क्या अचम्म !

यसरी चिन्नुहोस् महिला विवादित हुन् की अविबाहित

कुनै युवतीलाई दखेर आकर्षित हुने वित्तिकै एउटा प्रश्न उत्पन्न हुने गर्दछ कि उनी विवाहित हुन् वा होइनन् । तपाईको यो प्रश्नलाई हामीले केही सहज बनाइदिएका छौ । केही इशारा छन् जसलाई ख्याल गर्ने हो भने तपाईले थाहा पाउनु हुनेछ कि तपाईलाई मन परेकी युवती विवाहित छिन् वा छैनन्। त्यसका लागि तलका बुँदा यसो हेर्ने कि ।  १. यदि कुनै सामाजिक भेटघाट वा पार्टीमा उनी पटक…विस्तृत समाचार »

​अब पिसाबले बताउनेछ तपाईँले के खानुभयो भन्ख्नेकुरा

एउटा नयाँ तरिकाले पिसावको जाँच गर्दा पिसाव गर्ने व्यक्तिले के खाएको थियो र कति स्वस्थ थियो भन्ने कुरा थाहा हुने भएको छ। बेलायती वैज्ञानिकहरुले यसप्रकारको युरिन टेस्ट विकसित गरेका हुन् । वैज्ञानिकहरुका अनुसार यसबाट खानपानको पोषक तत्वमा सुधारका लागि सुझाव दिन सकिनेछ । संसारभर धेरै मानिस आफ्नो खानपानको बानीका कारण कयौ प्रकारको समस्या झेलिरहेका हुन्छन् । यो युरिन टेष्ट उनीहरुका लागि सहयोगीसिद्ध हुनेछ । खानपानबाट…विस्तृत समाचार »

२५ किलोको एउटै लौका फलाए किसानले

२६ मंसिर, धनगढी । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा कति किलोसम्म फल्न सक्ला ? प्राय सबैको उक्त हुन्छ पाँच, आठ वा दश किलोसम्म । तर, कैलालीका एक किसानले २५ किलोको लौका फलाएका छन् ।  धनगढीको बसन्त टोलका ललितमान सोपले २५ किलोको लौका फलाएका हुन् । लतितमानको बारीमा फलेको उक्त लौका धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा प्रदर्शनका लागि पनि राखिएको छ । महोत्सवको  कृषि प्रदर्शनी…विस्तृत समाचार »

विवाहका लागि केटा पाउन मुस्किल

८मंसिर,काठमाण्डौँ । मानिसको हातखुट्टामा गरी जम्माजम्मी २० औँला हुन्छन् । तर भारत बिहारस्थित गया जिल्लाको एक गाउँमा भने एउटा परिवारका सबै २५ जना सदस्यका २४ वटा औँला छन् । २५ जना सदस्य रहेको उक्त संयुक्त परिवारका सबै सदस्यहरुका हात र खुट्टामा १२।१२ वटा औँला रहेका छन् । परिवारका सदस्य ५० वर्षका कृष्ण चौधरी आफ्ना हरेक हातमा ६।६ वटा तथा खुट्टामा पनि ६।६ वटा औँला रहेको…विस्तृत समाचार »

पेट्रोलमा जस्तै हरियो विरुवाले आगो टिपेपछि (भिडियो सहित)

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ विरुवाले आगो टिप्छ भन्दा । सुकेको दाउरात नबलेर हैरान पार्छ तर हरीयो विरुवाले कसरी आगो टिप्छ भनेर सबैको जिज्ञासा हुन सक्छ तर त्यस्तो आश्चर्य मान्नु पर्दैन । भिडियो हेर्न यहाँ क्लिक गर्नुस यो यर्थाथ हो । जंगलमा पाइने सानो जातको विरुवा जसमा सलाई कोरेर आगो लगायो भने मच्चासंग आगो बल्दछ । नेपालकै बन पाखामा यस्तो खालको विरुवा पाइन्छ ।…विस्तृत समाचार »

​१२ हजार विद्यार्थीलाई सेक्स गर्ने गुरुलाई जम्मा २ वर्षको जेल

पैसाको लोभ देखाएर १२ हजार जना केटीहरुसँग सेक्स गर्ने एकजना गुरुलाई जम्मा २ वर्षको जेल सजाय भएको छ । यस्ता मानिसलाई त जन्मकैद नै हुनुपर्ने हो भन्नुहोला । तर जापानको एक स्कुलका पूर्व प्रधानाध्यापक ताकाशीमा नामका ती व्यक्तिलाई बालिकाको नांगो तस्वीर खिचेको आरोपममा मात्र सजाय सुनाइएको छ । तर अरु आरोपमा भने उनले कुनै सजाय भोग्नु परेन । जापानी मिडियाहरुको रिपोर्ट अनुसार उनले नांगो तस्वीर…विस्तृत समाचार »

आश्चर्य पार्ने पृथ्वीका १० विशाल तस्वीरहरु, जसले सबैलाई जगाउँछन

काठमाडौं । बीबीसी अर्थले आफ्ना पाठकलाई विशाल बृथ्वीका अद्भूत तस्बीर सार्वजनिक गरेको छ। धेरैजसो मानिसलाई ठूलो आकारका बस्तु राम्रो लाग्छ। ठूलो जनावर, ठूलो घर, ठूलो सफलता इत्यादि। जुन तल तस्वीरमा हेर्नुहोसविस्तृत समाचार »

जुम्लाका बाजेको शरीर भन्दा टुप्पी लामो

१०, मंसिर जुम्ला ।  जुम्ला जिल्ला सानीगाउँ गाविस वडा नं ५ फुडर गाउँ निवासी ७९ बषिर्य माग्ले रोकायको टुप्पी शरिर भन्दा लामो छ । उनलाई आफ्नै टुप्पी वोक्न धौ छ । कतै मानिसहरुले टुप्पी देखे भने हेर्नेहरुको भीड हुन्छ  त्यसैले उनि  टुप्पी लुकाएर हिड्छन् । उनको टुप्पी ३ मिटर लामो छ । रोकायले २५ बर्ष देखि टुप्पी पाल्न थालेका हुन् । उनि  पुजारी भएका कारण…विस्तृत समाचार »

मुड फ्रेस पार्नुहोस्, उत्तम समय मिलाएर खिचिएका १६ तस्विर

तल प्रस्तु गरिएका तस्विरहरु उत्तम समय मिलाएर खिचिएका हुन् । विभिन्न साइटबाट प्राप्त गरिएका यि तस्विरहरु विश्वमै चर्चित छन् । तस्विर खिच्दा सन्दर्भ मिलाइएका यी तस्विर हेर्दा तपाई मुड फ्रेस हुने अपेक्षा सहित यहाँ पोष्ट गरिएको छ । विस्तृत समाचार »

गुजारा भत्ता चाहिए कसैसँग ‘सेक्स’ गर्न नपाइने

दक्षिण भारतको एउटा अदालतले हालै सम्बन्ध विच्छेद गरेका महिलाले आफ्नो पूर्व पतिबाट गुजारा भत्ता चाहिए कुनै पनि पुरुषसँग यौन सम्बन्ध गर्न नपाउने निर्णय गरेको छ। मद्रास उच्च अदालतका न्यायाधीश एस गागमुथुले यो निर्णय गरेका हुन् । तर, यो फैसलाको भाषाले सबैलाई चिन्तामा पारेको छ। यता न्यायाधीश नागामुथुका अनुसार गुजारा भत्ताका लागि एक महिलालाई यौन अनुशासन  कायम गर्नु आवश्यक छ। अपराधिक प्रक्रिया संहिताको धारा १२५ मातहत…विस्तृत समाचार »

global ime

runner bike

राजनीति

सभामुखमा नेकपाका सापकोटाले दिए उम्मेदवारी, राजपाको समर्थन

७ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद अग्नि सापकोटाले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले मंगलबार मध्यान्ह सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

​कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

७ माघ, काठमाडौं । पुष्पा भुसाललाई सभामुखको उम्मेदवार बनाउने तयारीमा रहेको कांग्रेस अन्ततः पछि हटेको छ । पार्टी संसदीय दलको कार्यसमितिको बैठकले सभामुख निर्वाचनमा उम्मेदवारी नदिई तटस्थ बस्ने निर्णय गरेको मीन विश्वकर्माले बताए । 

सभामुखमा पुष्पा भुसाललाई अघि सार्ने काँग्रेसको तयारी

६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । ‘पार्टीमा यस विषयमा छलफल भइसकेको छ,’ कांग्रेसका एकजना नेताले भने,‘व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।’नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय

प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे

६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

भाजपा नेताको चेतावनी –५० लाख मुसलमानलाई लखेट्छौं

६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।  एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन, ‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’ उनले अगाडि भनेका छन, ‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’ 

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए

५ माघ, काठमाडौं । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् । यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।  घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top