समाचार

​नेपाल र भारतबीच अझै भएन हवाई सम्झौता

६ पुस, काठमाडौं । नेपाल–भारतबीच हवाई सम्झौतासम्बन्धी प्रक्रिया सुरु भएको ५ वर्षमा पनि निष्कर्षमा पुग्न सकेको छैन । दुई देशबीच एयर स्पेस एग्रिमेन्ट ९एएसए० नभए नेपालमा बन्दै गरेका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थहरुले उडान अवतरण गर्न नपाउने दुवै मुलुक जानकार छन् । कारोबार दैनिकले न्युज लेखेको छ – पछिल्लो छलफलमा दुवै पक्षले सन् २०१५ डिसेम्बरसम्ममा सम्झौता गरिसक्ने प्रतिबद्दता जनाए पनि वार्ता नै अनिश्चित भएको छ । त्यसअघिका…विस्तृत समाचार »

स्वदेशी उत्पादन श्रीयम मसला नेपाली बजारमा

५, पुस काठमाडौँ ।  भारतीय मसलाले नेपाली बजारमा दबदबा बढाइरहेका बेला स्वदेशी उत्पादन श्रीयम मसला नेपाली बजारमा आएको छ । राजधानी काठमाडौमै उत्पादन सरू गरिएको श्रीयम ब्राण्डमा विभिन्न २६ प्रकारका मसला बजारमा ल्याइएको उत्पादक मा“ अन्नपूर्ण इन्डष्ट्रिज प्रा.लि.ले जनाएको छ । कम्पनीले भान्सँका लागि चाहिने सबैखाले तरकारी, मटन, चिकन, माछा देखि पानीपुरी र मःम मा प्रयोग हुने लगायतका सबैखाले मसला बजारमा ल्याएको इन्डष्ट्रिजका अध्यक्ष अमित…विस्तृत समाचार »

बम राखिएको धम्कीपछि विमान आकस्मिक अवतरण

५, पुस नैरोबी ।  विमानमा बम राखिएको धम्कीपछि शनिबार राति केन्याको नैरोबीमा एक विमान आकस्मिक अवतरण गराइएको छ । विमान मौरिससबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको थियो । सो विमानमा बम राखिएको धम्की आएपछि केन्याको राजधानी नैरोबीमा शनिबार राति आकस्मिक अवतरण गराइएको हो ।  उक्त विमानमा एउटा सङ्कास्पद पोको भेटिएको थियो । सो पोकोको पहिचान कसैबाट पनि हुन सकेन बरु त्यसमा बम रहेको जानकारी अज्ञात…विस्तृत समाचार »

यी हुन् वाह्र प्रधानमन्त्रीका एक्ला ड्राईभर

५, पुस काठमाडौँ ।   बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने एउटै हुन् काठमाडौँ, वसुन्धराका माधव कार्की । मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले कुशलतापूर्वक पूरा गरेका छन्। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा…विस्तृत समाचार »

यस्तो छ आजको वैदेशिक मुन्द्राको विनिमयदर

५, पुस काठमाडौँ ।  आइतबार नेपाल राष्ट्र बैंकले १ डलरको खरिददर १ सय ५ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ५० पैसा तोकेको छ ।  यस्तो छ आजको विनिमयदर            विस्तृत समाचार »

हिमाली जिल्लामा अत्याधिक चिसो बढ्यो

लमजुङ, पुस ५ । हिमाली जिल्लाहरुमा अत्याधिक चिसो बढेसँगै बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । मनाङ, हुम्ला, जुम्ला, मुस्ताङलगायतका जिल्लामा तापक्रम माइनस ७ डिग्रीभन्दा तल झरेसँगै सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो । खप्नै नसक्ने चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् भने सरकारी कार्यालयका कामसमेत प्रभावित बनेको छ । मनाङमा भने तापक्रम माइनस ११ डिग्रीबाट पनि ओरालो लागेको छ । अत्याधिक चिसोले गर्दा जनजीवन नराम्ररी प्रभावित…विस्तृत समाचार »

दुर्व्यसनमा फसेका ३४ सडक बालबालिकाको उद्धार

४ पुस, चितवन । दुर्व्यसनमा फसेका चितवनका ३४ सडक बालबालिकाको उद्धार भएको छ । एक बालिकासहित उनीहरुलाई बानी सुधारका लागि पुनःस्थापन गृहमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनीहरुलाई अहिले चितवन र गैँडाकोटमा रहेका सुधार गृहमा राखेर बानी सुधार कार्यक्रम चलाइएको छ । अहिले उनीहरुको आनीबानीमा आमूल परिवर्तन आएको प्रहरीले जनाएको छ । यहाँ प्रहरीकै अगुवाइमा सडक बालबालिकाको पुनःस्थापन अभियान सुरु…विस्तृत समाचार »

किन घट्यो सेयर बजार ? यस्तो छ साताको कारोवार

४, पुस काठमाडौँ ।  नाकाबन्दी र मधेस आन्दोलनका कारण सेयर बजारले सुधार पाउन सकेको छैन । यो साताको नेप्से परिसूचक पनि पहिलो दिनको तुलनामा ७.८९ अंकले घटेर अन्तिम दिन १११०.६८ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १५६१२ कारोबारबाट एक अर्ब ९० करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरका ३३ लाख ३० हजार चार सय…विस्तृत समाचार »

​आमा छोरीको निर्मम हत्या

४ पुस, रौतहट । रौतहटमा आमा छोरीको हत्या भएको छ । रौतहट हर्दियापल्टुवा गाविस वडा नम्बर तीनमा आमा छोरीको शव फेला परेको हो ।  हत्या गरी फालिएको अवस्थामा आमा रेणु साह र छोरी अंकिता साहको शव फेला परेको हो । स्थानीय प्राथमिक विद्यालयको पछाडिट्टि रहेको खाली चौरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा दुई शव फेला परेका हुन् । शुक्रबार राति नै हत्या गरेको…विस्तृत समाचार »

सुनको मूल्यमा भारी गिरावट, अझै घट्ने व्यवसायीहरुको भनाई

४, पुस काठमाडौँ ।  पछिल्ला दिनहरुमा सुनको मूल्य निरन्तर उरालो लागेको छ । यो सातामा मात्र आइतबारको तुलनामा सुनको मूल्य १ हजार १ सय  रुपैयाँ घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ४८ हजार ८ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य अन्तिम दिन ४७ हजार ७ सय रुपैयाँमा कारोवार भयो ।   अमेरिकी संघीय बैंकले शुन्य दशमलव २५ प्रतिशतले व्याजदर बढाउने निर्णय गरेसँगै सुनको…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top