esewa

व्यानर

जनताले जितेको आजको दिन : सरकारबाटै अबमूल्यन, विज्ञप्तीको सामान्य खोस्टो समेत निकालिएन

विष्णु पोखरेल ११ बैशाख काठमाडौ ।  आज बैशाख ११ अर्थात् लोकतन्त्र दिवस । १९ दिने जनआन्दोलनले राजतन्त्रलाई घुँडा टेकेको ऐतिहाँसिक दिन । गणतन्त्र दिवस जेठ १५ मा भएपनि आजको दिनलाई जनताले लोकतन्त्र दिवस भनेर महत्वका साथ हेर्छन् र हेरिरहेका पनि छन् । २५ जना शहिद भएर र ४ हजार भन्दा बढि घाइते भएर राजतन्त्रको पिल्लर ढालेको दिनलाई भने सरकारले उपहास गरेको छ । क्यालेन्डरमा लोकतन्त्र…विस्तृत समाचार »

​राजतन्त्रको पिल्लर ढलेको त्यो दिन, जाँदा जाँदै यसो भनेका थिए राजा ज्ञानेन्द्रले

११ बैशाख काठमाडौ ।पूर्व राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शाही घोषणा नै राजतन्त्र अन्त्यको लागि एउटा अप्रत्यासित काल बन्यो । यही घोषणाले सशस्त्र युद्ध लडिरहको तत्कालिन माओवादी र संसदवादी दललाई एकै ठाउँमा ल्यायो । तत्कालिन माओवादी र सातदलबीच भारतको नयाँ दिल्लीमा २०६२ मंसिर ७ गते भएको १२ बुँदे समझदारीबाट निरंकुश राजतन्त्र विरुद्ध मोर्चाबन्दी सुरु भयो । राजनीतिक दलहरुबीच निरंकुश राजतन्त्रको विरुद्ध सम्पूर्ण…विस्तृत समाचार »

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइदै

११ बैशाख काठमाडौ । आज बैशाख ११ गते लाृेकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैछ ।१९ दिनको विशाल जनपर्दशनबाट निरंकुश राजतन्त्र हटेको आजको दिनलाई लोकतन्त्र दिवसको रुपमा मनाइन्छ । निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको जनआन्दोलन–२०६२/६३ ले आजकै दिन सफलता प्राप्त गरेको थियो । जन आन्दोलनको समयमा २५ जनाले ज्यान गुमाएका थिए भने करिब २१ हजार नागरिक घाइते भएका थिए । आज…विस्तृत समाचार »

कनकमणी दिक्षित पक्राउ पर्नुको यस्तो छ कारण

१० बैशाख काठमाडौ । अख्तियार दुरूपयोग  अनुसन्धान आयोगले कनकमणी दिक्षितलाई पक्राउ गरेको छ ।  शुक्रबार दिउँसो पत्रकार कनकमणि दीक्षितलाई पाटनस्थित आफ्नैं निवासबाट  प्रहरीले पक्राउ गरेको छ। दिक्षितले अख्तियारलाई दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै पक्राउ पुर्जी थमाइएको हो। दीक्षितलाई पक्राउ गर्न करिब २ दर्जन प्रहरीसहित अख्तियारका अधिकारीहरू पाठनढोकास्थित दीक्षित निवास आएका थिए। यसअघि अख्तियारले उनको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउँदै आएको र  अख्तियारले उनलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको…विस्तृत समाचार »

एक बर्षमा खुलेका एशिया सहित विश्वका आकर्षक होटल यस्ता छन्

दुनियाँ भरको सबैभन्दा नयाँ अर्थात हट होटलले यतिबेला चर्चा बटुलिरहेको छ । कोडे नास्ट ट्राभलरले बिहिबार २० औ बर्षको  दुनियाको नयाँ होटलको सुचि सार्वजनिक गरेको छ । यसले ६ महादेशबाट ६० जना विजेताको घोषणा गरेको छ ।  पिलर गजमान पत्रिकाका सम्पादकले भनेका छन् हामी त्यस्ता स्थानको सुचि पेश गर्छौ जसले तपाइलाई होटलसम्म आउने बनाउँछ । सुविधायूक्त क्षेत्र भएकाले यी होटलले विदेशी तथा स्वदेशीलाइ सजिलै तान्ने छ…विस्तृत समाचार »

आज विश्व पृथ्वी दिवस, यस्तो छ पृथ्वीको रहस्य, यसको भविष्य र भूकम्प

पृथ्वी सौर्यमण्डलको तेस्रो ग्रह हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४ दशमलव ५७ अर्ब बर्ष अगाडि उत्पन्न भएको मानिन्छ । त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गरेको भूगोलविद्हरु बताउँछन् ।  पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। यसको अधिकतम झुकावका कारण पृथ्वीमा…विस्तृत समाचार »

विश्वका आकर्षक विमानस्थल जसलाई देखेर आखाँ रोकिन्छ (फोटोफिचर)

विश्वमा यस्ता विमानस्थल छन् जुन देख्नमा अत्यन्तै आकर्षक र सानदार छन् । एक  विश्व सर्र्वेक्षणले विश्वको उत्कृष्ट बिमानस्थलको सुचि सार्वजनिक गरेको छ ।  कुनै शंका छैन की माल्टा विश्वकै शुन्दर  विमानस्थल हो । नीजि चार्टरका लागि एक बुकिङ मञ्चद्धारा एक विश्व सर्वेक्षणले माल्टालाई सबैभन्दा आकर्षक एयरपोर्टको रुपमा राखेको छ । माल्टातिरको उडान वास्तवमै विशेष अनुभव हो  भनेर एडम ट्विवेलले भनेका छन् । उनी नीजि उडानका…विस्तृत समाचार »

चीन र अमेरिकालाई देखाउन यस्तो छ रूसी तयारी

पछिल्ला दिनमा सैन्य हिसाबले शक्तिशाली मानिएका देशहरूले कुनै न कुनै रूपमा आफ्नो शैन्य हतियार देखाइरहेका छन् । दक्षिण समुन्द्रका टापुका विषयलाई लिएर अमेरिका र चीन बिच तताव सुरू हुँदा उनीहरूले आफ्नो हैसियत एक अर्कालाई देखाइरहेका छन् । चीनसँग लड्न भारतले अमेरिकालाई आफ्नो भूमिमा पहुँच दिने भएपछि चीनले आफ्ना डरलाग्दा हतियार सार्वजनिक गरेको थियो । त्यसको अर्को दिन चीनले नै विवादित एक टापुमा फाइटर ल्याण्ड गरेपछि…विस्तृत समाचार »

हाहा.....के यी घटना भरतमा मात्र घट्छन् ?

यहाँ भारतमा खिचिएका केही यस्ता रोचक घटना प्रस्तुत गरिएको छ, जुन फोटो हेरेर नहास्न कोहीपनि सक्दैन । भारतीय एक मनोरन्जनात्मक अनलाइनले सार्बजनिक गरेका यी फोटोले भारतलाई नै गिज्याएजस्तो देखिएपनि यी फोटो भारतकै विभिन्न क्षेत्रमा देखिएका तस्विर हुन् । उक्त अनलाइनले अचम्मका कुरा, जुन भारतमा मात्र घट्छन् भन्दै यी फोटो सार्बजनिक गरेको छ । हेरौँ सोही अनलाइनले सार्बजनिक गेका केही त्यस्ता तस्विर। १.गुडिरहेको बसमा आपत परेपछि…विस्तृत समाचार »

भ्रममा नपर्नुस् , यी तस्विरहरू वास्तविक हुन्

आजभोलीको दुनिया भनेको फोटोसपको हो । फोटो कस्तो बनाउनुपर्यो, तपाईमा इच्छा जाग्नुपर्यो, जस्तो बनाउन पनि शंंभव छ । त्यसैले त कहिलेकाहीँ कसैका राम्रा तस्विर देख्दा पनि फोटोसपको कमाल त होनि भनेर आशंका गरिन्छ । यहाँ हामीले त्यस्ता केही तस्विर प्रस्तुत गरेका छौँ, जुन तस्विर हेर्दा सबैले फोटोसपबाट बनाइएको जस्तो लाग्छ । तर यी तस्विर वास्तविक हुन् ।  १ .यो एउटा संयोग हो कि, सुमन्द्रको छाल…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top