syangyong

विज्ञान/प्रविधि

​ल्यापटप किन्ने सोँचमा हुनुहुन्छ, यी कुरामा ध्यान दिनुहोस्

अहिलेको युग प्रविधिको युग हो । अहिले हरेक व्यक्तिलाई ल्यापटप अनि नै उपयोगी बन्न थालेको छ । चाहे तपाईं त्रैमासिक परिक्षामा सामिल भइराख्नु भएको छ वा कसैलाई पढाउँदै हुनुहुन्छ वा अनुशन्धानात्मक परियोजनाको अयोजना गर्र्दै हुनुहुन्छ या त यत्तिकै नेटको उपयोग गर्दै हुनुहुन्छ, तपाईं जहिले पनि आफ्नो आवश्यकता र बजेटको अनुसार नै ल्यापटप छानुहुन्छ । तर पहिलो नजरमा ल्यापटप खरिद गर्ने प्रक्रियामा भ्रामक पनि हुन सकिन्छ…विस्तृत समाचार »

के तपाईलाई मोबाईले फोनका यी रोचक जानकारी थाहा पाउनुभएको छ ?

मोबाइल आजको समयमा मानिसको जिवनको अभिन्न अंग बन्न पुगेको छ । सबैजसो मानिसहरु मोबाइल फोनको प्रयोग गर्छन् । नेपालमा पनि २ करोड भन्दा बढि जनसंख्याको हातहातमा मोबाईल फोन पुगेको तथ्यांक पाइन्छ । सबैको हातहातमा रहेको यहि मोबाइल फोनका बारेमा रहेरका केहि रोचक जानकारीहरू ।  १. मोबाइल फोनद्धारा सबैभन्दा पहिले ‘मार्टिन क्रपर’ले ३ अप्रिल १९७३ मा फोन गरेका थिए । उनी मोटोरोला कम्पनिका कर्मचारी थिए । …विस्तृत समाचार »

अब समुद्रमा चल्नेछ ठुलाठुला स्वचालित पानी जहाज, यस्तो छ तयारी

यो मेसिनको जमाना हो । हरेक काम मानिसको सट्टा मेसिनबाट गराउने प्रयासहरु भइरहेका छन् । संसारभर कयौ कमपनी चालकविहीन कार चलाउने प्रयोग गरिरहेका छन् । अमेरिकामा त स्वचालित बस र ट्रकको ट्रायल पनि भइरहेको छ । कुरा यहाँसम्म त ठिकै थियो, अब त कयौ कम्पनी यस्ता पनि छन् जो स्वचालित पानी जहाजको निर्माणमा समेत जुटेका छन् । त्यस्तै कम्पनीमध्येको एक हो, फिनल्याण्डको वार्टसिला । अगस्त…विस्तृत समाचार »

बिना बिजुली यसरी गर्नुहोस् मोबाइल चार्ज

बिहान  उठेर कहीँ जाने योजन बनाएर मोबाइल हर्दा ब्याट्री लो भएको पाउनु भयो र चार्ज गर्छु भन्दा बिजुली पनि छैन । यस्तो हुँदाको अवश्ता निकै नै निराशजनक हुन्छ । त्यति बेला आफैसँग र विद्युत प्रधिकरणका कर्मचारीहरु माथि रिस पोख्नु बाहेक अरु के नै पो गर्न सकिन्छ र ? सोच्दा पनि नरमाइलो लाग्ने, छुट्टी मनाउनको लागि  सुन्दर र मनमोहक पहाड र तालतलैया घुम्न जानु भएको छ…विस्तृत समाचार »

प्राणघातक रोगका जीवाणु उत्पादन भण्डारण गर्छन् शक्तिराष्ट्र, दुःख पाउँछ बाँकी विश्व

इबोला भाइसरले अफ्रिका महादेशको लाइबेरियालाई तहसनहस बनायो । इबोलाको भ्याक्सिन अमेरिकामा बन्यो । प्लेगले विश्वका कैयौं मुलुकलाई प्रभावित बनायो, प्लेगका व्याक्टेरिया अमेरिका, रुस, ब्रिटेन जस्ता शक्तिशाली मुलुकले जम्मा गरेर राखे । प्राणघातक एन्थे्रक्सको आक्रमणबाट नेपालमै कैयौंको मृत्यु भएको छ । एन्थ्रेक्स मानिसलाई मात्र नभएर आजकल जनावरलाई समेत सर्न थालेको छ । अघिल्लो वर्ष पाल्पाको गल्धा गाविसमा एन्थ्रेक्सको महामारीले पशुचौपाया सोत्तर भएका थिए । यी यस्ता…विस्तृत समाचार »

तपाईलाई थाहा छ निःशुल्क सेवा दिने नाममा तपाईकै डाटा बेचेर फेसबुकले कसरी कमाउँछ ?

संसारमा करिब २ सय करोड मानिसले फेसबुकका सक्रिय प्रयोगकर्ता छन् । तर, यि सबै फेसबुक प्रयोगकर्ताले फेसबुकलाई कुनै शुल्क भने तिर्दैनन् । यस्तोमा प्रश्न उठ्छ कि फेसबुकले कम्पनी चलाउनका लागि पैसा कहाँबाट ल्याउँछ । विश्वकै पाँचौ ठुलो कम्पनी बनिसकेको फेसबुकको आम्दानीको रहस्य यस्तो छः आइडिया बन्यो कम्पनी होस्टलको एउटा सानो कोठाबाट सुरु भएको आइडिया अहिले एउटा ग्लोबल परियोजना बनेको छ । संसारका करिब एक चौथाई…विस्तृत समाचार »

उसो भए यो पुरुष वीर्यको बर्बादी मात्र हो त ?

यदि क्रमिक विकास सिद्धान्तको दृष्टिकोणबाट सीधा हेर्ने हो भने जीवन भरको लागि एक मात्र श्रीमती हुनु कुनै चाखलाग्दो विषय हैन । पुरुषको वीर्यमा असंख्य शुक्रकिट हुन्छन् र छिटोछिटो बनिरहेको हुन्छ । यस्तो अवस्थामा यदि वीर्य केवल एक महिलाको लागि मात्र हो भन्ने सोचिएमा यसबाट अधिकतम फाइदा मिल्न सक्दैन । यसकारण किनकी आउने पिढीँको जन्म दिने समय धेरै लामो हुन्छ । अलग–अलग जीवनसाथी हुनु महिलाको लागि…विस्तृत समाचार »

यस्ता छन् ब्लूटुथ अन राख्दा हुने गम्भीर खतराहरु, यसरी बच्न सकिन्छ

मोबाइल फोनको ब्लुटुथ अन राख्नु खतरनाक पनि हुन सक्दछ । सेक्युरिटी कम्पनी अर्मिसका अध्ययनकर्ताहरुको समूहले गत मंगलबार एउटा यस्तो मैलवेयर फेला पारेका छन् जुन ब्लुटुथसँगथ जोडिएका डिभाइसमा आक्रमण गर्न सक्दछ । यसले स्मार्टफोनमा मात्र होइन, स्मार्ट टीभी, ट्याबलेट, ल्यापटप, लाउडस्पीकर र कारमा पनि आक्रमण गर्न सक्दछ । संसारमा जम्मा ५.३ अर्ब डिभाइस छन्, जुन ब्लुटुथ प्रयोग गर्दछन् ।  यो मैलवेयरको नाम ब्लूबार्न हो । यसको…विस्तृत समाचार »

आयो बुहप्रतिक्षित आइफोन ८ र ८ प्लस, जान्नुहोस् विशेषता र मूल्य

एप्पलले मंगलबार आइफोन ८ सिरिजको फोन सार्बजनिक गरेको छ । एप्पलले आइफोन ८ र ८ प्सस सँगै आइफोन एक्स सहित तीन मोडल सार्वजनिक गरेको हो । जसमा सबैभन्दा बढी मुल्य आइफोन एक्सको पर्छ । यसको मुल्य ९९९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँमा १ लाख २ हजार रुपैयाँ रहेको छ । आइफोन एक्स अर्थात आइफोन १० फेस चिन्न सक्ने आइडी फिचरका साथ आएको छ । यसको…विस्तृत समाचार »

बन्यो एउटा सानो पेन जसले सजिलै क्यान्सर पत्ता लगाउन सक्छ

क्यान्सरको नाम सुन्ने बित्तिकै हामी सबै डराउने गर्दछौ, यो रोग छ नै यति खतरनाक । तर एउटा सानो पेनले मात्र १० सेकेन्डमा क्यान्सरको लक्षण पत्ता लगाउन सक्छ भन्दा तपाईले पत्याउनु हुनेछैन । अमेरिकाको टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुका अनुसार उनीहरुले एउटा यस्तो डिभाइस बनाएका छन्, जसबाट सजिलै हातले समाप्त सकिन्छ र यसले १० सेकेन्डमै क्यान्सरको टिश्यु पहिचान गर्न सक्दछ । यसको सहयोगमा क्यान्सरको उपचार चाँडै र राम्रोसँग…विस्तृत समाचार »

Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री

१ भदौ, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् ।लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन् ।“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top