समाचार

सञ्चार मन्त्रीले भाषण गर्दागर्दै भूँइचालो गएपछि (भिडियो सहित)

३, मंसिर काठमाडौँ ।  आज विहान १० बजे नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्ड सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बसझाउन पुगेको थियो । सोहि अवसरमा ज्ञापनप्रत्र बुझदै मन्त्रीले राईले आफ्नो मन्तव्य सुरु गरे । जब उनि बोल्न थालेको ४ मिनेट पुग्दै थियो तव सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर भुकम्प आयो । भुकम्प आएको मन्त्रीले थाहा पाए ,अनि पत्रकारहरुलाई भुकम्प गएको हो भन्दै प्रश्न गरे ।  भिडियोमा…विस्तृत समाचार »

१८ हजार बढी सिलिन्डर ग्यास वितरण हुँदै

३, मंसिर काठमाडौँ ।  बिहीबार काठमाडौंमा झण्डै १८ हजार भन्दा बढी सिलिन्डर ग्यास बाँडिदैछ । आज एभरेष्ट ग्यासले २ सय ८७ वटा डिपोबाट ७ हजार ६ सय १० वटा ग्यास वितरण गर्दैछ । यसैगरि नेपाल ग्यासले विभिन्न डिपोबाट २१ सय ७० वटा ग्यास वितरण गदै  छ ।       लुम्बिनी ग्यासले १४ सय सिलिन्डर ग्यास वितरण गर्ने जनाएको छ । आजै सिदार्थ ग्यासले  १७…विस्तृत समाचार »

चीनले अनुदान दिएको सबै पेट्रोल भित्रियो

३, मंसिर काठमाडौँ ।  चीनले अनुदान दिएको सबै पेट्रोल नेपाल भित्रिएको छ । चीनले नेपाललाई अनुदानमा १३ लाख लिटर पेट्रोल उपलब्ध गराएको थियो । नेपाली ट्याङकरले चीनको केरुङ भन्दा ४ किलोमिटर माथि पुगेर इन्धन भरी नेपाल आएका थिए । नेपाल भित्रिएका सबै पेट्रोल थानकोट डिपोमा राखिएको छ । चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ युरो स्ट्यान्डर चार रहेको नेपाल आयल निगमले जनाएको छ । साँघुरो सडक…विस्तृत समाचार »

नयाँ आमसञ्चार नीति आउने

३, मंसिर काठमाडौँ ।  सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधान अनुकूल राष्ट्रिय आमसञ्चार नीतिको पुनरवलोकन गरिने बताएका छन् । उनले  स्वतन्त्रविज्ञ सहितको कार्यदल गठन गरिने बताए ।  नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री राईले विद्यमान सञ्चार नीतिलाई समयसापेक्ष बनाउने बताए ।  उनले  राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया पनि चाँडै सुरु हुने बताए ।  सञ्चार सङ्ग्रहालय बनाई नेपाली सञ्चार क्षेत्रको इतिहास र अभिलेखलाई…विस्तृत समाचार »

बाँस्कोटाको निर्देशनः सूचना दिन आलटाल नगर्नु

२, मंसिर पाल्पा ।  प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सबै सरकारी कर्मचारीहरुलाई सूचना दिन आलटाल नगर्न निर्देशन दिएका छन् । उनले संविधानमा नै ‘सूचना नागरिकलाई मागेको समयमा दिनु’ भन्ने व्यवस्था भएकाले सूचना दिन आलटाल नगर्न निर्देशन दिए ।     उनले नयाँ शैक्षिक सत्रदेखि कक्षा ९ को सामाजिक विषयमा सूचनाको हकसम्बन्धी पठनपाठन हुने बताए ।  प्रमुख आयुक्त बाँस्कोटाले सरकारी, गैरसकारी, राजनीतिक दल, नागरिकसमेत सूचनाको हकको…विस्तृत समाचार »

एक हप्तामा सबै अस्पतालमा औषधि आइपुग्ने

२, मंसिर काठमाडौँ ।  भारतको नाकाबन्दीले औषधी नपाएर विरामीले अकालमै ज्यान गुमाइरहेका बेला  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक हप्ताभित्रै सबै औषधी उपलव्ध हुने बताएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले एक हप्ताभित्रै अभाव भएका सबै खाले औषधि अस्पतालमा आइपुग्ने बताएका हुन् । औषधिको अभाव हुन नदिन सबै सप्लायर्स र टेन्डरदातालाई निर्देशन दिइसकेको र एक हप्ताभित्र औषधि उपलब्ध नगराए उनीको वोलपत्र खारेज गर्ने स्वाथ्य…विस्तृत समाचार »

फष्टाउँदै पुष्प व्यवसाय (फोटोफिचरसहित )

२, मंसिर काठमाडौँ ।  कुनै सयम पुष्पलाई घरमा सजाउने र घरायासी प्रयोजनका रूपमा मात्र लिइने गरिन्थ्यो । तर त्यहीँ घरमा सजाउने पुष्प अहिले व्यवसायका रुपमा अगाडि बढेको छ । विश्व बजारमा पुष्प व्यवसाय निकै फड्को मारीसकेको छ । पर्फिम देखि पाउडर सम्म निर्माण गर्दा प्रयोग हुने पुष्पलाई विस्तारै नेपालीहरुले पनि व्यवसायीकरण गदै छन् ।  हाल नेपालमै सञ्चालित पुष्प व्यवसायबाट आन्तरिक मागको ८५ प्रतिशत स्वदेशबाटै पुर्ति…विस्तृत समाचार »

भारतको नाकाबन्दीप्रति जापानको चिन्ता

२, मंसिर काठमाडौँ ।  जापानले इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावले नेपालीको दैनिक जीवनमा प्रतिकूल प्रभाव परेकोमा  चिन्ता व्यक्त गरेको छ ।  जापानले इन्धन अभावका कारण भूकम्प प्रभावितलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय एवम् स्थानीय गैरसरकारी संस्थाले प्रभावकारी रुपमा मानवीय गतिविधि सञ्चालन गर्न नसकेको बताएको छ । जापानी राजदूतावासले एक विज्ञप्ति जारी गरी पारस्परिक सहयोग र समझदारीमा शान्तिपूर्ण ढङ्गले अहिलेको कठिन अवस्थाको अन्त्य गर्न सम्बद्ध सबै पक्षलाई सुझाएका छन्…विस्तृत समाचार »

८ लाख लिटर मट्टितेल निगमको डिपोमा

१, मंसिर काठमाडौँ ।  भारतको नाकाबन्दीले जनताहरु चरम ऊर्जा संकटमा छन् । ग्यास नपाएपछि जनताहरुले लाइन लागर दाउरा किनिरहेका छन् । बजारमा मट्टितेलको समेत अभाव छ तर  नेपाल आयल निगमले  ८ लाख लिटर भन्दा बढी मट्टितेल मौज्दात राखेको खुलेको छ । ​आयल निगमको थानकोट डिपोमा पनि २ लाख २१ हजार लिटर मट्टितेल मैज्दात छ भने बाराको अमलेखगञ्ज डिपोमा मात्रै ५ लाख ९७ हजार लिटर मट्टितेल भण्डारमा…विस्तृत समाचार »

सरकारले उर्जा संकटकाल घोषणा गर्ने

१, मंसिर काठमाडौँ ।  भारतले अघोषित नाकाबन्दी गरेपछि इन्धनका सबै स्रोतमा सङ्कट उत्पन्न भएपछि सरकारले पुनः ऊर्जा सङ्कटकाल घोषणा गर्ने भएको छ ।  ऊर्जा सङ्कटलाई समाधान गर्ने उद्देश्य सहित  सरकारले पुनः ऊर्जा सङ्कटकाल घोषणा गर्ने तयारी गरेको हो । विद्युत् उत्पादनलाई योजनावद्ध रुपमा अगाडि बढाउने राष्ट्रिय सङ्कल्पका साथ सङ्कटकाल घोषणा गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।   नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रले निर्माण…विस्तृत समाचार »

global ime

runner bike

राजनीति

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने

१२ माघ, काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् ।
सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका पूर्वसांसद गम्भीरजंग कार्कीको निधन

१२ माघ, काठमाडौं । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनको मिर्गौलाको डायलायसिस हुँदै आएको थियो । पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए । 

अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश फुँयालको इजलासमा

१२ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको छ । नेता सापकोटालाई सभामुखमा निर्वा्चित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश त्रिपाठीको एकल इजलासमा परेको हो । रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख गरिएका छन् ।

अन्तर्राष्ट्रिय

अमेरिकाले ‘बर्थ टुरिजम’ रोक्ने, गर्भवतीलाई भिसामा कडाइ

१२ माघ, काठमाडौं । अमेरिकाले ‘बर्थ टुरिजम’(जन्म पर्यटन)लाई अब रोक्ने भएको छ ।  यसअघि गर्भवती महिलाले अमेरिकाको भिसा लिने, अमेरिकामा बच्चा जन्माउने र त्यसको उद्देश्य  आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने चलन रहेको बताइएको छ । तर, शुक्रबारदेखि अमेरिकी विदेश मन्त्रालयले अब त्यसो हुन नदिने भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार अब गर्भवतिले पहिलो प्राथमिकता बच्चा जन्माउने भन्दा पनि अमेरिकामा अरु नै काम भएको देखाउनुपर्नेछ । साथै अमेरिकाले स्वास्थ्य उपचार सम्बन्धी आउने मानिसमा पनि कडा गर्ने भएको छ । यसका लागि भिसा आवेदकले आफ्नो खर्च बर्चको जानकारी पहिला नै जानकारी गराउनुपर्नेछ । 

भारतले आज ७१ औँ गणतन्त्र दिवस मनाउँदै, ब्राजिलका राष्ट्रपति प्रमुख अतिथि

१२ माघ, काठमाडौं । भारतले आइतबार ७१ औँ गणतन्त्र दिवस मनाउँदैछ । गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको राजपथमा हुने परेडमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो प्रमुख अतिथि रहने छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले परेडमा उपस्थित भएर सलामी लिने छन् । परेड ९० मिनेटसम्म चल्ने छ । यसमा सैन्यकला सँगै देशको सांस्कृतिक, सामाजिक तथा आर्थिक स्थितिबारे पनि विभिन्न झलकहरु देखाइने छ ।
यो वर्षदेखि राष्ट्रिय युद्ध स्मारकलाई पनि परेड कार्यक्रममा समेटिने भएको छ । यसअघि प्रधानमन्त्रीले अमर जवान ज्योतिमा पुष्पाञ्जली अर्पण गर्थे तर यो पटक प्रधानमन्त्री नरेन्द्र मोदी युद्ध स्मारक जाने छन् ।

चीनले सबै प्रकारका पर्यटकीय गतिविधि स्थगित गर्ने

१२ माघ, काठमाडौं । कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको छ ।  आन्तरिक पर्यटकीय गतिविधि भने गएको शुक्रबारदेखि नै स्थगित गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र हुँदै गएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा चीनले गम्भीर अवस्थाको सामना गरिरहेको बताएका थिए । 
चीनको ट्राभल एजेन्सी सङ्घले भनेको छ, ‘भ्रमणको क्रममा बीचैमा रहेका यात्रुहरुले भने आफ्नो यात्रा अघि बढाउन सक्छन् तर त्यसका लागि ट्राभल एजेन्सीले आफ्ना यात्रुहरुको स्वास्थ्यका बारेमा निरागानी राख्नु पर्ने छ ।’

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top