समाचार

आगो ताप्ने क्रममा गुल्मीमा एकको मृत्यु

१७,पुस,गुल्मी । गुल्मीको शान्तिपुरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विशुखर्क–१ बजेनी निवासी ३६ वर्षीय झकबहादुर सार्की रहेका छन् ।  शान्तिपुर बसपार्कमा ज्याला मजदुरी गरेर चारजनाको परिवार पाल्दै आएका उनी मदिरा सेवन गरेर घरमै बसेर आगो ताप्दै गर्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रकोटले जनाएको छ । खाना खाएर सार्कीकी श्रीमती र छोरी नजिकैको होटेलमा टेलिभिजन हेर्न गएको अवस्थामा…विस्तृत समाचार »

झापामा काठ तस्करीको छानविन सुरु

१७,पुस,झापा ।  वन कर्मचारी र उपभोक्ता समितिको मिलोमतोमा सखुवा जातको गोलिया काठ तस्करी भएको बिषयमा सञ्चारमाध्यमा समाचार बाहिर आएपछि जिल्ला वन कार्यालय झापाले घटनाको छानविन सुरु गरेको छ । सो घटनामा सम्लग्न झापा पृथ्वीनगर स्थित सगरमाथा इलाका वन कार्यालयमा कार्यरत वन रक्षक सुमन भटटराईलाई वन कार्यालय झापाले तत्काल कार्यालयमा हाजिर गराएर घट्नाको आवश्यक अनुसन्धान सहित छानविन सुरु गरेको हो । एबीसी टेलिभिजनमा समाचार प्रशारण भएलगतै…विस्तृत समाचार »

यौन सम्पर्कपछि बिहे गर्न भन्दा कृष्णा कुमारीको हत्या

१६  पुस । चार दिन अघि उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस ८ बस्ने बर्ष ३८ की कृष्ण कुमारी कटुवालको हत्या स्थानीय मजदुर सरोज मगरले गरेको खुलेको छ ।  इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाबिस बस्ने ३९ वर्षीय मगरले कृष्ण कुमारीलाई केही समय यतादेखि शारिरीक सम्पर्क राख्दैआएका थिए ।  कृष्ण कुमारीले आफूलाई विवाह गर्न भनेपछि विवाद बढेर मगरले पुस १२ गते हत्या…विस्तृत समाचार »

​२६ नेपाली कोष्टारियामा पक्राउ

१६ पुस, काठमाडौं । कोष्टारिकाको प्रहरीले अवैध रुपमा छिरेका २६ नेपालीसहित ५१ जनालाई पक्रउा गरेको छ । ट्रकमा यात्रा गरिरहेको बखत उनीहरुलाई पक्राउ गरिएको कोष्टारिकाको समाचार एजेन्सी टिको टाईम्सले जनाएको छ । पक्राउ पर्नेमा नेपालीसहित एसिया, अफ्रिका, मध्यपूर्वी देशका नागरिक छन् । कागजपत्र नबोकेका नेपालीसहित ट्रकमा ९ बंगलादेशी, ९ सोमालियाली, २ इराकी, १ पाकिस्तानी नागरिक रहेको प्रहरीले जनाएको छ । ट्रकका चालक र अन्य तीन जना…विस्तृत समाचार »

​भारतीय एसएसबीद्वारा ग्यास सिलिन्डर नियन्त्रणमा

१६ पुस,गौसाला । महोत्तरीको पूर्वी सीमा नाका मटिहानीमा सीमापारिबाट ल्याइँदै गरेका आधा दर्जन ग्यास भरिएका सिलिन्डर आज भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।  जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याइँदै गरिएका ती सिलिन्डर एसएसबीले नियन्त्रणमा लिएको उपभोक्ताले बताएका छन् । हिजोसम्म बिनारोकटोक ल्याउन दिइएको ग्यास सिलिन्डर आज एक्कासी एसएसबीले नियन्त्रणमा लिएपछि नेपालबाट ग्यास लिन भारत गएका दर्जनौँ व्यक्ति खाली…विस्तृत समाचार »

​ मोटरसाइकल दुर्घटनाम चालकको यस्तो हालत

१६ मंसिर,काठमाडौं ।  दमौलीमा आज भएको मोटर साइकल दुर्घटनामा सन्दिप कुवरको ज्यान गएको छ । दमौली नजिकै मुशे खोला पुलमा धासिकुवाका सन्दिप कुवरको ज्यान गएको हो ।  बिहीबार मध्याह्न ठिक १२ बजे पोखराबाट आइरहेको ट्याङ्करले पोखरा तर्फ गइरहेको मोटर साइकललाई ठक्कर दिंदा २८ वर्षे युवकको घटनास्थलमै मृत्यु भएको हो । टिपरको ठक्करले घटनास्थलमै मृत्यु भएका युवक बाहेक मोटरसाइकलमा सवार अर्को साथीलाई पोखरा तर्फ अस्पतालमा लगिएको तर…विस्तृत समाचार »

मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

१६,पुस,म्याग्दी । म्याग्दीस्थित जिल्ला मालपोत कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।  सरुवा भएर आउनुपर्ने कर्मचारी नआएको तथा यहाँ दरबन्दी भएका कर्मचारी अन्य जिल्लामा काजमा गएकाले सेवा प्रवाहमा समस्या भएको जिल्ला मालपोत अधिकृत अविनाश कुँवरले बताउनुभयो ।  उहाँका अनुसार विभिन्न तहका २१ जनाको दरबन्दी भएको कार्यालयमा हाल कार्यालय सहयोगीसहित १० जना मात्रै कार्यरत छन् ।  कार्यालयमा पाँचजना नायब सुब्बा, एकजना लेखापाल,…विस्तृत समाचार »

​नेपालमा बलात्कारको डरलाग्दो अबस्था,एक महिनामा तेह्र किशोरी बलात्कृत

१५ पुस,काठमाडौं । सञ्चारिका समूह नेपालले गरेको सञ्चार अनुगमनको प्रतिवेदनले एक महिनामा १३ किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ ।  सञ्चारिकाले गत मङ्सिर १ देखि २९ गतेसम्म १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमन प्रतिवेदनले एक महिनामा किशोरी तथा महिलामाथि सो घटना भएको देखाएको छ भने अनुगमन अवधिमा बलात्कारसम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए ।  अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका…विस्तृत समाचार »

चार सय जनालाई व्यवसायिक तालिम दिइने

१५,पुस,विराटनगर । कृष्णप्रसाद कोइराला तथा शैलजा आचार्य पोलिटेक्निक शिसवनी मोरङले चार सय जनालाई व्यवसायिक तालिम दिने भएको छ । कृषि क्षेत्रमा आवद्ध युवा, महिला, पिछडिएको जाति र क्षेत्रका व्यक्तिहरुलाई तालिममा सहभागि गराएर आत्मनिर्भर बनाउने पोलिटेक्निकले जानकारी दिएको छ ।  पोलिटेक्निकले बुधवार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर लक्षित समुदायलाई लाभ हुनेगरी देशभरका ४ सय जनालाई तालिम दिन लागिएको जनाएको हो । पोलिटेक्निकका प्रिन्सिपल सन्तबहादुर अधिकारीले माघपहिलो हप्ताबाटै…विस्तृत समाचार »

रेलमा जन्मीएको नवजात शिशु टवाइलेटबाट लिगमा खसेर पनि वाचेपछि

१५,पुस,कञ्चनपुर । रेल यात्रा गर्दागर्दै एक नेपाली महीलाले रेलको शौचालयमा जन्माएको नवजात शिशु रेलको लिकमा खसेर पनि वाच्न सफल भएको छ । भारतमा टनकपुरबाट इज्जतनगर जादै गरेको ट्रेनमा यात्रा गरिरहेकी नेपालको कञ्चनपुरकी पुष्पादेवीलाई प्रसुती व्यथाले च्यापेपछि सौचालयमै वच्चा जन्माएकी थिईन । रेल्वेको लिकबाट उद्दार गरिएको शिशुको भारतको एक उपचारका भईरहेको छ । टङ्कपुर इज्जतनगरबाट ट्रेन छुटेको केहिबेरपछि नै बाथरुममा गर्भवती महिलाको चिच्याहट सुनिएको थियो ।…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top