siddhartha
gharjaggakosathi

व्यानर

भारतीय हस्तक्षेप विरुद्ध एकजुट हुँदै नेपाली, नेपालमा भारतीय टेलिभिजन बन्द हुने

११ असोज, काठमाडौं । केबल टेलिभिजन सञ्चालकहरुले मंगलबारबाट देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । भारतले नेपालमा एक सातादेखि अघोषित नाकाबन्दी गरेपछि नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसशोसिएसनको बैठकले मंगलबार १० बजेबाट देशभर हिन्दी च्यानलहरु बन्द गर्ने निर्णय गरेको हो । सर्वसाधारणको चर्को दबावपछि केबल टेलिभिजन सञ्चालकहरुले यस्तो निर्णय लिएका हुन् । केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले अनलाइनखबरसँग…विस्तृत समाचार »

​अन्तराष्ट्रिय कानुन लत्याउँदै नेपालमा नाकाबन्दी गर्दै भारत

समाचार टिप्पणी ।  नेपालमा संविधान जारी भयो । संविधान जारी हुनअघि देखि नै असन्तुष्ट मधेसवादी दलले त्यसलाई अस्वीकार गरे । मधेसवादी दलका कतिपय कुरा जायज छन्, त्यो आफ्नो ठाउँमा छ । उनीहरू लामो समयदेखि आन्दोलनमा भएका कारण सरकारले उनीहरूसँग वार्ता गर्नुपर्ने हो । त्यो प्रयास जारी छ । यता मधेस केन्द्रित दलको राजनीतिक केन्द्रविन्दु पनि नेपाल नै हो । मुलुकभित्र असन्तसुष्ट हुनु, आन्दोलन हुनु एउटा…विस्तृत समाचार »

​ इन्धन अभाव भएपछि तेलमा कोटा प्रणाली लागु

भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि जोर–बिजोर प्रणाली सुरू गरेको सरकारले पेट्रोल र डिजेलमा कोटा प्रणाली लागू गरेको छ ।  गृह र वाणिज्य मन्त्रालयको संयुक्त बैठकले कोटा प्रणाली लागू गरेको हो । नेपाल आयल निगमका कोटा प्रणाली लागू भएपछि मोटरसाइकलले एक हप्तामा ३ लिटर पेट्रोल पाउनेछ । यस्तै निगमका अनुसार निजी सवारीले हप्तामा १० लिटर, ट्याक्सीले प्रतिदिन आफ्नो पालो जोररबिजोर अनुसार १० लिटर, सार्वजनिक सवारी…विस्तृत समाचार »

बाबुरामले पार्टी छाडेपछि एमाओवादीमा भुइँचालो

केशवराज जोशी काठमाण्डौं,१० असोज  पुर्वप्रधानमन्त्री समेत रहेका एमाओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टराई पार्टी परित्याग गरेपछि अव के गर्लान भन्ने प्रश्न सर्वत्र चासोको विषय वनेको छ । माओवादी जनयुद्धदेखि संविधानसभा हुदै शान्ती प्रक्रियासम्मका योजनाकार भट्टराईको पार्टी परित्यागले ठुलो झट्का त लागेको छ नै,संगसंगै भट्टराईले आफ्ना प्रशंशकलाई समेत दुखी वनाएका छन् । फेसवुकदेखिका सामाजीक सञ्जालमा वावुरामले पार्टी छाडेकोमा अधिकाशंले दुख र निन्दा गरेका छन भने कतिपयले स्वागत…विस्तृत समाचार »

​हवाइजहाजलाई पनि इन्धन दिन नसक्ने आयल निगमको भनाइ, विदेशमै इन्धन भर्न आग्रह

नेपालमा भारतले नाकाबन्दी गरेका कारण इन्धनको हाहाकार मच्चिएपछि  नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसकिने भन्दै विदेशमै इन्धन भरेर आउन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ ।  निगमले नेपालमा हवाइ इन्धन थोरै रहेको र विमान कम्पनीहरुलाई दिन नसकिने भएकाले वैकल्पिक व्यवस्था गर्न भनेको हो । नेपाल आयल निगमका प्रवक्त दीपक बरालले विदेशी वायुसेवा सञ्चालकहरुलाई छोटो दूरीमा उडान भर्नेलाई इन्धन दिन नसक्ने भएकाले नागरिक उडड्यन प्राधिकरणमार्फत् जानकारी…विस्तृत समाचार »

इन्धन अभाव भएपछि सरकारबाट जोर- विजोर प्रणली लागु

काठमाडौं । पेट्रोलियम पदार्थको अभाव भएपछि सरकारले सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु गर्ने भएको छ । गृहमन्त्रालयले आइतबारबाट लागु हुने गरी जोर बिजोर प्रणाली लागु गर्न लागेको हो ।   आइतबारदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको  गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए । पेट्रोलियम पदार्थको अभाव चर्कँदै जाँदा यो निर्णय गर्नु…विस्तृत समाचार »

बाबुराम भट्टराईले गरे एमाओवादी परित्याग

९ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरेका छन् । शनिबार दिउँसो पत्रकार सम्मेलन सम्मेलन गरेर भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेका हुन् । यससँगै बाबुराम भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको तीन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ । पूर्व प्रधानमन्त्री डा। भट्टराईले संसद सदस्यबाट समेत राजीनामा दिएको घोषणा गरेका छन् ।विस्तृत समाचार »

जमुनाहामा प्रहरी आन्दोलनकारी झडप, भारतीय प्रहरीले आन्दोलनकारीलाई सघाए

नेपालगन्ज-नेपाल–भारत सिमास्थित जमुनाहामा नाकाबन्दी गरिरहेका आन्दोलनकारी र प्रहरीबीच शनिबार मध्यान्ह झडप भएको छ। झडपमा आन्दोलनकारीतर्फ करिव डेढ दर्जन र प्रहरीतर्फ आधा दर्जन घाईते भएका छन्। सिमाक्षेत्र दसगजामा बसेर आन्दोलनकारीले नाकाबन्दी गरिरहेको थिए। समन्वय गरेर नाकाबन्दी खुकुलो गर्न एक प्रहरी अधिकृतले मोर्चाका नेतालाई बोलाएर कुरा गरिरहदाँ ती नेताले अचानक आफूलाई प्रहरीले छोपेर लैजान लागेको भन्दै जोडले कराएपछि कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका प्रत्यक्षदर्शीको भनाई छ। आन्दोलनकारीले…विस्तृत समाचार »

​प्रधानमन्त्री कोइराला कैलालाीको टीकापुरमा, भैरहवा र नवलपरासी पनि जाने

९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला शनिबार विहान कैलालीको टीकापुर गएका छन् । एसएसपीसहित ९ जनाको मृत्यु हुने गरी टीकापुर घटना भएको एक महिना पछि प्रधानमन्त्री कोइराला काठमाडौंबाट टीकापुरका लागि उडिसकका छन् । उनले स्थानीय नेताहरुलाई भेट्ने कार्यक्रम छ । उनी हेलिकोप्टरबाट टीकापुरमा नै ओर्लने बताइएको छ । प्रधानमन्त्री कोइरालाले घटनास्थलको समेत अवलोकन गर्ने बताइएको छ । तर, सुरक्षाका कारण प्रधानमन्त्रीको कार्यतालिका बारे केही खुलाइएको…विस्तृत समाचार »

छिमेकी मुलुक चीनले मुख खोल्यो, नाका सहज बनाएर आपूर्ति व्यवस्था सहज बनाउन चीन तयार

९ असोज, काठमाडौं । संविधान जारी भएपछिको नेपालको राजनीतिक परिस्थितिलाई गम्भीर चासोसाथ हेरिरहेको चीनले तातोपानी र रसुवागढी दुवै नाका खोलेर नेपालमा उपभोग्य सामग्री आपूर्ति सहज बनाउन तयार रहेको जनाएको छ। मधेसमा भइरहेको आन्दोलनलाई कारण देखाउँदै भारतले तेलसहितका उपभोग्य सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको अवस्थामा उत्तरी छिमेक चीनले नेपाललाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागमा नेपालसहित दक्षिण…विस्तृत समाचार »

Ruslan

paicho

bussewa

राजनीति

झलनाथ खनालको खुलासा : ‘माघभित्रै एमाले–माओवादी एकता, नयाँ पार्टीको नाम नेकपा रहन्छ’

२ माघ,काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम एमाले वरिष्ठ नेता झलनाथ खनालले माओवादीसंगको पार्टी एकता माघभित्रै टुङ्गीने बताएका छन् । एक टेलिभिजनसंगको कुराकानीमा खनालले माघभित्रै दुवै पार्टी एक हुने बताएका हुन । 

प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने काँग्रेस नेताको चेतावनी

२ माघ,काठमाडौं । नेपाली काँग्रेसका नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले एक 

ईश्वर पोखरेलको प्रस्तावले वामदेव र प्रचण्डको सपना अधुरै,अब प्रचण्डले के गर्छन् वामदेवलाई ?

२ माघ,काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेपछि उनका लागि 

अन्तर्राष्ट्रिय

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच झडप हुदा ९ जनाको मृत्यु

२ माघ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top