समाचार

लालपुर्जा नेपालीको जमीन भारतको कब्जामा

१२,पुस,कञ्चनपुर । नेपाल कहिल्यै कसैको गुलाम वनेन विश्वमा । तर सीमा अतिक्रमणको पीडा भारतबाट सधै खेप्दै आयो । नेपालका ७२ भन्दा वढी स्थानमा भारतले नेपाली भुमीमाथी कब्जा जमाएको छ । सुदुरपश्चिमको वह्मदेव,कालापानी,महाकाली,टनकपुर, लिपुलेक र कञ्चनपुरको प्याराताल लगायतका क्षेत्रमा भारतीय अतिक्रमणमात्र छैन,कञ्चनपुरको पुनरवासमा लालपुर्जा भएको नेपाली जमीन पनि भारतकै कब्जामा छ । भारत नेपाली भुमीलाई आफ्नै विर्ता सम्झन्छ तर हाम्रो सरकारले आफ्नो मातृभुमीको रक्षाका लागि उदासीन रहन्छ…विस्तृत समाचार »

केन्द्रिय कफी सहकारी संघको अध्यक्षमा पोख्रेल

११ पुस काठमाडौं । केन्द्रिय कफी सहकारी संघले योगेश पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको शनिबार आयोजित नवौं वार्षिक साधारणसभाबाट उपाध्यक्षमा सुदर्शन बोलखे, सचिवमा शिव बोहरा, सहसचिवमा वासुदेव मिश्र, कोषाध्यक्षमा गंगा अधिकारी चयन हुनुभएको छ । यसैगरी संघका सदस्यहरूमा शेषकान्त गौतम, करूणानन्द घिमिरे, चित्रबहादुर बस्नेत, पूर्णबहादुर मोग्राती, तुल्सीप्रसाद धिताल र फजीनारायण अर्याल रहनुभएको छ । बाँकी चार सदस्यहरू समावेशीता र…विस्तृत समाचार »

झापामा भिषण आगलागी

११,पुस,झापा । झापाको तोपगाछी स्थित रतुवा माई वृक्षारोपण आयोजनामा आज दिउँसो आगलागी हुदाँ मसला जातको रुखका विरुवा जलेर नष्ट भएको छ । तोपगाछी–७ केरखामा रहेको रतुवामाई वृक्षारोपण आयोजनाको कम्पाड नम्बर १० को एरियामा रहेको चार हेक्टर जग्गामा आगलागी हुदाँ ५ हजार मसला जातको रुखको विरुवा जलेर नष्ट भएको प्रहरी चौकी केरखाका प्रहरी प्रमुख खडानन्द तिवारीले जानकारी दिए । बिहान ११ बजेबाट सुरु भएको आगलागी दिउँसो…विस्तृत समाचार »

गठबन्धनले मधेसमा भैसी जुलुस निकालिने, आम हड्ताल जारी राख्ने

११ पुस, काठमाडौं । संघीय समावेशी मधेसी गठवन्धनले भैंसी जुलुस निकाल्ने भएको छ । शरदसिंह भण्डारी र जेपी गुप्तासहितको गठबन्धनकोे बिराटनगरमा बसेको मधेसी गठवन्धनको बैठकले नौबुँदे माग सम्बोधन नभएको भन्दै आमहड्ताल र नाकाबन्दीलाई जारी राख्ने निर्णय समेत गरेको छ । सरकारले संसदमा पेश गरेको संविधान संशोधन अधुरो भएको र यसले मधेस आन्दोलन माग पुरा नगर्ने उसले बताएको छ ।. गठवन्धनले भोलि तरार्इका सबै जिल्लामा भैंसी…विस्तृत समाचार »

राप्रपाको नेतृत्व चन्दले गर्ने

११ पुस काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व लोकेन्द्रबहादुर चन्दले गर्ने हुनुभएको छ । राप्रपाका वरिष्ठ नेता चन्दले शनिबारदेखि पार्टीको नेतृत्व गर्न लाग्नुभएको हो । आज बस्ने राप्रपा केन्द्रीय समिति बैठकले चन्दलाई पार्टी अध्यक्षको जिम्मेवारी तोक्ने पक्कापक्की भएको छ । यसअघि चक्रीय प्रणालीअनुसार आलोपालो नेतृत्व गर्ने शीर्ष नेताबीच भएको सहमतिअनुरुप शनिबारदेखि वरिष्ठ नेता चन्दले पार्टी नेतृत्व सम्हाल्न लाग्नुभएको हो । हाल पशुपति शम्सेर राणा राप्रपाको…विस्तृत समाचार »

नेपालगञ्ज नाकामा फेरी तनाव

नेपालगञ्ज,११, पुस । करिब ३ हप्तापछि मधेशी मोर्चाका कार्याकर्ताले नेपालगञ्ज–रुपैडिहा नाका अवरुद्ध पारेका छन् । आज विहानैदेखि मोर्चाका कार्यकर्ता भारतीय भुमिमा बसेर यातायात अवरुद्व पारेका थिए । बिहानैदेखि मोर्चाका कार्यकर्ताको धर्नाका कारण दिउ“सो सम्म आलु र फलफुल बोकेका १२ वटा मालबाहक गाडि नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । कुहिन लागेका आलु नेपालतर्फ प्रवेश गराएपछि भने एसएसबीले मोर्चा कार्यकर्तालाई भारतीय भूमिमा धर्ना गर्न…विस्तृत समाचार »

सम्राट सुजको दुईमा एक अफर, एकजोर जुत्ता किन्दा चाँदीको सिक्का पाइने

१०, पुस काठमाडौँ ।  फिनिसिङ र डिजाइनमा नेपालमै सबैभन्दा उत्कृष्ट मानिएको सम्राट सुजले दुई मा एक अफर सञ्चालन गरेको छ । कम्पनीले राजधानीको भृकुटीमण्डपमा जारी बुट एण्ड सुट पर्दशनीमा दुई जोर जुत्ता किन्दा एकजोर जुत्ता र एक जोर जुत्ता किन्दा चाँदीका सिक्का प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । क्रिसमस र अंग्रजी नयाँ वर्षका अबसरमा ग्राहकहरूलाई उपहार योजना संचालन गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रमोद महतोले…विस्तृत समाचार »

झापामा भिषण आगलागी,३० लाखको क्षती

झापा, पुस १० । झापाको शनिअर्जुन नगरपालिकामा गएराती एक घरमा आगलागी हुदा अन्दाजी ३० लाख बढीको क्षति भएको छ । आगलागीबाट शनिअजूृन ३ वागेडाँगी बस्ने मौलाधन राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोले पकाउन गोठमा वालेको आगो टाटीमा सल्किएर भएको आगलागीका कारण राईको घर, गोठ र भान्साघर जलेर नष्ट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा रहेको…विस्तृत समाचार »

महिलाको बेवारिशे शव फेला

पौष १० गते, रोल्पा । रोल्पामा एक महिलाका वेवारिसे शव फेला परेको छ । धबांग ९ महिला नौखोरिया सामुदायिक बनको पातलखोला भन्ने स्थानमा अन्दाजी ३० बर्षिय महिलाको शव भेटिएको हो । ८ गते जंगल गएका मानिसले दखेर बेलुका प्रहरीलाई खबर गरेपछि ९  गते बिहानै प्रहरी घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्धा फाँटका प्रहरी नायव निरिक्षक मिनबहादुर शाहीको नेतृत्वमा प्रहरी पुगी मुचुल्कासहित जिल्ला…विस्तृत समाचार »

नाकाबन्दीपछि काठमाडौंमा अहिलेसम्मकै धेरै ग्यास

१०, पुस काठमाडौँ ।  भारतले नाकाबन्दी गरेको तीन महिनापछि काठमाडौंमा अहिलेसम्मकै धेरै मात्रामा ग्यास भित्रिएको छ । गएको २४ घण्टामा मात्रै ७८ वटा गाडीमा विभिन्न कम्पनीका १६ हजार २ सय ७९ वटा ग्यास सिलिण्डर काठमाडौं भित्रिएको छ ।  गएको २४ घण्टामा इन्धन बोकेका अरु गाडी नआएपनि नाकाबन्दीपछि पहिलो पटक यती धेरै ग्यास काठमाडौं भित्रिएको हो । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाका अनुसार पुस महिना सुरु…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top