व्यानर

​फ्रिजमा पनि जिम्न्यास्टीक गर्न सक्ने रबर जस्तो शरीर भएकी यी यूवती

तपाई कहिले फ्रिजमा बसेर हेर्नु भएको छ ।  त्यति सानो तह भएको फ्रिजमा अटाउनुपनि कसरी तर यहाँ अचम्म कुरा छ एउटी २४ बर्षकी युवती फ्रिजमा जिम्न्यास्टिक गर्छिन् ।   सुन्दा जति असहज महसुस हुन्छ हेर्दा उत्तिनै असहज हुन्छ । रसियामा बस्ने पुर्व जिम्नयास्टा ज्लाटा फ्रिजमै जिमन्यास्ट गर्छिन् ।  उनी ४ बर्षको उमेरदेखि आफ्नो शरीरलाइ रबर जसरी जता पनि मोड्न सक्थिन यद्यपि त्यो क्रम अझै पनि…विस्तृत समाचार »

​माओवादी एकता प्रचण्डको आत्मरति मात्र

काठमाडौं । लामो समयको कसरतपछि माओवादीका प्रभावशाली नेताहरु मानिने ३ नेता प्रचण्ड, बादल र मात्रिका एक भएका छन् । तर उनीहरुबीच एकता हुने क्रममा पार्टीका केन्द्रीय स्तरका नेताको संख्या भने ७ सय बनाउनुपरेको छ । बादल पार्टीगत रुपमा एक भएका होइनन् भने मात्रिका यादवको संगठनको अस्तित्व छैन । माओवादीबाट जनयुद्धकालमा भागेका मणि थापाले भगौडाहरुलाई समेटेर पार्टी गठन गरेका थिए । उनको पार्टीमा पनि केन्द्रीय नेता…विस्तृत समाचार »

​लमजुङमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, १२ घाइते

६ जेठ, लमजुङ ।  तनहुँको दमौलीबाट जिताकोटमा जाँदै गरेको यात्रुबाहक बस्स दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।  मध्य नेपाल नगरपालिका ५ तामाखानीमा ना ६ ख ४१३६ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिप्रका लमजुङले जनाएको छ । घाइतेहरूको विवरण आइपुगेको छैन । बस तनहुँको दमौलीबाट दुईपिप्ले–सोतिपसल हुँदै जीताकोटका लागि हिँडेको प्रहरीले जनाएको छ । मृतकहरुको पनि पहिचान हुन सकेको छैन ।…विस्तृत समाचार »

ट्रेन भन्दा पनि लामो पिज्जा जसले १ लाखको पेट भरिन्छ

पिज्जाको नाम सुन्ने बित्तिकै यदि तपाई पिज्जा मन पराउनुहुन्छ भने मुखमा पानी आउँछ  । तर एउटा यस्तो पिज्जा जसलाई आखाँले हेरेर भ्याइदैन्   । एक माइल लामो यो पिज्जाले तपाईको ध्यान भने जरुरी तान्ने छ ,कस्तो पिज्जा रहेछ यो भनेर । तस्बीरमा देखिएको यो पिज्जा इटालीका कैयो सेफले एक साथ मिलेर दुनियाँको सबैभन्दा लामो पिज्जा बनाएका छन् । यसलाई बनाउनको लागि २ हजार किलो पिठो,…विस्तृत समाचार »

“माओवादीका पराजयका दिन सकिए, विजयको ढोका खुल्यो”

६ जेठ, काठमाडौँ ।  विभाजित माओवादीहरु मिलेर बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुको पराजयका दिन सकिएको बताउँदै विजयको ढोका खुलेको बताएका छन् ।  एमाओवादीसहित १० वटा माओवादीको एकता घोषणामा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीका पराजयका दिन सकिएको दावी गरेका छन् । एकतापछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ । प्रचण्डले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका परिवर्तनका एजेण्डाहरु पराजय हुने दिन सकिएको बताए…विस्तृत समाचार »

​ओली जी देश त कालोबजारीले चलायो.....(फोटोफिचर)

६ जेठ, काठमाडौँ ।  नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल बिद्यार्थी संघ प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएको छ। बजारमा महङ्गी तथा कालोबजारी बढेपनि सरकारले अझै कालोबजारीलाई प्रश्रय दिएको भन्दै नेबिसंघ सरकारको विरोधमा उत्रिएको हो ।  नेबिसंघले बुधबार काठमार्डौमा सरकारविरुद्ध काटो टालो र कालो मास्क सहित प्रदर्शन गरेको छ । नेबिसंघ काठमाडौं जिल्ला समितिको आयोजनामा प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन पुतलीसडक बाजबजार…विस्तृत समाचार »

चिरिएको माओवादी एक हुँदै, नम्बर वान बन्ने दावी

६ जेठ, काठमार्डौँ ।  विभाजित माओवादीहरुबिच आज एकता भएको छ । एकता प्रक्रियामा एमाओवादीसँगै नेकपा क्रान्तिकारी माओवादीबाट आएका रामबहादुर थापा बादलको समूह, विप्लव माओवादीबाट आएका तिलक परियारको समूह, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट, मातृका यादवको नेकपा (माओवादी) र जयपुरी घर्ती संलग्न छन् । पार्टी एकता प्रक्रियामा असहमति जनाउदै आएका नेकपा माओवादीका अध्यक्ष मातृका यादव पनि अन्तिम समयमा सहमत भएका हुन्।  एकतापछी बन्ने पार्टीको नाम नेकपा…विस्तृत समाचार »

जनताको दबाब थेग्न नसकेपछि पछि हट्यो गठबन्धन

समाचार टिप्पणी आफ्ना माग पुरा नभएसम्म सिंहदरवार र वालुवाटार घेर्ने कार्यक्रमबाट पछि नहट्ने दावी गर्दै काठमाडौँमा आन्दोलन गरिरहेको संघिय गठबन्धन पछाडि हटेको छ । आन्दोलनका नाममा जनतालाई दुख दिन थालेपछि गठबन्धनको चौतर्फी विरोध भइरहेको थियो ।  गठनबन्धले सिंहदरवार र वालुवार घेर्ने कार्यक्रम फिर्ता लिदै ४ बजेपछि मात्रै विरोध कार्यक्रम गर्ने निष्कर्ष निकालेको छ । आन्दोलन फिर्ता नगरे डाडा कटाउने समेत जनाताहरुले चेतावनी समेत दिएका थिए…विस्तृत समाचार »

यूनिटी भन्दा पनि डरलाग्दो सञ्जाल, भारतमा कार्यालय, नेपालमा ठगी

६ जेठ, काठमाडौँ ।  ठगीको सञ्जाल यूनिटी प्रकरण सेलाउन नपाउँदै नेपालमा यूनिटीलाई मात खुवाउने गरी काठमाडौंमा अर्को नेटवर्किङको धन्दा शुरु भएको छ । सामाखुसीमा कान्तिपुर ओभरसिज सञ्चालन गर्दै आएका प्रेमबहादुर तामाङले हजारौं नेपालीहरूको करोडौँ रकम नेटवर्किङमार्फत झ्वाम पारिदिएका हुन् । तामाङ कार्यकारी निर्देशक रहेको वीन वीन टे«ड मार्ट प्रालि र उनको समूहविरुद्ध उजुरी पर्न थालिसकेको छ । तामाङले सर्वसाधारण नेपालीहरूको १४ खर्ब रकम नेटवर्किङको व्यवासयमार्फत…विस्तृत समाचार »

​अब सरकारले जित्ला या आन्दोलनकारीले ?

समाचार टिप्पणी भारतीय योजनामा भएको पाँच महिने आन्दोलन सफल नभएर घुँडा टेकेका मधेसी दलहरुले राजधानीकेन्द्रित प्रदर्शन गर्दै अर्को दश दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । २९ दलको आन्दोलन भनिएको संघीय गठबन्धनको आन्दोलनमा दलकै भागवण्डा गर्ने हो पनि प्रति दल पाँच जनाभन्दा बढी कार्यकर्ता राजधानीको प्रदर्शनमा देखिँदैनन् । यद्यपि यी सिमित संख्यामा रहेका अराजक आन्दोलनकारीहरुले काठमाडौंका सडकमा हिंड्ने सर्वसाधारणलाई लाठी र लात्ती हान्न थालेका छन्…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

राजनीति

विदेशी र नेपालीलाई हवाई भाडा समान बनाइन्छ : पर्यटनमन्त्री भट्टराई

२९ मंसिर, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्र्तक्रियामा बोल्दै यस्तो बताएका हुन् । उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिए । ‘म सबैलाई सहमतिमा ल्याएरै समान भाडादर कायम गर्ने योजनामा छु,’ मन्त्री भट्टराईले भने, ‘संसारका कुनै पनि मुलुकमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर हुँदैन र नेपालमा पनि हुनेछैन ।’

२२ वर्षमा नभएका काम सरकारले २ वर्षमै गर्यो : मन्त्री बास्कोटा

२९ मंसिर, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ४ को नमोबुद्ध तिमाल समाजले नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए ।   मन्त्री बास्कोटाले भने, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर नसोच्न उहाँले पर्यटन व्यवसायीलाई आग्रह गरे । 

दाङ बारको चुनावमा नेकपा–कांग्रेसको संयुक्त प्यानल पराजित, विद्रोहीले बाजी मारे

२९ मंसिर, घोराही । नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वा्चित भएका छन् । अध्यक्षमा शिवप्रसाद घिमिरे ४ मत अन्तरले र उपाध्यक्षमा मणिराज आचार्य एक मत अन्तरले विजयी भएका हुन् । अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा विजयी मणिराज आचार्यले ६० र उनका निकटतम प्रतिस्पर्धी ठाकुरप्रसाद ओलीले ५९ मत पाएका छन् । अध्यक्षमा निर्वाचित घिमिरे कांग्रेसका विद्रोही र उपाध्यक्षमा विजयी आचार्य नेकपाका विद्रोही उम्मेदवार हुन् ।

अन्तर्राष्ट्रिय

अमेरिकाले अफगानिस्तानबाट ४ हजार सेना फर्काउँदै

२९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्ताबाट करिब ४ हजार आफ्ना सैनिक फिर्ता गर्ने तयारी गरेको छ ।ट्रम्प प्रशासनका एक बरिष्ठ अधिकारीले जनाए अनुसार सो सम्बन्धी घोषणा अर्को साता हुन सक्नेछ ।  ट्रम्पले यस अघि नै केही हजार सेना अफगानिस्तानबाट फिर्ता गर्न सकिने जनाएका थिए ।  १८ वर्ष अघिको युद्धपछि पनि अफगानिस्तानमा १२ देखि १३ हजार अमेरिकी सेना बस्दै आएका छन् । गएको अगस्टमा ट्रम्पले ८ हजार ६ सय सेना फिर्ता गर्ने र के हुन्छ हेर्ने बताएका थिए । ह्वाइट हाउस र पेन्टागनले भने सो विषयमा बताउन चाहेका छैनन् । 

भारतको असममा जारी आन्दोलन हिंसात्मक बन्दै, ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द

२९ मंसिर, काठमाडौं । नागरिकता संशोधन विधेयक (क्याब) विरुद्ध गत सातादेखि चर्किएको आन्दोलनले असमको अवस्था तनावग्रस्त बन्दै गएको छ । भाजपा नेतृत्वको केन्द्रीय सरकारले क्याब पारित गरेपछि पूर्वोत्तर भारतको असम, त्रिपुरालगायत राज्यमा थालिएको आन्दोलन हिंसात्मक बन्दै गएको हो । सामाजिक सञ्जालमा आन्दोलन भड्काउने तथा हिंसालाई प्रश्रय दिने सामग्री राखिएको भन्दै असम प्रशासनले ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरेको छ । असम पुलिस विभागका महानिर्देशक भास्कर ज्योति महन्तले असममा ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरिएको दार्जि्लिङबाट प्रकाशित हिमालय दर्पणसँग कुराकानी गर्दै पुष्टि गरेका छन् ।

लेबनानमा हिंस्रक झडपहुँदा दर्जनौ घाइते

२९ मंसिर, काठमाडौं । लेबनानको राजधानी बेरुतमा शनिबार भएको झडपमा दर्जनौ मानिस घाइते भएका छन् ।  बेरुतमा नेपालको शान्ति सेनापनि रहँदै आएको छ । प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्ने क्रममा झडप भएको बताइएको छ ।प्रहरीले अश्रुग्याँस फाल्नुका साथै रबरको गोली पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भने ढुंगा प्रहार गरेका थिए । प्रहरीका कम्तिमा २० अधिकारीपनि घाइते भएका छन् । आर्थिक अव्यवस्थाको विरोधमा गएको अक्टोबर महिनादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top