समाचार

राजविराजमा निषेधाज्ञा हट्यो

१८, मंसिर सप्तरी ।  सप्तरी प्रशासनले राजविराज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाइएको छ । गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीनजना आन्दोलनकारीको मृत्युपछि सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, रुपनीमा स्थानीय प्रशासनले लगाइएको निषेधाज्ञा हटाइएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै छ । सदरमुकाम राजविराजमा स्थिति शान्त देखिएकाले यहाँको निषेधाज्ञा तत्कालका…विस्तृत समाचार »

साढे चौरासी लाख लिटर इन्धन नेपाल भित्रियो

दमक, १८ मङ्सिर । झापाको काँकडभिट्टा नाकाबाट अढाई महिना अवधिमा साढे ८४ लाख लिटर इन्धन भित्रिएको छ । भित्रिएको इन्धन र ग्यासबाट रु १४ करोड ८३ लाख ४५ हजार राजस्व उठेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । भित्रिएको इन्धनमा २४ लाख ३४ हजार लिटर पेट्रोल, ५० लाख ३९ हजार लिटर डिजेल, सात लाख २० हजार लिटर हवाई इन्धन र दुई लाख ९२ हजार लिटर…विस्तृत समाचार »

नेपालीसंगको प्रेममा बाबु बने बाधक, एक महिना पछि छोरी फिर्ता

१८ मङ्सिर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्से बस्ने राजकुमार श्रेष्ठले भारतको पञ्जाबबाट भगाएर ल्याएकी केटीलाई केटीका बाबुले ल्याएको पच्चीस दिनपछि खोसेर लगेका छन् । गाईघाट बोक्सेका २५ वर्षीय श्रेष्ठले भारतको पञ्जावस्थित पटियाला बाँध बस्ने दलबार सिंहकी १५ वर्षीया छोरी अमनदीप कौर सिंहलाई कात्तिक २२ गते पञ्जाबबाट भगाएर नेपाल ल्याएका थिए । श्रेष्ठले दुई वर्षदेखि प्रेमबन्धनमा बाँधेर कौरलाई नेपाल ल्याएको भए तापनि केटीका बाबु अन्य…विस्तृत समाचार »

ललितपुर मोबाइल कम्प्लेक्समा दुबै हातमा लड्डु

१८, मंसिर काठमाडौँ ।  ललितपुरस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले सामसुंग ब्राण्डको इलेक्ट्रोनिक्स उत्पादनहरुको बिक्री शुरु गरेको छ । कम्प्लेक्समा सामसुंग ब्राण्डका एलईडी टेलिभिजन, वासिंग मेसिन, ओभेनलगायतका कन्ज्यूमर इलेक्ट्रोनिक्सको पनि बिक्री शुरु गरिएको हो । विश्वको उत्कृष्ट ब्राण्डमा पर्ने सामसुंगका वारेन्टी भएका इलेक्ट्रोनिक्स उत्पादनहरुको बिक्री गरिने र कम्प्लेक्समा मोबाइलसँगै अन्य इलेक्ट्रोनिक्स सामाग्रीहरु पनि उपभोक्ताले अब एकै छानामुनी खरिद गर्न सक्नेछन् । ललितपुर जिल्लाका मोबाइल…विस्तृत समाचार »

सिधा यातायात सुरु भएपछि गाडी भाडा घटाइयो

१८, खोटाङ मंसिर ।  राजधानी काठमाडौँलगायत तराईका जिल्लासँग सिधा यातायात सेवा सुरु भएपछि खोटाङमा गाडी भाडा घटाइएको छ ।  जयरामघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै सिधा यातायात सेवा सुरु भएपछि लामो दूरीका सवारी साधनको भाडा घटाइएको हो ।  जिल्लावासीलाई थोरै भए पनि राहत दिलाउने उद्देश्यले दिक्तेल–काठमाडौँ, दिक्तेल–कटारीलगायत लामो दूरीमा सञ्चालन हुने सवारी साधनको भाडा घटाएको यातायात व्यवसायी सङ्घ, खोटाङका महासचिव राजकुमार राईले बताए ।…विस्तृत समाचार »

यस वर्षको एसएलसी चैत अन्तिम सातामा हुने

१८, मंसिर काठमाडौँ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने  भएको छ । विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सार्ने तयारी भएको हो । गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष चैत अन्तिम साता सारिएको हो ।  एसएलसी परीक्षाका लागि प्रश्नपत्र बनाउने, उत्तरपुस्तिका छाप्न दिने प्रक्रिया भने…विस्तृत समाचार »

डिस्कोमा रक्सी खाएर हातपात गर्ने इन्टेलिजेन्स डिएसपी निलम्बित

१७, मंसिर काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा इन्टेलिजेन्स शाखामा कार्यरत  डिएसपी राजकुमार सिलवाललाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ ।  डिएसपी सिलवालकमलादीस्थित टाइम्स डिस्कोमा  रक्सी खाएर  होहल्ला गर्नुको साथै केहीलाई हातपात गरेको आरोपमा निलम्बनमा परेका हुन ।  सिलवाललाई प्रहरी प्रधान कार्यालयले आज निलम्बित गरेको हो ।  आचरण विपरित काम गर्ने जुन सुकै दर्जाका प्रहरीलाई कारबाही हुने प्रहरीले जनाएको छ । कुनै पनि दर्जाका…विस्तृत समाचार »

पत्रकारलाई नेशनल ट्रेडिङको पम्पबाट तेल दिइने, ११ बजेबाट वितरण शुरु

१७, मंसिर काठमाडौँ ।  नेपाल आयल निगमले भोली पत्रकारहरुलाई नेशनल ट्रेडिङको पम्पबाट  पेट्रोल उपब्ध गराउने भएको छ । पत्रकारलाई सहज रुपमा अरु पम्पबाट पेट्रोलियम वितरण गर्ने भनिएपनि त्यस विषयमा निर्णय हुन नसक्दा हालका लागि नेशनल ट्रेड्रिङबाट मात्र दिन लागिएको आयल निगमले जनाएको छ ।  आगामी हप्ता भने थप अन्य पम्पबाट पनि वितरण गर्ने निगमले तयारी गरेको  छ । निगमका अनुसार शुक्रबार ११ बजेबाटै पेट्रोल दिन…विस्तृत समाचार »

एआईजीद्वय प्रचण्ड निवास छिरेपछि प्रहरीमा हंगामा

१७, मंसिर काठमाडौँ ।  नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याललाई हटाउन भन्दै एआईजीहरु नेताहरुको घरमा पुगेपछि प्रहरीमा हंगामा मच्चिएको छ । स्रोतका अनुसार एआईजीद्वय राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाह दुई साताअघि आईजीपी अर्याललाई हटाउन भन्दै लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेका थिए ।                  उक्त घटनापछि आइजीपी अर्याल एआईजीहरुसँग रुष्ट भएका छन् भने प्रहरी नेतृत्वमा चरम गुटबन्दी बढेको समाचार यूनाइटेड पोष्ट…विस्तृत समाचार »

किन नेपाल प्रवेश गर्न खोजे दाउदका सहयोगी

१७, मंसिर काठमाडौँ ।  अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी नेपाल प्रवेश गर्न खोज्दा नेपाल–भारत सीमा क्षेत्रमा पक्राउ परेका छन् । भारतीय जनता पार्टीका दुई नेतालाई गुजरातको भारुचमा गोली हानी मारेको आरोपमा भारतमा तिब्र खोजिभइरहेका दाउदका सहयोगी जाभेद चिक्नाका भाइ अबिद पटेललाई प्रकाउ गरिएको हो । भाजपाका दुई नेताहरुको हत्या गर्ने षडयन्त्रमा संलग्न रहेको पाइएपछि सुरक्षा एजेन्सीहरुले उनका गतिविधिमा निगरानी गर्दै आएका थिए । गुप्तचरहरुले उनी…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top