siddhartha

१० वर्षको उमेरमै टुहुरो बनेका चार्ली चाप्लिन कसरी बनेका थिए विश्वविख्यात हाँस्यकलाकार ?


Saturday, 9 Sep, 2017 12:39 PM

१६ अप्रिल १८८९ मा बेलायतको लण्डनमा जन्मिए । चाल्र्स स्पेन्सर चाप्लिन उनको नाम रह्यो । उनै बालक अन्ततः विश्वभर चर्चित बने चार्ली चाप्लिनको नाममा । हाँस्य जगतकै विश्व विख्यात कलाकार चार्लीलाई मुत्युपछिका कयौं वर्षसम्म पनि मान्छेहरुले बिर्सिन सकेका छैनन् । इन्टरनेटमा भेटिने उनका प्रस्तुति हेरेर अहिलेको जेनेरेसनले समेत मेट मिचिमिचि हाँसिरहेको छ । 

चार्लीका बाबु एक गायक थिए, तर उनको अभिनय पनि कम थिएन । गायक र अभिनेताको छवी बाबुको थियो भने आमा गायिका तथा अभिनेत्री । चार्लीकी आमा रंगमञ्चमा लिली हार्लेको नामले चर्चित थिइन् ।

जन्म राम्रो परिवारमा थियो तर, दैवले चार्लीमा पितृत्व र मातृत्व प्रेम बाल्यकालमै खोसिदियो । उनी १० वर्षको छँदै बाबुले संसार त्यागे । बाबुको मृत्युसँगै आमाको हालत खराब भयो, दिमाग खल्बलियो । त्यसपछि उनी एक्लोजस्तो भए ।

सानै उमेरमा आमाबाबुको माया र ममताबाट बन्चित चार्ली दाजु सिडनेको बाल्यकाल दुःखद रह्यो । तर, होनहार आमाबाबुबाट जन्मजात पाएको प्राकृतिक प्रतिभालाई चाप्लिन दाजुभाइले उत्कृष्ट रुपमा आफ्नो कार्य प्रगतिको मार्ग बनाउन संघर्ष गरे । 

चार्लीले ‘द एट लंकाशायर लेड्स’ नामको एक किशोर समूहको सदस्य बनेर पेशा सुरु गरे । यहीँबाट उनको सफलताको कहानी सुरु भएको छ । उक्त समूहमा उनले निकै चर्चा कमाएका थिए । 

करिअर सुरुवात 
१२ वर्षको उमेरमा उनलाई लेजिटिमेट मञ्च शो मा अभिनय गर्ने पहिलो अवसर मिलेको थियो । उक्त शोमा उनले ‘शेरलक होम्स’ मा विलियम जिलेटको समर्थनमा ‘बिली’ केटाको भूमिका देखाएका थिए । त्यसपछि चार्लीले पेशेवर हास्य कलाकारको रुपमा करिअर सुरु गरेका थिए । अन्ततः उनी १९०९ तिर फ्रेड कार्नो पान्टोमिम ट्राउप कम्पनीमा आवद्ध भए । उनी एउटा कमेडिक स्केचको रुपमा अंग्रेजी म्यूजिक हलमा कमेडिक स्केचको रुपमा काम गर्न थाले ।

कार्यक्रमहरु गर्दै जाँदा उनी अमेरिकी दर्शकमाझ् रुचाइए । छोटो समयमै उनी हिट भए । विशेषगरी उनको ‘अ नाइट इन इंग्लिश म्यूजिक हल’ नामक एक स्चेचमा उनले निभाएको पात्रलाई निकै मन पराए । १९१२ मा फ्रेड कार्नो पुनः अमेरिका आएका थिए । त्यो बेला चार्लीलाई एउटा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आयो । 

अन्ततः उनले नोभेम्बर १९१३ मा पिहलो पटक आफूलाई क्यामेराको अगाडि प्रस्तुत गराउन सफल भए । म्याक सेनेट र किस्टोन फिल्म कम्पनीमा प्रवेश गरेकै महिना उनले आफ्नो कदमलाई पहिलोपटक सिने जगतमा हालेका थिए । उनको प्रारम्भिक तलब प्रतिहप्ता एक सय ५० डलर थियो । तर, स्क्रिनमा रातारात सफलता प्राप्त गर्दै चार्लीले अन्य थुप्रै निर्माताहरुलाई आफूसँग काम गर्न प्रोत्साहित गरेका थिए । 

सेनेटसँगको आफ्नो सम्झौता सकिएलगतै चार्ली १९१५ मा ठूलो सेवासुविधासाथ एस्सेन कम्पनीमा प्रवेश गरे ।  त्यति नै बेला बेलायतबाट उनका दाजु सिडने अमेरिका आए र उनले किस्टोनसँग सम्झौता गरेर आफ्नो चार्लीको ठाउँमा आफूलाई मुख्य कमेडियनको रुपमा स्थिापित गरेका थिए ।

अर्को वर्ष चार्लीको माग झन् बढ्यो । म्युचुअल फिल्म कर्पोरेसनसँग उनले दुई रिल कमेडी बनाउन ठूलो राशिसहित हस्ताक्षर गरे । यसमा ‘द फोरवाकर’, ‘फायरम्यान’, ‘द वगाबण्ड’, ‘वन  एएम’ (जसमा उनले पूरै दुई रिलमा एक्लै अभिनय गरेका थिए), ‘द काउन्टेस’, ‘द पाउनशप’, ‘बिह्यान द स्क्रिन’, ‘द रिंक’, ‘इजी स्ट्रीट’ (त्यो समयसम्मकै उनको सबैभन्दा राम्रो निर्माणको रुपमा लिइएको थियो), ‘द क्यूर’, ‘द इमिग्रेन्ट’ र ‘द एडभेन्चर’ उनका चर्चित कमेडी फिल्म हुन् ।
स्वतन्त्रता पाउनको लागि
१९१७ मा म्युचुअलसँगको सम्झौताको समाप्तिपछि चार्लीले आफैँ फिल्म बनाउने सोंचमा पुगे । आफैँ फिल्म बनाउँदा धेरै स्वतन्त्रता मिल्ने भएकाले निर्माता बन्ने रहर चल्यो । उक्त समयसम्म उनी हलिउडको आवासीय क्षेत्र ला ब्रेआ एवेन्यूडे र डे लोङपेरको कुनामा आफ्नै स्टूडियो बनाउने काममा व्यस्त भएका थिए ।

१९१८ को सुरुवातमा चार्लीले आफ्नो तस्विरको फाइदा लिन बनाइएको एक नयाँ संस्था फस्र्ट नेशनल एक्सपिबिटर्स सर्किटसँग सम्झौता गरे । उक्त नयाँ सोंच र सम्झौताका साथ आफ्नो पिहलो फिल्म ‘अ डग्स लाइफ’ नामक फिल्म निमार्ण गरे । यो फिल्मपछि उनले ‘द बण्ड’ निर्माण गरे जसलाई अमेरिकी सरकारले ‘लिबर्टी लोन ड्राइभ’लाई लोकप्रिय बनाउन प्रयोग गरेको थियो । 

उनले युद्धलाई केन्द्रीत गर्दै १९१८ मा अर्को कर्मसियल फिल्म ‘सोल्डरस आर्म’ निर्माण गरेका थिए । सो फिल्म समयसापेक्ष भएकै कारण उक्त फिल्म बक्स अफिसमा निकै हिट भएकाले यो फिल्मले चार्लीको लोकप्रियतालाई दर्शकमाझ अझ बढाएको थियो ।

‘सोल्डरस आर्म’ को सफलतासँगै उनले १९१९ मा  ‘सन्नीसाइड’ र ‘अ डेइज प्लेजर’ दुवै फिल्महरु प्रर्दशन गरेका थिए । सोही बर्ष अप्रिलमा चार्लीले ‘मेरी पिकफोर्ड’, ‘डगलास फेयरबैंक्स’ र डिजे ग्रिफिथको साथ ‘युनाइटेड आर्टिस्ट कर्पोरेसन’ बनाउन हात मिलाएका थिए ।

यद्यपि, उनले युनाइटेड आर्टिस्ट कर्पोरेसनमा आफ्नो जिम्मेवारी ग्रहण गर्नुअगावै उनलाई आफुले ‘फस्र्ट नेशनल’सँग गरेको सम्झौता पूरा गर्नका लागि १९२१ मा ‘द किड’ नामक ६ रिलको ‘मास्टर पिस’ फिल्ममा काम गर्नु परेको थियो । यस फिल्ममा उनले विश्वकै सबैभन्दा चर्चित बाल कलाकार ज्याकी कोगनलाई पर्दामा पहिलो पटक उतारेका थिए । यसलगत्तै चार्लीले १९२१ मै अर्को फिल्म ‘द आइडल क्लास’ मा पनि काम गरे जसमा उनको दोहोरो चरित्रको चित्रण गरिएको थियो ।

१९२१ मा नै फिल्म ‘द आइडल क्लास’ सकाएपछि चार्लीले फिल्म लाइनलाई केही बिराम दिएर युरोपका लण्डन, पेरिस, बर्लिनमा छुट्टी मनाएका थिए । 

युरोपमा छुट्टी मनाएर आएलगतै उनले पुनः फिल्ममा काम गर्न सुरु गरेका थिए । ‘अ ओमेन अफ परिस’ (१९२३), ‘द गोल्ड रस’(१९२५), ‘द सर्कस’(१९२८), ‘सिटी लाइट’(१९३१), ‘मोर्डन टाइम्स’(१९३६), ‘द ग्रेट डिटेम्टर’(१९४०), ‘मान्सियर भेरडोक्स’(१९४७), ‘लेमलाइट’(१९५२), ‘अ किंग इन न्यू योक’(१९५७) र ‘अ काउन्टेस फर्म हङकङ’(१९६६)जस्ता थुप्रै फिल्ममा अभिनय गरेर दर्शकहरुलाई हँसाएका थिए ।

१९६६ मा निर्माण गरिएको ‘अ काउन्टेस फर्म हङ्गकङ्ग’ नै चार्लीको अन्तिमा फिल्म हो । यो उनको एकमात्र रंगिन फिल्म पनि हो । यस फिल्ममा उनलाई सोफिया लोरेन र मार्लोन ब्रेन्डोले साथ दिएका थिए । यो फिल्म ‘अ काउन्टेस फर्म हङकङ’ १९३० को दशकमा एक परियोजनाको रुपमा सुरु गरिएको थियो । यो फिल्मा चार्ली एक जहाजको प्रबन्धकको रुपमा देखिएका थिए । यद्यपि यो फिल्म बक्स अफिसमा हिट भएन, तर गीतहरु साउण्ड ट्रयाकमा हिट भएका थिए । 

जीवनका अन्तिम वर्षहरु
चार्ली एक बहुमुखी प्रतिभाका धनी व्यक्ति थिए । उनले आफुलाई हाँस्य कलाकारबाहेक लेखक, संगीतकार र खेलाडीको रुपमा पनि प्रस्तुत गरेका थिए । उनले माइ ट्रिप अबरोड, अ कमेडियन सिज द वोल्ड, माइ अटोबायोग्राफी, माइ लाइफ इन पिक्चर नामका किताब लेखेका थिए ।
 
उनी एक संगीतकार पनि थिए । थुप्रै गितहरु लेखेर प्रकाशित पनि गरेका थिए । तीमध्ये सिंग अ संग, विद यू डियर इन बम्बे, देयर्स अल्वेयज वन यू कान्ट फर्गेट, स्माइल, इर्टनल्ली, यू अर माइ हिट छन् । फिल्मका सबै साउन्ड ट्रयाकहरुमा पनि उनकै संगीत हुने गथ्र्यो । 

चार्ली यस्ता हाँस्य कलाकार हुन्, जसले आफैँले फिल्म लेख्ने, अभिनय गर्ने, निर्देशन गर्ने, संगीत भर्ने र फिल्म बनाउने गर्थे । दुनियाँका दर्शकलाई निराश बनाउँदै चार्ली १९७७ को क्रिसमस डे को दिन यो संसारलाई सधाका लागि छोडेर गए ।

 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनकः नेता खनाल

८ असोज, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताए । 

​महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

८ असोज, महोत्तरी । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय

रहिनन् संसारकै धनी महिला

सौन्दर्य प्रसाधन बनाउने कम्पनी फ्रान्सीसी कम्पनी लरियलकी उत्तराधिकारी ललियन बेटनकोर्टको ९४ वर्षको उमेरमा निधन भएको छ । बेटनकोर्टको परिवारले यसको पुष्टि गरेको छ। लिलियन बेटनकोर्ट संसारको सबैभन्दा धनी महिला हुन् । सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो आँकलन गरिएको थियो ।

मेक्सिकोमा भूकम्पमा परेर मर्नेको संख्या २ सय ४८ पुग्यो

मेक्सिको । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । य

प्युर्टो रिकोमा ३५ लाख नागरिक बिजुली र पानीबिना अन्धकारमा

चक्रवातीय आँधी मारियाले क्यारेवयन टापु प्यूर्टो रिकोमा गम्भीर असर पारेको छ। आपतकालीन सेवासँग सम्बन्धित अधिकारीहरुले टापुमा बिजुली आपुर्तिसमेत बन्द भएको बताएका छन् ।

विचार / ब्लग

पूर्वनिर्वाचन आयुक्त गुरुङ भन्छन् – मधेशमा उमेद्वारले फकाउँछन्, धक्याउँछन, नमाने दन्काउँछन्

पहिले उनीहरुले फकाउँछन्, बोलाउँछन्, धम्क्याउँछन्, अनि तर्साउँछन्, भएन भने दन्काउँछन् । संविधानसभा निर्वाचनमा पनि जनकपुरमा ठूला–ठूला गेटहरु बनाए । त्यतिबेला आयोगले सारा गेटहरु भत्काइ दियो ।  दण्ड–जरिवाना गरियो । मोटरहरु ‘सिज’ गर्ने काम भयो । अब उनीहरुले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरिसकेका छन् । सबैको अगाडि, आफ्नै नाकमुनि त्यस्तो हर्कत हुँदा पनि मुख्य निर्वाचन अधिकृतले के ग-यो ? 

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 
Top