प्रकृतिविरुद्धको युद्ध बन्द गर : राष्ट्रसंघ महासचिव


Monday, 2 Dec, 2019 9:06 AM
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मानव जातिले प्रकृतिविरुद्धको युद्ध बन्द गर्नुपर्ने बताएका छन्। मड्रिडमा यो साता हुने जलवायु सम्मेलनको अघि उनले बयान दिँदै जलवायु परिवर्तनबारे सचेत गराएका हुन्।

के भने महासचिवले ?
जलवायु परिवर्तनका खराब असर झन् झन् उजागर हुँदै गर्दा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनका खतराका सामु विश्व अब पछाडि हट्नै नसक्ने स्थितिमा पुगेको चेतावनी दिएका छन्।स्पेनको राजधानी मड्रिडमा यो साता हुने जलवायु सम्मेलनको अगाडि बोल्दै उनले प्रकृतिमाथि मानवजातिले चलाएको युद्ध बन्द गर्नु पर्न भन्दै विश्वव्यापी तापक्रम वृद्धिसँग जुझ्न राजनीतिक इच्छाशक्ति जुटाउनु पर्ने बताए।

उत्सर्जन घटाउने सन्दर्भमा तोकिएका अन्तर्राष्ट्रिय लक्ष्य भेट्टाउन गरिएका प्रयास अत्यन्त अपर्याप्त रहेको उनले बताए। उनले ऊर्जाका लागि खन्ने र ड्रिल गर्ने काम बन्द गर्नुपर्ने बरु नवीकरणीय ऊर्जाले प्रस्तुत गरेका विशाल सम्भावनाको फाइदा लिनुपर्ने बताए।उनले मड्रिड सम्मेलनमा खासगरि विश्वका सबभन्दा धेरै प्रदूषक देशहरूबाट समाधानमा थप सहयोगको अपेक्षा गरेको बताए।जलवायु विनाशबाट जोगिन सकिने केही सम्भावना अझै रहेको उनले बताए।

चेतावनीको शृङ्खला
यसअघि गत साता राष्ट्रसंघको निकाय वातावरण कार्यक्रमले यदि विश्वव्यापी तापक्रम वृद्धि दरलाई डेढ डिग्री सेल्सियसको सीमाभित्र राख्ने हो भने देशहरूले कार्बन उत्सर्जन कटौतीसम्बन्धी तिनका महत्त्वाकांक्षालाई पाँच गुनाले बढाउनु पर्ने बताएको थियो।

राष्ट्रसंघको वातावरण कार्यक्रमले पेश गरेको वार्षिक उत्सर्जनसम्बन्धी प्रतिवेदनमा सबैले वर्तमान वाचा पूरा गरे भने पनि सन् २१०० सम्म विश्व ३ डिग्री सेल्सियसले बढ्ने उल्लेख थियो।प्रतिवेदनका लेखकहरूले धनी देशहरूले झन् चाँडो तिनका उत्सर्जन घटाउनु पर्ने उल्लेख गरेका छन्। हाल सबभन्दा धनी २० मध्ये १५ राष्ट्रसँग कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्यका लागि कुनै समयसीमा छैन।जी ट्वेन्टी समूहका सदस्य राष्ट्रहरू विश्वभरको कार्बन उत्सर्जनको ७८ प्रतिशत भागको लागि जिम्मेवार छन्।

ती देशमध्ये केवल इटली, फ्रान्स, युके र इयुले शून्य उत्सर्जनको दीर्घकालीन लक्ष्य बनाएका छन्।

विश्व जलवायु सङ्गठनले हरितगृह ग्यासको वायुमण्डलमा रहेको अत्यधिक परिमाणबारे प्रतिवेदन जारी गरे लगत्तै राष्ट्रसंघ वातावरण कार्यक्रमले उत्सर्जनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रधानमन्त्री ओलीको जन्मदिनमा सार्वजनिक बिदा

११ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ ।

प्रधानमन्त्रीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

११ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् ।

एमसीसी सम्झौता परिमार्जनसहित अनुमोदन हुन्छः प्रचण्ड

१० फागनु, नवलपुरः
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन एमसिसी परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय

कोरोनाभाइरस : चीनमा बिरामी घट्दै, अन्त बढ्दै

१० फागुन, काठमाडौ । चीनमा कोरोनाभाइरसका बिरामीको संख्या कम हुँदै गएको छ । तर दक्षिण कोरिया, इटाली र इरानसहित विश्वका अरु देशका भने कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएका पाइएको छ । अहिलेसम्म चीनबाहिर ८ जनाको ज्यान गएको र विश्वका २६ देशमा १२ सय भन्दा धेरै मानिसमा कोरोना भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । आजमात्रै दक्षिण कोेरियामा १ सय ४२ जना कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छन् ।

९ वर्षीय भयवित बालकको निर्मम कहानी

१० फागुन, काठमाडौं । ९ वर्षीय बालक, जो मर्न चाहन्छन् । कारण– अरुको हेपाई । यो घटनाले जोकसैको आँखाबाट आँशु झार्छ । बालककी आमाले हालै सार्वजनिक गरेको भिडियो अहिले विश्वव्यापी भएको छ । बालक हुन्, अस्ट्रेलियाका क्वाइडन बेयल्स । स्कूलमा उनीमाथि भएको बुली (हेप्ने र सताउने)का कारण उनी विछिप्त छन् । बेयल्सको शारीरिक अवस्थालाई लिएर हेप्ने काम भएको हो । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top