खेल

म्यानचेस्टर शिर्ष स्थानमा फर्कियो

२७, मंसिर काठमाडौँ ।  म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।  गएराति भएको खेलमा म्यानचेस्टर सिटी स्वान्सी सिटीलाई २–१ ले हराएर शीर्ष स्थानमा फर्किएको हो । २६ औं मिनेटमा विल्फ्रेड बोनीले म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम समयसम्म दुवै तर्फबाट गोल हुन सकेन । तर ९० औं मिनेटमा स्वान्सीका बफ्टोम्बी गोमिसले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको…विस्तृत समाचार »

यस्तो छ युरोकप फुटबलको खेल तालिका

२७, मंसिर काठमाडौँ ।  फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ । अर्को वर्ष हुने खेलमा  २४ टोली सहभागी हुने छन् । युरोकप फुटबलमा ६ समुह रहेका छन् । समुह ए मा आयोजक फ्रान्ससहित रोमानिया, अल्बानिया र स्विट्जरल्याण्ड रहेका छन् भने समुह बी मा इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया छन् भने समुह सी मा जर्मनी, युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड परेका छन्…विस्तृत समाचार »

यस्ता थिए नेपाली खेलाडीले फिक्सिङ गरेका खेलहरु

२६, मंसिर काठमाडौँ ।  एशियाली फुटबल महासंघ एएफसीको अनुशासन कमिटिले नेपाली खेलाडीले फिक्सिङ गरेका खेलहरु सार्वजनिक गरेको छ । एएफसीले सागर थापा, सन्दिप राई, रितेश थापा, अन्जन केसी र विकास सिंह क्षेत्रीले मिलेमतो गरेका खेल सार्वजनिक गरेको हो ।  सागर थापा सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा  अफगानिस्तासँगको मैत्रिपूर्ण खेल सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल  र, सन्…विस्तृत समाचार »

२०-२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक, कुन कुन देश भिड्दै छन् (हेनुस् खेल तालिका सहित)

 २५ मंसिर, काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले भारतमा फागुन २५ देखि हुने टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार कुल ५८ मध्ये पुरुषतर्फ ३५ र महिलातर्फ २३ खेल हुने छन् । प्रतियोगितामा सहभागी हुने ८ टोलीलाई दुई समूहमा विभाजन गरी ‘राउन्ड रोबिन लिग’का आधारमा खेलाइने आइसीसीले जनाएको छ । समूह विजेता दुई टिमले फाइनल चरणमा खेल्नेछन् । बंगलादेश, नेदरल्यान्ड्स, आयरल्यान्ड र…विस्तृत समाचार »

प्राईम र जेभियर इन्टरनेश्नल कलेज सेमिफाइनलमा प्रवेश

२३, मंसिर काठमाडौँ ।  १३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा आयोजक प्राईम र जेभियर इन्टरनेश्नल कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाबजारमा जारी १३ औ  प्राइम कप उच्चमावि बास्केटबल प्रतियोगिता अन्र्तगता पुरुषतर्फ भएको क्वाटरफाईनल खेलमा प्राईमले  एन्जलहर्टलाई  ५९–२७ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्राईमलाइ बिजयी गराउन सुरज खड्गीले सर्वाधिक १८ स्कोर गरेका थिए ।         त्यस्तै जेभियर कलेजको…विस्तृत समाचार »

फिफाका १६ अधिकारीविरुद्ध मुद्दा दर्ता, दुई उच्च अधिकारी पक्राउ

१८, मंसिर काठमाडौँ । विश्व फुटबलको नियमक संस्था फिफामा भ्रष्टाचारको जाँच गरिरहेका अमेरिकी अधिकारीहरुले १६ जनामाथि मुद्दा दायर गरेका छन् । स्विट्जरल्याण्डको राजधानी ज्यूरिचमा फिफाका दुई उपाध्यक्ष पक्राउ परेको केही घन्टापछि यो मुद्दा दर्ता भएको हो । स्वीस न्याय मन्त्रालयका अनुसार अमेरिकी अधिकारीहरुको अपीलमा स्विस पुलिसले फिफाका अधिकारीहरुलाई पक्राउ गरेका थिए । फिफा अध्यक्ष सेप ब्लाटर, महासचिव जेरोमी भाल्के, युरोपियन फुटबल प्रमुख मिचेल प्लाटिनीलगायतका केही…विस्तृत समाचार »

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश

९, मंसिर काठमाडौँ ।  रोमालाई आधा दर्जन गोल हान्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । नाउ क्याम्पमा भएको खेलमा लिओनल मेस्सी र लुइस स्वरेजको दुई दुई गोलको मदतमा बार्सिलोनाले रोमालाई ६÷१ ले हराएको छ । बार्सिलोना समूह इको विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । तीन फवार्ड मेस्सी, स्वरेज र नेयमारसहित मैदान उत्रिएको बार्सिलोना १५ औं मिनेटमा नै स्वरेजको गोलबाट…विस्तृत समाचार »

मनास्लुमा ट्रेल दौड सम्पन्न

७, मंसिर काठमाडौँ ।  मध्य पहाडीदेखि उच्च हिमाली भूभाग हुँदै सम्पन्न हुने मनास्लु ट्रेल दौड यस बर्ष पनि सम्पन्न भएको छ । गोरखाको आरुघाटबाट सुरु भई मनाङको धारापानी पुगेर सकिएको दौडमा स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने गरेको छ ।             विस्तृत समाचार »

उपाधि लिन गएको क्रिकेट टोलीले इनडक्सन चुलो ल्याएपछि

५, मंसिर काठमाडौँ ।  आइसीसी विश्व क्रिकेट लिग खेल्न गएका नेपाली क्रिकेट खेलाडी फर्कदा साथमा न मेडल थियो न तक्मा नै । उनिहरु तक्मा र मेडल हुने कुरा पनि भएन किनभने  खेलाडीहरु पपुवा न्युगिनीसँग पराजित भएपछि स्वदेश फर्किएका थिए ।  देशमा भारतको नाकाबन्दीले पिल्सिएका खेलाडीहरुले फर्कदा भने इनडक्सन चुलो लिएर आएका थिए । उनिहरु निस्कदै गर्दा अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पुगेका क्रिकेट समर्थकहरुको मुखबाट सुनिएको थियो…विस्तृत समाचार »

फिफाद्वारा गणेश थापा १० वर्ष निलम्बित,२१ लाख रुपैयाँ जरिवाना

३०, कात्तिक काठमाडौं । विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई १० वर्षका लागि निलम्बन गरेको छ । थापाले  आफ्नो र परिवारका लागि गलत ढंगले पैसा लिएको  अभियोगमा फिफाले १० वर्ष प्रतिबन्ध लगाएको हो । थापालाई फिफाले २० हजार स्वीस फ्रान्क अर्थात् झण्डै २१ लाख रुपैयाँ जरिवाना समेत तोकेको छ ।   विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट, राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग

५ असोज, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।  पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। 

अन्तर्राष्ट्रिय

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

६ असोज, काठमाडौँ । 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  अमेरिकामा साढे ७० लाख ४६ हजार २१६ मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top