cg electronics
nlic

विजय गच्छेदारसँग पराजित भगवती चौधरी भन्छिन् : धाँधली भो भोलि अदालत जान्छु


Thursday, 14 Dec, 2017 3:58 PM
सुनसरी क्षेत्र नंं. ३ मा नेपाली काँग्रेसका उम्मेदवार एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी एमाले उम्मेदवार भगवती चौधरीले पुनः मतगणनाको माग गर्दै अदालत जाने बताएकी छिन् । मतगणनाका क्रममा सुरुवातदेखि नै अग्रता लिँदै आएकी चौधरीले अन्तिम समयतिर आएपछि विजय गच्छदारसँग ३ सय ६२ मतान्तरले पराजित भएपछि धाँधली भएको दाबी गरेकी हुन् । मुख्य निर्वाचन अधिकृत, सिडियो तथा प्रहरीको मिलेमतोमा आफुलाई पराजित गराइएको दाबी गर्दै उनले अब न्यायका लागि अदालत जाने सोच बनाएकी हुन् ।  चौधरीसँग गरिएको कुराकानीको अंश :

तपाई झिनो मतान्तरले पराजित हुनुभयो, यसलाई कसरी लिनुभएको छ ? 

नक्कली मुचुल्का बनाए, मतगणनाका क्रममा व्यापक धाँधली गरियो । तपाईंले वडा वडामा गएर सर्वेक्षण गर्नुभयो भने पनि थाहा हुन्छ यहाँ कसको लोकप्रियता छ भनेर ।  यहाँको एसपी, सिडियो, निर्वाचन अधिकृत मिलेर धाँधली गरे । सिडियो स्पटमा देखिएनन् । एसपी विद्यानाथ स्वयं रुखमा छाप लगाउनुस भनेर मैदानमा खटिए । इन्सपेक्टरहरु पनि त्यसैगरी लागे । म इन्सपेक्टरहरुको नाम भन्छु, शेषनारायण, मेघराज थापा, शैलेस न्यौपाने, ढुन्डी गिरी हुन् । ढुन्डी गिरी र शैलेश न्यौपानेलाई चुनाव हुनु पाँच छ दिन अघि सरुवा गरेर ल्याएइको थियो । सन्तोष पोखरेल इन्सपेक्टरलाई रक्सी खाएर झगडा गरेको आरोप लगाएर निकाल्दै शेषनारायणलाई ल्याएको थियो । सन्तोष पोखरेलले गच्छेदारको कुरा टेरेनन् । गच्छेदारको घरमा बोलाइरहेको थियो, त्यहाँ जान नमानेपछि उनलाई चाँही उनैको मान्छे लगाएर रक्सी खुवाएर त्यसलाई निकाल्न लगायो । चुनाव सकिएपछि इन्सपेक्टर शैलेस न्यौपानेले पाँच थान मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा नलगेर आफ्नो कार्यालयमा लगेका थिए । हामीले थाहा पाएर तुरुन्त लगिहाल्नुस भन्दा भन्दै पनि अटेर गरेर पछि लगेको थियो । सत्ताको चरम दुरुपयोग गरेर धाँधली भएको छ । 

धाँधली भएको दाबी गरिहनुभएको छ, अब के गर्नुहुन्छ ?

अब कोर्टमा जाने हो, कानुनी उपचार लिने हो, म सांसद बन्न पाँउदिन भने उसले पनि पाँउनुहुँदैन । उ जनताको अभिमतले जितेको हैन, धाँधली गरेर जितेको हो । चुनावको बीचमा प्रहरीको सरुवा गर्यो  । हाम्रो मान्छेलाई त्यो एसपीले पटक पटक सार्वजनिक अपराधको मुद्धा लगायो । इन्सपेक्टर, सई, असई सबै आचारसंहिता विपरित सरुवा गरेर ल्यायो । एसपीलाई अगाडि नै ल्याएको थियो । अरुलाई एक हप्ताको बीचमा ल्याएको थियो । 

तपाईं अघिल्लो पटक पनि त पराजित हुनुभएको रहेछ नि ? 

अघिल्लो पटक पनि मत गन्नेले नै मेरो धेरै मत बदर गराईदियो । लाइन नछोएको मतलाई पनि बदर भन्यो । यसपाली पनि मत गन्न ढिलो गर्यो , हामीले छिटो छिटो मत गनिदिनुस भनेका थियौँ, किन ढिला गर्यो  भनेको यिनिहरुको सेटिङ मिलिसकेको रहेनछ । निर्वाचन अधिकृतलाई किनिसकेपछि मात्र उनीहरुले छिटो छिटो गन्न भन्न थाले । अर्धकट्टी सहितको मतपत्र फेला परेपछि त्यसको सिरियल नम्बर चेक गर्न खोज्दाखेरी त्यो पनि हेर्न दिएनन् । गोपनीयता भंग हुन्छ भने । के को गोपनीयता भंग हुन्छ, जनताले सुचनाको हक पाँउछन् भने म त उम्मेदवार हुँ । तपाईहरुले अर्धकट्टी सहितको मतपत्रमा रुखको मत सदर गर्नुभो, मैले हेर्नपाँउनुपर्छ भनेर माग गर्दा पनि अटेर गर्यो  । निर्वाचन अधिकृत टिकाभुषण घिमिरे र मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम दाहालले हेर्न दिनुभएन । हरेक बुथबाट तीस चालीस वटा मत बदर गरिदियो । 

अब तपाईं के गर्नु हुन्छ त ? 

जति मत बदर गराएको छ, त्यसको फेरि गणना हुनुपर्छ । पुनःमतगणना भयो भने हुन्छ । सूर्य चिन्हमा छाप लागेको मतपत्रमा २० रुपैयाँ भेटियो भनेर पनि बदर गर्यो  रे । त्यो कसरी भेटियो, हाम्रा प्रतिनिधिलाई किन देखाएन् । मतपत्रमा गम लगाएर, स्टिच लगाएर टाँसेको त थिएन् । त्यस्तो पनि साना तिना हरेक कुरा देखाउँदै बदरको बदर गर्यो  । त्यो सूर्य चिन्हको २० रुपैयाँ त भन्न मिलेन नी । अरु मतपत्रको पनि होला ।  हामीले अर्धकट्टी सहितको मतपत्र भेटाँउदा त्यसको सिरियल नम्बर चेक गर्न पनि दिएन् । जति पनि त्यो बुथमा मत खसेको थियो, अर्धकट्टी सहितको मतपत्र फरक थियो र हामीलाई चेक गर्न नदिएको होला । अनि एउटै खालको औठाछाप मतपत्रको अर्धकट्टीमा थियो । कोही भोटरले त सिग्नेचर पनि गर्छ, फरक फरक खालको औठाछाप पनि लगाँउछ, तर सबैमा एउटै थियो । त्यसैले हामीले शंका लागेर चेक गर्न दिनुस भन्यौँ तर दिएनन् । अब न्यायको लागि मुद्दा त लड्नुपर्छ । हामीले सबै तथ्य जम्मा पार्दैछौँ । प्रेस विज्ञप्ति पनि गर्छौँ । भोलि काठमाडौं आएर कानुनव्यवसायीहरुसँग सल्लाह गरी सर्वोच्चमा वा संवैधानिक अदालतमा मुद्दा हाल्छु ।                       


Ruslan

paicho

bussewa

राजनीति

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौ ।  राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५\७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले 

राष्ट्रियसभा बैठक शुरु

१३ जेठ, काठमाडौ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्री ओलीले यही जेठ १० गते राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए । छलफलका क्रममा तीन संशोधनसहित राष्ट्रियसभा सदस्यले आफ्ना धारणा राखेका

​ट्रेड युनियन काँग्रेस प्रदेश–३ मा कार्की

१२ जेठ काठमाडौँ  । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष )महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष )सेवा) मा लीलानाथ चौलागार्इं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, 

अन्तर्राष्ट्रिय

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जोन उनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए। शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो। उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

उत्तर कोरियाले दक्षिण र अमेरिकासँग सम्बन्ध सुधार्न गर्यो यस्तो ‘ब्रेक थ्रु’

१० जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण स्थलमा रहेको सुरुङलाई ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरअनुसार उत्तर कोरियाले कोरियाई प्रायद्विपमा रहेको तनाव कम गर्न यो कदम उठाएको हो । परमाणु परीक्षण स्थलको नजिक उपस्थित कयौं विदेशी पत्रकारहरुले त्यसक्रममा एक ठूलो विस्फोट देखेको बताएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top