ghaderi
esewa

खेल

​ भेनेजुएलासँग हारेपछि उरुग्वे कोपा अमेरिकाको समूह चरणबाटै बाहिर

२८ जेठ, काठमाडौं । सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै लगभग बाहिरिएको छ । शुक्रबार विहान भएको खेलमा उरुग्वे भेनेजुएलासाग १–० गोल अन्तरले पराजित भएको छ । अहिले भइरहेको खेलमा मेक्सिकोले जमैकालाई हराए वा बराबरीमा रोके उरुग्वे औपचारिक रुपमै बाहिरिनेछ । लुइस स्वरेज विनाको उरुग्वे पहिलो खेलमा मेक्सिकोसँग ३–१ ले पराजित भएको थियो । अब उसले समूह चरणको अन्तिम खेलमा…विस्तृत समाचार »

फोब्र्सले सार्वजनिक गर्यो सार्वाधिक पारिश्रमीक लिने खेलाडीको नाम , रोनाल्ल्डो पहिलो, मेसी दोस्

२७ जेठ । अमेरिकाको फेब्र्स  म्यागेजिनले निकालेको  सर्वाधिक पारिश्रमिक पाउने १० खेलाडीको सूचीमा रोनाल्डो  पहिलो बनेका छन् ।  म्यागेजिनले  पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीको सुचिमा राखेको छ । उनले यो वर्षको जुन १ सम्म ८८ मिलियन  अमेरिकी डलर पारिश्रमिक बुझेको उल्लेख छ।  रोनाल्डोले पारिश्रमिक बापत ५६ मिलियन डलर बुझेका छन् भने ३२ मिलियन डलर विज्ञापनमार्फत लिएका छन्  । दोस्रो नम्बरमा…विस्तृत समाचार »

​हाइटीमाथि ब्राजिलले गर्यो गोलको वर्षा, काउटिन्होको ह्याट्रिक

२७ जेठ काठमाडौं । फिलिप काउटिन्होले हृयाट्रिक गरेपछि कोपा अमेरिका फुटबलमा ब्राजिलले हाइटीमाथि गोलको वर्षा गरेको छ । बिहीबार विहान भएको खेलमा ब्राजिलले हाइटीलाई ७–१ गोल अन्तरले हराएको हो । कोपा अमेरिकामा यो ब्राजिलको पहिलो जित हो । यसअघि पहिलो खेलमा उसले बराबरी खेलेको थियो । फ्लोरिडाको क्याम्पिङ वल्र्ड स्टेडियममा भएको खेलमा ब्राजिलले १४ औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो । २९ औं…विस्तृत समाचार »

कोपा अमेरिकामा कोलम्बियाको दोस्रो जित ,क्वाटर फाइनलमा प्रवेश गर्ने पहिलो

२६ जेठ ।  अमेरिकामा भइरहेको  कोपा अमेरिका फुटबलमा कोलम्बियाले लगातार दोस्रो जित दर्ता गरेको छ । सो टिम क्वाटर फाइनलमासमेत प्रवेश गरेको छ । समूह ए अन्तर्गत बुधबार बिहान क्यालिफोर्नियामा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ ले हराएको हो ।   कोलम्बियाको जितमा कार्लोस बाका र कप्तान जेम्स रोड्रिग्वेजले एक एक गोल गरे । १२ औं मिनेटमा बाकाले गोल गर्दै कोलम्बियालाई सुरुवाति अग्रता दिलाए । ३०…विस्तृत समाचार »

अर्जेन्टिनाको कोपा अमेरिका फुटबलमा विजयी सुरुवात

२५ जेठ काठमाडौ । डिफेन्डिङ च्याम्पियन चिलीलाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ।  स्टार खेलाडी लियोनल मेसी र सर्जियो अग्युरोबिनै मैदान उत्रिएको अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। जितसँगै अघिल्लो संस्करणका फाइनलमा चिलीसँग व्यहोरेको हारको बदला पनि अर्जेन्टिनाले लिएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको ५१ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै…विस्तृत समाचार »

आइसीसीले नेदरल्याण्ड भ्रमण थाल्न नेपाललाई दियो निर्देशन

२४ जेठ, काठमाडौँ ।  अन्तराष्ट्रिय क्रिक्रेट परिषद् आईसीसीले नेपाललाई पत्र पठाउँदै अगस्टमा हुने नेदरल्याण्ड भ्रमणको तयारी थाल्न निर्देशन दिएको छ।  आईसीसीका ग्लोबल डेभलभमेन्ट म्योनेजर टिम एण्डरसनले आइतबार राती निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तदर्थ समितिका अध्यक्ष रमेश सिलवाल र राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको पत्रमा क्यानकी प्रमुख कार्यकारी अधिकृत सदस्य भावना घिमिरेलाई तयारी थाल्न निर्देशन दिएको हो। नामिवियाविरुद्धको खेलजस्तै यस खेलको जिम्मा पनि आईसीसी स्वयम्ले लिएको…विस्तृत समाचार »

एपिएफ को दुबै टोलि बिजयी

२२ जेठ, ललितपुर ।  कपन हयाण्डबल मैदान, आकाशेधारा स्थित सदाबहार खेलकुद समाजद्धारा आयोजित प्रथम विर गणेशमान सिंह कप राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०७३ अन्र्तगत बिहिबार भएको पहिलो दिनको खेलमा पुरुषतर्फ एपिएफ को २९ सदाबहार खेलकुदको १४ गोल भएको छ ।  महिला तर्फ एपिएफ को ३९ र मध्यामञ्चल को ३ गोल भएको छ । पहिलो दिनको खेलमा एपिएफको दुबै टोलि बिजय भएको छ । नेपाली कांग्रेस केन्द्रिय…विस्तृत समाचार »

फिफाका तीन उच्च अधिकारीले ८ करोड अमेरिकी डलर लिएको खुलासा

२२ जेठ, काठमाडौँ ।  फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको खुलेको छ । फिफाका वकिलका अनुसार तीन पूर्व उच्च अधिकारी सेप ब्लाटर, जेरोम भाल्का र मार्कस काट्नरले पाँच वर्षको अवधिमा तलब बृद्धी तथा बोनस गरी ८ करोड अमेरिकी डलर झण्डै ८ अर्ब नेपाली रुपैयाँ लिएका हुन् । फिफाका पूर्व अध्यक्ष ब्लाटर, पूर्व महासचिव भाल्का र बर्खास्तीमा परेका पूर्व वित्त प्रमुख काट्नरले…विस्तृत समाचार »

विश्व च्याम्पियन बक्सर अलीको निधन

२२ जेठ, काठमाडौँ ।  तीन पटकका विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका ७४ वर्षका अलीको शनिबार बिहान निधन भएको हो ।   उनी सन् १९८४ देखि पार्किन्सन रोगबाट पीडित थिए । गएको वर्ष पिसाब नलीमा संक्रमण भएपछि अलीलाई पटक–पटक अस्पताल भर्ना गर्नु परेको थियो । सन् १९८१ मा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अलिले १२…विस्तृत समाचार »

​खेलकुदलाई राजनीतिकरण गरिनुहुँदैन

२१ जेठ, पोखरा ।  नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको विशेष अधिवेशनको  उद्घाटन समारोहमा खेलकुदलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिइएको छ । खेल आफैँमा स्वतन्त्र विधा भएको भन्दै कार्यक्रमका वक्ताहरूले खेलसँग सम्बन्धित संस्थाहरू राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताए ।  कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले राजनीतिकरणका कारण खेल जगत् प्रभावित हुन नहुने बताए ।  मञ्चका निवर्तमान केन्द्रीय अध्यक्ष अजय फुयाँलले खेलकुद पत्रकारितालाई…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा विमलेन्द्र निधिलाई

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३)को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन । उनी आगामी सोमबार स्वदेश

ढल्यो २५ वर्षदेखि सिक्किममा रहेको चाम्लिङ सरकार

१० जेठ, भारत । सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । मुख्यमन्त्री पवनकुमार चाम्लिङ

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top