खेल
राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार
काठमाडौं । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ ।
लैनचौरस्थित टिटी हलमा हुने सो च्याम्पियनसिपको विजेताले रु ७० हजार पुरस्कार प्राप्त गर्ने सङ्घकी अध्यक्ष सुनिता थापाले बताइन् । त्यसैगरी दोस्रो हुनेले रु २० हजार र तेस्रो हुने खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा हार्डकोर म्याच सर्वाधिक आकर्षक हुनेछ । फाइनल पुग्ने खेलाडीबीच हार्डक्रोम्याच…विस्तृत समाचार »
महिला विश्वकप टि ट्वण्टी क्रिकेट छनोटमा नेपाल थाइल्याण्डसँग पराजित
काठमाडौं । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो ।
नेपालकी इन्दु वर्माले ३२ र सरिता राना मगरले १८ रन…विस्तृत समाचार »
प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता शुरु
चरिकोट । आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता चरिकोटमा बुधबारबाट शुरु भएको छ ।
प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १२ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ । सहभागी हुने जिल्लामा प्रदेश नं ३ अन्तर्गतको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौँ, ललितपुर, नुवाकोट, धादिङ, चितवन, मकवानपुर रहेका…विस्तृत समाचार »
शहीद स्मारक बी डिभिजन लिग: खुमलटार युथ क्लब विजयी
काठमाडौं । खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३–१ गोलअन्तरको सहज जित हासिल गरेको हो ।
खुमलटारको जितमा निरन श्रेष्ठ, आशिक परियार र सविन केसीले एक एक गोल गरे । खेलमा पहिलो…विस्तृत समाचार »
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि रिमाललाई
कास्की । तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै उनले उपाधिसहित नगद रु एक लाख पुरस्कार प्राप्त गरेका छन् ।
पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन पोखराका विभिन्न स्थान परिक्रमा गर्दै पुन रङ्गशालामा नै आएर टुङ्गिएको थियो । त्यस्तै सशस्त्र प्रहरीका…विस्तृत समाचार »
शहीद स्मारक बी डिभिजन लिग: टुसाल युथ क्लब विजयी
काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा टुसाल युथ क्लबले मध्यपुर युथ एशोसिएशनलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै टुसाल १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
टुसालको जितमा एलोन राईले गोल गरे । उनले खेलको पहिलो…विस्तृत समाचार »
महिला टी–२० क्रिकेट : नेपालद्धारा मलेसिया ३४ रनले पराजित
७ फागुन, काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनमा अलआउट भएको हो । टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै एक सय २६ रनको स्कोर खडा गरेको थियो । प्रारम्भिक ब्याट्सयान सीता राना मगरले नेपालका लागि सर्वाधिक ४२ रन बनाइन् । ४० बलको सामना गरेकी…विस्तृत समाचार »
नेपालले मलेसियालाई दियो १ सय २७ रनको लक्ष्य
७ फागुन काठमाडौ । आइसिसी महिला टि–२० र एकदिवसीय विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई १ सय २७ रनको लक्ष्य दिएको छ। थाइल्याण्डको बैंककमा जारी छनोटमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन जोड्यो। ओपनर सिताले ४० बलमा २ चौका प्रहार गर्दै ४२ रनको पारी खेलेपछि नेपाल सो स्कोरमा पुगेको हो। पहिलो विकेटका लागि उनले काजोल श्रेष्ठसँग…विस्तृत समाचार »
महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा शुरु गर्ने भएको छ ।
नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा आयोजना गर्दैछ । एन्फा प्रवक्ता किरण राईका अनुसार शनिबार भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको नेपाल आज स्थलमार्गबाट झापा हुँदै इटहरी आउने र मङ्गलबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ…विस्तृत समाचार »
रुस्लान धनगढी प्रिमियर लिग: रुपन्देही क्वालिफायर्समा, धनगढी ३९ रनले पराजित
६ फागुन, काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिगको अन्तिम खेलमा रुपेन्देही च्यालेन्जर्स क्वालिफायरमा प्रवेश गरेको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपेन्देहीले आफ्नो जित दर्ता गराएको हो ।
रुपन्देहीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको धनगढीले १४ ओभरमा सबै विकेट गुमाएर ६७ रनमात्रै बनायो ।
यो हारसँगै धनगढीले लिगचरणमा कुनैपनि खेलमा जित निकाल्न सकेन्।…विस्तृत समाचार »
राजनीति
बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै : उपराष्ट्रपति पुन

नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

प्रदेश नं १ : प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

अन्तर्राष्ट्रिय
भारतमा पाकिस्तानी कैदीको ढुङ्गाले हानेर हत्या

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष

बांग्लादेशको राजधानी ढाकामा भिषण आगलागी, मृत्यु हुनेको संख्या ७० पुग्यो

विचार / ब्लग
भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको
लोकतन्त्रका खम्बामा खटपट

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक
