syangyong

हरेक अभिभावकले जान्नैपर्ने : कुन उमेरका बालबालिकाले दैनिक कति पानी पिउनुपर्छ ?


Wednesday, 25 Jul, 2018 2:41 PM
९ साउन, काठमाडौं । साना बालबालिकाको शरीरमा पानीको मात्रा कम अर्थात् डिहाइड्रेसन भए उनीहरुको स्वास्थ्यमा खराब प्रभाव पार्छ । विशेष गरी गर्मी मौसम वा शारीरिक कसरतपछि शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले बालबालिकाको शरीरमा पानीको मात्रा कम भए÷नभएको ख्याल गरिराख्नुपर्छ ।

जन्मदा बालबालिकाको शरीरमा तरल पदार्थको मात्रा झण्डै ७५ प्रतिशत हुन्छ । हुर्किँदै गरेका बालबालिका र वयश्यकको शरीरमा तरल पदार्थको मात्रा झण्डै ६० प्रतिशत हुन्छ । तरल पदार्थ स्वास्थ्यका लागि कति महत्वपूर्ण हुन्छ भने शरीरमा रहेका कोषहरु काम गर्न तरल पदार्थकै भर परेका हुन्छन् ।

यस्तै, शरीरलाई नचाहिने पदार्थ बाहिर निकाल्न पनि तरल पदार्थकै प्रमुख भूमिका हुन्छ । वयश्क हुन् वा बालबालिका सबैको स्वास्थ्यमा उनीहरुले लिने तरल पदार्थको मात्रा र प्रकारको असर पर्छ । बालबालिकाले लिनु पर्ने तरल पदार्थको मात्रामा विविधता छ । उमेर र लिंगका आधारमा तथा मौसम र शारीरिक गतिविधिका आधारमा यसको निर्धारण गर्न सकिन्छ ।

तर सामान्य रुपमा ४ देखि १३ वर्षसम्मका बालबालिकाले एक दिनमा ६–८ गिलास तरल पदार्थ पिउनु पर्छ । चार वर्ष भन्दा कम उमेरका बालबालिकालाई चाहिने तरल पदार्थको मात्रा कम हुन्छ ।

कुन उमेरका बालबालिकाले कति पानी पिउनु पर्छ ?
 
  • ४–८ वर्षका बालबालिका : दिनको १.१ देखि १.३ लिटर
  • ९–१३ वर्षसम्मका बालिका : दिनको १.३ देखि १.५ लिटर
  • ९–१३ वर्षसम्मका बालक : १.५ देखि १.७ लिटर

पानीसँगै हामीले खाने विभिन्न प्रकारका अरु पेय पदार्थ, खाद्यान्न तथा फलफूलमा पनि पानीको मात्रा हुन्छ । यसले शरीरमा तरल पदार्थको मात्रा बढाउन सहयोग गर्छ । काँक्रो, खरबुजासहितका फलफूलमा पानीको मात्रा ९० प्रतिशतसम्म रहन्छ ।

बालबालिकामा डिहाइड्रेसन हुँदा देखिने लक्षण
बालबालिकामा उनीहरुको शरीरको तौलको तुलनामा पानीको मात्रा वयस्कलाई भन्दा बढी चाहिन्छ । शिशु तथा साना बालबालिका जो घामको सम्पर्कमा त्यति आउँदैन वा बाहिरको गर्मी त्यति सहनु पर्दैन, उनीहरुका लागि पनि पानीको केही मात्रा आवश्यक हुन्छ ।

गर्मी मौसम वा उनीहरु निकै सक्रिय भएको बेलामा पानी चाहिन्छ । तर बालबालिकाले आफूलाई तिर्खा लागेको सुरुवाति चरणमै थाहा पाउँदैनन् । यसले गर्दा उनीहरुमा डिहाइड्रेसन हुने खतरा बढी हुन्छ ।

मध्यम खालको डिहाइड्रेसनले पनि बालबालिकालाई आलस्य गराउँछ । उनीहरुमा थकान देखिन्छ । टाउको दुख्छ । यस्तै एकाग्रताको अभाव र मानसिक सक्रियतामा कमी तथा छाला फुस्रो हुँदै जान्छ ।

डिहाइड्रेसनबाट जोगिन के पिउने ?
बालबालिकालाई डिहाइड्रेसनबाट जोगाउनका पानी सबैभन्दा राम्रो विकल्प हो । बालबालिकालाई सुरुतिरै पानी पिउनु पर्ने पेयपदार्थ हो भनेर चिनाउनु पर्छ । योसँगै दूध, फलफूलको जुसले पनि शरीरलाई चाहिने तरल पदार्थ र अरु पोषण पनि दिन्छ ।

गुलियो नपारिएको फलफूल जुसले शरीरमा भिटामिन सी को मात्रा पनि दिन्छ । तर यस्ता जुस एसिडिक हुने र प्राकृतिक सुगर रहने भएकाले दिनको १५० मिलिलिटर भन्दा बढी दिनु हुँदैन । यस्तो जुस विशेषगरी खाना खाने बेलामा दिनुपर्छ ।

यस्तै अरु खालका एसिडिक जुसहरु बालबालिकालाई कम दिनु पर्छ वा नखुवाउनु नै राम्रो हुन्छ । त्यसका लागि अभिभावकले पनि एसिडिक पेयपदार्थ बहिस्कार गर्न सक्छन् ।

किन नखाने एसिडिक पेयपदार्थ 
एसिडिक पेयपदार्थले बालबालिकाको दाँतमा रहेको इनामेलमा असर गर्छ भने गुलिया पेयपदार्थले दाँतको क्षमतामा ह्रास ल्याउँछ । पेयपदार्थकै कारण क्यालोरिको मात्रा बढ्ने भएका कारण क्याफिनको मात्रा रहने शक्तिवर्धक पेयपदार्थ बालबालिकालाई दिनु हुँदैन ।

बालबालिकालाई पानी पिउन कसरी उत्साहित गर्ने ? 
  • अभिभावकले सन्तानसामु रोलमोडलको भूमिका खेल्न सक्छन्, त्यसका लागि आफूले दिनभर मिलाएर पानी बारम्बार पिउने गर्नुपर्छ । यसले बालबालिकामा पानी पिउने बानी बस्छ ।
  • बालबालिकाले पानी पिउन रुची देखाउँदैनन् भने रिसाउनुको साटो शान्त बस्नु पर्छ ।
  • यस्तै अरु केही उपाय पनि अपनाउन सकिन्छ, स्कुल जानुअघि पानी खुवाउने वा खान इन्करेज गर्ने, यसका लागि ब्रेकफास्टको समय वा खेल्दै गर्दा र खेलेपछिको समय प्रयोग गर्न सकिन्छ ।
  • नियमित रुपमा पानी  पिउने हो ? भनेर सोध्ने । विशेष गरी गर्मीको समयमा यो प्रश्न नियमित गर्ने ।
  • पानीको मात्रा बढी भएका फलफूल, तरकारी, दूध, सुपसहितका खानेकुराको मात्रा बढाउने ।
  • स्कुल पठाउँदा पानी भरेको बोटल झोलामा हाल्दिने । पानी पिउनु नरुचाए पनि प्रयास भने निरन्तर गरिरहने ।
  • बालबालिकालाई उनीहरुको पानी पिउने कप वा बोटल रोज्न दिने । र भर्न पनि लगाउने । आइस वा कागती अथवा काँक्रोको टुक्रा पानीमा राखिदिने ।

बिबिसी गुडफुडबाट


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

४ भदौ, काठमाडौँ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरेका हुन्। सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार

​सांसदको गुनासो : बाढीपीडितले राहत पाएनन्

४ भदौ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको आरोप लगाएका छन् ।सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको

​नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

४ भदौ, काठमाडौँ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो।प्रधानमन्त्री ओलीले गत 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top