व्यानर

गृहमन्त्रालयले प्रहरी कार्यालयलाई भन्यो ,चार एआइजिलाई जिम्मेवारी देऊ

१ मंसिर,काठमाडौं– लामो समयदेखि गृह मन्त्रालयमा हाजिर हुँदै आएका तर जिम्मेवारी नपाएका चार एआईजीलाई जिम्मेवारी दिन गृहमन्त्रालयले  प्रहरी प्रधान कार्यालयलाई  भनेको छ । उसले प्रहरी प्रधान कार्यालयलाई पत्राचार  गरेको छ ।   मंगलबार गृहमन्त्रालयले पठाएको पत्रमा बढुवा भएर जिम्मेवारी नपाएका एआईजिहरु यादव अधिकारी, विश्वराज सिंह शाही, सुशीलवरसिंह थापा र पर्शुराम खत्रीलाई जिम्मेवारी दिन भनिएको छ । ०७१ सालमा सातजना एआईजिको दरबन्दीमा विशेष पद सिर्जना गरेर ९…विस्तृत समाचार »

​जनताको करमा सरकारको रजाइँ, सरकारी रबैयाका कारण करदाता निरूत्साहित

  एलिजा उप्रेती । “कर र मृत्यु अकाट्य विषय हुन्, जुनबाट कसैले छुटकारा पाउँदैनन्” एकजना दार्शनिकको यो भनाईले पुष्टि गर्छ कि  मानिसको जीवनमा कर तिर्नु कति आवश्यक छ भन्ने कुरा । राज्यको मुल स्रोत नै कर हो भने त्यहि करले नै समाज र मुलुकको विकास हुने हो । यहि अनुरूप मानिसले आफ्नो आम्दानी तथा कार्यको केही अंश राज्यलाई कर तिर्ने गर्छं । आज मंसिर १…विस्तृत समाचार »

मरुभुमी जलबायूलाई माया गर्नेको लागि हो रमाइलो आवुदाबी

आबुदाबी यूएइको राजधानी हुनमा मात्र सिमित छैन यो त रमाइलो राजधानीको रुपमा पनि परिचित छ ।  आबु दाबीको मरुभूमि जहाँ एक मनोरम दृष्यसंग सामिप्यता पाइन्छ । रातको समयमा मरुभूमीको आकाशमा उडीरहेको बेलुनको दृष्यले जोकोहीलाई पनि एक विशेष आनन्द प्रदान गर्दछ । सो मरुभूमीको बिचमा एक आरामदायी र सुविधा सम्पन्न होटेल रहेको छ । त्यहाँ हुने रात्रीभोजको आनन्द लीएर फर्कनेहरुले फेरी फेरी धाउने इच्छा राख्दछन् ।…विस्तृत समाचार »

​एमाले विनानै संविधान संसोधन गर्ने प्रचण्डको भित्रि प्लान ,दुईतिहाइ जुटाउन दौडधुप

१ मंसिर,काठमाडौँ  ।  पछिल्ला दिनमा संविधान संसोधन प्रचण्डका लागि गलाको पासो जस्तै बनेको छ । संविधान संसोधनमा केही बुँदा कुनै दलका नेता बिशेषले मन पराएपनि त्यही बुँदामा साथ नदिने अर्को दलको अडानका कारण प्रचण्ड यतिबेला संविधान संसोधनको तनावमा देखिएका छन् । सबै दललाई चित्त बुझाएर संविधान संसोधन गर्नु उनका लागि त्यति सहज भने छैन् ।  यता मधेसी मोर्चाका आफ्नै खालका अडान छन् भने उता एमाले…विस्तृत समाचार »

दलहरुको सातो जानेगरि मुख खोले लोकमानले,अदालतमै दिए यस्तो बयान

१,मंसिर,काठमाडौं । संसदमा महाभियोग प्रस्ताव दर्तापछि निलम्बित लोकमानसिंह कार्कीले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बहालवाला प्रमुख आयुक्त भएको दाबी गरेका छन् ।सर्वोच्च अदालतमा मंगलबार उपस्थित भएर जवाफ पेश गर्ने क्रममा कार्कीले आफूलाई ‘बहालवाला प्रमुख आयुक्त’का रूपमा प्रस्तुत गरेका हुन् । कार्कीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफ्नो परिचय प्रस्तुत गर्ने क्रममै बहालवाला प्रमुख आयुक्त भनि उल्लेख गरेका छन् । लिखित जवाफको दोस्रो बुँदामा पनि…विस्तृत समाचार »

नेपालले फुटबलमा जित्यो अहिलेसम्मकै ठूलो उपाधि, उपाधीमा ह्याट्रीक

३० कार्तिक काठमाडौ । नेपालले ६२ बर्षे फुटबल इतिहाँसमा सबैभन्दा ठुलो उपाधी जितेको छ । एएफसी सोलिडारिटी कपको फाइनालमा मकाउलाई एक शुन्यले पराजित गर्दे नेपालले यो सफलता हात पारेको हो । मलेसियाको कोचिङमा भएको एएफसी सोलिडारिटी कपमा भरत खवासको पासमा २९ औ मिनेटमा सुजल क्षेष्ठले नेपालका  लागि गोल गरेका थिए ।   कप्तान विराज महर्जनको नेतृत्वमा उत्रिएको नेपाली टिमले बगबन्धु गोल्डकप, १२ औ साफ च्यापिनेसिफ…विस्तृत समाचार »

​सोलिडारिटि कप फाइनल(LIVE) : नेपाल : १ मकाउ : ०

ताजा अवस्थामा लनेपालले १–० ले अग्रता लिएको छ । भरत खवासको पासमा सुजल श्रेष्ठले गोल गरेका हुन्  ।  विस्तृत समाचार »

आफ्नै गृहजिल्ला रौतहटमा कार्यक्रम गर्दागर्दै माधव नेपाल लखेटिए

राकेश यादव,३०,कात्तिक,रौतहट । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आफ्नो गृह जिल्ला रौतहटमा कार्यक्रम गर्दा मधेसी मोर्चाका नेता कार्यकर्ताले कार्यक्रम विथोलीदिएका छन् ।  मधेस विरोधी नेता मुर्दावादको नारा दिँदै नेता नेपालको विरोध हुन थालेपछि प्रहरीले हस्तक्षेप गरी मोर्चाका नेताहरुलाई पक्राउ गरी हिरासमा राखेको छ । जिल्लाको संसदीय बजेटको बारेमा छलफल गर्न नेता नेपाल जिल्ला विकास कार्यालयमा पुगेका थिए । मोर्चाको अवरोधपछि माधव नेपाल…विस्तृत समाचार »

​महानिरिक्षक अर्याललाई भेट्ने वित्तिकै प्रचण्डले भने तपाईलाई कसले हटाउन लागेको ?

३० कार्तिक,काठमाडौँ  । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई सरकारले हटाउने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहालले भने फरक आस्वासन दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई तपाईलाई हटाउने कुरा निकै चर्चामा छ तर तपाई नडराउनुस ,ढुक्क भएर काम गर्नुस् भन्दै अर्याललाई आश्वासन दिएका छन् ।    प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनको निवासमै पुगेका आईजीपी अर्याललाई प्रधानमन्त्रीले ढुक्क भएर काम गर्नको लागि आग्रह गरेका…विस्तृत समाचार »

प्रचण्डको आडमा माओवादी नेताले यसरी लुटे राज्यकोषको ५ करोड ! हेर्नुस् क–कसले लुटे

३०,कात्तिक,काठमाण्डौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताले राज्यकोषमा मस्ती गर्न थालेका छन् । उनीहरुले युवा स्वरोजगार कोषबाट लिएको ५ करोड फिर्ता गरेका छैनन् । माओवादीका नेताहरुले मजदुर शहीद स्मृति सहकारीको नामबाट युवा स्वरोजगार कोषबाट ५ करोड झिकेका थिए । माओवादीकै शीर्ष नेताहरुको सिफारिसमा युवा स्वरोजगारले आफ्नो कार्यविधि नबन्दै २०६८ साल मंसिर १ गते ५ करोड दिएको थियो । मजदुर सहिद स्मृति उपभोक्ता सहकारी…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top