व्यानर

​डडेलधुरामा भएको जीप दुर्घटनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

• भुपेन्द्र बिष्ट  ४ फागुन डडेलधुरा । डडेलधुरा सदरमुकाम नजिकै (अमरगढी नगरपालिका–३ ठूलो खोला)मा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ५ जनाको घटना स्थलमै मृत्यु भएकोमा एक जनाको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेलधुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    जिल्लाको भागेश्वरबाट सदरमुकाम तर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको जीप बिहान साढे ११ बजेतिर आईतबजार…विस्तृत समाचार »

​डडेलधुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु

४ फागुन, डडेलधुरा । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ ठूलो खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी करिव ६ जना घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । यद्यपी घटनाबारे विस्तृ विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   जिल्लाको भागेश्वर गाविसबाट सदरमुकाम अमगरगढीतर्फ आउँदै गरेको से १ ज ८३३ नम्बरको…विस्तृत समाचार »

​स्ववियु चुनाव फागुन १४ गते नहुने निश्चित, नयाँ मिति तोक्न शीर्ष नेताको बैठक

४ फागुन, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेका लागि तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव तोकिएको मितिमा नहुने निश्चित भएको छ । निर्वाचन कार्यतालिकाअनुसार फागुन १ गतेसम्म मतदाताहरुको अन्तिम नामावली प्रकाशन भइसक्नु पर्नेमा अहिलेसम्म त्यसको टुंगो लागेको छैन । जसका कारण निर्वाचन सार्ने तयारी भइरहेको त्रिभुवन विश्वविद्यालय स्रोतले जनाएको छ ।  यस्तै विभिन्न साना राजनीतिक दलसँग सम्बन्धित विद्यार्थीले गरेको तालावन्दीका कारण पनि स्ववियु चुनाव तोकिएको…विस्तृत समाचार »

​न्यायाधीशको ‘जागिर खाने’ योजनामा प्रधानन्यायाधीश सुशीला कार्की

• न्यूजसेवा काठमाडौं । प्रधानन्यायाधीश एवम् न्याय परिषदकी अध्यक्ष सुशीला कार्कीले विभिन्न न्यायाधीशको आधिकारिक जन्म मिति बढाएर ‘अनियमितता’ गरेको प्रमाण फेला परेको छ ।  प्रधानन्यायाधीश कार्कीले विभिन्न उच्च अदालत र जिल्ला अदालतका २० जना न्यायाधीशको आधिकारिक उमेर बढाएर छिट्टै अवकाशमा जाने अवस्था सिर्जना गरेकी हुन् । केही न्यायाधीशले कार्कीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत दर्ता गरेका छन् ।    प्रधानन्यायाधीश कार्कीले जनकपुर उच्च अदालतका मूख्य न्यायाधीश सुरेन्द्रबीर…विस्तृत समाचार »

प्रचण्डको गोप्य पोल खुल्यो ! यस्तो रहेछ प्रचण्डको भित्रि योजना

४,फागुन,काठमाडौं । प्रधानमन्त्री प्रचण्डको स्थानीय चुनावको त के कुरा ०७४ माघ ७ को आमचुनावसमेत सार्ने, टार्ने मनसाय रहेछ । आफ्नै उपाध्यक्ष नारायणकाजी श्रेष्ठको डेरामा गत साता सम्पन्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमा यस्तो आशय झल्किएको हो । चुनाव हुन नसकेको अवस्थामा संविधान संशोधन गरेर ०७५ माघसम्म संसद्को आयु लम्ब्याउनेबारे उनले संकेत गरेको सहभागी स्रोतको दावी छ । तीनथरी चुनाव नभ्याएमा यसो गर्ने विकल्पबारे उनले…विस्तृत समाचार »

​प्रहरी बढुवामा सर्वोच्चको दोहोरो भूमिका किन ? आफैँले गरेको फैसलाविरुद्ध प्रधानन्यायाधीश

समाचार टिप्पणी काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ती प्रकरण इतिहासमै पहिलोपटक सर्वोच्च अदालतमा पुगेको छ । धेरैको आकलन थियो, आइजीपी कसलाई बनाउने भन्ने कुरा नितान्त मन्त्रिपरिषदले गर्ने निर्णयसँग सरोकार राख्ने विषय भएकाले सर्वोच्च अदालतले यसमा दायाँबायाँ गर्ने छैन । तर सर्वोच्चले कार्यकारी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि भने अदालतको भूमिका माथि नै धेरैले आशंका गर्न थालेका छन् ।  प्रधानन्यायाधीश…विस्तृत समाचार »

नवराज सिलवालविरुद्धको प्रमाणसहितको रिट शुसीला कार्कीद्धारा स्थगित

३,फागन,काठमाडौं । डिआइजी नवराज सिलवालको पक्षमा दायर भएको रिटलाई कार्यालय समयपछि ठाडो आदेशमा दर्ता गरेर भोलिपल्टै सुनुवाई गरेकी प्रधानन्यायाधीश सुशीला कार्कीले सिलवालले गैरकानुनी रुपमा ठगी गरेको प्रमाण सहित पेश भएको रिट भने सुनवाई स्थगित गरेकी छन् । प्रहरीको उच्च ओहोदामा वहाल रहन उच्च नैतिक चरित्र भएको हुनुपर्ने ऐन कानुन र आचासंहिता विपरित डिआईजी सिलवालले मिटर व्याजमा विभिन्न व्यक्तिलाई ५ सय प्रतिशसम्म ब्याज लिएर ठगी गरी…विस्तृत समाचार »

नियामक निकायका नेतृत्वलाई ठुला खेलाडीको व्यवहार देखाउने अधिकार छैन : रविन्द्र भट्टराई

पछिल्ला दिनमा सेयर बजारमा तिब्र रूपमा गिरावट आउँदा लगानीकर्ता अत्यन्तै हतास देखिन्छन् । हरेकदिनजसो बजारमा पहिरो गइरहेको छ । वित्तिय बजारमा  लगानी योग्य रकमको अभाव र त्यही अभाव देखाउँदै बैंकहरुले ब्याजदरमा गरेको भारी बृद्धिले पनि सेयरमा लगानी गर्नेहरु आत्तिन थालेका छन् । ऋणको बढ्दो व्याज, सेयरको घट्दो मूल्यका कारण भएको घाटाले दोहोरो जोखिममा रहेका लगानीकर्ताको आत्मविश्वास बढाउन नियामक निकायले कुनै कदम चालिरहेका छैनन् । बरू…विस्तृत समाचार »

नवराज सिलवालले जय बहादुर चन्दसँग काँधमा काँध मिलाएर फोटो खिचाएपछि.......

                                                                          तस्बिर पहिलोपोस्ट  : इलिट जोशी ३,फागुन,काठमाडौं। नेपाल प्रहरीको आइजीपी को बन्ने भन्ने चर्चाले यतिबेला सर्वत्र चासो छ । सरकारले आईतबारको मन्त्रिपरिषदको निर्णयबाट आइजीपीमा जय बहादुर चन्दलाई नियुक्त गरेपनि सर्वोच्च…विस्तृत समाचार »

आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै , यस्तो छ ईतिहास

३ फागुन, काठमाडौं । प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुनसक्छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top