syangyong
nlic

​नेपालमा गोर्खा पल्टन राख्न प्रस्ताव गर्ने बेलायतलाई चन्द्र शमशेरले दिएका थिए यस्तो जवाफ


Saturday, 7 Jul, 2018 1:41 PM
ब्रिटिश इण्डियाका परराष्ट्र सचिवले नेपालका महाराज चन्द्रशमशेरसँग लामो परिसंवाद गरेका थिए । प्रथम विश्वयुद्धमा ब्रिटिशलाई ठूलो धनराशी र जनशक्तिको सहायता गरेका चन्द्रशमशेरले अघि जंगबहादुरले नयाँ मुलुक पाएजस्तै चाहेको जमिन फिर्ता पाउँला भन्ने आशाभरोसा राखेका थिए । त्यसैले पनि उनले विश्वयुद्धमा ब्रिटिशलाई मन फुकाएर सहायता दिएका थिए ।

उनले आफ्ना छोरा–भतिजाहरू बबरशमशेर, केशरशमशेर र पद्मशमशेरको नेतृत्वमा करिब सत्र हजार तालिमी नेपाली पल्टन पठाएका थिए । त्यस अतिरिक्त ब्रिटिश सरकारले चाहेजति शूरवीर रङ्गरुट भर्ना गर्न पनि खुला छूट दिएका थिए । आफ्नो ढुकुटीको नगद पनि दश लाख पाउण्ड जति दिएका थिए । 

यसरी अर्काको लागि लडिएको यस महायुद्धमा नेपालको असंख्य जन क्षय, धन व्यय भयो । चन्द्रशमशेरले मानपदवी पाए, प्रतिवर्ष दश हजार नगद रुपैयाँ पनि पाउने भए, तर चाहेजस्तो प्रतिफल भएन ।

उल्टो, ब्रिटिशले परराष्ट्र सचिवमार्फत एक अर्को प्रस्ताव राख्यो– ब्रिटिश पल्टनलाई चार भाग गर्ने र पाँच वर्ष काम गरेकालाई महिनाको ६ रुपैयाँ तलब दिने  । त्यो प्रस्ताव सुन्नासाथ चन्द्रशमशेरले ठाडै अस्वीकार गरे ।

उनको भनाइ थियो, ‘अहिले पल्टन भर्ना गर्न मानिस नै पाउन छोडिसके, फेरि काम नगरी घर बसी–बसी तलब खान पाइन्छ भने नोकरी गर्ने को मान्छे पाइन्छ ! तपाईं भन्नुहुन्छ, देशमा धन आउँछ, आय वृद्धि हुन्छ, देशको इज्जतको लागि त्यस्तो नाफा–नोक्सानको केही महत्व हुँदैन ।’

यसमा ब्रिटिश सचिव अझ ढिपी गर्दै जोड लाउँथे, ‘होइन, तपाईंका सैनिकहरू तालिम लिन इण्डिया वा कुनै केन्द्रमा जानु पर्दैन, हाम्रा तालिमप्राप्त अफिसरहरू यहीं आएर तालिम दिनेछन्’ भन्दै ।

यसमा चन्द्रशमशेरको प्रत्युत्तर थियो, ‘यसरी अंग्रेजको तलब खाएका अंग्रेज अफिसरले तालिम दिएका पल्टन यहाँ राख्ने हो भने तपाईंकै देश जस्तो यो भइगयो । देशै बेचेजस्तो भएन र ? कथंकदाचित तपाईंका अफिसरलाई हाम्रो मान्छेले मारिदिए भने अरू देशमाजस्तो युद्ध पनि हुन सक्छ । नेपाललाई यस्तो खतरामा पार्न सकिंदैन । तपाईंहरूको मन सधैं राम्रो बुझिएन, यस्तो कुरो उताबाट उठेर आयो भने म लेखेरै जोडदार प्रतिवाद गर्नेछु, हेक्का रहोस् ।’

अघि जंगबहादुरले पनि अंग्रेजलाई यस्तो जवाफ दिएका थिए, रिकुट भर्ना माग्दा । उनले अंग्रेज रेजिमेन्टमा गोर्खालाई रिकुट भर्ना गर्न देऊ भन्दा हाम्रा मान्छे तपाईंहरूलाई वापबैरी ठान्छन्, केहीजानी तपाईंका अफिसरलाई हाम्रो सिपाहीले मारिदिए भने त्यसको जवाफदेही मेरो हुन्छ, त्यसकारण गोर्खा रेजिमेन्टमा नेपाली रिकुट भर्ना हुन दिन मिल्दैन भने, दिएनन् पनि ।

पछि पञ्चायतकालमा पनि पश्चिमा राष्ट्रहरूले नेपालमा (उतैको तलब खाने एकलाख गोर्खाली रिजर्भ पल्टन राख्ने प्रस्ताव गरेका थिए । राजाबाट  इन्कार हुँदा यो कुरा प्रकाशमै आएन ।)

श्री ३ महाराज चन्द्रशमशेर र ब्रिटिश इण्डियाका परराष्ट्र सचिव कर्णेल हाल्याण्डबीच भएको संवाद

क. हाल्याण्ड– एउटा कुरा तपाईसँग गर्नुछ । हाल बृटिश इंडियन आर्मीमा केही रिफर्म गर्न तजविज भै रहेछ । अहिले ठेगाना भैसकेको ता छैन । सर तजविज के हुन लागेको छ भने इंडियन आर्मी चार हिस्सा गरी तिनवटा याक्टिभ एउटा रिजर्भ गरी राख्ने । याक्टिभ पट्टी ५ वर्ष नोकरी गरेपछि रिजर्भमा राख्ने । रिजर्भमा दुई फ्याक गराई पहिला फ्याकलाई ५ वर्ष सम्म ६ रुपैयाँ महिनाको तलब दिने । दोस्रा ०५ वर्षलाई ४ रुपैयाँ महिनावारी दिने रिजर्भिष्ट राख्ने अंजाम हुन लागेछ । 

श्री ३– यो कुरा म मंजुर गर्न सक्तिन । अहिल्यै पनि मानिस नपाई हाम्रो पल्टनमा भर्ना राख्न कठिन भैसकेको छ । यहाँ मुलुकमा तपाईंहरुले रिजरभिष्ट राखी महिनाको ४÷६ रुपैया घर बसी खान दिनुभयो भने हाम्रो काममा तलबको नोकरीमा मानिस कसरी पाइएला । अहिल्यै पनि पल्टनको तलब बढाई दिनु परिसक्यो । 

क. हाल्याण्ड– यसबाट रुपैयाँ मुलुकमा आउने हुन्छ ।

श्री ३– त्यो फाइदा नोक्सानको सामने केही छैन भने पनि हुन्छ ।

क. हाल्याण्ड– रिजर्भिष्ट तालिम गर्नलाई पनि ती मानिसहरू गोरखपुरमा वा अरु ठाउँमा गैरहनु नपर्ने गरी यही मुलुकभित्रै ठाउँठाउँ सेंटर गरी तहीँ ब्रिटिस अफिसरहरू आई तालिम गर्ने गरे सुविस्ता हुने देखिन्छ ।

श्री ३– तेस्तो कुरा कहिल्यै मन्जुर होइसक्तैन । त्यस्तो कुरा मंजुर गर्नु ता मुलुक बेचेजत्तिकै हुन जानेछ । मानिसहरूले पनि त्यस्तो ख्याल मिलेछन । फेरि अर्को कुरा बृटिश अफिसर नेपालमा आई काम गर्न लागेमा कसैले मारिदियो भने चीन इत्यादि ठाउको दृष्टान्त देखिहालियेकै छ । 

सरकारलाई जवाफदेही गराउने छन् । त्यसैबाट लडाइसम्म हुन जानु पनि बेर लाग्ने छैन । देखादेखी आफ्नो मुलुकलाई त्यस्तोमा पार्न म सक्तिन । त्यसबाट तपाईहरूको खराब (मनसाय) रहेछ भंन्या समझ हाम्रो मानिसको मनमा नपरी छाड्ने छैन । मेरो यो राय साफसाफ तपाईलाई भनेको छु । यसको ख्याल रहोस् । सो ख्याल राखी तपाईहरूको यसमा केही भन्नु छ भने लेखी पठाउनुहोस् म लिखतैबाट जवाफ दिउँला ।

क. हाल्याण्ड– हुन्छ ।

श्री ३– तपाईहरूको जे जातको आया पनि मानिस पल्टनमा भर्ना गरिदिनु भयाको छ । लडाका जातबाहेक अरु राख्नाले पछि गोर्खाली पल्टनको नाममा दाग लाग्न जाला भन्ने संदेह लाग्छ ।  फेरि सार्की, कामी इत्यादि छोटा जातकालाई तपाईहरूले नोकरीमा लिईदिनाले दुनियांको व्यवहारै पनि चल्न कठिन हुन लागिरहेछ । मालताल पनि साह्रै महंगा हुन लागेको छ ।  यो लडाइले गर्दा मुलुकमा यतिको मानिस कम भइसकेको छ कि केही वर्षपछि तपाईंहरूको २० गोर्खा व्याटालियनलाई पनि रिकुट पाउन कठिन हुन जानु केहीबेर छैन । यहाँ हाम्रो पल्टनलाई मानिस नपाइनाले अघिभन्दा तलब बढाई ९/१० रुपैया महिनावारी खाने गर्नु परिसक्यो । बाली खाने पुराना पल्टनमा मात्र बेसी तलब पर्ने हुनाले केही रिकुट पाईन्छन् । तपाईं तलब बढ्ता दिनुहुन्छ रेल बाहातही सिमानासम्म आयकाले पाहाडका मानिसहरू थोरैलाई यहाँ काठमाडौं आउनुभन्दा बृटिश मुलुकमा जानु सजिलो भै रहेछ । तेसैले पनि हामीलाई रिकुट मिल्न कठिन हुँदै आयाको हो ।
  • स्रोत : नेपालका ऐतिहासिक दस्ताबेज 

     


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top