esewa

व्यानर

चीनबाट सुरक्षा खतरा, पत्रकार प्रयोग गरेर सैनिक मुख्यालयको जासुसी

२९ असोज, काठमाडौं ।  नेपालको राष्ट्रियतामाथि भारतीय खतरा बढ्दै गएको सन्दर्भमा अर्को छिमेकी चीनबाट समेत त्यति नै सुरक्षा खतराको संकेत देखिएको छ । चीनियाँ पत्रकारहरुमार्फत ड्रोन प्रयोग गरेर नेपाली सेनाको मुख्यालयको संवेदशनशील भिडियो तथा तस्वीहरु खिचिएको छ । नेपाली सेनाको मुख्यालय भद्रकालीको दृश्य ड्रोन प्रयोग गरेर अनधिकृत रुपमा खिच्ने २ चिनियाँ पत्रकारलाई प्रहरीले  पक्राउ गरी नेपालस्थित चिनियाँ दूतावासको दबाबपछि दूतावासकै कर्मचारीको जिम्मामा छाडेको छ ।…विस्तृत समाचार »

खुलासा नं १ः जनतालाई दुःख दिदै सरकार नौटंकी गर्दै, आइओसीलाई खुसी पारेर कमिशन खाने दाउ

२९, असोज काठमाडौँ ।  भारतले अघोषित नाकाबन्दी गरेसँगै नेपालीको दैनिकी अस्तव्यस्त बनेको छ । आम जनता डिजेल, पेट्रोलको अभावमा दशैंमा घर जान सकेका छैनन, ग्याँसको अभावले चुलो बन्द भएको छ । बजारमा कालोबजारी निकै बढेको छ । महंगी थामी नसक्नु भएको छ । कालोबजारीका कारण आम जनता पिल्सिदा इन्धन अभावकै कारण देखाएर सरकारको उपस्थिती शुन्य भएको छ । तर त्यहि मौनताको कमजोरी उठाइरहेको छ निगम…विस्तृत समाचार »

दशैको उपलक्ष्यमा www.newssewa.com को तर्फबाट हार्दिक मंगलमय शुभकामना,

तलको लिंकमा जानुहोस, एक लाईक गर्नुहास् https://www.facebook.com/newssewaविस्तृत समाचार »

फुटबलमा नेपाली बेइज्जत, म्याच फिक्सिङको आरोपमा कप्तान सागर सहित चार खेलाडी पक्राउ

७ असोज, काठमाडौं । म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडी पक्राउ परेका छन् । एक प्रशिक्षक पनि पक्राउ परेका छन् । थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र प्रतिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कप्तान थापालाई बुधबार थापाथली क्षेत्रबाट पक्राउ गरेको हो । अन्तराष्ट्रिय फुटबलमा नेपालले लगातार खराव नतिजा हात पारिरहेको बेला कप्तानसहितका…विस्तृत समाचार »

इन्धन नपाएपछि अधिकांश पेट्रोलपम्पमा तनाव, दशैंअघि निजी सवारीले इन्धन नपाउने

काठमाडौं ।  करिब एकसातापछि निजी सवारीसाधनलाई तेल वितरण गरेको नेपाल आयल निगमले भिड थामीनसक्नुभएपछि दशैंअघि निजी सवारीलाई इन्धन दिन नसक्ने बताएको छ ।  निगमले दशैलाई लक्षित गर्दै वाग्मती अञ्चलमा मंगलबार एक दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण गरेको थियो । वितरण गरेपनि लाइन लागेका एकतिहाइले मात्र इन्धन पाए । रातदिन लाइनबसेर पनि इन्धन नपाएपछि मंगलबार साँझ अधिकांश पेट्रोलपम्पहरुमा तनाव देखिन्थ्यो । कतिपय पेट्रोलपम्पमा त…विस्तृत समाचार »

भारतका सम्धीनी जस्ता हाम्रा नेताहरु

२६, असोज काठमाडौँ ।  नेपाली परम्परा अनुसार सम्धी सम्धीनीको भेट हुँदा सम्धीनी अली झुकेर सम्धीलाई नमस्कार गर्ने चलन छ । छोरी सम्धीको घरमा पठाएका कारण पनि होला सम्धीनी अली भुक्छिन् । तर नेपाली नेताहरु झुकेर नमस्कार गर्नुलाई परम्परा भन्न सकिन्न । यो लाचारीपन हो । आफ्नो पदिय मर्यादालाई भुलुेर चाकडी गर्न शीर झुकाएर नमस्कार गर्नु यो गोर्खालीको परम्परा होइन । तर नेपाली नेताहरु भारतसँग प्रस्तुत…विस्तृत समाचार »

बालुवाटारबाट शितलनिवास जाने कोइराला, बाटो बिराएपछि शशाङ्कको घरमा पुगे

२५, असोज काठमाडौँ ।  शुक्रवार बेलुकासम्म बालुवाटारमा राज गरिरहेका प्रधानमन्त्री छिट्टै नै शितलनिवास पुग्ने सबैले आश गरेका थिए । हुनत १६ बुँदे सहमति गर्दा नै संविधान जारी भईसकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने र काग्रेसका सभापति  सुशील कोइरालालाई राष्ट्रपति बनाउने भ्रद्र सहमति भएको थियो । त्यसैले पनि सबैले सुशिल कोइरालालाई भावी राष्ट्रपतिका रुपमा स्विकार गरेका थिए । शुक्रवार सम्म सुशिल राष्ट्रपति…विस्तृत समाचार »

सामान्य अवस्थाको भन्दा बढी तेल दिने प्रतिबद्धतापछि झण्डै २ सय ट्यांकर भारतीय डिपोमा

२५ असोज, काठमाडौं । इन्डियन आयल कर्पोरेशनले सामान्य अवस्थाको भन्दा बढी तेल दिने भनेपछि सोमबार झण्डै २ सय नेपाली ट्यांकरहरु भारत पुगेका छन् ।  आइओसीले प्रतिबद्धता जनाएपनि नेपाल आयल निगमले  संख्या बढाएर ट्यांकर पठाएको हो । प्रतिबद्धता अनुसार तेल लोडिङ भएमा मंगलबार नै थप ट्यांकर पठाउने निगमले तयारी गरेको छ ।  आइओसीको रक्सौल बाहेक गोन्डा, बैतालपुर, बरौनी र सिलगुढी डिपोमा ट्यांकरहरु पुगेका हुन् ।  आइतबार मात्रै…विस्तृत समाचार »

ओलीलाई फकाउन भारतीय राजदुत बालकोटमा, नाकाबन्दी छिट्टै हटाउने आश्वासन

२५ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत राञ्जित रायले प्रधानमन्त्री केपी ओलीलाई वालकोटस्थित निवासमै पुगेर भेट गरेका छन् । राजदूत रायले नाकाबन्दी चाँडै हट्ने आश्वाशनसमेत दिएका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत राय सोमबार बिहानै बालकोट पुगेका थिए । उनले ओलीलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिएका थिए । चिनियाँ राजदूतले आइतबार नै ओलीलाई भेटेर बधाइ दिएकोमा भारतीय राजदूत त्यसको भोलिपल्टमात्रै ओलीलाई भेट्न पुगेका हुन् ।…विस्तृत समाचार »

३८ औं प्रधानमन्त्री केपी शर्मा ओली

२४, असोज काठमाडौँ ।  केपी शर्मा ओली देशको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । मतदानमा ५८७ सभासद सहभागी भएका थिए । ओलीलाई नेकपा एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकलगायत १५ दलको समर्थन प्राप्त थियो । विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top