esewa
kantipur mall

व्यानर

थाम्न सकिनन आफुलाइ सहचालक सन्तोषकी आमाले

१५ फागुन  काठमाडौ  । कालिकोट एयर काष्टमण्डपको जहाज दुर्घटनामा निधन भएका कोपाइलट सन्तोष रानाको शबलाइ देखेर उनकी आमा भक्कानिदै  शवलाइ हामफाल्दै काखि चेपेर रोएको दृश्यले सबैको आँखा रसाएको छ । आफु मरेर अरुलाइ बचाउने यि सहचालकलाइ सलाम छ ।   सन्तोषको शवलाइ आजै पोष्टमार्टमको लागि  शिक्षण अस्पताल ल्याइएको हो । उनीसँगै पाइलट दिनेश न्यौपानेलाइ पनि पोष्ट मार्टमको लागि ल्याइएको थियो । विस्तृत समाचार »

यहि सरकारलाइ नै राष्ट्रिय सरकार बनाएर अघि बढ्नुपर्छ :गृहमन्त्री बस्नेत

१५ फागुन वालिङ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयनमा लाग्न सबैलाइ आग्रह गरेका छन । उनले भनेका छन आजको समयमा संविधान निर्माण भइसकेकाले त्यसको कार्यान्वयन मुख्य चूनौतीको रुपमा रहेको छ , सबै मिलेर कार्यान्वयन तर्फ अघि बढ्नुपर्छ । ६५ बर्षपछि नेपाली जनता आफैले निर्माण गरेको संविधानको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा उनको जोड छ । उनले संविधानको कार्यान्वयन र देश विकासका लागि वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार…विस्तृत समाचार »

यहि सरकारलाइ नै राष्ट्रिय सरकार बनाएर अघि बढ्नुपर्छ :गृहमन्त्री बस्नेत

१५ फागुन वालिङ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयनमा लाग्न सबैलाइ आग्रह गरेका छन । उनले भनेका छन आजको समयमा संविधान निर्माण भइसकेकाले त्यसको कार्यान्वयन मुख्य चूनौतीको रुपमा रहेको छ , सबै मिलेर कार्यान्वयन तर्फ अघि बढ्नुपर्छ । ६५ बर्षपछि नेपाली जनता आफैले निर्माण गरेको संविधानको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा उनको जोड छ । उनले संविधानको कार्यान्वयन र देश विकासका लागि वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार…विस्तृत समाचार »

अधिकारबाट बंचित रमिलालाई कुन विद्यार्थी संगठनले दिलाउँछ न्याय ?

मनिसा श्रेष्ठ, १५,फागुन, रोल्पा ।  शिक्षाबाट कसैलाई बंचित गरिनुहुँदैन भन्ने कुराको चौतर्फि नियमत लागू भइरहेकोबेला रोल्पामा एक छात्रा भने एसएलसि दिनबाट बंचित भएकि छिन् ।  जनता माबि इरिबांग ९ रोल्पामा अध्ययनरत  रमिला डाँगीलाई बिद्यालयले जिल्ला निस्काशन गरेपछि उनको नैसर्गिक अधिकार खोसिएको छ भने यो बर्ष एसएलसि दिन नपाउने लगभग निश्चित भएको छ । असोज ४ गते बिद्यालयबाट निस्कासित भएकि डाँगीले प्रधानाध्यापक खीमबिक्रम चन्द्रबाट जसरी पनि…विस्तृत समाचार »

महिलाको शव फेला

१५,फागुन,लहान । सिरहाको इटहरी प्रसाईं गाविस–१ स्थित कमला नदीको छेउमा आज बिहान एक महिलाको वेवारिसे शव फेला परेको छ ।  अन्दाजी २०÷२५ वर्षको जस्तो देखिने ती महिलाको कङ्काल बिहान स्थानीयबासीले देखेपछि प्रहरीमा खबर गरेका थिए ।  उक्त महिलाको दुवै हातको हत्केला र खुट्टाको पैतालाबाहेकका शरीरको अधिकांश भाग जलिसकेकोले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ । विस्तृत समाचार »

जिम्निष्टी टण्डनको मृत्यु प्रकरण झन् रहस्यमय बन्दै

भुवन कार्की,१५,फागुन,बुटवल । बुटवल स्थित सीसीटी कलेजकी विद्यार्थी जिम्निष्टी टण्डनको मृत्यु प्रकरण झन् रहस्यमय बनेको छ । उनको हत्या भएको दावी गर्दै आफन्तजनले बुटवलमा दैनिकजसो नाराजुलुस गरिरहेका छन् । आफन्तहरुले विहीबार पनि बुटवलको चौराहामा नाराबाजी गरे । जिम्निष्टीको मृत्यु वा हत्या के हो भन्नेबारे यर्थाथ बाहिर आउन नसक्दा घटना झन् रहस्यमय बनेको हो ।  टण्डन परिवारले प्रहरीले नै घटना लुकाउन खोजेको आरोप लगाएको छ ।…विस्तृत समाचार »

काँग्रेस महाधिवेशन , नेतैपिच्छे सम्पर्क कार्यालय

१५,फागुन,काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले सम्पर्क कार्यालयमार्फत आफ्नो पक्षमा निर्वाचन माहोल बनाउन सक्रिय छन् । महाधिवेशनमा नेता र कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षण गर्न सम्पर्क कार्यालय खोल्ने र भड्किला गतिविधि गर्ने होडबाजी  चलेको छ ।  पार्टी सभापतिका आकाङ्क्षीदेखि पदाधिकारी र केन्द्रीय सदस्यसमेतले सम्पर्क कार्यालय खोलेको देखिएको छ । दूर गाउँ र जिल्लाबाट आएका नेता र कार्यकतालाई शीर्ष नेतासँगको पहुँच र साक्षात्कारका लागि…विस्तृत समाचार »

यसरी भए अहिलेसम्म नेपाली आकासमा हवाई दुर्घटना

एलिजा उप्रेती १४ फागुन , काठमाडौ । असुरक्षित भनिदै आएको नेपाली हवाइ आकासमा  फेरी अर्को एउटा दुर्घटना भएको छ । बुधबार तरा एयर विमान दुर्घटना सेलाउन नपाउदै शुक्रबार फेरि अर्को विमान दुर्घटना भएको छ ।  नेपालगञ्जदेखि जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान दुर्घटनामा २ जनाको ज्यान गएको छ भने नौजना घाइते भएका छन ।  काष्ठमण्डप एयरलाइन्सको ९ एन एजेबी टुइनअटर विमान कालिकोटमा दुर्घटना  भएको हो ।  बुधबार…विस्तृत समाचार »

यसरी दुर्घटना भएको थियो काष्ठमण्डप एयर (घाईते र प्रत्यक्षदर्शीको वयान)

१४, फागुन काठमाडौँ ।  नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको चिल्खाया गाविस–२ चिल्खाया गाउँमा दुर्घटना हुँदा पाइलट दिनेश न्यौपाने  र को पाइलट सन्तोष राना  मृत्यु भएको छ ।   दिउँसो एक बजे उक्त विमान दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शी नन्द कटुवालले फोनमा जानकारी दिए ।  सो विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो । “ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा…विस्तृत समाचार »

सलाम ! जो आफु मरेर आरुलाई बँचाएर गए

१४, फागुन काठमाडौँ ।  कालीकोटको चिल्खायामा काष्ठमण्डप एयरलाइन्सको नाइन एन एजेबी टुइनअटर विमान आकस्मिक अवतरणका क्रममा ज्यान गुमाउने दुवैजना विमानका चालकको ज्यान गएको छ ।  बाँकी ९ जना यात्रु भने घाइते भएका छन् । विमानका चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको हो ।  विमान समथर ठाउँमा गएर दुर्घटना भएको थियो ।  विमानको अगाडिको भाग भूईँमा जोतिएको छ र क्षतिग्रस्त भएको छ ।…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top