खेल

स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रियल मड्रिड

१ कात्तिक ।रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लेभान्टेलाई ३–० ले हराएको रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो । २७ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । त्यसको तीन मिनेटपछि क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८१ औं मिनेटमा जेसेले गोल गरेपछि रियल मड्रिड ३–० ले विजयी भयो ।…विस्तृत समाचार »

राष्ट्रिय लिग फुटबलको उपाधि थ्रीस्टार लाइ

३० असोज काठमाडौँ । यस वर्षको राष्ट्रिय लिग फुटबलको उपाधि थ्रीस्टार क्बलले जितेको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम खेललमा मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले हराउँदै थ्रीस्टार च्याम्पियन बन्न सफल भएको हो ।  थ्रीस्टारको जितमा विदेशी खेलाडी अफिज अवालेले ४७ औँ र विजय धिमालले अतिरिक्त समय ९२ औँ मिनेटमा एक÷एक गोल गरेका थिए । लिग विजेता टीमले रु एक करोड प्राप्त गर्नेछ । विस्तृत समाचार »

विश्वकप छनोटमा युगाण्डामाथि नेपालको जित

२९ असोज, काठमाडौं ।यू१९ विश्वकप छनोट क्रिकेटमा नेपालले युगाण्डामाथि १७१ रनको फराकिलो जित हात पारेको छ । विश्वकप छनोटमा नेपालको यो लगातार दोस्रो जित हो ।नेपालले कप्तान राजु रिजालको शतकसँगै युगाण्डासामू २४३ रनको लक्ष्य दिएको थियो । तर, युगाण्डाले नेपाली बलिङ सामू घुँडा टेक्यो र ३६२ ओभरमा ७१ रन जोड्दा अलआउट भयो ।उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश श्रेष्ठले ३ विकेट लिए । आरिफ शेख,…विस्तृत समाचार »

राष्ट्रिय लिग उपाधिका लागि थ्री स्टार र मनाङ बीच प्रतिस्पर्धा हुने

३० असोज काठमाडौ ।राष्ट्रिय लिग फुटबलको उपाधिका लागि थ्री स्टार र मनाङ मर्स्याङदी क्लबबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । यी दुई बीचको खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजेपछि हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको थ्री स्टारलाई उपाधिका लागि शनिबारको खेलमा कम्तिमा बराबरी आवश्यक छ । तर तेस्रो स्थानमा रहेको मनाङका लागि भने उपाधिका लागि स्पष्ट जित आवश्यक छ । खेल बराबरी…विस्तृत समाचार »

नेपालले दियो युगाण्डालाई २४३ रनको लक्ष्य

२९ असोज, काठमाडौ । यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार नेपाल र युगाण्डाबीच जारी खेलमा नेपालले युगाण्डालाई २४३ रनको लक्ष्य दिएको छ ।क्वालालम्पुरको रोयल सेलाङ्गोर क्लबमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै २४२ रन बनाएको हो । नेपालका लागि राजु रिजालले शतकीय पारी खेल्दै १०१ रन बनाए । त्यस्तै आरिफ शेखले ५४ र योगेन्द्र सिंह कार्कीले…विस्तृत समाचार »

आइसिसी उन्नाइस वर्षमुनि को विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालको सुखद सुरुवात

  २८ असोज काठमाडौँ, । आइसिसी उन्नाइस वर्षमुनि  को विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा आज भएको सो प्रतियोगितामा नेपाली युवा टोलीले पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।  टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीले दिएको ४९ रनको लक्ष्यलाई नेपालले खेलको…विस्तृत समाचार »

रोनाल्डोले जिते चौंथो पटक गोल्डेन बुट

२७, असोज काठमाडौँ ।  रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले चौंथो पटक गोल्डेनबुट उपाधि जितेका छन् । उपाधि लिदै रोनाल्डोले कम्तिमा अझै दुई पटकसम्म गोल्डेन बुट जित्न चाहेको बताए । रोनाल्डोले गएको सिजन स्पेनिस ला लिगामा ४८ गोल गरेका थिए । योसँगै रोनाल्डोले बार्सिलोनाका स्टाइकर लियोनल मेस्सीलाई गोल्डेन बुट उपाधिमा पछि पारेका छन् । मेस्सीले तीन पटकसम्म युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् ।…विस्तृत समाचार »

फुटबलमा नेपाली बेइज्जत, म्याच फिक्सिङको आरोपमा कप्तान सागर सहित चार खेलाडी पक्राउ

७ असोज, काठमाडौं । म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडी पक्राउ परेका छन् । एक प्रशिक्षक पनि पक्राउ परेका छन् । थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र प्रतिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कप्तान थापालाई बुधबार थापाथली क्षेत्रबाट पक्राउ गरेको हो । अन्तराष्ट्रिय फुटबलमा नेपालले लगातार खराव नतिजा हात पारिरहेको बेला कप्तानसहितका…विस्तृत समाचार »

नेपालले पायो पाकिस्तानी क्रिकेट टोलीसँग खेल्ने मौका

  २२ असोज ,काठमांडौ। नेपाली क्रिकेट टोलीले टेष्ट मान्यताप्राप्त पाकिस्तानी क्रिकेट टोलीसँग खेल्ने मौका पाएको छ । नेपालले पाकिस्तानसँग विश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिता अगाडि युएईमा खेल्न लागेको हो । पाकिस्तान इङल्याण्डसँग तीन टेष्ट, ४ एकदिवसीय अन्तराष्ट्रिय र ३ ट्वान्टी(२० अन्तराष्ट्रिय खेल्नका लाग युएईमा रहेको अवस्थामा नेपालले उक्त अवसर पाउन लागेको हो । नेपाललाई उक्त मौका अन्तराष्ट्रिय क्रिकेट परिषद्९आईसीसी०ले मिलाइदिएको हो । पाकिस्तानसँगको खेललाई कस्तो…विस्तृत समाचार »

क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा

 १९ असोज काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले मंगलबार राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार प्रशिक्षक दासानायकेले मंगलबारै कार्यबहाक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका छन् ।नेपाली क्रिकेटलाई विश्व जगत पु¥याउन दासानायकेको महत्वपूर्ण योगदान छ । राजीनामा कारण नखुलाइएपनि व्यक्तिगत कारणले राजीनामा दिएको उनले बताए ।दासानायके २०११ को अक्टोबरदेखि नेपाली टोलीको प्रशिक्षकमा कार्यरत छन् । अर्को महिना युएईको अवुधामीमा पपुवा…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top