esewa

खेल

सर्वाधिक गोलकर्ता बने इब्राहिमोविच

  १८, असोज  –जाल्टन इब्राहिमोविच फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका सर्वाधिक गोलकर्ता बनेका छन् । लिग वान अन्तर्गत आइतबार राति मार्सेलसँग भएको खेलमा दुई गोल गरेका इब्राहिमोविच पिएसजीका सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले अहिलेसम्म क्लबका लागि एक सय १० गोल गरेका छन् ।इब्राहिमोविचले आइतबार राति भएको खेलमा ४१ र ४४ औं मिनेटमा पेनल्टी मार्फत गोल गर्दै पाउलेटालेको कीर्तिमान भंग गरेका हुन् । पोर्चुगलका खेलाडी…विस्तृत समाचार »

पारस खड्का कप्तानबाट हटाइए

१५ असोज काठमाडौ । नेपाल क्रिकेट संघ क्यानले टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।  क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो । क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरित काम गरेको निष्कर्ष…विस्तृत समाचार »

एन्फाको आन्तरिक किचलो, तीन उपाध्यक्ष निलम्बित

१२, असोज काठमाडौं ।  अखिल नेपाल फुटबल संघ एन्फाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आन्दोलन गरिरहेका तीन उपाध्यक्ष र एक सदस्यलाई निलम्बन गरेको छ । एन्फाको  बैठकले उपाध्यक्षहरु कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्वाङलाई  बर्खास्त गरेको हो । लगातार तीन वटा बैठकमा विना जनाकारी अनुपस्थित भएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको हो ।  एन्फा बैठकले निलम्बित उपाध्यक्षहरुको ठाउँमा मणी कुँवर, सन्तोष खड्का…विस्तृत समाचार »

​एन्फाद्वारा आफ्ना असन्तुष्ट पदाधिकारी बर्खास्त

१२  असोज, काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फा मा एक वर्ष अघिदेखि असन्तुष्ट बन्दै आएका आफ्ना पदाधिकारीलाई बर्खास्त गरेको छ। एन्फा कार्यसमितिको सोमबार बसेको बैठकले असन्तुष्ट चार पदाधिकारीलाई आगामी साधारणसभासम्मका लागि बर्खास्त गर्ने निर्णय गरेको हो। एन्फाले साधारणसभाको मिति भने तय गरेको छैन। बर्खास्त गरिएका पदाधिकारीमा उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्बाङ रहेका छन्।चार पदाधिकारीले लामो समयदेखि एन्फामा आर्थिक अनियमितताको छानबिन,…विस्तृत समाचार »

खेलकुद विकास समिति काठमाडौंको उपाध्यक्षमा बद्री

११, असोज काठमाडौँ ।  जिल्ला खेलकुद विकास समिति काठमाडौंको उपाध्यक्षमा दामोदर भट्टराई (बद्री) नियुक्त भएका छन । ह्याण्डबल तथा फुटबल खेलमा संलग्न भट्टराई ह्याण्डबल खेल तर्फ राष्ट्रिय खेलकुद परिषदको ३ महिने तालिमाका सर्वोत्कृष्ट प्रशिक्षक समेत रहेका छन । ए डिभिजन को फुटबल खेल समेत खेलीसकेका भट्टराई काँग्रेसको तर्फबाट सिफारिसमा परेका हुन । उनलाई लोकतान्त्रीक खेलकुद संघले सिफारिस गरेको हो । हाल सदाबहार खेलकुद समाज कपनको…विस्तृत समाचार »

राष्ट्रिय लिग फुटबलमा झापा र थ्री स्टार विजयी

  १० असोज,राष्ट्रिय लिग फुटबलमा आइतबार भएका खेलमा थ्री स्टार क्लव र झापा ११ विजयी भएका छन् । झापाको सुरुङामा भएको खेलमा घरेलु टोली झापाले नेपाल पुलिस क्लवलाई २–० ले हरायो । झापाका लागि दुवै गोल कर्ण लिम्बुले गरे । जितपछि झापा १३ खेलबाट २४ अंक बटुल्दै लिगको शीर्ष स्थानमा छ । यस्तै ललितपुरको सातदोबाटोमा भएको खेलमा थ्री स्टारले सुदुरपश्चिम फुटवल क्लवलाई १–० ले हराएको…विस्तृत समाचार »

रोनाल्डोको मूल्य एक खर्बभन्दा बढी

   ९ असोज,स्पेनिस क्लब रियल म्याड्रिडले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको स्थानान्तरण मूल्य तोकेको छ।   क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोलाई किन्ने भए एक अर्ब युुरो ९करिब एक खर्ब १९ अर्ब रुपैयाँ० तिर्नुपर्ने प्रस्ताव फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० सँग राखेका छन्। पीएसजी फ्रान्सको लिग च्याम्पियन क्लब हो।विगत केही वर्षदेखि विश्वका स्टार खेलाडीलाई भित्र्याउने प्रयास गरिरहेको पीएसजी पछिल्लो समय रोनाल्डोको लागि पहुँच बढाइरहेको बताइएको छ।स्पेनिस रेडियो…विस्तृत समाचार »

वार्सिलोनाको लज्जास्पद हार सँगै ला लिगाको शीर्षस्थानमा रियल मड्रिड

स्पेनिश ला लिगा शीर्ष टोली बार्सिलोनाले जारी सिजनमा पहिलो हार व्यहोरेको छ । बार्सिलोनालाई सेल्टा भिगोले गए राति ४-१ को अन्तरले हराइदिएको हो । हारसँगै बार्साले शीर्षस्थान पनि गुमाएको मात्रै छैन समान १२ अंक भए पनि गोल अन्तरका आधारमा पाचौं स्थानमा धकेलिएको छ । लिभरपुलका पूर्व फर्वार्ड लागो आसपासले दुई गोल गरेको खेलमा सेल्ट भिगोको तर्फबाट पहिलो गोल भने नोलिटोले गरेका थिए । नोलिटो यसअघि…विस्तृत समाचार »

एएफसी यू– १६ च्याम्पियनसिपमा छनोट भएको नेपाली टोली मंगलबार स्वदेश फर्कियो

एएफसी यू– १६ च्याम्पियनसिप फुटबलका लागि छनोट भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ । किशोर फुटबल टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट र एन्फा अध्यक्ष गणेश थापा विमानस्थल पुगेका थिए । कीर्गिस्तानमा भएको छनोट फुटबलमा नेपाल अन्तिम खेलमा ओमानस“ग पराजित हु“दै समूह उपविजेता बनेको थियो । तर, उकृष्ट चार उपविजेतामा पर्दै अर्को वर्ष भारतमा हुने एएफसी यू९१६ च्याम्पियनसिपमा छनोट भएको…विस्तृत समाचार »

​चेल्सीका स्टाइकर डिएगो कारवाहीमा

इंग्लिस क्लब चेल्सीका स्टाइकर डिएगो कोस्टाले विपक्षी टिमका खेलाडीमाथि हिंसात्मक व्यवहार देखाएपछि कारवाहीमा परेका छन् । शनिबार राति भएको खेलमा कोस्टाले आर्सनलका खेलाडी लरेन्ट कसिएल्नीमाथि हातपात गरेको  भिडियो फुटेजमा देखिएपछि उनी कारवाहीमा परेका हुन । युरोपियन फुटवल एसोसियनले ४३ औं मिनेटमा बल नियन्त्रणमा लिने क्रममा आर्सनल खेलाडी कसिएल्नीलाई हातले धकेलेर भ“ूइमा लडाएको देखिएको भन्दै ३ खेलको प्रतिबन्ध लगाएको हो । तर कोस्टाले मंगलबार सॉझसम्म प्रतिवाद…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ : प्रचण्ड

९ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन्। सोमबार  माडी नगरपालिकाको तेस्रो नगरसभामा उनले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताए। अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उनको भनाइ थियो। कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनले बताए। अहिलेको परिवर्तन

नेकपाका सांसदको शिक्षा मन्त्रालयलाई प्रश्न-शिक्षा देखिएको विकृतिलाई कसरी अध्ययन गरिरहेको छ?

९ असार, काठमाडौं । सत्तारढ दलकै सांसदले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगतिबारे  शिक्षा मन्त्रालयको धारणा माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाले शिक्षा क्षेत्रमा देखिएका विसंगति र विकृतिबारे शिक्षा मन्त्रालयको धारणा माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिलाएको विषय उल्लेख गर्दे उनले शिक्षामा लामो समयदेखि देखिँदै आएको विकृति र विसंगतिलाई शिक्षा मन्त्रालयले कसरी अध्ययन गरिरहेको छ भनी 

सुरङ मार्गलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ : मन्त्री महासेठ

९ असार, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत भौतिक पुर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएको प्रश्नको जवाफ दिदै उनले सरकारले सुरङ मार्गको लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको बताए । विकास र पुर्वाधार निर्माण सम्बन्धमा आवश्यकता अनुसार बजेट विनियोजन गरिएकाले पानी जहाजका लागि सोही अनुसार बजेट राखिएको उनले 

अन्तर्राष्ट्रिय

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

९ असार, सोल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन्। दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ। ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेको बताएका हुन्। सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्न हुने जनाइएको छ। यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको

इरानसँग वार्ताको लागि पूर्व शर्त छैन : ट्रम्प

९ असार, काठमाडौं । पछिल्लो समय अमेरिका र इरानबीच विवाद बढ्दो छ । आइतबार मात्रै अमेरिकाले इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् । सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई इरानको परमाणु सम्झौताबाट हटाउँदै तेहरानमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्प भारतजस्ता देशलाई इरानबाट तेल खरिद गर्न रोक्न चाहन्थे । पत्रकार सम्मेलनमा पत्रकारहरुले राष्ट्रपति ट्रम्पलाई सोधेका 

भारत: हिमालमा वेपत्ता ७ जना पर्वतारोहीको शव फेला

९ असार, नयाँ दिल्ली । भारत–तिब्बत सीमा प्रहरीको एक उद्धार टोलीले आइतबार नन्दादेवी पूर्वमा एक हिमाली टाकुरामा ७ जना विदेशी पर्वतारोहीको शेव फेला पारेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ७ मध्ये एक शव महिलाको रहेको छ । सबै पर्वतारोही ती हप्ता पहिला नन्दादेवीमा आएको हिम पहिरोमा परेका थिए । र वेपत्ता भएका थिए । भारतको उत्तराखण्ड राज्यमा पर्ने नन्दादेवी हिमाल चढ्न पर्वतारोही त्यसतर्फ गएका थिए । प्रहरीको टिमले सोमबार बाँकी रहेका एक अन्य पर्वतारोहीको शव खोजी गर्नेसमेत जनाइएको छ । पर्वतारोहीको शव

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top