kantipur mall

खेल

सुदुरपश्चिमाञ्चल एकेडेमीलाई भलिवल प्रतियोगिताको उपाधि

१,पुस, धनगढी । धनगढीमा भईरहेको कैलाली जिल्ला स्तरीय अन्तर क्याम्पस महिला भलिवल प्रतियोगिताको उपाधि धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीले जितेको छ । आज धनगढीमा भएको फाईनलमा मोहन्याल निमाविलाई सोझो सेटमा हराउँदै सुदुरपश्चिमाञ्चल एकेडेमीले उपाधिमाथि कव्जा जमाएको हो । एकेडेमीले मोहन्यालाई २५–२१, २५–१५ र २५–२२ को सेटमा हराएको हो । विजेता सुदुरपश्चिमाञ्चल एकेडेमीले नगद २५ हजार सहत ट्रफी पायो भने उप विजेता भएको मोहन्यालले नगद १५ हजार सहित…विस्तृत समाचार »

नेपाली टोली एमसीसीसंग क्रिक्रेट खेल्न लण्डन जाने

२९ मंसिर, काठमाडौं । लण्डनस्थित मेरिलोबोन क्रिकेट क्लब एमसीसीले नेपाली टोलीलाई बेलायत भ्रमणको निम्तो दिएको छ । नेपालको राष्ट्रिय टोली र एमएमसीबीच आगामी जुलाई १९ मा ५० ओभरको खेल हुने तय भएको छ । क्रिकेटको सुरुवात भएको सहर लर्डसको टेष्ट म्याचको पिचमै खेल हुने एमसीसीले जनाएको छ । नेपाल क्रिकेट संघ क्यानले समेत यसको पुष्टि गर्दै टिम पठाउने जनाएको छ । एमसीसीले नेपाल क्रिकेटको सहकार्य…विस्तृत समाचार »

भारतीय कुस्तीवाजले नेपालीसामु घुडा टेके

कञ्चनपुर २८ मंसिर ।   कञ्चापुरमा पहिलो पटक अन्तराष्ट्रिय कुस्ति प्रतियोगिता संचालन भैरहेको छ । नेपाल र भारतका खेलाडीहरु सहभागि रहेको उक्त प्रतियोगिता पुस ३ गतेसम्म संचालन हुने छ । खेलमा नेपाल र भारतका बिभिन्न ठाउहरुबाट पहलमानहरुको सहभागिता रहेको छ । आज भएको कुश्ति प्रतियोगितामा नेपालका तर्फबाट बसन्त थापा नेपालकै अर्का पहलमान  पारस थापाले बिजय हासिल गरेका छन् । जिल्ला खेलकुद विकास समिति र कुश्ति संघको आयोजनामा…विस्तृत समाचार »

क्रिकेट संघको साधारणसभामा होहल्ला भएपछि प्रहरीको हस्तक्षेप

  २८, मंसिर काठमाडौँ ।  क्रिकेट संघ नेपालको  साधारणसभामा होहल्ला भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । कमलादीस्थित होटल राजघरानामा जारी साधारणसभामा उपाध्यक्षद्वय केशव घिमिरे र सुनिल अमात्यले राष्ट्रिय खेलकुद परिषदले पठाएको पत्र वाचन गर्न पाउनुपर्ने माग गरेपछि होहल्ला भएको थियो । साधारणसभामा आरोप पत्यारोप हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । बिहान ११ बजे युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले उदघाटन गर्ने भनिएको साधारणसभा कांग्रेस…विस्तृत समाचार »

अनिलको कप्तानीमा नेपाली फुटबल टोली घोषणा

२८, मंसिर काठमाडौँ ।  अनिल गुरुङको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । कप्तान सागर थापा लगाएतका खेलाडीहरु म्याच फिक्सिङमा परेपछि अखिल नेपाल फुटबल संघ एन्फाले  २० सदस्यीय नेपाली खेलाडी टोलीको घोषणा गरेको हो । विराज महर्जन र रोहित चन्द मध्ये एकले टीम लिडरको भूमिका निर्वाह गर्ने बताइएको छ । टोलीको फवार्ड लाइनमा अनिलसँगै जगजित श्रेष्ठ, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र नविन लामा छन् । मिडफिल्डमा…विस्तृत समाचार »

विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नामिबिया नेपाल आउने

२८ मंसिर, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नामिबियाको राष्ट्रिय क्रिक्रेट टोली नेपाल आउने भएको छ । आइसीसीका अनुसार नेपाल र नामिबिया वैशाख ४ र ५ गते (अप्रिल १६ र १८) मा खेल्नेछन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।  खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । आईसीसीले यसअघि पपुवा न्यूगिनीसँगको खेल पनि नेपालमा…विस्तृत समाचार »

म्यानचेस्टर शिर्ष स्थानमा फर्कियो

२७, मंसिर काठमाडौँ ।  म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।  गएराति भएको खेलमा म्यानचेस्टर सिटी स्वान्सी सिटीलाई २–१ ले हराएर शीर्ष स्थानमा फर्किएको हो । २६ औं मिनेटमा विल्फ्रेड बोनीले म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम समयसम्म दुवै तर्फबाट गोल हुन सकेन । तर ९० औं मिनेटमा स्वान्सीका बफ्टोम्बी गोमिसले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको…विस्तृत समाचार »

यस्तो छ युरोकप फुटबलको खेल तालिका

२७, मंसिर काठमाडौँ ।  फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ । अर्को वर्ष हुने खेलमा  २४ टोली सहभागी हुने छन् । युरोकप फुटबलमा ६ समुह रहेका छन् । समुह ए मा आयोजक फ्रान्ससहित रोमानिया, अल्बानिया र स्विट्जरल्याण्ड रहेका छन् भने समुह बी मा इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया छन् भने समुह सी मा जर्मनी, युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड परेका छन्…विस्तृत समाचार »

यस्ता थिए नेपाली खेलाडीले फिक्सिङ गरेका खेलहरु

२६, मंसिर काठमाडौँ ।  एशियाली फुटबल महासंघ एएफसीको अनुशासन कमिटिले नेपाली खेलाडीले फिक्सिङ गरेका खेलहरु सार्वजनिक गरेको छ । एएफसीले सागर थापा, सन्दिप राई, रितेश थापा, अन्जन केसी र विकास सिंह क्षेत्रीले मिलेमतो गरेका खेल सार्वजनिक गरेको हो ।  सागर थापा सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा  अफगानिस्तासँगको मैत्रिपूर्ण खेल सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल  र, सन्…विस्तृत समाचार »

२०-२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक, कुन कुन देश भिड्दै छन् (हेनुस् खेल तालिका सहित)

 २५ मंसिर, काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले भारतमा फागुन २५ देखि हुने टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार कुल ५८ मध्ये पुरुषतर्फ ३५ र महिलातर्फ २३ खेल हुने छन् । प्रतियोगितामा सहभागी हुने ८ टोलीलाई दुई समूहमा विभाजन गरी ‘राउन्ड रोबिन लिग’का आधारमा खेलाइने आइसीसीले जनाएको छ । समूह विजेता दुई टिमले फाइनल चरणमा खेल्नेछन् । बंगलादेश, नेदरल्यान्ड्स, आयरल्यान्ड र…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

जिल्ला अदालतको आदेश विरूद्ध न्याय माग्दै उच्च अदालत पुगे पूर्बसभामुख कृष्णबहादुर महरा

५ मंसिर काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा कारागार  चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महरा निकट स्रोतले बतायो । महराले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएका हुन् ।  संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार 

​नयाँ मन्त्रीले लिए सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् ।  हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री 

नवनियुक्त मन्त्रीहरुले अहिले ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै

५ मंसिर, काठमाडौं ।  नवनियुक्त मन्त्रीहरूले बिहीबार  पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अुसार नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गराउने तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top