syangyong
nlic

व्यानर

कोइराला विनाको कांग्रेस !

२६,माघ,काठमाण्डौं । नेपाली कांग्रेसले जीवनभर एउटा आरोप खेपीरह्यो उ परिवारवादबाट माथी उठ्न सकेन् । काग्रेसमा मातृकादेखि सुशिलसम्म आइपुग्दा यो आरोप जारी रह्यो र थियो पनि त्यस्तै ।  माओवादी युद्ध र ऐतिहासीक जनआन्दोलनपछि दोश्रो पटक भएको संविधान सभा निर्वाचनबाट सुशील कोइराला प्रधानमन्त्री भएकै बेला मुलुकले संविधान पायो ।  मुलुकले संविधान पाएपछि एमालेले सरकारको नेतृत्व गर्ने र कांग्रेसले सघाउने सहमती पनि थियो तर त्यसो भएन् । सवैलाई आश्चार्यमा…विस्तृत समाचार »

तस्विरमा हेर्नुहोस् यसरी शोकमा डुव्यो महाराजगंज

२६, माघ काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार विहान १२ बजेर ५० मिनेट जाँदा निधनभएसँगै देश शोकमा डुवेको छ । निस्वार्थी भावमा पूर्वप्रधानमन्त्रीको निधन भएसँगै  कांग्रेसजन र शुभेच्छुक कोइराला निवास महाराजगंजमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । विस्तृत समाचार »

हलिउडको हिरो बन्न चाहन्थे सुशील“दा

तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले ०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्था सुरुवात गर्दा देशबाट प्रजातन्त्र मात्रै लुटिएन, नेपाली कांग्रेसका अहिलेका सभापति सुशील कोइरालाको सपना पनि तुहियो । त्यतिबेला कोइराला कांग्रेसका सामान्य सदस्यमात्रै थिए । राजनीतिक भविष्यबारे न उनले कल्पना गरेका थिए, न नेता बन्ने कुनै सपना नै पालेका थिए । भर्खरका लक्का जवान सुशील त रंगमञ्चका हिरो बन्न चाहन्थे, त्यो पनि हलिउडको…विस्तृत समाचार »

शोकमा डुव्यो काँग्रेस, विजय र्याली छाडेर शोक सभामा

२६, माघ काठमाडौँ ।  स्थानीयस्तरका विभिन्न अधिवेशन सम्पन्न गरेका नेपाली काँग्रेसका कार्यकर्ताहरुले विजय र्याली मनाईरहेका बेला एकएक शोकाकुल हुनु परेको छ । आफ्ना अविभावक तथा सर्वोच्च नेता कोईरालाको निधन भएपछि उनीहरु हर्षबाट विस्मातमा पुगेका हुन् । जिल्ला जिल्लामा भईरहेका चुनावी बैठक तथा सभाहरु शोक सभामा परिणत भएका छन् ।    काँग्रेसको जिल्ला अधिवेशन अधिकाँश जिल्लामा हिजो सम्पन्न भएको थियो । कतिपय जिल्लामा त मतणना पनि…विस्तृत समाचार »

एक अविवाहित पुरुष जो कसरी पत्रकारदेखि गरिब प्रधानमन्त्रीसम्म भए (जीवनी )

एक क्लिकमा हेर्नुहोस्ः सुशिल कोइरालाका विषयमा दिनभर प्रकाशन भएका टप समाचारहरु  २६,माघ,काठमाण्डौं । सुशील कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा सन् १९३९ वि.स. १९९६ साउनमा विराटनगरमा भएको हो । उनका ६ भाइ र एक बहिनी जन्मेका थिए । तर २०७२ माघ २५ गते राती सधैभरीका लागि संसार छाडेर गए कोइराला ।  सुशील कोइराला नेपालका ३७ औं प्रधानमन्त्री भएका थिए ।  उनी नेपालको…विस्तृत समाचार »

अलबिदा सुशिल ! हार्दिक श्रद्धाञ्जली

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । कोइरालाको आफ्नै निवासमा निधन भएको हो ।पार्टी सभापति कोइराला निधन भएको खबर पाएपछि कांग्रेस नेताहरु राति नै महाराजगञ्ज पुगेका थिए । कोइरालाका आफन्त र नेताहरुले श्रद्धान्जली दिएका छन् । एक अविवाहित पुरुष जो कसरी पत्रकारदेखि गरिब प्रधानमन्त्रीसम्म भए (जीवनी )  विस्तृत समाचार »

रक्सौलबाट आउन थाल्यो इण्धन, केही दिनमा अवस्था सहज हुने

२५ माघ, काठमाडौं । नेपालमा सबैभन्दा बढि इण्धन भित्रने भारतको रक्सौल डिपोबाट इण्धन आउन थालेको छ ।  भारतीय आयल कर्पोरेशन आईओसीले आजदेखि रक्सौल डिपोबाट समेत तेल  दिन थालेको छ । निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काका अनुसार आजमात्र आईओसीले ३ लाख ६८ हजार लिटर तेलको लोडिङ दिएको छ । रक्सौलबाट रक्सौलबाट १ लाख ८ हजार लिटर पेट्रोल, १ लाख ४० हजार लिटर डिजेल र १…विस्तृत समाचार »

३० प्रतिशत छुटमा ड्राइभिङ सिकाउने क्रियसन ड्राइभिङ स्कुलको घोषणा

काठमाडौँ ।  काठमाडौँको तीनकुनेमा रहेको क्रियसन ड्राइभिङ स्कुलले ३० प्रतिशतको भारी छुटमा ड्राइभिङ सिकाउने भएको छ ।  विगत ५ वर्षदेखि उत्कृष्ट चालकहरू उत्पादन गर्दै आएको चर्चित ड्राइभिङ स्कुलले ३० प्रतिशत छुटमा ड्राइभिङ सिकाउने भएको हो । सडक दुर्घटनामा अधिकांश दुर्घटना मानवीय त्रुटीले हुने गरेको तथ्यांक आइरहेका बेला दुर्घटना न्यूनिकरण गर्न ड्राइभिङ सकुलहरुको समेत भुमिकाको मध्यनजर गर्दे यो छुट योजना सार्बजनिक गरेको स्कुलका संचालक दीपक लामाले…विस्तृत समाचार »

आन्दोलनकारी राजेन्द्र महतोलाई कारबाही

२५,माघ,काठमाण्डौं ।  मधेस आन्दोलनलाई धोका दिएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कारबाही गर्ने निर्णय गरेको छ।  तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवास भक्तपुरमा आज बिहान बसेको मोर्चाका शीर्ष नेताहरुको बैठकले महतोलाई कारबाही गर्ने निर्णय गरेको हो।   मोर्चाको जिम्मेवार नेता भएर पनि आन्दोलन तुहाउन महतोको शंंकास्पद भूमिका देखिएकोले मधेसी जनता समक्ष सार्वजनिक रुपमा माफी मागेर गल्ती सुधार्न मोर्चाले महतोलाई…विस्तृत समाचार »

यस्तो छ नेपाली कांग्रेसको नयाँ नीति (पूर्ण पाठसहित)

२५, माघ काठमाडौँ ।   नेपाली कांग्रेसले १३औं महाधिवेशनपछि पार्टीको सम्पूर्ण ध्यान संविधान कार्यान्वयन र मुलुकको आर्थिक विकासमा लगाउने जनाएको छ। तल्लो तहको अधिवेशन सकिन लाग्दा नीति तथा कार्यक्रमको मस्यौदा तयार पारेको कांग्रेसले संविधान कार्यान्वयनमा सबै शक्तिलाई साथ लिएर अघि बढ्ने बताएको छ । पूर्ण पाठ नेपाली काँग्रेसको १३औं महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम   नेपाली कांग्रेस तेह्रौ महाधिवेशन २०७२ फागुन २०–२३ मुख्य राजनीतिक…विस्तृत समाचार »

Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​निर्वाध यातायात चल्ने वातावरण बनाउन माग

७ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गरेकी छिन्।सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने

​लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

५ असोज, लिस्बन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गरेका

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

अन्तर्राष्ट्रिय

माल्दिभ्सको राष्ट्रपति चुनावमाविपक्षी नेता सोलिहद्वारा जीतको दावी

माल्दिभ्स । माल्दिभ्समा भएको राष्ट्रपति चुनावमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिहले आफ्नो जितको दावी गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार सोलिह वर्तमान राष्ट्रपति अब्दुला यामीनभन्दा अगाडि छन् । ‘माल्दिभ्स इन्डिपेन्डेट’ वेबसाइटका अनुसार कुल४ सय ७२ ब्यालेट बाकस मध्ये ४ सय ३७ बाकसको मतगनणा भइसकेको छ । 

​तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापकलाई पक्राउ गर्न आदेश

तान्जानिया । तान्जानियाका राष्ट्रपति जन मागुफुलीले तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापनमा संलग्न सबैलाई पक्राउ गर्न आदेश दिनुभएको छ । एमभी न्यरी नाम गरेको त्यो डुङ्गा पल्टिँदा अहिलेसम्म कम्तीमा २ सय ७ जनाको मृत्यु भएको छ । एउटा टेलिभिजन कार्यक्रममा बोल्दै मागुफुलीले लापरवाही र क्षमताभन्दा बढी यात्रु बोकेका कारण सन्तुलन गुमाएपछि एमभी न्यरीको दुर्घटना भएको बताउनु भएको हो । 

​चीनमाथि अमेरिकाको सैन्य प्रतिबन्ध, प्रतिबन्ध हटाउन चीनको कडा चेतावनी

न्युयोर्क । अमेरिकाले चीनमाथि सैन्य प्रतिबन्ध लगाएको छ । चीनले रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको हो । चीनले भने अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा चीन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको जनाएका छन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top