syangyong

​चुइंगम चपाउनु पनि स्वास्थ्यबर्दक, हेरौं यसका फाइदाहरु


Monday, 13 Nov, 2017 1:14 PM
केही समय यता अस्कर अवार्ड विजेता अभिनेत्री ब्राई लार्सनले चुइंगम चपाउँदा आफ्नो दिमागले निकै रनम्रोसँग काम गर्ने बताएकी थिइन् । प्राय मानिसहरुले कुनै न कुनै बेला चुइंगम चपाएकै हुन्छन् । यद्यपी सबै मानिस छुट्टाछुट्टै कारणले गर्दा चुइंगम चपाउने गरेका हुन्छन् । केही मानिसहरु मुख मिठो बनाउनको लागि चुइंगम चपाउने गर्छन् भने केही मानिसहरु आफ्नो सास गनाउने समस्या हटाउनको लागि चुइंगम चपाउने गर्छन् ।
यस बाहेक केही मानिसहरु खाना खाएपछि मुखबाट लसुन प्याजको गन्ध नआओस भनेर चुइंगम चपाउने गर्छन् । त्यस्तै केही मानिसहरु चुरोट खाएपछि मुखबाट आउने दुगन्ध हटाउनको लागि चुइंगम चपाउने गर्छन् । तर के चुइंगम चपाउनु स्वास्थको लागि हानिकारक छ त ? मानिसहरुले दैनिक उपभोग गर्ने वस्तुहरुको कति राम्रा पक्ष पनि छन् त कति नराम्रा पक्ष पनि छन् । त्यस्तै मानिसहरुको दैनिककी नै बनिसकेको चुइंगम चपाउने बानीको पनि यस्तै खालको राम्रा र नराम्रा पक्षहरु छन् । मानिसहरु स्वस्थ रहनका लागि प्राय सबै उपायहरु अप्नाउने गर्छन् जसले उनीहरुलाई रोग मुक्त गराउछ । 
स्वस्थ रहनको लागि हामी सन्तुलीत आहार, नियमित एक्सरसाइज गर्छौं । यो बाहेक धुम्रपान र जाडरक्सी छोड्ने र आफुलाई चिन्ता मुक्त बनाउने प्रयासहरु पनि गर्छौ । हामी आफुलाई अपडेट राख्नको लागि स्वास्थ्यसँग जोडिएका प्राय सबै जसो खबरहरु पढ्ने गर्छौ ताकी हामी सधैं स्वस्थ र निरोगी रहन सकौं । हामीले आफ्नो छुट्टाछुट्टै कारणले गर्दा चपाएको चुइंगमको पनि आफ्नो छुट्टै विशेषता छ । हेरौ र जानौ यसका केही उपयोगिताः
स्मरणशक्ति बढाउँछ 
सेन्ट लोरेन्स विश्वविद्यालयका मानोवैज्ञानिकहरुको एक टिमले हालै गरेको एक अध्ययनमा दैनिक चुइंगम चपाउनाले ब्रेनमा हिप्पोकेम्पसको रक्त प्रवाह बढ्न्को साथै दिमागमा अक्सीजनको प्रवाह पनि बढ्छ । यसले दिमागको सेल्स एक्टिभ हुन्छ र स्मरण शीक्त बढेर जान्छ ।

स्ट्रेस कम गर्छ 
अर्को एक अध्ययनका अनुसार चुइंगम चपाउनाले तनाव कम गर्नमा निकै नै लाभदायी हुन्छ । किनकी यसले दिमागमा अक्सीजनको प्रवाह बढाउँछ र ब्लडमा कार्टिसोल जस्तो हर्मोन उत्पन्न हुनबाट जोगाएँछ । जसका कारणले स्ट्रेस कम गर्छ ।
 
चिन्ता मुक्त

जसरी चुइंगम चपाउनाले स्ट्रेस कम हुन्छ ठिक त्यस्तै गरेर यसले दिमागमा अक्सीजनको प्रवाह बढाएर चिन्ता कम गर्न मदत गर्छ । त्यसैले कुनै पनि सभा र बैठकमा जानुभन्दा अगाडि चुइंगम चपाउने गरिन्छ ।

 तौल घटाउँछ
यदि तपाइंलाई निकै नै भोक लागेको छ र खाने कुरा केही छैन भने तपाईले चुइंगम चपाउन सक्नुहुन्छ यसले तपाईको भोक शान्त गराउँछ जसले गर्दा तपाई कम खाना खाने गर्नुहुन्छ । यसले तपाईको हेल्थ डाइट बनाउनुको साथै तपाईंको तौल घटाउनको लागि निकै फाइदाजनक हुन्छ । तर तपाईले आफुले चपाइरहेको चुइंलम शुगर फ्रि र कम क्यालोरी भएको हुनुपर्छ ।

कब्नीगत हुन दिँदैन 
चुइंगमको प्रयोग कब्जीगत हटाउनको लागि पनि गर्न सकिन्छ किनकी मुखमा धेरै ¥याल  भएमा हाम्रो आन्द्रा चित्लो हुन्छ र जसले गर्दा मल फाल्नको लागि निकै कठिन हुन्छ । तर पनि कब्जीयत एउटा यस्तो समस्या हो जसको लागि डाक्टरलाई देखाउनु निकै आवश्क हुन्छ ।

एसिडिटी कम गर्छ
चुइंगम चपाउनाले मुखमा धेरै ¥याल उत्पन्न हुन्छ जसले पेटमा उत्पन्न हुने डाइजेस्टिव एसिड कम गर्छ । यसले केही समयको लागि एसिडिटी कम गरिदिन्छ तर एसिडिटीको स्थायी उपचारको लागि भने डाक्टरलाई नै देखाउनु पर्ने हुन्छ ।

धेरै चनाखो बनाउँछ
यदि तपार्इं काम गर्ने समयमा धेरै थाकेको र सुस्त भएको महसुस गर्नुहुन्छ भने चुइंगम चपाउनाले तपाईंले चनाखो र स्फुर्त भएको महसुर गर्न सक्नुहुन्छ । किनकी चुइंगम चपाइ रहँदा शरीरमा रगत र दिमागमा अक्सीजन प्रवाह भइरहेको हुन्छ ।

कानको दुखाई कम गर्छ
प्राय मानिसहरुलाई हवाई जहाज र धेरै उच्च स्थानको यात्रा गर्नले धेरै हावाको कारण कान दुख्ने गरेको पाइन्छ । त्यस्तै उच्च स्थान र हवाई जहाजमा यात्रा यर्दा चुइंगम चपाएमा कानबाट हावा जान्छ र कानको दुखाई कम गर्छ ।

  


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

जुम्लामा सरकारले गोली चलाएको छैन : उपप्रधानमन्त्री पोखरेल

५ साउन विराटनगर,।  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पारे । रक्षामन्त्री पोखरेलले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधान गर्न कटिबद्ध रहेको बताए । उनले  पूर्ववर्ती 

राप्रपाः गण्डकी प्रदेश कार्यसमितिलाई पूर्णता

५ साउन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिले शुक्रबार पूर्णता पाएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङको सिफारिशअनुसार गण्डकी प्रदेशका उपाध्यक्षमा देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की), सचिवमा वरुणविक्रम राणा (कास्की), प्रवक्तामा नवराज बसौला (लमजुङ), कोषाध्यक्षमा पञ्चबहादुर गुरुङ (स्याङ्जा) र सहसचिवमा कृष्णराज अधिकारी (कास्की) लाई मनोनयन गरेका छन् ।  

​संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक :सभामुख महरा

४ साउन, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले  आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उनले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताएका हुन् ।“संविधान कार्यान्वयनका लागि 

अन्तर्राष्ट्रिय

इजरेलद्वारा गाजामा भीषण हवाई हमला

सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरेली सेनाको ज्यान गएको हो। गाजाका अधिकारीहरूका अनुसार इजरेली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य थिए। सीमा क्षेत्रमा प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी 

५ वर्षका बालक, जसले आफैँ लेखे आफ्नै मृत्युको सन्देश

२ साउन, काठमाडौं । पूर्वजानकारी पाएर मृत्युलाई स्विकार्न जोकसैको आँटले सक्दैन । उमेरले जीवनको उत्तरार्धतिर लागेकाहरु पनि यस्तो क्षण सहज रुपमा बिताउन सक्दैनन् । तर, अमेरिकाका एक पाँच वर्षीय बालकले आफ्नो मृत्युको पूर्व जानकारी पछिको यात्रा सजिलोसँग पार गरेका छन् । उनी हुन् ग्यारेट मिथायस । 

प्रधानमन्त्री छँदा चढेको हेलिकोप्टरमै चढेर १० वर्षका लागि जेल जाँदै शरीफ, फर्किए पाकिस्तान

समाचार सूत्रका अनुसार न्याबले नवाज र मरियमलाई अदियाला जेल लैजानका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको थियो । मन्त्रालयले संस्थालाई त्यही हेलिकोप्टर दियो, जुन प्रधानमन्त्रीका लागि रिजर्भ राखिन्छ । अर्थात् नवाज कुनै बेला जुन हेलिकोप्टरमा प्रधानमन्त्रीका रुपमा देशभरी घुमिरहन्थे अहिले त्यही हेलिकोप्टरमा चढेर उनी जेल जाने भएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top