syangyong
nlic

खेल

एसिया कपको फाइनलमा बंगलादेश र भारत

२० फागुन ,काठमाडौ ।एसिया कपको फाइनलमा भारत र बंगलादेश प्रतिस्पर्धा गर्ने भएका छन । बुधबारको खेलले भारतले आयोजक राष्ट्र बंग्लादेशसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो । शेरे बंगला रंगशालामा पाकिस्तानलाई पाँच विकेट हराएको थियो ।  टस जितेर ब्याटिङ रोजेको पाकिस्तानलाई १३० रनको लक्ष्य दिएको थियो । पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनायो। सर्फराज अहमले ५८ र शोएब मल्लिकले ४१ रनको योगदान…विस्तृत समाचार »

म्यानचेस्टर युनाइटेडले र लिभरपुलको जित

२०,फागुन  ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भयो भने म्यानचेस्टर सिटी पराजित भयो । म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई १–० ले हरायो । युनाइटेडको जितमा ८३ औं मिनेटमा आन माटाले गरेको गोल नै निर्णायक बन्यो । जितपछि पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको २८ खेलबाट ४७ अंक भएको छ । समान २८ खेलबाट ३७ अंक जोडेको वाट्फोर्ड १२ औं स्थानमा छ । यस्तै बुधबार…विस्तृत समाचार »

हवल्दारमा बढुवा भए नवयुग

१९, फागुन काठमाडौँ ।  राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ नेपाली सेनाको हवल्दारमा बढुवा बनेका छन्।  उनी अमल्दारबाट बढुवा भई हवल्दार बनेका हुन्। श्रेष्ठले २०६५ सालमा सिपाहीबाट नेपाली सेनाको जागिर सुरु गरेका थिए। बंगबन्धु कप र साग फुटबलमा नेपाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुगलाई सम्मान तथा पुरस्कार स्वरुप नेपाली सेनाले एक तह बढुवा गरेको हो।  नवयुग श्रेष्ठ  मोरङको पानमारास्थित कालीबक्स गणमा कार्यरत छन्। विस्तृत समाचार »

लिसेस्टर वेष्टले ब्रोमसँग बराबरीमा खेल्यो

१९,फागुन  । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिसेस्टर सिटी बराबरीमा रोकिएको छ । प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिसेस्टर सिटी वेष्ट ब्रोमसँग २–२ को बराबरीमा रोकिएको हो । लिसेस्टरका लागि ड्यानी ड्रिङकवाटर र एण्डी किङले समान एक एक गोल गरे । वेष्ट ब्रोमका लागि सालोमोन रोनडन र क्रेग गार्डनरले एक एक गोल गरे । ११ औं मिनेटमा रोनडनको गोलबाट वेष्ट ब्रोमले सुरुवाती…विस्तृत समाचार »

श्रीलंका लाई हराउदै भारत एसिया कपको फाइलनमा

१९,फागुन । भारत एसिया टि–ट्वान्टी कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा श्रीलंकालाई पाँच विकेटले हराएर भारत प्रतियोगिताको फाइलनमा पुगेको हो । श्रीलंकाले प्रस्तुत गरेको एक सय ३८ रनको लक्ष्य भारतले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । भारतका विराट कोहलीले नटआउट ५६ रन बनाए । उनले ४७ बलमा सात चौकाको मद्दतमा ५६ रन बनाएका…विस्तृत समाचार »

युवा खेलाडीहरु बिमल, अन्जन र अनन्त स्पेनिस क्लबद्धारा अनुबन्धीत

१८, फागुन काठमाडौँ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका युवा खेलाडीहरु बिमल घर्ति मगर, अन्जन बिष्ट र अनन्त तामाङलाई स्पेनिस क्लब मार्बेला युनाइटेडले अनुबन्ध गरेको छ । स्पेनको तेस्रो डिभिजनको क्लब मार्बेला युनाइटेडले आफ्नो फेसबुक पेज मार्फत तिन नेपाली युबा खेलाडीहरुलाई अनुबन्ध गरेको जानकारी दिएको हो । क्लबले आफ्नो २०१६ को युरेपियन टुर अन्तर्गत जर्मनी, होल्याण्ड र बेल्जियममा हुने खेलहरुका लागी नेपाली फुटबलर बिमल, अन्जन र…विस्तृत समाचार »

पाकिस्तानद्धारा युएई ७ विकेटले पराजित

१८,फागुन । बंगलादेशमा जारी एसिया कप क्रिकेटमा पाकिस्तानले संयुक्त अरब इमिरेट्स युएईलाई पराजित गरेको छ । गएराति मिरपुरमा भएको खेलमा पाकिस्तानले युएईमाथि सात विकेटको जित दर्ता गरेको हो । प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य १८ दशमलव ४ ओभरमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका लागि शोएब मलिकले नटआउट ६३, उमर अकमलले नटआउट ५० तथा…विस्तृत समाचार »

नापोली बराबरीमा रोकियो, युभेन्टसभन्दा ३ अंकले पछाडि

१८,फागुन  ।  नापोलीले शीर्ष स्थानको युभेन्टससँगको अंक दूरी एकमा झार्ने मौकाबाट चुकेको छ ।  इटालियन सिरी ए अन्तर्गत मंगलबार बिहान भएको खेलमा नापोली फियोरेन्टिनासँग १–१ को बराबरीमा रोकिएपछि मौका गुमायो । छैटौं मिनेटमा मार्कोस अलोन्सोले गोल गर्दै फियोरेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेटपछि नै नापोलीका ग्वोन्जालो हेग्युइनले बराबरी गोल फर्काए । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन । बराबरीपछि  दोस्रो…विस्तृत समाचार »

बंगलादेशले श्रीलङ्कालाइ २३ रनले जित्यो

१७ फागुन , काठमाडौ । आइतबार राति मिरपुरस्थित शेरे बंग्ला रंगशालामा भएको एसियाकप क्रिकेटमा आयोजक बंगलादेशले श्रीलंकामाथि २३ रनको जित दर्ता गरेको छ। टस जितेर ब्याटिङ थालेको बंगलादेशले श्रीलंकाई १४८ रनको चुनौति दिएको थियो। जवाफमा श्रीलंकाले १२४ रनमात्रै जोड्न सक्यो। दुवै ओपनर शुन्य रनमा गुमाएको बंगलादेशका सबिर रहमानले ८० रनको योगदान गर्दै टोलीको स्कोर माथि उकासे।  उनलाई सकिब अल हसनले ३२ र महमुदुल्लाहले २३ रन बनाएर…विस्तृत समाचार »

लगातार ८ सिजनमा ३० भन्दा धेरै गोल गर्ने मेस्सी

१७,फागुन ।  स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी लगातार ८ सिजन ३० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । आइतबार राति भएको ला लिगा अन्तर्गत सेभिल्लासँगको खेलमा एक गोल गरेका मेस्सीले यो सिजन सबै प्रतियोगितमा बार्सिलोनाका तर्फबाट ३० गोल गरेका छन् । यो खेलमा बार्सिलोना २–१ ले विजयी भयो । योसँगै लगातार ८ सिजन ३० भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले गएको…विस्तृत समाचार »

Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top