खेल

टि–ट्वान्टी सिरीजमा पनि श्रीलंका पराजीत

२६,पुस,काठमाण्डौं । श्रीलंकासंगको एकदिवसीय पछि न्युजल्याण्डले टि–टिवान्टी सिरीजमा पनि कब्जा जमाएको छ । न्युजल्याण्डको अकुल्याण्डमा भएको दोश्रो टि–टिवान्टीमा न्युजिल्याण्डले श्रीलंकालाई ९ विकेटले हरायो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १सय ४२ रन मात्रै वनाउन सक्यो ।  श्रीलंकाका कप्तानले टिमको इनिङ सम्हाल्दै ४९ बलमा ८१ रन वनाएपनि अन्य व्याट्सम्यानले खुलेर खेल्न सकेनन् । १सय ४३ रनको लक्ष्य पछ्याएको न्युजल्याण्डले…विस्तृत समाचार »

मेस्सीको ह्याट्रिकसंगै बार्सिलोना ४–० ले विजयी

पुस २६ – फेरी बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा ग्रनाडालाई ४–० ले हराएर बार्सिलोना शीर्ष स्थानमा उक्लीएको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे भने नेइमारले एक गोल गरे । आठौं मिनेटमा मेस्सीले पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अघि…विस्तृत समाचार »

जितको फेरी खडेरी,नेपालले मलेसियासंग बराबरी खेल्यो

२५,पुस,काठमाण्डौं । बंगलादेशमा हिजोदेखि सुरु भएको बंगबन्धु गोल्डकप फुटबलमा नेपालले पहिलो खेल आज मलेसियासंग बराबरी खेलेको छ । नेपाल र मलेसियाको फेल्टा क्लबबिचको शामसुल हुडा रंगशालामा भएको खेलमा दुवै टिमबाट गोल हुन सकेन् । निर्धारीत समयमा गोल हुन नसकेपछि रेफ्रिले ४ मिनेट थप गरेका थिए । त्यसमा पनि दुवै टोलीबाट गोल हुन सकेन । मेलेसीयाको टोलीमा २ जनामात्र राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्ने खेलाडी थिए भने…विस्तृत समाचार »

सातौं फाल्गुनन्द गोल्डकप प्रतियोगिता आजबाट सुरु

२५,पुस,पाचथर । सातौं फाल्गुनन्द गोल्डकप प्रतियोगिता आजदेखि पाँचथरको फिदिममा शुरु भएको छ । सदरमुकामस्थित फिदिम खेलमैदानमा हुने प्रतियोगिताका लागि आठ टिमले सहभागिता जनाएका छन् । आयोजक फिदिम स्पोटिङ क्लवका संस्थापक अध्यक्ष सुरेश शाहका अनुसार माघ २ सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा कामराङ फुटबल क्लव सिक्किम र विराट स्पोर्टस् एकेडेमी मोरङबीच प्रतिस्पर्धा हुनेछ । विजेतालाई फाल्गुनन्द गोल्डकप सहित एक लाख ११ हजार एक सय ११ र…विस्तृत समाचार »

बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता फागुन ८ गतेदेखि हुने

२५,पुस,काठमाण्डौं । १८औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ८ गतेदेखि हुने भएको छ । सुनसरीको धरानस्थित  एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सन्चालन हुने प्रतियोगितामा १० टिम सहभागी हुने भएका छन् । आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १५ गतेसम्म सन्चालन हुने जानकारी दिनुभयो ।विस्तृत समाचार »

भारतीय कप्तान धोनी विरुद्ध वारेन्ट जारी

२५,पुस । भारतको आन्ध्र प्रदेशको एक अदालतले भारतीय एक दिवसीय टिमका कप्तान महेन्द्र सिंह धोनी विरुद्ध वारेन्ट अर्थात पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हिन्दुको धार्मिक भावनामा ठेस पुर्‍याएको सम्बन्धी उजुरीका आधारमा धोनीलाई अदालत उपस्थित हुन वारेन्ट जारी गरेको हो । आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाको अदालतमा धोनी विरुद्ध गोपाल राय र श्याम नाम गरेका हिन्दुको धार्मिक भावना विरुद्ध काम गरेको भन्दै उजुरी दिएका थिए ।…विस्तृत समाचार »

बंगबन्धु गोल्डकपमा नेपाल आज मलेसियासँग भिड्दै

२५,पुस,काठमाण्डौं – बंगलादेशमा हिजोबाटदेखि सुरु भएको बंगबन्धु गोल्डकप फुटबलमा नेपालले पहिलो खेलमा आज मलेसियासँग खेल्दै छ । नेपाल र डिफेन्डिङ च्याम्पियन मलेसियाबिचको खेल शामसुल हुडा रंगशालमा नेपाली समय अनुसार दिउँसो साढे २ बजेपछि सुरु हुनेछ । आयोजक बंगलादेशसहित आठ टोलीको सहभागिता रहेको प्रतियोगितमा नेपाल समूह ए मा छ । समूह ए मा नेपालसहित मलेसिया, श्रीलंका र आयोजक बंगलादेश छन् । यस्तै समूह बी मा  बंगलादेशको…विस्तृत समाचार »

बार्सिलोनाका स्टाइटकर स्वारेजमाथि दुई खेलको प्रतिबन्ध

पुस २५ – स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर लुइस स्वारेजलई दुई खेलको प्रतिबन्ध लागेको छ । कोपा डेल रे फुटलब अन्तर्गत बुधबार राति भएको खेलमा स्पानियोलका खेलाडीसँग झगडा गरेकोमा स्वारेजमाथि दुई खेलको प्रतिबन्ध लागइएको हो ।  कोपा डेल रे अन्तर्गत स्पानियोलसँगको प्रिक्वाटर फाइनलको पहिलो लेगमा स्वारेज र स्पानियोलका खेलाडीबिच झगडा भएको थियो । बार्सिलोना ४–१ ले विजयी भएको खेल सकिएर फर्किने क्रममा टनेलमा स्वारेजले स्पानियोलका खेलाडीलाई…विस्तृत समाचार »

एस ओ एस बगर भाइखलक भेट्रान फुटवल प्रतियोगिता शुरु

२५,पुस,पोखरा । स्वास्थ्यको लागी एक घण्टा ब्याम, पूर्व खेलाडीको लागी सहयोग भन्ने मूल नाराका साथ पांचौ संस्करणको एस ओ एस बगर भाइखलक भेट्रान एट ए साइड फुलवल प्रतियोगिता शुक्रबारदेखि पोखराको बगरमा रहेको पुरानो टुडिखेल मैदानमा शुरु भएको छ । कुल २४ टीमको सहभागीता रहेको फुटवल प्रतियोगिताको एस ओ एस ग्रुपका काठमाण्डौका अध्यक्ष हेम गुरुङले उद्घाटन गरे । खेलको उद्घाटन गर्दै बगर भाइखलकले ४० वर्ष माथीका खेलाडीहरुलाई…विस्तृत समाचार »

बङ्गबन्धु गोल्ड कप :नेपाल मलेसियासँग भिड्दै

काठमाडौँ, २४ पुस । नेपालले डिफेन्डिङ च्याम्पियन मलेसियाको सामना गर्दै बङ्गलादेशमा आयोजित बङ्गबन्धु गोल्ड कप फुुटबल प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । बङ्गलादेशको सामसुल हुदा स्टेडियममा नेपालले भोलि दिउँसो ३ः१५ बजे मलेसियाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्न लागेको हो । विभिन्न आठ टोलीले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  यसमा नेपाल ‘समूह ए’ मा परेको छ । ‘समूह ए’मा मलेसिया,…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top