खेल

​मेस्सी विश्वमै बढी पैसा तिर्न लायक खेलाडीः अध्यक्ष जोसेप

२८ पुस । बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीसँग नयाँ सम्झौता गर्ने तयारीमा छ । तर यसक्रममा केही कुरा मिलाउनु पर्ने देखिएको छ । मेस्सीको बार्सिलोनासँगको अहिलेको सम्झौता सन् २०१८ मा सकिँदैछ । मेस्सीसँगको नयाँ सम्झौताका लागि बार्सिलोनाले कुनै न कुनै उपाय फेला पार्ने क्लबका प्रमुख कार्यकारी ओस्कार ग्राउले बताए । यसका लागि कमन सेन्स लगाउनु पर्ने ग्राउको भनाई छ । मेस्सी विश्वमै बढी पैसा तिर्न…विस्तृत समाचार »

​मेस्सीको फ्रि–किक गोलले बार्सिलोनाको जित

२८ पुस  । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएर समग्रमा ४–३ को जितसहित बार्सिलोना अन्तिम ८ मा पुगेको हो । पहिलो लेगमा एथ्लेटिको बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको थियो । घरेलु मैदान नाउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउने क्रममा एमएसएन अर्थात लियोनल मेस्सी, लुइस…विस्तृत समाचार »

पहिलो लेगमा म्यानचेस्टर युनाइटेडको जित

२७,पुस । इंग्लिश लिग कप फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले हल सिटीलाई २–० ले पराजित गरेको छ । सेमिफाइनल पहिलो लेगमा हात पारेको जितसँगै जोजे मौरीन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाईटेड फाइनल नजिक पुगेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा र मराउने फेलियानीले एक–एक गोल गरे । दोस्रो लेगको खेल दुई हप्तापछि हल सिटीको मैदानमा हुनेछ ।…विस्तृत समाचार »

​दोस्रो रुस्लान कपः आज नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्दै

२६ पुस काठमाडौं । दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ ।  समूह ‘ए’ मा रहेको पुलिसले आफ्नै समूहको हिमालयन क्रिकेट एकेडेमीसँग खेल्न लागेको हो । खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा हुनेछ । यस्तै अर्को खेलमा समूह ‘बी’ का त्रिभुवन आर्मी क्लबले न्यु राइजिङ स्टार क्लबको सामना गर्नेछ । रुस्लान कप क्रिकेट प्रतियोगितामा सहभागी…विस्तृत समाचार »

​रोनाल्डो बने विश्वकै उत्कृट खेलाडि (फोटो फिचर)

२६ पुस  । क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड जितेका रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै…विस्तृत समाचार »

​मलेसियाका फैज बने वर्षकै उत्कृष्ट गोल गर्ने खेलाडि (भिडियो सहित)

२६ पुस  । मलेसियाका मिडफिल्डर मोहद फैजले उत्कृष्ट गोलका लागि प्रदान गरिने फिफा पुसकास अवार्ड जितेका छन् । ज्युरिचमा भएको फिफा बेष्ट अवार्डमा फैजले ब्राजिलका जोनथ मार्लोन र भेनेजुएलाका डानिएस्का रोड्रिग्वेजलाई पछि पार्दै अवार्ड जितेका हुन् । पहिलो पटक मनोनयन परेका फैज पुसकास अवार्ड जित्ने मलेसियाको पहिलो खेलाडी बनेका छन् । फिफा डट कममा विश्वभरका फुटबल समर्थकले गरेको मतका आधारमा फैजको गोल वर्ष २०१६ को…विस्तृत समाचार »

​फिफा अवार्डमा रानिएरीले वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड जिते

२६ पुस । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ज्युरिचमा गरेको द बेष्ट फिफा अवार्डमा रानिएरीले वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड जितेका हुन् । रानिएरीले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई पछि पार्दै अवार्ड जितेका हुन् । रानिएरीले २२ दशमलव ६ प्रतिशत मत पाए । दोस्रो स्थानमा रहेका जिदानले १६ दशमलव ५६ तथा तेस्रो स्थानमा रहेका फर्नान्डो सान्तोसले १६ दशमलव २४ प्रतिशत मत पाए । यस्तै जर्मनीकी…विस्तृत समाचार »

सहज जित हात पार्दै चेल्सी चौथो चरणमा

२५, पुस । इङ्ल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफए कपमा चेल्सीले सहज जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले तेस्रो श्रेणीको क्लब पिटरबोरो युनाईटेडलाई ४–१ ले पराजित गर्‍यो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्राले दुई गोल गरे भने मिची बात्सुई र विलियनले एक–एक गोल गरे । जितपछि चेल्सी एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ । एफए कप अन्तर्गत गएराति भएको अर्को…विस्तृत समाचार »

​बार्सिलोना पछि पर्दै माथि उक्लियो सेभिल्ला

२४ पुस  । सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई ४–० ले हराएको सेभिल्ला बार्सिलोनालाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको हो । सेभिल्लाको जितमा विस्साम बेन यड्डरले ह्याट्रिक गरे । यस्तै साराबिएले एक गोल गरे । यड्डरले २५, २९ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले ह्याट्रिक…विस्तृत समाचार »

​पाकिस्तानी एम्बेस्डर टी–ट्वान्टी क्रिकेटको उपाधी बैतडीको पीसी फाईटरलाई

२३ पुस, काठमाडौं । काठमाडौंस्थित नेपालका लागि पाकिस्तानी राजदूतावासले आयोजना गरेको दोस्रो एम्बेस्डर अफ पाकिस्तान टी–ट्वान्टी क्रिकेटको उपाधी बैतडीको पीसी फाईटर क्लबले जितेको छ ।  शनिबार शंखमुलस्थित पाकिस्तानी दूतावासको खेल मैदानमा भएको फाइनल खेलमा ग्रेट हिलामय क्रिकेट एकेडेमीलाई हराएर बैतडीको पीसी फाइटरले उपाधि जितेको हो ।    टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे ग्रेट हिलामय क्रिकेट एकेडेमीले निर्धारित २० ओभरको खेलमा पुरै ओभर खेल्दै सबै…विस्तृत समाचार »

Nmc

jutta mela

bijuli

bussewa

राजनीति

​नेपाल र युएईका ऊर्जामन्त्रीबीच भेटवार्ता

३ माघ अबुधावी। ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको 

चैतमा चुनाव हुने सम्भावना टर्यो, सरकार भाग्न खोज्यो : नेताहरु

३ माघ, काठमाडौं । स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैतमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । तर  दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी रहेको  भनेका छन् । 

​ तोकिएकै समयमा तिनै तहको निर्वाचनः सञ्चार मन्त्री

३ माघ, धरान । ​सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले तोकिएकै समयमा तिनै तहको निर्वाचन गर्ने वताए । धरानमा गरिएको पत्रकार सम्मेलनमा वोल्दै  उनले स्थानिय निकाय लामो समय देखि जनप्रतिनिधि विहिन भएको छ । यसले गर्दा पनि स्थानिय निर्वाचन तुरुन्त हुनुपर्नेमा 

प्रवास/अन्तर्राष्ट्रिय

​विश्वका शक्तिशाली १० खुफिया एजेन्सी ,जसको नाम सुनरै थररर हुन्छन्

विश्वका हरेक देशमा त्यस देशका नागरिक,दस्तावेज र बौद्धिक सुरक्षाको जिम्मेवारी एक एजेन्सीले निकै मौन र शालिन तरिकाले निभाइरहेका हुन्छन् । यस एजेन्सीमा काम गर्ने मानिसहरुका बारेमा प्रायलाई थाहा हुदैन् ।

​किर्गिस्तानमा विमान दुर्घटनाहुँदा ३२ जनाको मृत्यु, घरमा ठोकिएर दुर्घटना

३ माघ  । किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । हङकङबाट उडेको टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ ।  विमान घरमा ठोक्किएर दुर्घटना भएको हो । 

​सपनामा बारम्बार किन आउँछन् बुद्ध र शिव भन्दै आत्तिए राहुल गान्धी

३ माघ । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले आफ्नो सपनामा बाराम्बार गौतम बुद्ध र शिव आउने गरेको उल्लेख गरेका छन् ।  उनले शिव र गौतम बुद्धको तस्बिरमा भारतीय कांग्रेस पार्टीको झन्डा देख्ने गरेको र सो कारण आफुलाई निकै डर लागेको भन्दै एक बाबालाई सुनाएका थिए । 

बिचार

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

ओली कमरेड!संघीयता र गणतन्त्र एमालकोे एजेण्डा होइन भने माओवादीसंग माफि माग्नुस्

एमाले त्यस्तो कुकुरको पुच्छर हो,जसको पुच्छर १२ वर्ष ढुङ्गा्रोमा राखेपनि कहिले पनि सिधा हुनसक्दैन् । उसले आफ्नो असली रुप देखायो । केपी ओलीले संघीयता मनै परेको छैन् भन्न थाले । बामदेव गौतम संघियता लागु हुदैन भन्न थाले । परिणाम संघियता नै धरापमा पर्ने खतरा छ ।  यतिबेला नेकपा एमाले संघीयताको विरुद्धमा उत्रिएको छ ।

Top