esewa

खेल

एसिया कप क्रिकेटमा पाकिस्तानद्धारा श्रीलंका ६ विकेटले पराजित

२२,फागुन । एसिया कप क्रिकेट अन्तर्गतग आफ्नो अन्तिम खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको छ । शुक्रबार राति बंगलादेशको मिरपुरमा भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेतले हराएको हो । श्रीलंकाले प्रस्तुत गरेको एक सय ५० रनको लक्ष्य पाकिस्तानले १९ दशमलव २ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका लागि उमर अकमलले ३७ बलमा ४८, सरफराज अहमदले २७ बलमा ३८ तथा शारजिल खानले २४ बलमा ३१…विस्तृत समाचार »

रुस्लान सातौ सिमरा गोल्डकप : आज सहारा र वीरगन्ज भिड्ने

२१,फागुन,सिमरा ।  सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौ सिमरा गोल्डकपमा शुक्रवार वीरगन्ज युनाईटेड क्लब र सहारा क्लब पोखराबिच प्रतिस्पर्धा हुदैछ ।  दुई टिम बिचको खेल सिमरा रंगशालामा दिउसो दुई बजेपछि सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुन सहारा क्लब बिहिवारनै सिमरा आईपुगेको छ । दुबै टिमका प्रशिक्षकले तयारी राम्रो रहेको भन्दै जितको सुरुवात गर्ने बिश्वास ब्यक्त गरेका छन् ।  यसअघि बिहिवार भएको उद्घाटन खेलमा…विस्तृत समाचार »

​एसिया कपमा यूएईविरुद्ध भारतले बनायो रेकर्ड

२१,फागुन,काठमाडौं । एसिया कप टी ट्वेन्टी क्रिकेटमा यूएई भारतसँग ९ विकेटले पराजित गरेसंगै नयाँ रेकर्ड बनाएको छ । सबैभन्दा कम ओभरमा जीत निकालेको यो भारतको टी ट्वेन्टी क्रिकेटमा रेकर्ड हो ।  बंगलादेशको शेरे बंगाल स्टेडियममा टस जितेर व्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ८१  रन बनाउन सक्यो । यूएईका साइमन अनवरले सर्वाधिक ४३ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन्…विस्तृत समाचार »

फिफाको बरियाताक्रममा तीन स्थान माथि उक्लियो नेपाल

२० फागुन, काठमाडौं । नेपालले विश्व फुटबल महासंघ फिफाको पछिल्ल बरियतामा तीन स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा नेपाल तीन स्थान माथि उक्लदै १८५औं स्थानमा आएको हो  । यस फिफा बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । बरियतामा शीर्ष १३ स्थानमा रहेकाहरु यस महिना परिवर्तन भएका छैनन् । दक्षिण एशियामा अफगानिस्तान १५१औं स्थानसहित पहिलो स्थानमा छ । अफगानिस्तानले तीन स्थान सुधार गरेको…विस्तृत समाचार »

एसिया कपको फाइनलमा बंगलादेश र भारत

२० फागुन ,काठमाडौ ।एसिया कपको फाइनलमा भारत र बंगलादेश प्रतिस्पर्धा गर्ने भएका छन । बुधबारको खेलले भारतले आयोजक राष्ट्र बंग्लादेशसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो । शेरे बंगला रंगशालामा पाकिस्तानलाई पाँच विकेट हराएको थियो ।  टस जितेर ब्याटिङ रोजेको पाकिस्तानलाई १३० रनको लक्ष्य दिएको थियो । पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनायो। सर्फराज अहमले ५८ र शोएब मल्लिकले ४१ रनको योगदान…विस्तृत समाचार »

म्यानचेस्टर युनाइटेडले र लिभरपुलको जित

२०,फागुन  ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भयो भने म्यानचेस्टर सिटी पराजित भयो । म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई १–० ले हरायो । युनाइटेडको जितमा ८३ औं मिनेटमा आन माटाले गरेको गोल नै निर्णायक बन्यो । जितपछि पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको २८ खेलबाट ४७ अंक भएको छ । समान २८ खेलबाट ३७ अंक जोडेको वाट्फोर्ड १२ औं स्थानमा छ । यस्तै बुधबार…विस्तृत समाचार »

हवल्दारमा बढुवा भए नवयुग

१९, फागुन काठमाडौँ ।  राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ नेपाली सेनाको हवल्दारमा बढुवा बनेका छन्।  उनी अमल्दारबाट बढुवा भई हवल्दार बनेका हुन्। श्रेष्ठले २०६५ सालमा सिपाहीबाट नेपाली सेनाको जागिर सुरु गरेका थिए। बंगबन्धु कप र साग फुटबलमा नेपाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुगलाई सम्मान तथा पुरस्कार स्वरुप नेपाली सेनाले एक तह बढुवा गरेको हो।  नवयुग श्रेष्ठ  मोरङको पानमारास्थित कालीबक्स गणमा कार्यरत छन्। विस्तृत समाचार »

लिसेस्टर वेष्टले ब्रोमसँग बराबरीमा खेल्यो

१९,फागुन  । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिसेस्टर सिटी बराबरीमा रोकिएको छ । प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिसेस्टर सिटी वेष्ट ब्रोमसँग २–२ को बराबरीमा रोकिएको हो । लिसेस्टरका लागि ड्यानी ड्रिङकवाटर र एण्डी किङले समान एक एक गोल गरे । वेष्ट ब्रोमका लागि सालोमोन रोनडन र क्रेग गार्डनरले एक एक गोल गरे । ११ औं मिनेटमा रोनडनको गोलबाट वेष्ट ब्रोमले सुरुवाती…विस्तृत समाचार »

श्रीलंका लाई हराउदै भारत एसिया कपको फाइलनमा

१९,फागुन । भारत एसिया टि–ट्वान्टी कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा श्रीलंकालाई पाँच विकेटले हराएर भारत प्रतियोगिताको फाइलनमा पुगेको हो । श्रीलंकाले प्रस्तुत गरेको एक सय ३८ रनको लक्ष्य भारतले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । भारतका विराट कोहलीले नटआउट ५६ रन बनाए । उनले ४७ बलमा सात चौकाको मद्दतमा ५६ रन बनाएका…विस्तृत समाचार »

युवा खेलाडीहरु बिमल, अन्जन र अनन्त स्पेनिस क्लबद्धारा अनुबन्धीत

१८, फागुन काठमाडौँ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका युवा खेलाडीहरु बिमल घर्ति मगर, अन्जन बिष्ट र अनन्त तामाङलाई स्पेनिस क्लब मार्बेला युनाइटेडले अनुबन्ध गरेको छ । स्पेनको तेस्रो डिभिजनको क्लब मार्बेला युनाइटेडले आफ्नो फेसबुक पेज मार्फत तिन नेपाली युबा खेलाडीहरुलाई अनुबन्ध गरेको जानकारी दिएको हो । क्लबले आफ्नो २०१६ को युरेपियन टुर अन्तर्गत जर्मनी, होल्याण्ड र बेल्जियममा हुने खेलहरुका लागी नेपाली फुटबलर बिमल, अन्जन र…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

दुई वर्षभित्रमा मालपोत कार्यालयका ढड्डा र पुराना लिखतहरु ‘डिजिटलाइज्ड’ हुन्छ : प्रधानमन्त्री

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताएका छन् । कलंकीमा बुधबार नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाको काममा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए । प्रधानमन्त्री ओलीले भने, ‘अब मालापोतमा मात्र होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ।’ प्रधानमन्त्री ओलीले अबको दुई वर्षभित्रमा देशका सबै मालपोत कार्यालयका ढड्डाहरु

सरकारले चौथो मधेस आन्दोलन गर्न बाध्य नबनाओस् : लक्ष्मणलाल कर्ण

४ असार, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराएकोे छ । बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्दलगायतका माग गर्दै आए पनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराए । सरकारले रोष्ट्रम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उनले लगाए । उनले भने

प्रतिपक्षले बोल्यो भनेर डराउन हुदैन: शेरबहादुर देउवा

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलले बोलेको सबै कुरा सरकारले पूरा गर्नु नपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले प्रतिपक्षले बोल्यो भनेर डराउन नहुने बताए । देउवाले बैठकमा भने, ‘मैले माग गर्ने हो । मेरो अरु पनि माग छ । डराइ हाल्नु पर्ने ? शेरबहादुरले माग्यो मैले दिनु पर्‍यो भन्ने ? प्रतिपक्षको कामै बोल्ने हो । दिने ठाउँमा त हामी छैनौं नि ।’ संसदमा पनि सत्ता पक्ष बोल्ने र प्रतिपक्ष सुनेर बस्नु पर्ने अवस्था आएको देउवाको भनाइ छ । उनले भने, ‘संसद विपक्षीको हो । बोल्ने

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने

४ असार, सोल। दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत उत्तर कोरियालाई उक्त चामल प्रदान गरिने किमले बताएका छन्। किमका अनुसार सरकारले दुई महिनाभित्र उक्त ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने डब्ल्यूएफपीले जानकारी दिएको

जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

४ असार, टोक्यो। जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सरकारले देशभर सुनामीको चेतावनी दिएको थियो तर अहिले चेतावनी फिर्ता लिइएको छ । भूकम्पबाट अलग अलग शहरमा २६ जना घाइते भएको समाचार छ । जापानको मौसम विभागले १ मिटर अग्लो समुद्री लहर टोक्योको उत्तरी तटीय षेत्रमा ठोक्किने चेतावनी दिएको थियो तर लहर १० सेन्टिमिटरको मात्र उठ्यो । प्रधानमन्त्री शिन्जो आबेले उनको सरकार पूर्ण रुपमा प्रकोपसँग लड्न तयार रहेको बताए । उनले नागरिकलाई भूकम्पका विषयमा सतर्क रहन 

ट्रम्पले आगामी राष्ट्रपतिय चुनावमा भाग लिने, सुरु गरे चुनावी अभियान

४ असार, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेका छन्। सन् २०२० मा हुने अर्को राष्ट्रपतीय चुनावका लागि औपचारिक अभियान सुरुवात गर्न उनले फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गरेका छन्। फ्लोरिडा राज्य आफ्नो दोस्रो घर भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि एक ढिक्का रहन आग्रह गरे।उनले विपक्षी डेमोक्र्याटिक पार्टीका सदस्यहरूको आलोचना गर्दै उनीहरूले देशलाई टुक्रा टुक्रा पार्न खोजेको आरोप पनि 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top