विज्ञान/प्रविधि

उत्तेजक कपडामा फेसबुक लाइभ गर्न नपाइने

काठमाडौँ । उत्तेजक पहिरनमा फेसबुक लाइभ गर्न  कम्बोडिया सरकारले रोक लगाएको छ । कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा बिक्रीका लागि उत्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले यस्तो निर्णय गरेको हो । उत्तेजक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको प्रधानमन्त्री हुन सेनले बताउँदै कम्बोडियाको महिला आयोगलाई यस्तो कार्य रोक्न निर्देशन दिएका छन् ।…विस्तृत समाचार »

नेपाल टेलिकम एप डाउनलोड गर्नुहोस, सित्तैमा एक सय एमबी डाटा पाउनुहोस

२६ माघ, काठमाडौँ । नेपाल टेलिकमले पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रुपमा उपलब्ध गराउने भएको छ। साथै, नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर समेत ल्याएको छ । टेलिकमले अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध गराएको छ । यसअन्तर्गत ६० एमबीदेखि १४ हजार एमबीसम्मका प्याकेज खरिद गर्न सकिने छ ।…विस्तृत समाचार »

युट्युबले एक वर्षमा कमायो १५ खर्ब रुपैयाँ,नेपालको बजेटभन्दा बढी

२५ माघ, काठमाडौं । विश्वको सर्वाधिक लोकप्रिय भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबको एक वर्षको आम्दानी नेपालको वार्षिक बजेटभन्दा पनि धेरै भएको छ । पछिल्लो रिपोर्ट अनुसार युट्युबले सन् २०१९ मा १५ अर्ब डलर आम्दानी गरेको छ । गुगलको मातृ कम्पनी अल्फाबेटले सार्वजनिक गरेको सन् २०१९ को चौथो त्रैमासिकको रिपोर्टले यस्तो देखाएको हो । सुन्दर पिचाई गुगलको प्रमुखबाट अल्फाबेट कम्पनीको प्रमुख भएपश्चात् पहिलोपटक सार्वजनिक भएको उक्त रिपोर्टमा पहिलोपटक…विस्तृत समाचार »

टेलिकमले सीडीएमए फोन बन्द गर्ने

२३ माघ, काठमाडौँ । नेपाल टेलिकमले सीडीएमए सेवा बन्द गर्ने भएको छ । ग्रामीण क्षेत्र लक्षित करिब १५ वर्ष पुरानो सीडीएमए सेवा बन्द गरेर  हाल कायम ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने टेलिकमले तयारी गरेको छ। टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार वायरलेस सेवामा एकरूपता ल्याउने उद्देश्यसहित यो सेवा बन्द गर्न लागिएको हो । आगामी आर्थिक वर्षभित्रै सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रूपमा…विस्तृत समाचार »

इन्टरनेट नभएपनि च्याट फोटो पठाउने मिल्ने

काठमाडौँ । अब इन्टरनेट सुविधा नभएपनि च्याट गर्न मिल्ने भएको छ। च्याटमा तस्बिरहरु समेत पठाउन सकिने छ। फायर च्याट नामका एप्लिकेसनबाट अफलाईनमा च्याट गर्न सकिनेछ।   यो एप वाइफाइ डाइरेक्ट वा ब्लुटुथको माध्यमबाट चलाउन सकिने कम्पनीले जनाएको छ । यो एपमा इन्टरनेटमा जस्तो टाढा–टाढा च्याट गर्न भने मिल्ने छैन । २ सय फिट आसपासको क्षेत्रमा यस एपको प्रयोग गरेर च्याटसँगै तस्बिर पनि आदनप्रदान गर्न मिल्छ ।…विस्तृत समाचार »

नराख्नुहोस टिकटकमा यस्ता भिडियो, राखेको पाइए हटाइने

काठमाडौँ । टिकटक विश्वभर चर्चित एप्लिकेसन। छोटो भिडियोहरुमार्फत आफ्ना प्रतिभा देखाउन  मिल्ने यस एपले कस्ता भिडियोहरु हाल्न नपाइने भन्ने निर्देशिका जारी गरेको छ । एपले कुनैपनि धार्मिक, राष्ट्रियताको आधारमा कुनै पनि व्यक्ति वा समूहप्रति हिंसा देखाउने किसिमका भिडियोहरुलाई हटाउने छ। साथै कम्पनीले त्यस्ता हिंसा फैलाउने भिडियोहरु राखेको केही समयमा नै हटाउने पनि जानकारी गरेको छ । टिकटकले १३ वर्ष उमेरका एकाउन्टहरु पनि बन्द गरिने बताएको…विस्तृत समाचार »

जापानले ल्याउँदैछ सिक्स जी नेटवर्क, फाइभ जी भन्दा १० गुणा ‘फास्ट’ !

काठमाडौं । विश्वका धेरै विकशित देशहरु अहिले फाइभ जी नेटवर्कका पूर्वाधारहरु विकास गर्ने काममा लागिरहेका छन् । विश्वमा फाइभ जी नेटवर्क पूर्ण रुपमा सञ्चालनमा आउनका लागि अझै केही वर्ष लाग्नेछ । तर जापान चाहिँ फाइभ जी भन्दा पनि एक कदम अगाडि बढ्दै सिक्स जी नेटवर्कको विकासमा अगाडि बढेको छ । फाइभ जी नेटवर्कको विकासमा अन्य विकसित मुलुकहरु भन्दा पछाडि रहेको जापान सिक्स जी नेटवर्कको मापदण्डको…विस्तृत समाचार »

नासाले पत्ता लगायो पृथ्वी जस्तै नयाँ ग्रह, एलियन हुन सक्ने आशंका

२४ पुस, काठमाडौं । नासाले पृथ्वीसँग मिल्दो एक नयाँ ग्रह पत्ता लगाएको छ । जुन एलियनको घर हुन सक्ने अनुमान गरिएको छ । टीओआई ७०० डी नाम दिइएको यो ग्रह नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वेक्षण स्याटेलाइट (टीईएसएस) ले खोजेको हो । हालसम्म पत्ता लगाइएका मानिस बस्न लायक ग्रहमध्ये आफ्नो ताराबाट जीवन बाँच्न सक्ने दूरीमा रहेको उच्च सम्भावना रहेको पहिलो ग्रह रहेको नासाले जनाएको छ । नासा…विस्तृत समाचार »

मोबाइलबाट पोर्न सामाग्री हेर्नेमा भारतीय पहिलो नम्बरमा

काठमाडौं । विश्वमा इन्टरनेटमा पोर्न हेर्ने हरेक चार जनामा तीनजनाले आफ्नो मोबाइल फोनमा पोर्न सामग्री हेर्ने गरेका छन् । एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ भने डेस्कटप र ल्यापटपमा पोर्न हेर्नेको संख्या घट्दै गएको छ । बितेको वर्ष सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ…विस्तृत समाचार »

एन्ड्रोइड फोनको तुलनामा आइफोन ह्याक हुने संभावना १ सय ६७ गुणा ज्यादा

काठमाडौं । एप्पलको आइफोनको प्रयोगकर्ताहरूका लागि दुखद् खबर छ । हालै प्रकाशित एक रिपोर्ट अनुसार अन्य ब्राण्डका स्मार्टफोनहरूको तुलनामा आइफोन साइबर सुरक्षाको दृष्टिकोणबाट अत्यधिक असुरक्षित भएको पाइएको छ । रिपोर्ट अनुसार एन्ड्रोइड स्मार्टफोनको तुलनामा आइफोन ह्याक हुने जोखिम १ सय ६७ गुणा अत्यधिक रहेको छ । स्मार्टफोनको खोल बनाउने बेलायती कम्पनी केस डट ट्वान्टीफोरले गरेको अध्ययनले आम धारणाविपरीत आइफोन निकै असुरक्षित रहेको देखाएको हो ।…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दै

१३ फागुन, काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ

१२ फागुन, पोखरा ।
पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कालो झन्डा देखाउन खोज्ने  ६ जना  विद्यार्थी पक्राउ परेका छन् । पोखरा स्थित  सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाई, रेशम सापकोटा,

मध्यराति बेहोस भएपछि नेकपा नेता लामा अस्पताल भर्ना

१२ फागुन, काठमाडौँ ।
नेकपाका केन्द्रीय सदस्य  कमानसिंह लामा गम्भीर बिरामी परेका छन्। गएराति १ बजे काठमाडौँ मूलपानीस्थित आफ्नै निवासमा एक्कासी बेहोस भएपछि उनलाई थापाथलीस्थित

अन्तर्राष्ट्रिय

तस्बिरमा हेर्नुहोस् भारतमा यसरी गरियो ट्रम्पको स्वागत

१२ फागुन, काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

९४ वर्षीय महाथिरद्वारा प्रधानमन्त्री पदबाट राजीनामा

१२ फागुन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्। महाथिरले दुई वाक्यको राजीनामा पत्र मलेसियाका राजालाई सोमबार बुझाएका हुन्। केहि हप्तादेखि शुरु भएको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उनले राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

चीनबाहिर कोरोना बढी फैलिने मुलुक कोरिया, एकै दिन १६१ व्यक्ति संक्रमित

१२ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोना संक्रमण हुने क्रम तीव्र बनेको छ। त्यहाँ एकैदिन डेढ सयभन्दा बढी संक्रमित भेटिएका हुन्। एएफपी न्युज एजेन्सीका अनुसार त्यहाँ आइतबार मात्रै थप १६१ जनामा कोरोना संक्रमण देखिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top