समाचार

फरहानले गरे पत्नी अधुनासंग सम्बन्ध विच्छेद

माघ,एजेन्सी ।  फरहान अख्तरले पत्नी अधुनासँग सम्बन्धविच्छेद गरेका छन् । यी दुईको सन् २००० मा विवाह भएको थियो । सम्बन्धविच्छेद भएपछि फरहान आफ्नो घर छाडेर बहिनी जोयाको घरमा सिफ्ट भएका छन् । उनले केही समयमा नै नयाँ घर लिने भारतीय मिडियाले जनाएका छन् । केही पहिलेदेखि नै मिडियामा यी दुईको सम्बन्धमा खटपट आएको खबर आएको थियो । केही समयअघि ‘रिलिज’ भएको फरहानको फिल्म ‘बजिर’मा अधुना…विस्तृत समाचार »

पत्रकार आचारसंहिता परिमार्जन हुँदै

८, माघ काठमाडौँ ।  प्रेस काउन्सिल नेपालले पत्रकारितालार्इ मर्यादित बनाउन आचारसंहितामा परिमार्जन गर्ने भएको छ । युनेस्कोको सहयोगमा देशका विभिन्न स्थानमा अन्तरक्रिया गरी काउन्सिलले सुझावका आधारमा ‘पत्रकार आचारसंहिता २०७२ ल्याउने तयारी थालेको हो ।  शुक्रबार राजधानीमा भएको कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिताजगत्मा आचारसंहिता उल्लंघनका नयाँ प्रवृत्तिले सन्चार क्षेत्रलाई जनविश्वासी बनाउन नसक्ने भन्दै यसलाई उत्तरदायी र मर्यादित बनाउनु आवश्यक रहेको बताए ।  विस्तृत समाचार »

कैलाश र सिटि बीच रेमिट्यान्स सम्झौता

 ८ माघ ,काठमाडौ ।   कैलास विकास बैंक र सिटि एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ।  सम्झौता पत्रमा कैलास विकास बैंकका तर्फबाट बैंकका कार्य संचालन बिभाग प्रमुख विमलकुमार तिमिल्सेना र सिटि एक्सप्रेसका तर्फबाट सिटिक प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन। सम्झौता पछि देश तथा विदेशबाट एक्सप्रेसबाट पठाएको पैसा कैलास विकास बैंकका सबै शाखाबाट भुक्तानी लिन सकिनेछ। हाल कैलास विकासबैंकले २६ शाखाबाट…विस्तृत समाचार »

सर्वसाधारणको मृत्यु हुनु मानव अधिकारका मूल्य र मान्यता विपरीतः आयोग

८, माघ काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीले चलाएको गोली लागेर सर्वसाधारणको मृत्यु हुनु मानव अधिकारको स्थापित अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत भएको बताएको छ । शुक्रवार एक विज्ञप्ती जारि गदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले रंगेलीमा आयोजना गर्न लागेको मधेस जनजागरण संवाद कार्यक्रम हुनु अगावै उक्त स्थान बन्द लगायत विभिन्न चरणमा भएको झडपतर्फ स्थानीय प्रशासनले सुरक्षा सर्तकर्ता नअपनाउँदा तीन जनाले ज्यान गुमाउनु…विस्तृत समाचार »

ट्वेन्टी–ट्वेन्टी सिरीज न्युजिल्याण्डलाई

८,माघ,काठमाण्डौं । पाकिस्तानको ३ म्याचको ट्वेन्टी–ट्वेन्टी इन्टरनेशनल श्रृखला न्युजिल्याण्डले आफ्नो पक्षमा पारेको छ ।  तेश्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी क्रिकेट ९५ रनले जित्दै न्युजिल्याण्डले श्रृखला २–१ ले जितेको हो । पहिलो ट्वेन्टी–ट्वेन्टी जितेपनि त्यसपछिका २ वटा ट्वेन्टी–ट्वेन्टी हार्दै पाकिस्तानले श्रृखला गुमाएको हो । जितका लागि १ सय ९७ रनको लक्ष्य पछ्याएको पाहुना टोली पाकिस्तान १६ दशमलव १ ओभरमा १ सय १ रन बनाउँदै अलआउट भयो ।…विस्तृत समाचार »

एक साताभित्र पेट्रोल र डिजेलको सहज वितरण हुने निगमको दावी

८, माघ काठमाडौँ ।  नेपाल आयल निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरेले आगामी एक साताभित्र पेट्रोल र डिजेलको सहज वितरण हुने दावी गरेका छन । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले देश भरीका आयाल निगमका डिपोहरुलाई काठमाडौ तेल पठाउन निर्देशन दिईसकेको जानकारी दिदै त्यहाँबाट आएपछि सबै पेट्रोल पम्पबाट निश्चित परिणाममा सहज रुपमा वितरण गर्ने बताए । प्रवक्ता घिमिरेले भने,‘ बाहिरका डिपोहरुलाई काठमाडौ तेल पठाउन निर्देशन दिईसकेका…विस्तृत समाचार »

त्रिविको विज्ञापन विरुद्ध नयाँ शक्ति विद्यार्थी अभियान आन्दोलनमा

८, माघ काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापकको लािग खोलेको विज्ञापनका विरुद्ध नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानले आन्दोलनको घोषणा गरेका छन ।  अभियानले शुक्रवा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको हो ।  घोषित आन्दोलनका कार्यक्रमहरुमा माघ १० गते देशैभरीका आंगिक क्याम्पसका प्रमुखलाई बोधार्थ ज्ञापन बुझाउने, ११ गते सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा विरोध प्रर्दशन गर्ने, १० देखि १२ गतेसम्म त्रिवि सेवा आयोग अगाडि धर्नासहित…विस्तृत समाचार »

जापानी युवतीलाई बलात्कार गरेको आरोपमा एक नेपाली पक्राउ

८, माघ जापान ।  स्कुलमा अध्ययन गरिरहेकी छात्रालाई यौनजन्य गतिविधी गरेको आरोपमा जापानी प्रहरीले नेपालका रवी थापा नामका युवकलाई गिरफ्तार गरेको छ । जापानका संचार माध्यमहरुले अभियुक्त थापाले प्रहरीका सामु आफ्नो गल्ति स्वीकार गरेको जनाएका छन् ।  प्रहरी संग बयानको क्रममा थापाले फेब्रुअरी ७ मा सिबुया स्टेशनमा ती युवतीलाई केहि पैसा दिएर एक सामान राख्ने गोदाममा लगेर जबरजस्ती करणी गरेको बताएका छन् ।  जापानी प्रहरीले…विस्तृत समाचार »

देश टुक्र्याउन ठूलो दबाब आएको प्रधानमन्त्रीको खुलासा

७, माघ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश टुक्र्याउनका लागि देशी विदेशी शक्तिबाट आफूलाई ठूलो दबाब आइरहेको खुलासा गरेका छन् । नेकपा एमाले काठमाडौं जिल्ला संगठन कमिटीको भक्तपुरमा आयोजित आवासीय प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले देश टुक्राउने षड्यन्त्र भइरहेको दावी गरेका हुन् । देशभित्र र बाहिरबाट पहाड र तराई अलग गरेर देश टुक्र्याउन आफूलाई तीब्र दबाब आएको बताउँदै तर त्यसलाई कदापि नस्वीकार्ने धारणा राखे ।…विस्तृत समाचार »

रंगेलीमा मृत्यु भएकाका परिवारले शव बुझ्न अस्वीकार गरे

८, माघ काठमाडौँ । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन् । घटनाको छानविन गरि दोषिलाई कडा कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै उनिहरुले शव बुझ्न अस्वीकार गरेका छन् । मोरङको  रंगेलीमा बिहीबार भएको झडपमा तीन जनाको मृत्यु भएको थियो । मृतकहरुको शव कोशी अन्चल अस्पतालमा राखिएको छ । प्रहरीसँगको झडपमा रंगेली ४ की ५८ वर्षीया द्रोपतीदेवी चौधरी, १८ वर्षीय चिबु…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top