syangyong
cg

हरेक महिलाले सलाम गर्नुपर्ने नाम ‘चन्द्रसमशेर’


Monday, 22 Jan, 2018 12:31 PM
सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो । बि सं १९१०मा जंगबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए । तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइएको इतिहाँसमा पढ्न पाइन्छ । जंगबहादुर राणाले १६ बर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए । यद्यपि बि सं१९७७ सालमा चन्द्र शमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका नायक मानिन्छ । 

सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् । सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ असल पत्नी हुन्छ ।

नेपाली बृहत् शब्दकोशमा ‘सती’को अर्थ आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री, पतिव्रता, साध्वी हो, अर्थात् पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री ।’ पतिको मृत्यृपछि उसको पार्थिव शरीरसँगै चितामा बसेर देहत्याग गर्ने चलनलाई सती–प्रथा भनिन्थ्यो ।  
सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो । यो प्रथा नेपालमा वि.सं. १९७७ साल असार २५ गतेदेखि ऐनद्वारा निषेध गरी बन्द भएको छ । 

नेपालमा हजारौं वर्षसम्म चलेको सती–प्रथाको अन्त्य भएको पन्चानब्बे वर्ष भइसक्यो । सती–प्रथा नेपालमा  कहिलेदेखि चल्दै आएको हो, यकिन छैन । त्यो क्रूर प्रथा प्राचीनकालदेखि नै प्रचलित थियो । वैदिककालदेखि चल्दै आएको सती–प्रथा हिन्दु समाजमा  नैतिक कानुन जस्तै हुँदै आयो ।
हिन्दु समाजमा विधवा नारीलाई एकातिर हेलाको भावले हेरिन्थ्यो भने अर्कोतिर लोग्नेको पार्थिव शरीरसँगै देहत्याग गरेमा परलोकमा पनि पतिसँगै रहन पाइन्छ भने अन्धविश्वासी धारणाले जरा गाडेको थियो । पतिको पार्थिव शरीरसँग जान नसकेमा पतिको अपमान भएको विश्वासको घेराभित्र बाँधिएका विधवाहरु सती जान आनकनी गर्दैनथे । त्यसैले समाजमा सती–प्रथाले स्थान पाइरहन सकेको हो ।  

अझै मल्लकालमा बालविवाह र बहूविवाहको् बाहुल्यता थियो । जसले गर्दा सती–प्रथाले अझ फराकिलो स्थान ओगट्दै आएको पाइन्छ । उपत्यकाका मल्ल राजाहरुका कैयांैँ रानीहरु सती गएको उल्लेख पाइन्छ । राजा रुद्रमल्लका ४ रानी, शिवसिंह मल्लकी एउटी रानी सती गएकी थिइन् । योगनरेन्द्र मल्लका ३३, पाथिर्वेन्द्र मल्लका २४ र प्र्रताप मल्लका ९ वटी रानीहरु, नृपेन्द्र मल्लका ९ रानीहरु सती गएका इतिहास पढ्न पाइन्छ । 
राणा शासनलाई हामीले नकारात्मक दृष्टिले हेर्दछौं, तर राणाकालमा नेपालमा केही यस्ता उल्लेख्य कामहरु पनि भएका छन् जसलाई भविष्यले पनि सम्झने छ । सती–प्रथा जस्तो भयानक नरवलि रोक्नका लागि कानुनी हिसाबले अगाडि बढ्ने राणाहरु नै हुन् । वि.स. १९१० मा जङ्गबहादुर राणाले सती–प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनाए ।
जसमा  १६ वर्षभन्दा कम उमेरका सती जान नपाउने, ५ वर्षभन्दा कम उमेरका छोराछोरी हुनेले सती जान नपाउने, दुई जीउ भएकाले सती जान नपाउने, छोराको मृत्यृमा सती जान नपाउने, दासीहरु सती जान नपाउने आदि । त्यसबाट नेपाली विधवा महिलाहरुले केही राहत त पाए तर यी बाहेक अरु विधवा सती जाने प्रचलन चाहिँ जस्ताको तस्तै बस्यो । त्यसकारण महिलाहरु अझै चितामा जल्नुपर्ने बाध्यता रहिरह्यो र सती–प्रथाको अन्त्य हुन सकेन ।  

सती–प्रथाको अन्त्य गर्ने श्रेय प्रधानमन्त्री चन्द्रशमशेरलाई छ । नेपाल प्रज्ञा प्रतिष्ठान्को बृहत् शब्दकोशअनुसार १९७७ सालको असार २५ मा सामाजिक कलङ्कको रुपमा हजारौं वर्षदेखि जरा गाडेर रहेको सती–प्रथा हटाउने नियम कानून बनाएर सती–प्रथाको अन्त्य भएको घोषणा चन्द्रशमशेरले गरे । प्रारम्भमा केही अन्धविश्वासीहरुले चन्द्रशमशेरको यस कार्यको विरोध गरे पनि उनले सती–प्रथा सदाका निम्ति अन्त्य गरेरै छाडे । 
विश्वमा महिला मुक्तिको अवसरमा र उनीहरुको सम्झनामा  विभिन्न दिवसहरु मनाउने चलन चल्दै आएको छ । अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मार्च ८ मा मनाइन्छ । नेपालमा पनि  महिलाहरुले  आफ्नो अधिकारको सुरक्षा र मुक्तिको कुरालाई लिएर यो दिवस मनाउँदै आएको छ । तर नेपालमा नै हजारौं वर्ष पहिलेदेखि प्रचलनमा आएको सती–प्रथाको अन्त्य भएको र महिलाले मुक्ति पाएको  दिन भने सबैले बिर्सिएका छन् । 
सती–प्रथाको कारण कैयौं महिलाहरुको वलिदान भयो । ती निर्दोष महिलाहरु जबरजस्ती जिउँदै आगोमा जल्न बाध्य भए । निकै क्रुर मानिएको सतिप्रथा हटेको सय वर्ष पनि नपुगेको अवस्थामा हाम्रो समाज कुन अवस्थमा थियो भनेर कल्पना गर्न गाह«ो थिएन । धर्ममा आधारित रीति र संस्कृती हटाउने कुनै काम कम चुनौतीपूर्ण होइन । अहिले बलिप्रथा जस्ता विभिन्न कुराहरु चाहेर पनि रोक्न सक्ने अवस्था छैन । त्यसैले चन्द्र सम्शेरले गरेको त्यो निर्णय आम नेपाली माथिको मुक्ति हो महिलाका लागि मात्र नभए । त्यहिँबाट सुरु भएको हो महिला मुक्ति अभियान । अहिले पनि महिलाहरुलाई केही समस्याहरु रहेपनि क्ररताको अवस्था छैन । त्यसैले हरेक महिलाले सलाम गर्ने नाम हो चन्द्र सम्शेर । अझैपनि दाइजो प्रथा, बलात्कार, शोषण जस्ता कुरा छन् तर त्यसो गर्ने विरूद्ध कानुन छ, जसले दण्ड दिन्छ । धर्ममा आधारिक एउटा क्रुर संस्कृतीलाई उन्मुलन गर्ने चन्द्र सम्शेर हरेक महिलाका लागि आदर्श छन् । 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top