समाचार

खाजा खर्च कटाएर आगलागीपीडितलाई शैक्षिक सामग्री प्रदान

१८,पुस,खोटाङ। जिल्लाको एक निजी विद्यालयका विद्यार्थीले आगलागीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।  त माउण्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलको कक्षा–९ मा अध्ययनरत छात्रछात्राले आफ्नो दैनिक खाजा खर्च कटाएर जम्मा गरेको रकमले शैक्षिक सामग्री खरिद गरेर दिक्तेल नगरपालिका–२ का आगलागीपीडित विद्यार्थीलाई प्रदान गरेको हो ।  विद्यार्थीले गत पुस २ गते दिक्तेल नगरपालिकाको रत्नपार्कमा भएको भीषण आगालागीबाट पीडित बनेका विद्यार्थीलाई स्कुल ब्याग, कापी, जमेट्रीबक्सलगायत शैक्षिक सामग्री…विस्तृत समाचार »

अनमी तालिममा विपन्नको नाममा हुनेखानेको मस्ती

लक्ष्मी विजले,१८,पुस,वैतडी । निशुल्क अनमी तालिमका लागि बैतडीवाट गरिव आर्थिक विपन्नको पिछडिएको वर्गबाट ६ जना किशोरी छनौंट गर्नुपर्नेमा सम्पन्न परिवारका, महिलारुलाई छनौंट गरिएको स्थानीले गुनासो गरेको छन् । चालु शैक्षिक शत्र ०७२।०७३ देखि सोलुखुम्बु स्थित सोलुखुम्बु प्राविधिक शिक्षालयमा संचालन हुने निशुल्क अनमी तालिमकाबैतडी जिल्लावाट  एसएलसी पास भएर उच्च शिक्षा हासिल गर्न सक्ने अवस्था नभएका, आर्थिक अवस्था कमजोर भएका, गरिव, पिछडिएको वर्गबाट ६ जना छनौंट गर्नुपर्नेमा बैतडीवाट…विस्तृत समाचार »

झापाको हल्दिवारी गाविस पूर्ण खोपयुक्त घोषण

१८,पुस,झापा । झापाको हल्दिवारी गाविसलाई  एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त गाविसको रुपमा घोषणा गरेका छन् । स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ झापाका स्थानीय विकास अधिकारी प्रदिपकुमार निरौलाले हल्दिवारी गाविसलाई पूर्णखोप गाविस घोषणा गरेका हुन । सोही कार्यक्रमको अवसरमा गाविसले दुई जना जग्गादाता र ११ जना महिला स्वास्थ्य स्वंयमसेविकालाई सम्मान गरेको छ । हल्दिवारी गाविसमा रहेका स्वास्थ्यचौकी भवन निर्माणका लागि निशुल्क…विस्तृत समाचार »

​कारकादो शैक्षिक साक्षर वडा घोषणा

१८,पुस,नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २४ कारकादोलाई साक्षर वडा घोषणा गरिएको छ । बाकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले एक कार्यक्रमवीच कारका“दोलाई जिल्लाकै पहिलो वडाका रुपमा निरक्षर उन्मूलन घोषणा गर्नुभएको हो । सन् २०१५ भित्र जिल्लालाई निरक्षर उन्मूलन गर्ने सरकारी गुरुयोजना भएपनि विविध कारणले निर्धा्रित समयमा साक्षर अभियान प्रभावकारी हुन नसकेको सम्वद्धहरुको भनाई छ । कारकादोमा ९५.४३ प्रतिशत साक्षर भैसेकेकाले साक्षर वडा घोषणा गरिएको हो…विस्तृत समाचार »

अछाममा बाघको आतङ्क

 १७ पुस । अछाममा एक हप्दादेखि बाघले आतङ्क मच्चाएको छ । बीरपथ गाविसमा एक हप्तामा २० वटा बाख्रा र १० गोरु बाघले मारिदिएको स्थानीयवासी देवेन्द्र साहीले बताउनुभयो ।  उहाँले भन्नुभयो “अझै सातभन्दा बढी बाख्रा तथा केही गोरु घाइते बनाएको छ” पाचुल्ली सामुदायिक वनबाट आएको बाघले दैनिकजसो गोरु, बाख्रा मार्न थालेपछि स्थानीयवासी समेत त्रसित बनेका छन् । विस्तृत समाचार »

भूकम्प प्रभावित जिल्लाको अनुगमन गर्न टोली गाउँगाउँमा

१७ पुस । पूर्व सभासद् विनोद पहाडीको नेतृत्वमा गठित एक अध्ययन टोलीले भूकम्प प्रभावित विभिन्न जिल्लाको अध्ययन गरेको छ । समता फाउन्डेसन र नेपाल दलित महिला उत्थान सङ्घ ९एड्वान० ले संयुक्तरूपमा आयोजना गरेको सो अध्ययन टोलीले दोलखा, सिन्धुपाल्चोक, गोरखा र तनहुँ जिल्लाका भूकम्प प्रभावित दलित र सीमान्तकृत सुमदायको आवस्थाबारे अध्ययन तथा अनुगमन गरेको हो ।  टोलीले त्यहाँका स्थानीय भूकम्पपीडित, नागरिक समाज, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र अन्य…विस्तृत समाचार »

​सुनसरीको छिटाहामा दुई घरमा आगलागी

 १७ पुस, । सुनसरी जिल्लाको दक्षिणी क्षेत्र छिटाहा गाविस–४ मा गएराति दुई घरमा अकस्मात आगलागी हुँदा कम्तीमा  दश लाख भन्दा बढीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  बिन्देश्वरी मेहताको घरबाट सुरु भएको आगोले छिमेकी वासुदेव मेहताको घरसमेत जलेर खरानी भएको छ । आगलागीबाट विन्देश्वर वासुदेवको घरमा भएका चलअचल सम्पत्ति पूरै जलेर नष्ट हुँदा रु दश लाख भन्दा बढीको नोक्सानी भएको प्रहरीले प्रारम्भिक…विस्तृत समाचार »

ताप्लेजुङमा हिउको वर्षा

१७,पुस,ताप्लेजुङ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि भारी हिमपात सुरु भएको छ । विहीबार परेको वर्षासँगै बढेको चिसोका कारण ताप्लेजुङका हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो । हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने प्रशिद्ध तीर्थस्थल पाथिभरामा पनि हिमपात भएको छ । ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथिभरामा एक फिटसम्म हिमपात…विस्तृत समाचार »

४० लाख रकम खर्च गरिएका कार्यक्रम जनतासम्म पुगेनन्

लक्ष्मी विजले,१७,पुस,वैतडी  । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा बैतडीमा गत जुलाईदेखि डिसेम्बर सम्म विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएका छन् । कोषको सहयोगमा जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, र महिला तथा बालबालिका कार्यालयसंग मिलेर सम्पन्न गरिएका कार्यक्रमहरुको बारेमा अर्धबार्षिक समीक्षा गोष्ठीमा यस्तो जानकारी दिइएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा जिल्ला विकास समितिको आयोजना तथा स्थानीय विकास अधिकारी खेमराज विष्टको अध्यक्षतामा विहिबार कार्यक्रम सम्पन्न भएको हो ।…विस्तृत समाचार »

ट्राफिकद्वारा असुरक्षित हेलमेट नियन्त्रण अभियान सुरु

१७,पुस,चितवन । चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले असुरक्षित हेलमेट नियन्त्रण अभियान सुरु गरेको छ ।  हेलमेटमा लापरबाही गर्ने र तालु मात्रै ढाक्ने जस्ता साना तथा असुरक्षित हेलमेटका कारण दुर्घटनामा ज्यान जोखिम हुने भन्दै प्रहरीले यस्तो अभियान थालेको जनाएको छ । दुई दिनअघिबाट सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म प्रहरीले १६० वटा हेलमेट नियन्त्रणमा लिइसकेको छ । चितवनका ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक राजन भेटवालका अनुसार असुरक्षित हेलमेट…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top