esewa

खेल

साफ च्याम्पियनमा आज दुई खेल हुँदै

९,पुस,काठमाण्डौं । साफ च्याम्पियन सिफ फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । समुह बी अन्तर्गत आज हुने खेलमा माल्दिभ्स र भुटान तथा अफगानिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । भारतको केरलामा रहेको त्रिवेन्द्रम रंगशालमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे हुने खेलमा माल्दिभ्सले भुटानसँग खेल्नेछ । यस्तै डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले बेलुका पौने सात बजे त्रिवेन्द्रम रंगशालमा मै बंगलादेशसँग प्रस्तिपर्धा गर्नेछ । समुह बी मा रहेका…विस्तृत समाचार »

भारतमामा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

८, पुस काठमाडौँ ।  एघारौं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरु हुँदै छ । भारतको केरलास्थित त्रिबेन्द्रममा हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का दुई टोली नेपाल र श्रीलंका भिड्दैछन् । नेपाल र श्रीलंकाबीचको इतिहास हेर्ने हो भने श्रीलंका बलियो देखिएको छ । यी दुई देशबीच हालसम्म खेलिएका १३ खेलमध्ये नेपालले दुई वटामा मात्रै जित हात पारेको छ । ६ खेल बराबरीमा…विस्तृत समाचार »

जापानी क्लबद्धारा बेसबल खेलाडीलाई सहयोग

७, पुस काठमाडौँ ।  क्लब लालीगुराँस जापानले भुकम्प प्रभावित बेसबल खेलाडीहरुलाई सहयोग गरेको छ ।  लालीगुराँस क्लव जापानका अध्यक्ष योही कोबायासी, बेसबलका अन्र्तराष्ट्रिय रेफ्री शिमोजी काजुमी सहितको प्रतिनिधि मण्डलले नेपालका बेसबल खेलाडीलाई सहयोग हस्तान्तरण गरेका हुन् । उनीहरुले भक्तपुरका भुकम्प प्रभावित ३० जना बेसबल खेलाडीहरुलाई सहयोग गरेका हुन् । सहयोग स्वरुप खेलाडीहरुलाई इन्डक्सन चुलो, प्रेसर कुकर, सोलार लाइट र कम्बल प्रदान गरिएको छ । क्लब…विस्तृत समाचार »

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने म्याकलमको घोषणा

७ पुस, काठमाडौं । न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याकलमले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३४ वर्षका ब्याट्सम्यान म्याकलमले आगामी फेब्रुअरीमा अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजमा १०१ औं टेष्ट खेल्नेछन् । र, यो नै उनको करियरको अन्तिम टेष्ट समेत हुनेछ । म्याकलम न्यूजिल्याण्डका लागि सेकेण्ड अलटाइम टप रन स्कोरर हुन् । उनले ९९ खेलमा ६२७३ रन बनाएका छन् । भारतमा मार्च ८ बाट हुने टी–२० विश्वकपमा…विस्तृत समाचार »

श्रीकाविरुद्धको टेष्ट न्युजल्याण्डको पोल्टामा

 ६ पुस, काठमाडौं । हमिल्टन टेष्टमा ५ विकेटको जित हात पार्दै न्यूजिल्याण्डले श्रीलकाविरुद्धको टेष्ट सिरिज २–० ले जितेको छ । टेष्टको चौथो दिन न्यूजिल्याण्डलाई जितका लागि मात्र ४७ रन आवश्यक थियो । केन विलियम्सन १०८ रनमा अविजित रहादै टीमलाई महत्वपुर्ण जित दिलाए । दोस्रो पारीमा न्यूजिल्याण्डले एक समय ११ रन जोड्दा २ विकेट गुमाएको थियो । तर श्रीलंकाले दिएको १८९ रनको लक्ष्य ५ विकेटको क्षतिमा…विस्तृत समाचार »

नयाँ प्रशिक्षक आएसंगै पहिलो खेलमै चेल्सी विजयी

काठमाडौं, पुस ५ । इङ्गलिस प्रिमियर लिग फुटबलमा संकटग्रस्त क्लव चेल्सीले जित हात पारेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले सण्डरल्याण्डलाई ३–१ ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन ईभानोभिच, पेड्रो र ओस्कारले एक एक गोल गरे । चेल्सीका प्रशिक्षक जोजे मौरिन्हो बर्खास्त गरिएपछिको पहिलो खेलमै चेल्सी विजयी भएको हो । चेल्सीले यो सिजनको अन्तिमसम्मको लागि गुस हिडीङ्कलाई प्रशिक्षकको जिम्मेवारी दिएको…विस्तृत समाचार »

राष्ट्रिय महिला भलिबलः त्रिभुवन आर्मी क्लब विजयी

२, पुस काठमाडौँ ।  सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन ब्ल्यू स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । नयाँ बसपार्कमा भएको उक्त प्रतियोगितामा आर्मीले बुटवलको एभरेस्ट बोर्डिङ स्कूललाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । आर्मीले एभरेस्टलाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–१८ र तेस्रो तथा अन्तिम सेट २५–१० ले पराजित गर्दै प्रतियोगितामा जित…विस्तृत समाचार »

योग म्याराथनबाट विश्व रेकर्ड राख्दैछन् नेपाली युवक

२ पुस, काठमाडौं । तीसवर्षे नेपाली युवा उत्तम मोक्तानले सबैभन्दा लामो समय योगासन गरी विश्व कीर्तिमान कायम गर्ने भएका छन्। वाल्मीकि विद्यापीठमा बिहीबार ११ बजेदेखि विविध योगासन सुरु गर्ने उनले भारतीय नागरिक योगराज सीपीले हङकङमा निरन्तर ४० घन्टा १५ मिनेट गरेको योग म्याराथनको विश्व कीर्तिमान तोड्नेछन्। आठ महिनाअघि राखिएको उक्त कीर्तिमान तोड्न उनले कम्तीमा ४५ र बढीमा ५० घन्टा योगासन गर्ने अन्नपूर्ण पोस्टमा न्युज छ।…विस्तृत समाचार »

च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेजमा मेस्सी, नेयमार र स्वरेजले ठाउ पा्एनन्

१ पुस, काठमाडौं । युरोपेली फुटबल महासंघ यूईएफएले च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेज घोषणा गरेपनि स्टार खेलाडीले स्थान जमाउन सकेनन् । तर, यो टीममा बार्सिलोनाका तीन स्टार लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज पर्न सकेनन् । साथै बार्सिलोनाका कुनै खेलाडी पनि च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेजमा परेका छैनन् । च्याम्पियन्स लिगको समूह चरणको खेलमा भएको प्रदर्शनका आधारमा टीम घोषणा गरिएको हो । च्याम्पियन्स…विस्तृत समाचार »

सुदुरपश्चिमाञ्चल एकेडेमीलाई भलिवल प्रतियोगिताको उपाधि

१,पुस, धनगढी । धनगढीमा भईरहेको कैलाली जिल्ला स्तरीय अन्तर क्याम्पस महिला भलिवल प्रतियोगिताको उपाधि धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीले जितेको छ । आज धनगढीमा भएको फाईनलमा मोहन्याल निमाविलाई सोझो सेटमा हराउँदै सुदुरपश्चिमाञ्चल एकेडेमीले उपाधिमाथि कव्जा जमाएको हो । एकेडेमीले मोहन्यालाई २५–२१, २५–१५ र २५–२२ को सेटमा हराएको हो । विजेता सुदुरपश्चिमाञ्चल एकेडेमीले नगद २५ हजार सहत ट्रफी पायो भने उप विजेता भएको मोहन्यालले नगद १५ हजार सहित…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

सामाजिक सुरक्षा योजनालाई उद्योगी नेताहरुले नै सहयोग गरेनन् : मन्त्री विष्ट

८ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योगी नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको बताए । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वाहनामात्रै भएको भन्दै उनले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले नै कानुन कार्यान्वयनमा समस्या सिर्जना भएको दाबी गरे ।

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : रवीन्द्र मिश्र

८ भदौ, बुटवल । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका हुन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भने, ‘भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका 

सरकार सफल भएमात्र संघीयता सुदृढ हुन्छ : पर्यटनमन्त्री भट्टराई

७ भदौ, फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताए । 
 

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण

८ भदौ, काठमाडौं । उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले शनिबार छोटो दूरीका दुई वटा ब्यालेस्टिक मिलाइल परीक्षण गरेको हो  दक्षिण कोरियाका ‘ज्वाइन्ट चीफ अफ स्टाफ’ ले भनेका छन्, ‘सेनाले दुई अज्ञात प्रक्षेपास्त्रहरु देखेको छ । ती छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरु हुन सक्ने अनुमान गरिएको छ ।’

कश्मीर पुग्न नपाइ विमानस्थलबाटै फर्काइएपछि के भने राहुल गाधीले ?

भारत सरकारले धारा ३७० खारेज गरेपछि पहिलो पटक जम्मू–कश्मीर भ्रमणमा निस्केका कांग्रेस नेता राहुल गान्धीसहितको विपक्षी दलको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले श्रीनगर विमानस्थलबाटै फर्कायो । गान्धीसहित ११ जना नेताको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले विमानस्थलबाट बाहिर निस्कन प्रतिवन्ध लगाएपछि उनीहरु त्यहाँबाट फर्किए । आफूहरुलाई त्यहाँका नागरिकसँग भेट गर्न नदिएपछि राहुलसहितका नेताहरुले पत्रकार सम्मेलन गरे । 

कश्मीर विवाद : धार्मिक प्रार्थनापछिको विरोध प्रदर्शनमा झडप

७ भदौ, काठमाडौं । भारत प्रशासित कश्मीरका सुरक्षा निकायहरू श्रीनगर शहरमा प्रदर्शनकारीहरूसँग भिडेका छन् । सौरा क्षेत्रमा शुक्रवारको धार्मिक प्रार्थनापछि सयौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए । शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो । प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो । कम्तीमा दुईजना घाइते भएका छन् । तीन साता अगाडि भारत सरकारले जम्मू(कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top