क्षेत्रमा फरक फरक संस्थाले प्राविधिकहरू परिचालन गरेर अनुगमन थालेको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जको मध्यवर्ती क्षेत्र र करिडोरमा अनुगमन थालेको छ ।  यस्तै निकुञ्जको पश्चिम क्षेत्रमा टाइगर ट्रष्ट नेपालले…विस्तृत समाचार »

पशु र कृषि क्षेत्रको विकास नै आर्थिक समृद्धिको आधार : राज्यमन्त्री पुन

२०,पुस,म्याग्दी  ।  पशु विकास राज्य मन्त्री नरदेवी पुनले पशुपालन र कृषि क्षेत्रको विकासले नै मुलुकको आर्थिक समृद्धि हुने बताउनुभएको छ । नवनियुक्त राज्यमन्त्री पुनको सम्मानमा नेकपा एमाले म्याग्दीले बेनीमा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  मुलुकमा पशुपालन र कृषिको प्रचुर सम्भाबना रहेको बताउँदै उहाँले यिनै क्षेत्रलाई प्राथमिकता दिएर युवाहरु अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । ‘‘ पशुपालन र कृषिमा राज्यले…विस्तृत समाचार »

प्रहरी माहानिरिक्षकसंग पत्रकारले भने–‘डेकेन्द्रका हत्यारालाई कार्वाही किन भएन’

२०,पुस,दैलेख । नेपाल प्रहरीले प्रदान गरेको सेवाको मापन सँगै नागरिकहरुका गुनासा र जिल्लाका प्रहरी प्रमुखहरुले नागरिकहरुप्रती खेलेको भूमिकाको गाउस्तरमै प्रहरी महानिरीक्षकबाट अनुगमन भएको छ । जिल्ला भम्रणका क्रममा दैलेख आउका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दैलेखका नागरिकहरुसँग साझा छलफल गर्दै नागरिकले नपात्याए सम्म जिल्लामा प्रहरी प्रमुखले काम गर्न नसक्ने भन्दै हरेक जिल्लामा त्यस्ता प्रहरीहरु निर्माण गर्ने प्रयास जारी भएको बताएका छन् । मुलुकभरी अहिलेपनि ८ हजार बढी…विस्तृत समाचार »

युनिसेफले बैतडीमा छ करोड ६५ लाख खर्च गर्ने

२०,पुस,वैतडी ।  बैतडीमा चालु आवमा संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले विभिन्न क्षेत्रमा रु छ करोड ६५ लाख ७१ हजार १८० खर्च गर्ने जनाएको छ ।  सो रकम स्थानीयस्तरको योजना तर्जुमा, एचआइभी एड्स, खानेपानी तथा सरसफाइ, पोषण, बालसंरक्षण, बालमैत्री स्थानीय शासन कार्यक्रममा खर्च गरिने युनिसेफले जनाएको हो ।  यस्तै जिल्लाको आपत्कालीन अवस्थामा पूर्वतयारी, मातृ तथा नवशिशु स्याहार कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन, बालबालिका र किशोरकिशोरीको अर्थपूर्ण सहभागिताका क्षेत्रमा…विस्तृत समाचार »

​रौतहतमा थप एक आन्दोलनकारीको मृत्यु

१९ पुस काठमाडौं । रौतहटमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका शेख महिरुद्दिनको ज्यान गएको छ ।  भदौ २७ गते गोली लागेर घाइते भएका रौतहटको अकोलवा गाविस वडा नम्बर ५ का ५५ बर्षका महिरुद्दिनको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । महिरुद्दिनको यसअघि काठमाडौंमा पनि उपचार गरिएको थियो ।विस्तृत समाचार »

बजेट अन्यक्षेत्रमा खर्च नगर्न बाल सञ्जालको खबरदारी

१९,पुस,जुम्ला । चन्दननाथ नगरस्तरीय बाल सञ्जालका पदाधिकारीहरुले बालबालिकाका लागि राज्यले छुट्याउने १० प्रतिशत बजेट अन्यक्षेत्रमा खर्च गर्न लागिएको प्रति खबरदारी गर्दै आएका छन् । सञ्जालका पदाधिकारीहरुले चन्दननाथ नगरपालिकाको कार्यालयमा खबरदारी गरेका छन् । चालु आव ०७२÷७३ मा बालबालिकाको रु तीन लाख रकम नगरपालिकाले ल्यान्डफिल्ड साइटमा हालेको भन्दै सञ्जालका कार्यबाहक अध्यक्ष ईश्वर खत्रीले रोष प्रकट गर्नुभयो । बालबालिकाको नाममा आएको रकम राज्यबाट उपलब्ध भएको तर स्थानीय निकायले आफूहरुलाई…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top