esewa

खेल

पक्राउ परेका खेलाडीलाई थप सात दिन हिरासतमा राख्न आदेश

१५, कात्तिक काठमाडौँ ।  म्याच फिक्सिङ आरोपमा पक्राउ परेका पाँच खेलाडीलाई थप ७ दिन हिरासतमा राख्न विशेष अदालतले आदेश दिएको छ ।  अनुसन्धान बाँकी नै रहेको भन्दै खेलाडीहरुलाई कात्तिक १४ गतेदेखि लागू हुने गरि सात दिनको म्याद थप गरिएको हो ।  खेल मिलोमतो  गरेको आरोपमा प्रहरीले असोज २७ गते राष्ट्रिय टिमका कप्तान सागर थापासहित खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसीलाई पक्राउ गरेको…विस्तृत समाचार »

शनिबार साँझ लिभरपुल र चेल्सीबीच भिडन्त

१४, कात्तिक काठमाडौँ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार साँझ लिभरपुल र चेल्सी भिड्ने भएका छन् । शनिवार ७ खेल हुदै छन् । साताको बहुप्रतिक्षित खेल अन्तर्गत नेपाली समय अनुसार साँझ साढे ६ बजे लिभरपुल र चेल्सी भिड्ने भएका हुन् ।  चेल्सीको मैदान स्टामफर्ड ब्रिजमा हुने दुइ इंग्लिस महारथी बिचको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ । प्रतियोगिता अन्तर्गत बेलुकी ८ः४५ बजे हुने खेलहरुमा म्यान्चेष्टर…विस्तृत समाचार »

म्याच फिक्सिङमा पक्राउ परेका कप्तान सागर थापाले भने हामीलाई फसाइयो

१०, कात्तिक काठमाडौँ ।  म्याच फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापाले आफूलाई फसाएको बताएका छन् । मंगलबार प्रहरीले विशेष अदालतमा उपस्थित गराउँदा पत्रकारहरूले सोधेको प्रश्ननमा कप्तान थापाले आफूहरूलाई फसाउन खोजिएको बताएका हुन्।  केहि दिनअघि  प्रहरीले अफगानिस्तान र बांग्लादेशसँगको खेलमा ‘म्याच फिक्सिङ’ को आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ जना खेलाडीलाई पक्राउ गरेको थियो  । कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश…विस्तृत समाचार »

​फिफा अध्यक्षमा ९ जनाको उम्मेदवारी

१०, कात्तिक काठमाडौँ ।  अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को अध्यक्षमा ९ जनाले उम्मेदवारी दिएका छन् ।  फिफा अध्यक्षका लागि युरोपियन फुटबल महासंघका महासचिव जियानी ईन्फान्टीनोले पनि उम्मेदवारी दिएका छन् ।  जोर्डनका राजमुकार अली बीन अल हुसैन, एसियाली फुटबल महासंघका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालीफा, दक्षिण अफ्रिकाका टोक्यो सक्सवेल, ट्रिनिडाड एण्ड टोबागोका डेभिड नाखिद, फिफाका पूर्व पदाधिकारी जेरोमी स्याम्पेन, लाईबेरियन फुटबल संघका अध्यक्ष मुसा बिलीटी…विस्तृत समाचार »

बढी उमेरका खेलाडी खेलाएको भन्दै नेपाली यू–१६ फुटबल टोली निलम्बित

९, कात्तिक काठमाडौँ ।  एसियाली फुटबल महासंघ (एएफसी)ले नेपाली यू–१६ फुटबल टोलीलाई निलम्बित गरेको छ । बढी उमेरका खेलाडी खेलाएको भनेर एएफसीले अर्को वर्ष भारतमा हुने यू–१६ च्याम्पियनशिपमा नेपाललाई खेल्न प्रतिबन्ध लगाएको हो । नेपाललाई १४ हजार ५ सय अमेरिकी डलर जरिवाना लगाउनुका साथै नेपालले विजय हात पारेको खेलको नतिजा पनि खोसिएको छ ।  गत वर्ष किर्गिस्तानमा भएको एएफसी यू–१६ छनोटमा नेपाल दोस्रो हुर्दै अर्को…विस्तृत समाचार »

यु–१९ क्रिकेट टोली स्वदेश फिर्ताः सातौँपटक विश्वकप भिड्दै

६ कात्तिक , काठमाडौ ।उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।  मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भन्नुभयो– ‘‘टीमको…विस्तृत समाचार »

लगातार पाँचौ जितसँगै नेपाल विश्वकपमा छनोट

५ कात्तिक काठमाडौंँ । आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ ।  नेपालले समूह चरणको चार वटै खेलमा पनि शतप्रतिशत नजिता निकाल्न सफल भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज भएको अन्तिम खेलमा आयरल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्यान्डले ४७ ४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनको मध्यम स्कोर बनाउन सफल…विस्तृत समाचार »

यु– १९ विश्वकप छनौटमा नेपालद्वारा आयरल्याण्ड पराजित

४ कात्तिक , काठमाडौ । १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको समूहचरणको अन्तिम खेलमा नेपालले आयरल्याण्डलाई ८ विकेटले जितेको छ । १ सय ८५ रनको लक्ष्य नेपालले ४२ दशमलव ५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि ओपनर सन्दिप सुनारले ८५ र सुनिल धमलाले ७५ रनको योगदान दिए । यस्तै, राजु रिजालले १६ र योगेन्द्र सिंह कार्कीले ४ रन बनाए । पहिले ब्याटिङ…विस्तृत समाचार »

यू१९ विश्वकप छनोट क्रिकेटमा नेपाल विजयी

२ कात्तिक, काठमाडौं । यू(१९ विश्वकप छनोट क्रिकेटमा नेपालले अमेरिकालाई डीएल मेथडका आधारमा ६ विकेटले पराजित गरेको छ । लगातार तेस्रो जितसँगै नेपालले विश्वकपमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । मलेसियाको किनरारा ओभरमा भएको खेल वर्षाका कारण प्रभावित भएको थियो । पहिले ब्याटिङ गरेको अमेरिकाले ३५ ओभरमा ७ विकेट गुमाएर ८० रन बनाउँदा खेल वर्षाले अवरुद्ध भयो । त्यसपछि ४८ ओभरमा छोट्याइएको खेलमा अमेरिकाले…विस्तृत समाचार »

अमेरिकाले दियो नेपाललाई १०९ रनको चुनौती

२ कात्तिक ,काठमाडौ ।मलेसियामा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अमेरिकाले नेपाललाई १०९ रनको चुनौती पेस गरेको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किनररा एकेडेमी ओभल खेल मैदानमा आज भएको सो प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४६ ओभरमा सबै विकेट गुमाएर १०९ रन जोड्यो । अमेरिकाले १०९ रन जोडे पनि नेपालले डक वर्थ लुइस नियमका आधारमा १०९ रनकै लक्ष्य पाएको हो ।  खराब मौसमका…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

कम्युनिष्टहरु गङ्गटो हैन, कमिलोजस्तै बन्नुपर्छ : मन्त्री लालबाबु पण्डित

३२ साउन, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे । ‘गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ’, उनले भने, ‘अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।’ 

विप्लव समुहका नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ

३० साउन, दाङ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी देविलाल पुन तथा अन्य ५ जना जिल्ला सदस्य रहेका छन् । पक्राउ पर्नेहरुमा मोहनलाल कार्की, लिलाराम बुढा, धनबहादुर बिक, रामकुमार बुढा र हिका बुढा छ्न् । केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले वताए ।
 

अन्तर्राष्ट्रिय

जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद बैठकमा छलफल हुने

३१ साउन, काठमाडौं । भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवादबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ। शुक्रबार बिहान बस्ने सुरक्षा परिषद बैठकमा यसबारे छलफल हुनेछ । यो बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् । यसैबीच विवादित क्षेत्र कश्मीरको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान भएको छ । पाकिस्तानले नियन्त्रण रेखा नजिक भारतीय पक्षबाट भएको गोली प्रहारबाट तीन पाकिस्तानी सैनिकको ज्यान गएको बताएको छ । 
 

अबदेखि दक्षिण कोरियासँग कहिल्यै वार्तामा नबस्ने उत्तर कोरियाको घोषणा, यसकारण सन्किए उन

उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ। दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको छ। उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई सजग गराएको छ। सो समितिको वक्तव्यमा दक्षिण कोरियाली राष्ट्रपति 

भ्रष्टाचारलाई निर्मूल पार्न कस्मिरको विशेषाधिकार हटाएका हौं :मोदी

३० साउन दिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित कस्मिरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट कस्मिरलाई कुनै असर नगर्ने बताएका छन्। सो क्षेत्र पुनः आफ्नो पुरानो गौरवमा फर्किने मोदीको भनाइ रहेको छ। बिहीबार भारतको स्वतन्त्रता दिवसको अवसरमा संवोधन गर्दै उनले भने,‘हामी कस्मिरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’कस्मिरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top